काठमाडौं— जङ्गी अड्डा, जनसम्पर्क तथा सूचना निर्देशनालयले बिहीबार निषेधाज्ञा र कफ्र्यु आदेशलाई आंशिक रूपमा खुकुलो बनाउने भएको छ । बुधबार एक वज्ञप्ति जारी गर्दै निर्देशनालयले काठमाडौं उपत्यकाको हालको सुरक्षा अवस्थालाई ध्यानमा राख्दै आवश्यकताअनुसार आवतजावतमा छुट दिन लागिएको बताएको छ । विज्ञप्तिमा काठमाडौं, ललितपुर र भक्तपुरमा नागरिकको सुरक्षा सुनिश्चित गर्न जारी आदेशलाई निरन्तरता दिँदै आंशिक रूपमा खुकुलो बनाउने उल्लेख गरिएको छ । आज बिहान ६ बजेदेखि १० बजेसम्म र बेलुकी ५ बजेदेखि ७ बजेसम्म मात्र अत्यावश्यक कार्यका लागि आवतजावत गर्न पाइनेछ । तर, बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म निषेधा
काठमाडौं— स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ३० पुगेको छ । देशका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार मृतकको संख्या ३० पुगेको हो । हालसम्मको पछिल्लो अपडेट अनुसार ट्रमा सेन्टरमा ८ जना, सिभिल अस्पतालमा ६ जना, एभरेष्ट हस्पिटल र फ्रन्टलाइन हस्पिटलमा ३–३ जना, केएमसी आस्पताल २ जना र टिचिङ अस्पतालमा एकको उपचारको क्रममा मृत्यु भएको छ । मन्त्रालयका अनुसार उपत्यकाका बाहिर बाँकेको भेरी अस्पतालमा ५ जना र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २ जना गरी ७ जनाको मृत्यु भएको छ । बाँकेमा मृत्यु भएका ५ जना भने नौबस्तामा रहेको क्षेत्री
काठमाडौं— सामाजिक सञ्जालमा जेनजीका अलग–अलग समूहहरु देखिदा उनीहरुबीच नै लफडा भइरहेको छ । बिहीबार सैनिक मुख्यालयमा जम्मा भएका युवाहरूबीच नै एकआपसमा झडप भएको छ ।अन्तरिम मन्त्रिपरिषद्को नेतृत्व लिने विषयमा समूह नै पिछ्छे् छुट्टाछुट्टै नाम अघि सारेपछि उनीहरूबीच नै विवाद भएको हो । अघि सारेको नाममा हर्क साम्पाङ, सुशीला कार्की, कुलमान घिसिङ, बालेन साह आदीको नाम छ । कसैले सुशीला, कसैले कुलमान, कसैले हर्क साम्पाङ त कसैले बालेनको नाम लिँदा मनमुटाब सुरु भएको हो । मनमुटावपछि सडकमै कुटाकुट भएको थियो ।
काठमाडौं – भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा नियन्त्रणमा लिएका हातहतियार, सञ्चार साधन, सवारी साधन फिर्ता बुझाउन अनुरोध गरेको छ । बिहीबार नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयले सूचना जारी गर्दै प्रहरी लगायत अन्य सुरक्षा निकायका हातहतियारसहित अन्य भौतिक साधनहरू नियन्त्रणमा लिएको वा कतै फेला परे फिर्ता बुझाउँन अनुरोध गरेको हो। ‘नेपाल प्रहरी लगायत अन्य सुरक्षा निकायका हातहतियार, सञ्चार साधन, सवारी साधन, असबाब र अन्य भौतिक साधनहरू नियन्त्रणमा लिएको वा कतै फेला पार्नुभएको छ भने उक्त हातहतियार लगायत अन्य सामाग्रीहरू स्थानीय प्रहरी वा सुरक्षा निकायको कार्यालय वा जिल
काठमाडौं – मुलुकमा उत्पन्न असामान्य राजनीतिक परिस्थितिप्रति नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले गहिरो चिन्ता व्यक्त गर्दै यस संकटको लोकतान्त्रिक र संवैधानिक माध्यमबाट निकास खोज्न आग्रह गरेको छ । पार्टीको केन्द्रीय सचिवालयद्वारा जारी वक्तव्यमा हालैका हिंसात्मक घटनाक्रम, जनधनको क्षति र सुरक्षाको कमजोर अवस्थाप्रति गम्भीर ध्यानाकर्षण गराइएको छ ।एमालेका महासचिव शंकर पोखरेलले जारी गरेको वक्तव्यमा भदौ २३ गते न्भल–श् युवाहरूले सामाजिक सञ्जालको स्वतन्त्रता, भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै गरेको प्रदर्शनप्रति सहानुभूति प्रकट गर्दै उक्त दिन भएको जनधनको क्षतिबाट पार्टी स्तब्ध भएको उल्लेख छ । प्रदर्शनका
काठमाडौं – जेनजी आन्दोलनका क्रममा एमाले सांसद् तथा गायिका कोमल ओलीको दाङ स्थीत सञ्चालन रहेको होटलमा समेत आगजनी गरिएको छ । विहीबार सामाजिक सञ्जाल फेसबुकमा आगजनी भएको होटल र आफनो घरको फोटो सावर्जनिक गर्दै उनले मेरो होटलमा आगो लगाएर ४० जनाको रोजगारी खोस्नु जेन–जी क्रान्ति हो ? भन्दै प्रश्न गरेकी छन् ।उनले अगाडि भनेकी छन,‘जेन–जीको क्रान्ति र परिवर्तनको नाममा आएको युवाको उर्जामाथि गर्व गर्छु, तर सोही नाममा अरूले गरेको यो काम के साँच्चै आन्दोलनको हिस्सा हो ? के मेरो घर ध्वस्त पार्नु र होटलमा आगो लगाउनु जेन–जीको क्रान्ति हो ? ४० जना स्थानीयले पाएको रोजगारी खोस्नु परिवर्तनको मार्ग हो ? पानीको सेवा दिई
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायक कम्पनीहरुलाई सीमित कर्मचारी परिचालन गरी अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्न निर्देशन दिएको छ ।विहिबार राष्ट्र बैंकले इजाजतपत्र तथा अनुमतिपत्रप्राप्त बैंक, विकास बैंक, वित्त कम्पनी तथा भुक्तानी प्रणालीसम्बन्धी कार्य गर्ने संस्थालाई निर्देशन जारी गर्दै संवेदनशिल प्रणाली सीमित कर्मचारीमार्फत सञ्चालन गरी अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानी सेवामा अवरोध नआओस् भन्ने उद्देश्यले निरन्तरता दिन आग्रह गरेको हो ।अन्य कम जोखिमयुक्त प्रणालीको हकमा भने रिमोट एक्सेस अर्थात घरबाटै सञ्चालन गर्ने व्यवस्था मिलाउन पनि राष्ट्र बैंकले
काठमाडौं – नेपाली सेनाले निषेधाज्ञालाई केही खुकुलो गरेसँगै विहानको समयमा मानिसहरुको चहलपहल देख्न थालिएको छ । जङ्गी अड्डा, जनसम्पर्क तथा सूचना निर्देशनालयले बिहीबारबाट आवश्यकताअनुसार आवतजावतमा छुट दिन थालेसँगै अत्यावश्यक सेवाका सवारी तथा संस्थाहरु सञ्चालन भएका छन् । जनजीवन सहज बनाउन दैनिक उपभोग्य वस्तु व्यवस्थापनका लागि २६ गतेको बिहान ६ बजेदेखि ९ बजेसम्म तथा साँझ ५ बजेदेखि ७ बजेसम्म खुल्ला रहने भएता पनि स–सानो समूहमा कार्य गर्न सेनाले आग्रह गरेको छ । सेनाले सहज वातावरण बनाउन थालेपछि आफ्नो पसल पनि सञ्चालन गरेको व्यवसायी मंगललाल श्रेष्ठले बताए । उनी काठमाडौं हनुमानस्थान नजिकै
काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडको आईपीओमा उद्योग प्रभावित स्थानीयवासीको समेत उच्च आकर्षण देखिएको छ । स्थानीय तर्फ मागभन्दा बढी आवेदन परेको हुँदा कम्पनीको आईपीओ छोटो अवधिमा नै भदौ २५ गतेसम्म मात्र निष्कासन गरिएको हो ।कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्कासन गरेको थियो । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आईपीओ निष्कासन भई बाँडफाँट समेत सम्पन्न भइसकेको छ भने अब स्थानीयतर्फको बाँडफाँटपछि सर्वसाधारणका लागि आईपीओ खुल्नेछ । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको व्यवस्थापनमा जारी गरिएको यस आईपीओ अन्तर्गत कम्पनीले १ अर्ब ६३ करोड
काठमाडौँ । देश जलिरहेको हेर्दा,जताततै बाट आकाशमा फैलिएको धुवाँको कालो मुस्लो देख्दा र ती अबोध बच्चाहरुको मृत्युु र हत्याको विभत्स तस्बिर र दृश्यहरु देख्दा मेरो हृदय त्यो देश जलेको ताप भन्दा र त्यो दृश्यले देखाएको क्रूरताको पराकाष्ठा सम्झिदा एकहजार गुना बढी मेरो मुटु जलिरहेको थियो । सन्तापको अग्निको ज्वाला दन्किरहेको थियो। म अवाक, जिउँदो लाससरि भएर यो देशको नागरिक हुनुमा, जन्मिनुमा अनि हजारौं पटक मरेर केवल जिउनुपरेकोमा आफुलाई असाध्य निरीह, लाचार एवं सँधै आफ्नै माटो, बाटो र आगनमा असुरक्षित महसुस गर्दै, धिक्कार्दै केवल काल कुर्न विवश हुनुपरेको र यो भन्दा अरु कुनै विकल्प पनि नभएको महसुस गरिरहेको थ
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.