समाचार

    Showing 13,111-13,120 of 26,701 items.
  • सिमलतालमा मिनी ट्रक दुर्घटना, दुई जना घाइते

    चितवन— नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा आज बिहान एक मिनी ट्रक दुर्घटना भएको छ। भारतबाट काठमाडौंतर्फ जाँदै गरेको यूपी ३२ जेड एन ७८८३ नम्बरको आयसर मिनी ट्रक आफैं अनियन्त्रित भई सडकबाट करिब ८० मिटर तल त्रिशूली नदी किनारमा खसेको हो।दुर्घटनामा ट्रक चालक भारतको लखनउ निवासी २१ वर्षीय आशिक यादव र सहचालक २० वर्षीय उत्तर सिंह घाइते भएका छन्। उनीहरूको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।ट्रकमा भारतबाट काठमाडौं ल्याउँदै गरिएको मेवा रहेको जनाइएको छ। दुर्घटनापछि घटनास्थलमा प्रहरी टोली खटिएको थियो भने थप अनुसन्धान भइरहेको छ।

    • प्रकाशित मितिः असार ३२, २०८२
    • 557 पटक पढिएको
  • गणतन्त्र र महिला अधिकारका मुद्दामा दलहरूलाई जवाफदेही बनाउन दबाब अभियान

    काठमाडौं—लोकतन्त्र र महिला अधिकारका लागि दबाब अभियानले राजनीति दलहरूलाई सचेत गराएको छ । पछिल्लो समय गणतन्त्रप्रति नागरिकमा वितृष्णा बढ्दै गएको भन्दै अभियानले दलहरू यसतर्फ सचेत हुनुपर्ने उल्लेख गरेको हो। आज एक विज्ञप्ति जारी गर्दै अभियानले नागरिकहरूको दशकौंको संघर्षबाट आएको गणतन्त्रलाई संस्थागत गर्ने जिम्मेवार सरकारले हालको भ्रष्टाचार, दण्डहिनता, बेथिती, हिंसा, वर्गीय विभेद, युवाहरूको निराशा र नागरिकका गुनासालाई सम्बोधन नगरेका कारण आम जनतामा, विशेष गरी युवाहरूमा वितृष्णा देखिएको उल्लेख गरेको छ । यसले लोकतन्त्रलाई कमजोर पार्दै पुनः परम्परागत असमानता र अन्यायलाई पुर्नजिवित गर्न सक्ने जो

    • प्रकाशित मितिः असार ३२, २०८२
    • 673 पटक पढिएको
  • तोलामा १३ सयले घट्यो सुन, कतिमा हुदै छ कारोबार ?

    काठमाडौं— नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आज छापावाल सुनको मूल्य तोलामा १ हजार ३ सय रुपैयाँले घटेर १ लाख ९२ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।यसअघि मंगलबार सुन तोलाको १ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी २ हजार २ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः असार ३२, २०८२
    • 640 पटक पढिएको
  • २० वर्षदेखि फरार कर्तव्य ज्यान अभियुक्त कुटपिट प्रकरणमा परे पक्राउ

    दाङ— झन्डै १८ वर्षको उमेरमा कर्तव्य ज्यान मुद्दामा मुछिएर फरार रहेका अर्जुन बुढा मगर भनिने राजाबाबु बुढा मगर पक्राउ परेका छन्।गढवा गाउँपालिका–३, खैरेनी निवासी २७ वर्षीय बुढालाई इलाका प्रहरी कार्यालय गढवाले कुटपिटको विषयमा सोधपुछ गर्ने क्रममा पक्राउ गरेको हो।२०७६ साल माघ २४ गते उच्च अदालत पाटनले उनलाई कर्तव्य ज्यान र चोरी मुद्दामा २० वर्ष १ महिना १५ दिन कैद सजायको फैसला सुनाएको थियो। त्यसयता उनी फरार थिए।प्रहरीका अनुसार उनी कहिले अर्जुन, कहिले चुनु त कहिले राजाबाबु नाम प्रयोग गरेर गाउँघरमै बस्दै आएका थिए। उनले दाङको लमही क्षेत्रमै केही बालकहरूलाई चोरी गर्न लगाउने गरेको पनि अनुसन्धानबाट खुलेको छ

    • प्रकाशित मितिः असार ३२, २०८२
    • 548 पटक पढिएको
  • करार कर्मचारीलाई हाजिर नगराउन थलारा गाउँपालिकाको निर्देशन

    बझाङ — जिल्लाको थलारा गाउँपालिकाले करार सेवामा कार्यरत कर्मचारीहरूलाई हाजिर नगराउन सम्बन्धित वडा कार्यालय तथा स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिएको छ। मङ्गलबार सार्वजनिक सूचना जारी गर्दै मातहतका कर्मचारीहरुलाई हाजिर नगराउन निर्देशन दिएको हो ।गाउँपालिकाले असार ३० गतेको बैठक निर्णयअनुसार हालै लागू भएको ‘सुदूरपश्चिम प्रदेश स्थानीय सेवा गठन तथा सञ्चालन ऐन, २०८१’ का प्रावधानअनुसार करार सेवाको नवीकरण प्रक्रिया अघि नबढाइने बताएको छ।गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रयागराज पाध्याद्वारा जारी सूचनामा सेवा अवधि नवीकरण नहुने भएकाले करार कर्मचारीहरूलाई हाजिर नगराउन भनिएको हो।गाउँपालिकाको निर्णयसँगै क

    • प्रकाशित मितिः असार ३२, २०८२
    • 435 पटक पढिएको
  • पेट्रोलको पदार्थको मूल्य घट्यो

    काठमाण्डौ  ।  नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । बुधबार (असार ३२) बिहानदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाइएको निगमले जनाएको छ ।पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँले घटाइएको छ । डिजेल र मट्टीतेलको मूल्य भने प्रतिलिटर एक रुपैयाँले घटाइएको निगमले जनाएको छ ।नयाँ मूल्यसूचीअनुसार, काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १५७.५० रुपैयाँ पर्नेछ । यी स्थानमा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १४५.५० रुपैयाँ कायम गरिएको निगमले जनाएको छ ।भारतबाट इन्धनको मूल्य बढेर आएकाले यहाँ पनि सोहीअनुसार समायोजन गरिएको निगमले जनाएको छ । 

    • प्रकाशित मितिः असार ३२, २०८२
    • 376 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ र बिक्रीदर १३७ रुपैयाँ ६० पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ९१ पैसा र बिक्रीदर १६० रुपैयाँ ६१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ १९ पैसा र बिक्रीदर १८५ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १७१ रुपैयाँ ९३ पैसा र बिक्रीदर १७२ रुपैयाँ ६८ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ९० पैसा र बिक्रीदर ९० रुपैयाँ २९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ०८ पैसा र बिक्रीदर १०० रुपैयाँ ५

    • प्रकाशित मितिः असार ३२, २०८२
    • 343 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशभर आंशिक देखि साधरणतया बदली रहेको छ। बागमती प्रदेशको केही स्थानहरूमा साथै कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।दिउसो देशभर साधरणतया बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशको थोरै स्थानहरूमा भारी देखि धेरै भारी साथै मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भाव

    • प्रकाशित मितिः असार ३२, २०८२
    • 366 पटक पढिएको
  • सांसद बजगाईंको कटाक्ष : “देश ऋणमा डुबेको छ, विजयको गर्जन गर्न लाज लाग्छ”

    काठमाडौं– सत्तारुढ नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले मुलुक चरम ऋणभारमा डुबिरहेको भन्दै वर्तमान परिस्थितिमा विजयको उद्घोष गर्न लाज लाग्ने अवस्था आएको टिप्पणी गरेका छन्।मंगलबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद बजगाईंले सरकारका मन्त्रीहरू व्यापक भ्रष्टाचार र घुस प्रकरणमा मुछिएका कारण जनप्रतिनिधिहरू नै अनुहार लुकाएर हिँड्नुपर्ने अवस्थामा पुगेको बताए।“अनुहार छोपेर हिँड्न बाध्य छौं,” उनले भने, “धेरै मन्त्रीहरू भ्रष्टाचार र घुसमा तल्लिन छन्। मैले यसबारे पहिले नै चेतावनी दिएको थिएँ।”उनले शान्ति प्रक्रिया सुरु भएको २०६२/६३ यता देशको सार्वजनिक ऋण २.६११ ट्रिलियन रुपैयाँ पुगेको उ

    • प्रकाशित मितिः असार ३१, २०८२
    • 500 पटक पढिएको
  • दार्चुलामा तुइनबाट खसेर एक युवक महाकाली नदीमा बेपत्ता

    दार्चुला– दार्चुलाको व्याँस नगरपालिका–२, तल्लो दुम्लिङका २८ वर्षीय नारायण बुढाथोकी तुइनमार्फत महाकाली नदी पार गर्ने क्रममा खसेर बेपत्ता भएका छन्।जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक छत्रबहादुर रावतका अनुसार, नारायण बुढाथोकी नेपालतर्फको दुम्लिङबाट भारततर्फको घर्माधारतर्फ अवैध रूपमा तुइन प्रयोग गरी नदी पार गर्दै गर्दा अचानक खसेका हुन्।घटनाका बेला नारायणसँग अन्य दुई जना स्थानीय युवाहरू पनि थिए। तीमध्ये दुई जना सकुशल छन् भने नारायण नदीमा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ। घटना आज दिउँसो करिब १२ बजे भएको हो।प्रहरीका अनुसार यो तुइन नक्साबाट बाहिरको सीमाक्षेत्रमा अवैध

    • प्रकाशित मितिः असार ३१, २०८२
    • 392 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.