काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा राख्दै देशमा हालै उत्पन्न विषम परिस्थितिलाई सम्बोधन गर्न संवैधानिक समाधान र राष्ट्रिय मेलमिलापको लागि आह्वान गरेका छन् । भ्रष्टाचारविरुद्ध जेनजी युवा समूहले गरेको आन्दोलन र त्यसपछिका घटनाक्रमले देशमा राजनीतिक शून्यता सिर्जना गरेको भन्दै उनले तत्काल राष्ट्रिय सहमतिको सरकार गठन गर्न, संविधान संशोधन गर्न र पार्टी नेतृत्वले राजीनामा दिई ६ महिना भित्र पार्टीको महाधिवेशन गर्न माग गरेका छन् ।भाद्र २३ र २४ गते भएको आन्दोलनका क्रममा युवाहरूको निधन भएकोमा गहिरो दुःख व्यक्त गर्दै पौडेलले एक विज्ञप्त
काठमाडौं – जङ्गी अड्डा, जनसम्पर्क तथा सूचना निर्देशनालयले बिहीबार निषेधाज्ञा र कफ्र्यु आदेशलाई आंशिक रूपमा खुकुलो बनाउने भएको छ । बुधबार एक वज्ञप्ति जारी गर्दै निर्देशनालयले काठमाडौं उपत्यकाको हालको सुरक्षा अवस्थालाई ध्यानमा राख्दै आवश्यकताअनुसार आवतजावतमा छुट दिन लागिएको बताएको छ । विज्ञप्तिमा काठमाडौं, ललितपुर र भक्तपुरमा नागरिकको सुरक्षा सुनिश्चित गर्न जारी आदेशलाई निरन्तरता दिँदै आंशिक रूपमा खुकुलो बनाउने उल्लेख गरिएको छ । आज बिहान ६ बजेदेखि १० बजेसम्म र बेलुकी ५ बजेदेखि ७ बजेसम्म मात्र अत्यावश्यक कार्यका लागि आवतजावत गर्न पाइनेछ । तर, बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म निषेध
काठमाडौं – त्रिभुवन विश्वविद्यालयले आगामी कात्तिक १० गते सम्म पठनपाठन बन्द हुने जनाएको छ । बुधबार त्रिभुवन विश्वविद्यालय रजिष्ट्रारको कार्यालय तथा जनसमम्पर्क महाशाखाले सूचना जारी गर्दै आगामी कात्तिक ११ गतेदेखि मात्रै नियमित पठनपाठन सञ्चालन हुने जानकारी गराएको हो । मुलुकमा विद्यमान असामान्य परिस्थितिको कारण यस्तो निर्णय गरिएको त्रिविले जनाएको छ । सूचनामा आगामी हिउँदे बिदाबाट कटौती गर्ने गरि यही भदौ २९, ३० र ३१, आगामी असोज १, २ र ५ का साथै आगामी कात्तिक ९ गतेका हुने भनिएको त्रिविको सम्पूर्ण पठनपाठन बन्द गर्ने निणय गरिएको उल्लेख गरिएको छ ।
काठमाडौं – आज जेनजी समूह र नेपाली सेनाबिच वार्ता हुने भएको छ । बुधबार साँझ जंगी अड्डामै जेनजीबिच विवाद भएपछि हिजो भनिएको वार्ता आज हुन लागेको हो । हालसम्म जेनजी समूहको नेतृत्व गरेर वार्तामा बस्ने विषयमा विवाद हुँदा औपचारिक छलफल हुन सकेको छैन । विवादहुँदा नेपाली सेनाले आन्तरिक सहमति कायम गरेर वार्तामा आउन आग्रह गरेको थियो । जेनजीहरुले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम अगाडि सारेका छन् भने काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले पनि कार्कीलाई समर्थन गरेको बताएका छन् । यस्तै, धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ बुधबार साँझ काठमाडौं आएका छन् । हिजो साँझ प्रध
रामेछाप – रामेछापस्थित रामेछाप कारागारमा गोली चल्दा २ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । बिहीबार बिहान कारागारबाट कैदीबन्दिहरु भाग्न प्रयास गरेपछि स्थिती नियन्त्रण लिन गोली प्रहार गरिएको हो । कारागार तनावग्रस्त भएपछि फायरिङको क्रममा २ जना कैदीको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल रामेछाप लगिएको छ । हाल कारागारमा ३३४ जना कैदीबन्दिहरु छन् । कारागारलाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ भने घटनाको थप विवरण आउन बाँकी छ ।
काठमाण्डौ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। बिहान मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।दिउँसो देशभर साधरणतया बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागका केही स्थानहरूमा र बाँकी तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका केहि स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।राति देशभर साधरणतया बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्ब
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ६७ पैसा र बिक्रीदर १४१ रुपैयाँ २७ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १६५ रुपैयाँ २६ पैसा रहनेछ ।पाउन्ड स्ट्रलिङ एकको खरिददर १९० रुपैयाँ ४० पैसा र बिक्रीदर १९१ रुपैयाँ २२ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७६ रुपैयाँ ३० पैसा र बिक्रीदर १७७ रुपैयाँ ०५ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ९१ पैसा र बिक्रीदर ९३ रुपैयाँ ३१ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ५२ पैसा
काठमाडौं । देशभर शान्ति सुरक्षा कायम राख्न नेपाली सेनाले आज (बुधबार) साझ ६ बजेदेखि कफ्र्यू आदेशलाई झन कडा बनाउने निर्णय गरेको छ । पछिल्लो आन्दोलनपछिको परिस्थितिलाई मध्यनजर गर्दै सेनाले यस्तो कदम चालेको हो ।सेनाले निषेधाज्ञा तथा कफ्र्यूको अवधिमा एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी प्रयोग गर्ने अत्यावश्यक सवारी साधनहरू मात्र सञ्चालनमा रहन पाउने जनाएको छ । नेपाली सेनाले सम्बद्ध निकायहरूसँग समन्वयमा रही आन्दोलनपछिको अवस्था व्यवस्थापन गर्न पहल गरिरहेको जनाएको छ । साथै, नागरिकहरूलाई काम नपरी बाहिर ननिस्कन समेत अपील गरिएको छ ।
काठमाडौं । जेनजी पुस्ताका नाममा भएको आन्दोलन हिंस्रक बनेपछि वार्ता र संवादको प्रक्रिया अन्यौलमा छ । राष्ट्रपति र प्रधानसेनापतिबाट आन्दोलनकारीलाई वार्ताका लागि आब्हान गरेपनि जेनजी पुस्ता नेतृत्वविहीन जस्तै देखिएको छ र वार्ताका लागि प्रतिनिधिको नाम पठाउन सकेका छैनन् । आन्दोलनका क्रममा प्रधानमन्त्री एवम मन्त्रीदेखि सांसदहरुको समेत राजीनामा आइसकेकाले अब मुलुक कसरी अगाडि बढ्छ भन्नेमा अन्यौलता छाएको छ । जेनजीहरुले संसद विघटनदेखि अन्तरिम नागरिक सरकारको परिकल्पना गरेका छन् । यस्तो परिस्थितिमा सरकार निर्माणबारे विभिन्नखाले बहसहरु भइरहेका छन् । संविधानविद् डा.विपिन अधिकारी सरकार बनाउने फरक फरक
काठमाडौं । जिल्ला प्रशासन कार्यालय जुम्लाले कफ्र्यू आदेश जारी गरिएको छ ।बुधबार विज्ञप्ति निकाल्दै कार्यलयले जुम्ला जिल्ला लगायत मुलुकका बिभिन्न भागमा हालै भएको प्रदर्शनका क्रममा ठुलो जनधनको क्षति कारण थप जनधनको क्षति हुन नदिन आम कफ्र्यू जारी गरेको हो ।कार्यलयले २०८२–५–२५ गते वेलुकी ५ः०० बजे देखि मिति २०८२–५–२६ गते बिहान ६ः०० बजे सम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क बमोजिम जुम्ला जिल्ला भित्र कसैले कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने समेत बताएको छ । संयुक्त विज्ञप्ति जस्ताको त्यस्तै :‘जुम्ला जिल्ला लगायत मुलुकका बिभिन्न भागमा हालै भएको प्रदर्शनका क्रमम
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.