समाचार

    Showing 1,291-1,300 of 24,497 items.
  • आजको मौसमः हिमाली र पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना

    काठमाडौं— हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।हाल बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भूभागमा आंशिक बादल लागेको छ । कोशी बागमती रलुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी र कर्णाली प्रदेशको एकरदुई स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ।दिउँसो देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ र तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशक

    • प्रकाशित मितिः वैशाख २७, २०८३
    • 384 पटक पढिएको
  • एघार वर्षपछि ग्रामीण सडक कालोपत्र

    ढोरपाटन । विकासका हिसाबले ओझेलमा परेको रामतोला गाउँ जोड्ने सडक कालोपत्र गरिएको छ । सदरमुकाम रहेको बागलुङ नगरपालिकामा पर्ने रामतोला गाउँ जोड्ने सडक पहिलोपटक कालोपत्र गरिएको हो ।भौगोलिक विकटताका कारण पछाडि परेको यस गाउँलाई जोड्न २०७२ सालमा मार्ग खुलेको थियो । मार्ग खुलेको ११ वर्षपछि अहिले कालोपत्र गरिएको हो । सडकको बागलुङ नगरपालिका–१० भकुण्डे डोटेतालदेखि रामतोलासम्म करिब पाँच किलोमिटर पर्छ । यस वर्ष स्तरोन्नतिसहित एक किलोमिटर कालोपत्र गरेर सुरुआत भएको बागलुङ नगरपालिका–११ का अध्यक्ष ज्ञानेन्द्र गौतमले जानकारी दिनुभयो । पहिलो चरणमा अत्यन्तै साँघुरो र अप्ठ्यारो रहेको स्थानबाट कालोपत्र गरिएको उहाँको

    • प्रकाशित मितिः वैशाख २७, २०८३
    • 211 पटक पढिएको
  • एक हजार रुख कटान गरिँदै

    तनहुँ। तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत निर्माणाधीन दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणका लागि चितवन खण्डमा पर्ने रुख कटानको अनुमति प्राप्त भएको छ । डिभिजन वन कार्यालय चितवनले २०८३ वैशाख २५ गतेदेखि लागू हुनेगरी प्रसारण लाइनको मार्गधिकारमा पर्ने राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रका रुखहरू कटान, मुछान र घाटगद्दीका लागि आयोजनालाई वन प्रवेश इजाजतपत्र प्रदान गरेको हो । यस सम्बन्धमा आयोजना र डिभिजन वन कार्यालयबीच औपचारिक सम्झौता सम्पन्न भएसँगै निर्माण कार्यले थप गति लिने आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार भरतपुर महानगरपालिका–१ स्थित सतनचुली संरक्षित वन र सतन

    • प्रकाशित मितिः वैशाख २७, २०८३
    • 191 पटक पढिएको
  • मह काढ्ने परम्परालाई जीवन्त राख्न पुस्ता हस्तान्तरण

    मनाङ। विश्वको साहसिक एवं जोखिमयुक्तमध्ये भिर मौरीको मह सिकार गर्ने कार्य पनि पर्दछ । जोखिमयुक्त मानिएको मह सिकार गण्डकी प्रदेशको लमजुङ, गोरखा, म्याग्दीलगायतका जिल्लामा गरिन्छ । यसमध्ये लमजुङमा बढी भिर मौरीको सिकार गरेको पाइन्छ । लमजुङको मस्र्याङ्दी गाउँपालिका–४ मिप्रागाउँ नजिकैको छिप्ली भिरमा झुन्डिएका भिर मौरीका चाकाको सिकार गर्न ज्यानै जोखिममा राखेर डोरीमा झुन्डिएर मह सिकार गर्दछन् । यस कार्यले यहाँका स्थानीयका साथै पर्यटकलाई पनि आकर्षित गरेको छ । गाउँको पुख्र्यौली पेसाकै रूपमा अगाडि बढाउन सकिनेगरी भिर मौरीको मह काढ्ने कार्यमा संलग्न हुँदै आएको स्थानीय बताउँछन् । स्थानीयले भिर मौरी

    • प्रकाशित मितिः वैशाख २७, २०८३
    • 224 पटक पढिएको
  • केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना

    काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । विभागका अनुसार देशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ र तराई भू–भागमा आंशिक बादल लाग्नेछ ।  कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।आज राति कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ र बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा तथा कोशी प्रदेशको तराई भू–भागलग

    • प्रकाशित मितिः वैशाख २७, २०८३
    • 190 पटक पढिएको
  • अमेरिकी प्रतिबन्धलाई चुनौती दिँदै चीन: इरानी तेल व्यापारमा नयाँ शक्ति–संघर्षको आभाष

    -देवेन्द्र किशोर:  अमेरिकाले इरानमाथि लगाएको तेल प्रतिबन्धको प्रभावलाई कमजोर पार्ने दिशामा चीनले स्पष्ट र कडा अडान लिएको छ। चीनको वाणिज्य मन्त्रालयले २ मे मा जारी गरेको नयाँ निर्देशनले अन्तर्राष्ट्रिय ऊर्जा राजनीति र व्यापारिक सम्बन्धमा नयाँ बहस सुरु गरिदिएको छ।अमेरिकी दबाब र इरानमाथिको प्रतिबन्ध रणनीति:अमेरिका लामो समयदेखि इरानको तेल निर्यात सीमित गर्ने प्रयासमा छ। विशेष गरी अमेरिकी वित्त मन्त्रालय अन्तर्गतको ओएफएसि (विदेशी सम्पत्ति नियन्त्रण कार्यालय) मार्फत चीनलगायत देशका कम्पनीहरूलाई लक्षित गर्दै प्रतिबन्ध लगाइँदै आएको छ।डोनाल्ड ट्रम्प प्रशासनको “अधिकतम दबाब” नीतिअन्तर्गत इरानको तेल ब

    • प्रकाशित मितिः वैशाख २७, २०८३
    • 102 पटक पढिएको
  • “एआईको युगमा रोजगारीको रक्षा : चीनको ऐतिहासिक निर्णयले देखाएको नयाँ आर्थिक दिशा”

    -देवेन्द्र किशोर:  विश्व अहिले कृत्रिम बुद्धिमत्ता (आर्टिफीसियल इंटेलीजेंस –एआई ) को तीव्र विस्तारको चरणमा छ। उद्योग, बैंकिङ, सञ्चार, शिक्षा, स्वास्थ्यदेखि प्रशासनसम्म एआईको प्रयोग बढ्दो छ। यसले उत्पादन क्षमता र कार्यदक्षता बढाएको छ भने अर्कोतर्फ लाखौं कामदारको भविष्यप्रति गम्भीर प्रश्न पनि उठाएको छ। “मेसिनले मानिसको काम खोस्ने” बहस अब कल्पनाको विषय रहेन; यो वास्तविक आर्थिक र सामाजिक चुनौतीका रूपमा देखिन थालेको छ। यही संवेदनशील सन्दर्भमा चीनको हाङ्जाउ इन्टरमिडिएट पिपुल्स कोर्टले दिएको पछिल्लो फैसला विश्व श्रम इतिहासमै एउटा महत्वपूर्ण मोडको रूपमा देखा परेको छ।अप्रिल २०२६ मा आएको उक्त फैसला

    • प्रकाशित मितिः वैशाख २७, २०८३
    • 123 पटक पढिएको
  • हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास

    झापा। भारतबाट प्रत्येक रात हात्तीको बथान आएर पाकेको बाली खान थालेपछि मेचीनगरको बाहुनडाँगीलगायत सीमा क्षेत्रका बासिन्दामा त्रास फैलिएको छ ।मेचीनगर नगरपालिकाको वडा नं १, ४ र ५ स्थित बाहुनडाँगी क्षेत्रमा एक सातायता दिनहुँ भारतीय जङ्गलबाट प्रवेश गर्ने ३० देखि ४० को सङ्ख्याका हात्तीको बथानले किसानको मकै, सुपारीलगायत बालीमा क्षति पुर्याउने गरेका छन् ।प्रवेश नाकामा हात्ती रोक्न, स्थानीयलाई सुरक्षा प्रदान गर्न र खेतीबालीमा क्षति हुन नदिन सर्वपक्षीय बैठकबाट निर्णय गरेर सुरक्षाकर्मी, वन रक्षक, रेपिड रेस्पोन्स टिम लगायतको संयुक्त टोली परिचालन गरिएको मेचीनगर वडा नंं ४ का वडाध्यक्ष अर्जुन कार्कीले बताउनुभय

    • प्रकाशित मितिः वैशाख २७, २०८३
    • 198 पटक पढिएको
  • संवैधानिक परिषद्, न्यायालय र शक्ति सन्तुलनको संकट -लोकतान्त्रिक संरचनामाथि बढ्दो राजनीतिक हस्तक्षेप

    -देबेन्द्र किशोर:  नेपालको समसामयिक राजनीति फेरि एकपटक संवैधानिक प्रक्रिया, शक्ति सन्तुलन र लोकतान्त्रिक मूल्यको बहसको केन्द्रमा पुगेको छ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले हालै व्यक्त गरेको धारणा केवल प्रतिपक्षीय टिप्पणी मात्र होइन, नेपालको राजनीतिक संरचना कुन दिशातर्फ उन्मुख हुँदैछ भन्ने गम्भीर प्रश्न पनि हो। संसद् अधिवेशन स्थगन गरी अध्यादेशमार्फत संवैधानिक परिषद्को बैठक बोलाइनु, त्यसपछि न्यायालय नेतृत्व चयन प्रक्रियामा वरिष्ठताको परम्परा मिचिएको आरोप उठ्नु, र न्यायपालिकामाथि राजनीतिक प्रभाव विस्तारको आशंका प्रकट हुनु—यी सबै घटनाले लोकतन्त्रको आधारभूत सिद्धान्तमाथि नै बहस सिर्जना गरेक

    • प्रकाशित मितिः वैशाख २७, २०८३
    • 90 पटक पढिएको
  • आगलागीबाट १२ घरगोठ जलेर नष्ट

    राजविराज। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–६ स्थित वभनगामा टोलमा गएराति आगलागी भएको छ । सो आगलागीमा परी छ परिवारको वटा १२ घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।स्थानीय रामअवतार यादवको गाईगोठमा बालिएको घुरबाट सल्केको आगोले निजको दुईवटा घर र एउटा गाईगोठ, छिमेकी जुगाइ यादवको दुईवटा घर र एउटा गोठ, अनिल यादवको दुईवटा घर एउटा गोठ, योगिन्द्र यादव, राजकुमार यादव, धीरेन्द्र यादवको एक/एक वटा घर गरी ९ घर र तीन वटा गाईगोठसमेत १२ वटा घर पूर्ण रुपले जलेर नष्ट भएको स्थानीय रामनाथ यादवले जानकारी दिनुभयो ।जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागीबाट खाद्यान्न, लत्ताकपडा, गरगहना, फर्निचरलगायत नगदसहित करिब रु ४५ ल

    • प्रकाशित मितिः वैशाख २७, २०८३
    • 190 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.