काठमाडौं— सुन्धारास्थित रहेको धरहरालाई गुगल म्यापमा ‘सेतो टावर’ नाममा देखाइएको छ। गुगल म्यापमा सर्च गर्दा सेतो टावर देखिएको हो ।धरहरा हेर्ने सहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईका कामु निर्देशक रोशन श्रेष्ठले भने यो विषयमा सरकारलाई जानकारी नभएको बताए । ‘कसैले राख्यो होला हामीलाई जानकारी छैन,’ उनले भने ।भूकम्प पछिको पुनः निर्माण भएको धरहरालाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफ्नो चुनावी अभियानमा सेतो टावर भनेपछि यो शब्द चर्चामा आएको थियो । उनले धरहरा भत्किसकेको भन्दै नयाँ बनेको संरचनालाई सेतो टावर भएको बताएका थिए । गुगलले म्याप
काठमाडौं — कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ र ‘कमेडी नाइट विथ च्याम्पियन्स’ का निर्देशक तथा निर्माता विशाल भण्डारीले आफूलाई एक गैरआवासीय नेपाली (एनआरएन) साझेदारबाट आर्थिक तथा मानसिक रूपमा दुःख दिइएको आरोप लगाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीसँग न्यायको माग गरेका छन्।आइतबार सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री ओलीलाई मेन्सन गर्दै भण्डारीले लामो स्टाटस लेख्दै आफ्नो अनुभव सार्वजनिक गरेका छन्। उनले एक एनआरएन साझेदारले सम्झौताविपरीत पैसा माग्दै, पहुँचको दुरुपयोग गर्दै आफूलाई मानसिक तनावमा राखेको बताएका छन्।भण्डारीका अनुसार करिब १९ महिनाअघि ती एनआरएन साझेदारले ३ करोड ५० लाख रुपैयाँ लगानी गर्ने
भक्तपुर– भक्तपुरस्थित नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटलमा अत्याधुनिक सिटी स्क्यान सेवा सुरु गरिएको छ। शनिबार आयोजित कार्यक्रममा वरिष्ठ चिकित्सक डा. भगवान कोईराला, डा. भोला रिजाल, डा. अर्जुन कार्की, सांसद दुर्लभ थापा र नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले संयुक्त रूपमा सेवाको उद्घाटन गरेका हुन्।अस्पतालका अनुसार नयाँ सिटी स्क्यान सेवाबाट हृदयघात, मस्तिष्क, छाती, पेट, हड्डी लगायतका जटिल रोगहरू छिटो र प्रभावकारी रूपमा पहिचान गर्न सकिनेछ। अत्याधुनिक प्रविधियुक्त उपकरणको प्रयोगले उपचार प्रक्रियालाई समेत सहज बनाउने जनाइएको छ।सेवा सुरु भएसँगै भक्तपुर र आसपासका बासिन्दालाई सिटी स्क्यानको लागि का
काठमाडौं— अन्ततः प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण पक्का भएको छ । उनी भदौ ३१ गते भारत भ्रमणमा जाने भएका हुन् ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट समकक्षी ओलीलाई दुई दिने भ्रमणका लागि निमन्त्रणा आइसकेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।३१ भदौमा भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्ने नेपाली सरकारी प्रतिनिधिमण्डल त्यसको भोलिपल्ट १ असोजमा काठमाडौं फर्कने छ । सम्भवतः यो अहिलेसम्मकै छोटो भारत भ्रमण हुनेछ ।२०८१ असार ३० गते प्रधानमन्त्री नियुक्त भएका ओलीको अहिलेसम्म भारत भ्रमण भएको थिएन।
सुनसरी— सुनसरीको इनरुवा नगरपालिका–७ स्थित भित्री सडकखण्डमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।साउन ३ गते राति साढे १० बजे को।३४ प ५१६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा सोही स्थानका ३५ वर्षीय पारस यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।दुर्घटनामा मोटरसाइकल चालक यादवसहित पछाडि सवार ३५ वर्षीय रवि सरदार घाइते भएका थिए। घाइते दुबैजनालाई उपचारका लागि इनरुवा अस्पताल लैजाँदै गर्दा यादवको बाटोमै मृत्यु भएको हो। सरदारको उपचार जारी रहेको जनाइएको छ।घटनासम्बन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाए
विराटनगर— सुनसरी र झापाबाट प्रहरीले लागू औषधसहित पाँच जनालाई पक्राउ गरेको छ। शनिबार जिल्ला प्रहरी कार्यालय सुनसरी र लागू औषध नियन्त्रण ब्युरो, विराटनगरबाट खटिएको टोलीले चेकजाँचको क्रममा विभिन्न स्थानबाट ती व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो।सुनसरीको इनरुवा नगरपालिका–६ मा चेकजाँच गर्दा प्रहरीले इनरुवा–८ का ३४ वर्षीय मोहमद सफरुल र कोशी गाउँपालिका–५ का ४८ वर्षीय अशोक कुमार यादवलाई ४१ ग्राम ४४ मिलिग्राम ब्राउन सुगर र ३,६९४ क्याप्सुल नियन्त्रित औषधीसहित पक्राउ गरेको हो।त्यसैगरी, अस्थायी प्रहरी चौकी बरगाछीले इनरुवाकै २१ वर्षीय विश्व लिम्बुलाई ९३० चक्की नियन्त्रित औषधीसहित नियन्त्रणमा लिएको छ। अस्थाय
टीकापुर — टीकापुरमा शनिबार साँझ एक शिक्षकको शंकास्पद मृत्यु भएको घटनामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय टीकापुरले घटनाको अनुसन्धान भइरहेको भन्दै पक्राउ परेका व्यक्तिहरूको परिचय खुलाएको छैन।मृतक शिक्षकको पहिचान जानकी गाउँपालिका–४ कञ्चनपुरस्थित जनता नमूना माध्यमिक विद्यालयका ४५ वर्षीय अंग्रेजी शिक्षक जगदीस पन्तको रूपमा गरिएको छ। उनी धनगढी उपमहानगरपालिका–तारा नगरका स्थायी बासिन्दा थिए र विगत १७ वर्षदेखि सो विद्यालयमा अध्यापन गर्दै आएका थिए।प्रधानाध्यापक नारायण तिमिल्सिनाका अनुसार साउन ३ गते बिदापछि धनगढीबाट फर्किएका पन्त अर्को शिक्षकसँगै दुर्गौलीमा छुट्टाछुट्टै डेरामा बस
सुर्खेत – फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायको संरक्षणका लागि कर्णाली प्रदेश सरकारले कानून बनाउने भएको छ । राउटे समुदायको मौलिक पहिचान संरक्षण तथा अस्तित्व रक्षाका लागि कानून बनाउन लागिएको हो । राउटे समुदायको संरक्षणका लागि आवश्यक समन्वय गर्न कर्णाली प्रदेशको सामाजिक बिकास मन्त्रालयले पाँच सदस्यीय समन्वय समति गठन गरि आवश्यक प्रक्रिया अगाडि बढाएको जनाएको छ । राउटे समुदायको संरक्षण गर्न आवश्यक ऐन निर्माणका लागि विधेयक बनाउने, राउटेको प्रोफाइल तयार पार्ने र राउटे करिडोरको खाका तयार गर्नका लागि सामाजिक विकास मन्त्रालयले राउटे समन्वय समिति गठन गरेको छ । पाँच सदस्यीय समितिमा आदिवासी ज
विर्तामोड— नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्वमन्त्री महेन्द्रकुमार यादवले वर्तमान संविधानलाई सर्वोत्कृष्ट भन्दै यसको विशेषताबारे चर्चा गरेका छन। कांग्रेस झापाद्वारा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै यादवले संसदमा सबै जात, वर्ग, लिङ्ग र क्षेत्रको समावेशी प्रतिनिधित्व देखिएको संविधानलाई ‘फूलबारी’को संज्ञा दिए।“समतामूलक सहभागिता, मिश्रित प्रणाली र सबैको प्रतिनिधित्व संविधानको प्रमुख विशेषता हो,” नेता यादवले भने, “संविधानकै कारण बहुमत आउन सकेन भन्नु गलत हो। पार्टीभित्रको अन्तरघात, जनमुखी कार्यक्रमको अभाव र नेताहरुबीचको इष्र्या–इगो नै हारको मुख्य कारण हो।”निर्वाचन प्रणालीमा
काठमाडौं — प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पार्टी राजनीतिमा सक्रिय भइसकेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आइतबार भेटवार्ता हुने भएको छ। उक्त भेटवार्ता दिउँसो ३ बजे पार्टी मुख्यालय च्यासलमा तय गरिएको छ।पूर्वराष्ट्रपतिको सक्रिय राजनीतिमा पुनः प्रवेशको विषयमा हालै बसेको एमाले सचिवालय र पोलिटब्यूरो बैठकमा व्यापक छलफल भएको थियो। बैठकमा अधिकांश नेताहरूले अध्यक्ष ओली स्वयंले भेट गरेर छलफल गर्नुपर्ने सुझाव दिएपछि यो भेट तय गरिएको हो।भण्डारीले गत असार १४ गते ७४औं मदन जयन्तीको अवसरमा एमालेको सक्रिय राजनीतिमा फर्किने संकेत दिँदै पार्टी सदस्यता नवीकरण गरेको खुलासा गरेकी थिइन्। त्यस
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.