समाचार

    Showing १२१-१३० of २६,७९८ items.
  • बाढी प्रभावित क्षेत्रमा प्रविधिसहित झन्डै ८ हजार प्रहरी तैनाथ, अस्पताल र विमानस्थलमा ‘फोकल डेस्क’

    काठमाडौं / भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा नागरिकको खोजी, जनधनको सुरक्षा, उद्धार तथा राहत व्यवस्थापनका लागि सरकारले मंगलबारसम्म ७,९९२ संख्यामा प्रहरी परिचालन गरेको छ ।  प्रभावित क्षेत्रका बहुआयामिक समस्याहरू सम्बोधन गर्न र सम्भावित विपद्जन्य जोखिम न्यूनीकरण गर्न विभिन्न प्रदेश तथा युनिटहरूबाट ठूलो संख्यामा प्रहरी टोली खटिएका छन् । खटिएका प्रहरीमध्ये प्रहरी प्रधान कार्यालयबाट १,६०२ जना, वागमती प्रदेश प्रहरी कार्यालयबाट २,१८२ जना, गण्डकी प्रदेशबाट १,३०९ जना, लुम्बिनी प्रदेशबाट ६४० जना र काठमाडौं उपत्यका प्रहरी कार्यालयबाट ७५४ जना परिचालन भएका छन् । यसैगरी,

    • प्रकाशित मितिः भदौ १६, २०८३
    • २१४ पटक पढिएको
  • बाढीपछि ८ हजार प्रहरी मैदानमा : खोजी–उद्धारदेखि लुटपाट नियन्त्रणसम्म कडा निगरानी

    काठमाडौं ।भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्‍याएपछि अहिले प्रभावित क्षेत्रमा उद्धार र खोजी अभियान तीव्र पारिएको छ । विपद्को यो कठिन घडीमा नागरिकको जीवनरक्षा, बेपत्ताको खोजी, शव व्यवस्थापन र राहत वितरणमा सहजीकरण गर्न नेपाल प्रहरीले मात्रै झण्डै ८ हजार जनशक्ति परिचालन गरेको छ ।मंगलबारसम्म ७ हजार ९ सय ९२ जना प्रहरी प्रभावित क्षेत्रमा खटिएका छन् । बाढीको प्रभाव हेर्दै विभिन्न प्रदेश तथा प्रहरी युनिटबाट थप जनशक्ति परिचालन गरिएको छ । प्रहरी प्रधान कार्यालयदेखि वागमती, गण्डकी र लुम्बिनी प्रदेशसम्मका टोली प्रभावित क्षेत्रमा पुगेका छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालय, प्रहरी

    • प्रकाशित मितिः भदौ १६, २०८३
    • ९८ पटक पढिएको
  • भोटेकोशी–त्रिशूली बाढीको भयावह तस्वीर स् ९८७ शव फेला, ३९१६ अझै बेपत्ता

    काठमाडौँ । भदौ १० गतेको भोटेकोशी–त्रिशूली बाढीपछि खोजी तथा उद्धार अभियान जारी रहे पनि मानवीय क्षतिको आँकडा झन् भयावह बन्दै गएको छ। हालसम्म ९८७ शव फेला परेका छन् भने ३ हजार ९१६ जना अझै सम्पर्कविहीन छन्।फेला परेका शवमध्ये चितवनमा ३२१, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७०, नुवाकोटमा ९५, गोरखामा ६५, धादिङमा ५५, तनहुँमा ३८ र रसुवामा २७ छन्।सम्पर्कविहीन हुनेमा रसुवाका करिब ८६५, नुवाकोटका १ हजार ५५८, जलविद्युत् आयोजनाका ६३९ र विदेशी नागरिक ५८३ जना छन्। नेपाल प्रहरी, सेना, सशस्त्र प्रहरी, भन्सार तथा अध्यागमनका कर्मचारीसमेत सम्पर्कविहीन सूचीमा छन्।बाढीमा २७९ जना घाइते भएका छन् भने सरकारले हालसम्

    • प्रकाशित मितिः भदौ १६, २०८३
    • १४२ पटक पढिएको
  • रातको २ बजे गोकर्णमा ४६ शव व्यवस्थापन

    काठमाडौँ । भोटेकोशी बाढीमा ज्यान गुमाएकामध्ये ४६ शवको मध्यराति गोकर्णको जंगलमा व्यवस्थापन गरिएको छ। लगातार पानी परेपछि शव व्यवस्थापनको काम मंगलबार राति करिब २ बजे गरिएको हो।जमिनमुनि शव व्यवस्थापन गर्ने निर्णय भएपछि सुरक्षाकर्मीले रातकै समयमा ४६ शवको व्यवस्थापन गरेका हुन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेका अनुसार बाँकी शवको व्यवस्थापनबारे प्रशासनसँग छलफल भइरहेको छ।शवको पहिचान तथा व्यवस्थापनको संवेदनशील अवस्थाबीच प्रशासनले आगामी प्रक्रिया तय गरिरहेको छ। बाढीले ज्यान खोस्यो, पहिचान पर्खिएका शवहरू अन्ततः मध्यरातको अँध्यारोमा गोकर्णको जंगल पुगे—विपद्को पीडा कति गहिरो छ भन्ने दृश्

    • प्रकाशित मितिः भदौ १६, २०८३
    • १०३ पटक पढिएको
  • टिमुरे भन्सारका अधिकृतको शव गोरखामा भेटियो

    काठमाडौँ । रसुवाको टिमुरेस्थित भन्सार कार्यालयबाट बाढीपछि सम्पर्कविहीन भएका भन्सार अधिकृत नकुल शर्माको शव गोरखाको त्रिशूली नदी किनारमा फेला परेको छ।हुम्लाको ताजाकोट गाउँपालिका–२ का शर्मा भोटेकोशीमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएका थिए। खोजीका क्रममा उनको शव गोरखातर्फको नदी तटीय क्षेत्रमा भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।शवको पोस्टमार्टमपछि परिवारले बुझेका छन्। बाढीपछि त्रिशूली नदीमा बगेका शव टाढाटाढासम्म पुगिरहेका बेला गोरखामा मात्रै ६५ जनाको शव फेला परिसकेको प्रहरीले जनाएको छ।टिमुरेमा हराएका शर्मा गोरखामा मृत भेटिनुले भोटेकोशी बाढीले बगाएको मानवीय क्षतिको फैलावट कति भयावह थि

    • प्रकाशित मितिः भदौ १६, २०८३
    • १७० पटक पढिएको
  • बाढीपीडितको माग : कतै खाना छैन- कतै पानी-बत्ती

    काठमाडौँ । भोटेकोशी र त्रिशूली बाढीपछि रसुवा, नुवाकोट र धादिङका प्रभावित बस्तीमा राहतको आवश्यकता अझै टड्कारो देखिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रतिवेदनले कुन क्षेत्रमा के अभाव छ भन्ने स्पष्ट पारेको छ।रसुवामा उत्तरगया–१ देखि ५, गोसाइकुण्डका १, २, ३ र ५, आमाछोदिङ्मोका सबै वडा तथा कालिका–१ मा दाल, चामललगायत खाद्यान्न र सोलार ब्याट्री आवश्यक छ। आमाछोदिङ्मोका सबै वडा सडक सञ्जालबाट समेत विच्छेद छन्।नुवाकोटमा तारकेश्वर–४ र ६ मा सेल्टर र राहत सामग्री नै पुगेको छैन। बेलकोटगढी, महादेवस्थान र रातमाटे क्षेत्रमा तत्काल राहत आवश्यक छ। किस्पाङ–५ मा बाटो र बत्तीको समस्या छ

    • प्रकाशित मितिः भदौ १६, २०८३
    • १३२ पटक पढिएको
  • भोटेकोसी बाढी : विदेशी मृतकको शव कसरी घर फर्काइन्छ ?

    काठमाडौँ । भोटेकोसी बाढीमा ज्यान गुमाएका विदेशी नागरिकको शव परिवारसम्म पुर्‍याउन नेपालले पहिचानदेखि डीएनए परीक्षण र दूतावास समन्वयसम्मको प्रक्रिया तय गरेको छ।पहिला शवको फोटो तथा व्यक्तिगत विवरण अभिलेख गरिनेछ भने पोस्टमार्टम, औँठाछाप, डीएनए वा रगतको नमूना संकलन गरिनेछ। पहिचान खुलेपछि सम्बन्धित देशको दूतावास र नेपाली अधिकारीबीच समन्वय गरेर शव परिवारलाई बुझाउने तथा सम्बन्धित देश पठाउने प्रक्रिया अघि बढाइनेछ।शव पहिचान हुन नसकेमा आफन्तको डीएनए नमूनासँग मिलान गरिनेछ। आफन्तले रगतको नमूना दिएर वा इमेलमार्फत उपलब्ध गराएको डीएनए प्रोफाइलबाट समेत पहिचान गर्न सकिने व्यवस्था गरिएको छ।ठूलो संख्यामा शवबाट स्

    • प्रकाशित मितिः भदौ १६, २०८३
    • १८७ पटक पढिएको
  • रसुवा बाढी अपडेट: हवाई साधनमार्फत २३ जनाको उद्धार

    काठमाडौं / रसुवा, नुवाकोट, धादिङ, चितवन तथा नवलपरासी पूर्वका बाढी प्रभावित क्षेत्रमा हवाई तथा जमिनी खोज तथा उद्धार कार्यलाई तीव्रता दिइएको छ । नेपाली सेनाले आज (मंगलबार) बिहान ११ बजेसम्म हवाई साधनमार्फत २३ जनाको उद्धार गरेको गरेको हो । बाढीपछि जलविद्युत् आयोजनाका टनेलमा फसेका व्यक्तिको खोज तथा उद्धारका लागि स्वदेशी तथा विदेशी विशेषज्ञसहितका संयुक्त टोली परिचालन गरिएको छ । चिलिमे हाइड्रोमा उद्धार टोलीले टनेलभित्र करिब ५० मिटर प्रवेश गरी खोजी गरेको छ । त्यस्तै, लाङटाङ हाइड्रोमा टोली करिब १५० मिटर र अपर त्रिशूली–१ हाइड्रोमा करिब २०० मिटरसम्म टनेलभित्र प्रवेश गरी खोजी तथा उद्धार कार्य भइ

    • प्रकाशित मितिः भदौ १६, २०८३
    • २८७ पटक पढिएको
  • १०२ शव पोखरा पुगे, १६ को मात्रै सनाखत

    पोखरा । भोटेकोशी बाढीपछि पोखरा ल्याइएका १०२ शवमध्ये १६ जनाको मात्रै पहिचान खुलेको छ। बाँकी शवको सनाखत हुन नसक्दा स्थानीय प्रशासनले सुरक्षित रूपमा अन्तिम व्यवस्थापनको तयारी अघि बढाएको छ।पहिचान खुल्न नसकेका शवलाई पोखरा महानगरपालिका–१६ स्थित सिँचाइको स्वामित्वमा रहेको जमिनमा समाधिस्थ गर्ने तयारी गरिएको छ। त्यसका लागि तीनवटा एक्साभेटर प्रयोग गरी खाडल खन्ने काम भइरहेको छ।भदौ १० गतेको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको शव विभिन्न स्थानबाट संकलन गरी पोखरा ल्याइएको थियो। आफन्तको पहिचान र पर्खाइबीच ८६ शवको व्यवस्थापन गर्नुपर्ने अवस्था बनेको छ। स्थानीय प्रशासनले आवश्यक प्रक्रिया पूरा गरेर शव व्यवस्थापन

    • प्रकाशित मितिः भदौ १६, २०८३
    • १७९ पटक पढिएको
  • स्याफ्रुवेंशीबाट दुई महिनाको शिशुसहित परिवारको उद्धार, काठमाडौं ल्याइयो

    रसुवा । भोटेकोशी बाढीले तहसनहस बनाएको स्याफ्रुवेंशीबाट दुई महिनाको शिशुसहित एक परिवारको सकुशल उद्धार गरिएको छ।बाढी प्रभावित क्षेत्रमा जोखिम बढेपछि उद्धार गरिएको परिवारलाई स्याफ्रुवेंशीबाट सदरमुकाम धुन्चे ल्याइएको थियो। त्यसपछि थप व्यवस्थापनका लागि उनीहरूलाई काठमाडौं ल्याइएको हो।बाढीपछि स्याफ्रुवेंशी र आसपासका क्षेत्रमा उद्धार अभियान तीव्र पारिएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगै भारत, चीन र दक्षिण कोरियाका विशेषज्ञ टोली पनि खोज तथा उद्धारमा परिचालित छन्।दुई महिनाको शिशुसहित परिवारको उद्धारले विपद्को जोखिममा परेका सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्ने अभियान अझै जारी रहेको देखा

    • प्रकाशित मितिः भदौ १६, २०८३
    • १७७ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.