जनकपुरधाम। मधेस प्रदेशसभाको बैठक आज दिउँसो १ः०० बजे बस्दैछ । बैठकमा मधेस प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलगायतका विषयमा देखिएका समस्या समाधान गर्न गठित कार्यदलले आफ्नो प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव वासुप्रसाद कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यदलको प्रतिवेदनमाथि छलफल सम्पन्न भएपछि आगामी आव २०८३/८४ को विनियोजन विधेयकमाथिको छलफल प्रारम्भ हुनेछ ।यही असार २८ गते बसेको प्रदेशसभा बैठकले बजेटसम्बन्धी विवाद समाधानका लागि प्रदेशसभा सदस्य उपेन्द्र महतो, हरिनारायण महतो, जङ्गीलाल राय, प्रमोदकुमार यादव, सञ्जयकुमार यादव, विमला अन्सारी तरुण
काठमाडौँ। अब नागरिक एपमार्फत देशभर उपलब्ध रगतको विवरण हेर्न सकिने भएको छ । नागरिक एपमा ‘रक्त सूचना’ पोर्टल थपिएसँगै प्रयोगकर्ताले विभिन्न रक्तसञ्चार केन्द्रमा कुन रक्त समूहको रगत कति युनिट उपलब्ध छ भन्ने जानकारी वास्तविक समयमा प्राप्त गर्न सक्ने भएका छन् ।यस सुविधामार्फत देशभरका रक्तसञ्चार केन्द्रमा उपलब्ध विभिन्न रक्त समूहको रगतको मौज्दात एकै स्थानबाट हेर्न सकिने स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ । स्वास्थ्य सेवा पहुँचलाई थप प्रभावकारी, पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यले यो सेवा नागरिक एपमा एकीकृत गरिएको हो । यसबाट आकस्मिक अवस्थामा रगत खोज्नुपर्ने बिरामी तथा उनका
सुर्खेत / कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट समयमा खर्च गर्न नसक्दा साढे १२ अर्ब भन्दा बढी बजेट फ्रिज भएको छ । कर्णाली प्रदेश लेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार ३३ अर्ब १९ करोड ३६ लाख ५५ हजारको कुल बजेटमध्ये २० अर्ब ५७ करोड १२ लाख आठ हजार रुपैयाँमात्र खर्च भएको हो । यसरी कुल बजेटको ६१ दशमलव ९७ प्रतिशत मात्र खर्च भएको छ । बाँकी १२ अर्ब ६२ करोड २४ लाख ४६ हजार ६२२ रुपैयाँ बजेट फ्रिज भएको छ । चालु ७३५, पुँजीगत ५५५ खर्चकर्णाली प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार कर्णाली प्रदेश सरकारले चालु खर्चतर्फ १२ अर्ब ५९ करोड ४३ लाख १७ हजारमध्ये नौ अर्ब २५ करोड
रामेछाप / रोशी खोलामा पानीको सतह बढेपछि हिजो दिउँसोदेखि बन्द भएको बिपी राजमार्ग आज बिहानदेखि पुनः सञ्चालनमा आएको छ ।खोलामा पानीको बहाव बढेपछि सुरक्षा जोखिमलाई ध्यानमा राख्दै राजमार्गमा यातायात आवागमन बन्द गरिएको थियो। पानीको सतह घटेसँगै सुरक्षा अवस्था मूल्याङ्कन गरी आज बिहानदेखि सवारीसाधन सञ्चालनमा ल्याइएको हो। राजमार्ग खुलेसँगै विभिन्न स्थानमा रोकिएका होल्ड गरिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् । प्रहरीले यात्रु तथा सवारी चालकलाई सुरक्षा सावधानी अपनाउँदै सचेततापूर्वक यात्रा गर्न अनुरोध गरेको छ ।गत वर्ष रोशी खोलामा आएको बाढीले बिपी राजमार्गका विभिन्न खण्डमा क्षति पु¥याएको थियो। बाढीबाट
काठमाडौं / नेपाली कांग्रेसले पार्टीका सभापति गगनकुमार थापाको निजी निवास र सञ्चारमाध्यमका कार्यालय अगाडि शंकास्पद रूपमा सवारीसाधन पार्किङ गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।सोमबार विज्ञप्ति जारी गर्दै उक्त घटनालाई लोकतान्त्रिक अभ्यास, स्वतन्त्र अभिव्यक्ति र नागरिक स्वतन्त्रतामाथिको गम्भीर चुनौतीका रूपमा लिइएको जनाएको हो । कांग्रेसले घटनाको घोर निन्दा तथा भत्र्सना गर्दै निष्पक्ष छानबिन गरी संलग्न व्यक्तिमाथि कानुनबमोजिम कारबाही गर्न सरकारसँग माग गरेको छ ।साथै, लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिक अधिकारको संरक्षणका लागि सबै लोकतन्त्रवादी शक्ति, सञ्चार क्षेत्र, नागरिक समाज त
काठमाडौं / माइतीघरको सडकमा दिनभर मानिसहरूको आवतजावत चलिरहन्छ । तर कोही आफ्ना मागसहित आउँछन्, कोही आवाज उठाउन सडक रोज्छन् । माइतीघर मण्डला परिसरमा प्रायः मागसहितका ब्यानर र प्ले कार्ड छुट्दैन् । घामपानीबाट जोगिन लगागार टेन्ट लगाइएको छ । त्यही टेन्टमा बसेर एक महिला आफ्नो पीडा सुनाइरहेकी छन् । आँखामा पीडा र आवाजमा आक्रोश लिएर उनी न्यायका लागि माइतीघरमा उत्रिएकी हुन् ।उनी हुन् मोरङ सुन्दरहरैचा–७ की देविका खनाल ।दुर्घटनापछि आफ्नो जीवन नै परिवर्तन भएको बताउने खनाल अहिले न्यायको माग गर्दै काठमाडौंको सडकबाट न्याय खोजिरहेकी छिन् । २०८१ साल फागुन २२ गते सुनसरीको रामधुनी नगरपालिका–३ मा भएको दुर्घटना
काठमाडौं— प्रधानमन्त्री बालेन्द्र शाहले देशका सातै प्रदेशमा सुविधासम्पन्न जलन (बर्न) उपचार केन्द्र स्थापना गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। जलनका गम्भीर बिरामीले आफ्नै प्रदेशमा समयमै विशेषज्ञ उपचार पाउने व्यवस्था सुनिश्चित गर्न प्रदेशस्तरीय बर्न सेन्टर स्थापना गर्न उनले जोड दिएका हुन्। सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिसँग भएको छलफलमा प्रधानमन्त्री शाहले जलन उपचार सेवाको पहुँच विस्तार गर्न र प्रमुख सरकारी अस्पतालमा सञ्चालन भइरहेका बर्न सेवासमेत थप सुदृढ बनाउन निर्देशन दिएका हुन्।बैठकमा सहभागी चिकित्सा विज्ञान
काठमाडौं— अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजस्व सल्लाहकारमा एफसीए भोजन अर्याल नियुक्त भएका छन् । सोमबार अर्थमन्त्री डा. वाग्लेले मन्त्रीस्तरीय निर्णय गर्दै अर्याललाई राजस्व क्षेत्र हेर्ने गरी अवैतनिक सल्लाहकारमा नियुक्त गरेका हुन् ।मन्त्रालयमा आयोजित एक कार्यक्रममा एफसीए अर्याललाई अर्थमन्त्री डा.वाग्लेले नियुक्तिपत्र प्रदान गरे । नवनियुक्त सल्लाहकार अर्याललाई निर्देशन दिँदै उनले सरकारको १६ खर्ब राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न अर्यालको विज्ञता र दक्षताको इमानदारीपूर्वक सल्लाह तथा भूमिकाको अपेक्षा गरिएको बताए ।उनले नवनियुक्त राजस्व सल्लाहकार अर्यालले सरकार र अर्थमन्त्रीको विश्वासलाई आफ्नो दक
काठमाडौं— नेपाल विद्युत् प्राधिकरण धरान कार्यालयको सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। धरान–इटहरी कोशी लोकमार्गअन्तर्गत इटहरी उपमहानगरपालिका–२० स्थित सेउती पुल नजिक गए राति यो दुर्घटना भएको हो।जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार धरानबाट इटहरीतर्फ जाँदै गरेको बा१ञ १६५१ नम्बरको स्कारपियो गाडी राति करिब ११ः३० बजे दुर्घटनामा परेको थियो।दुर्घटनामा परेर गाडी चालक धरान–१३ का बिर्ख राई र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी धरान–१६ का सुमन आचार्य गम्भीर घाइते भएका थिए। दुवै जनालाई तत्काल उपचारका लागि धरानस्थि
काठमाडौं— सर्लाहीमा आफैंमाथि पेट्रोल छर्केर आगजनी गरेका विवेक मण्डलको उपचारका क्रममा निधन भएको छ।गडैता नगरपालिका–१० निवासी ३५ वर्षीय मण्डलको मंगलबार बिहान २ः४० बजे कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।मण्डलले असार २६ गते आफ्नै घर नजिक पेट्रोल छर्केर आगजनी गरेका थिए। घटनापछि उनी गम्भीर घाइते भएका कारण हेलिकप्टरमार्फत काठमाडौं ल्याई बर्न अस्पतालमा उपचार भइरहेको थियो। शरीरको ठूलो भाग जलेका कारण उनको अवस्था अत्यन्तै गम्भीर रहेको प्रहरीले जनाएको थियो।नेपालमा आत्मदाहका घटनाहरू दोहोरिन थालेका छन्। यसअघि काठमा
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.