रसुवा । भोटेकोशी बाढीले तहसनहस बनाएको स्याफ्रुवेंशीबाट दुई महिनाको शिशुसहित एक परिवारको सकुशल उद्धार गरिएको छ।
बाढी प्रभावित क्षेत्रमा जोखिम बढेपछि उद्धार गरिएको परिवारलाई स्याफ्रुवेंशीबाट सदरमुकाम धुन्चे ल्याइएको थियो। त्यसपछि थप व्यवस्थापनका लागि उनीहरूलाई काठमाडौं ल्याइएको हो।
बाढीपछि स्याफ्रुवेंशी र आसपासका क्षेत्रमा उद्धार अभियान तीव्र पारिएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगै भारत, चीन र दक्षिण कोरियाका विशेषज्ञ टोली पनि खोज तथा उद्धारमा परिचालित छन्।
दुई महिनाको शिशुसहित परिवारको उद्धारले विपद्को जोखिममा परेका सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्ने अभियान अझै जारी रहेको देखाएको छ।




































