समाचार

    Showing 1,331-1,340 of 26,455 items.
  • युरोपमा अत्याधिक गर्मीका कारण १० हजारभन्दा बढीको मृत्यु

    एजेन्सी। युरोपमा बढ्दो तापक्रम घातक बन्दै गएको छ। जुन महिनाको अन्तिम सातामै चर्को गर्मीका कारण १० हजारभन्दा बढी मानिसको मृत्यु भएको तथ्याङ्क सार्वजनिक भएको छ।  युरोपको पश्चिमी भागमा चर्को गर्मीका कारण जुन महिनाको अन्त्यतिर १० हजार भन्दा बढीको मृत्यु भएको छ।आधिकारिक तथ्याङ्कले अरू वर्षमा हुने मृतकको संख्याभन्दा यस वर्षको जुनमा थप १० हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको देखायो भनेर समाचार संस्था रोएटर्सले  जनाएको छ।युरोमोमो र विश्व स्वास्थ्य सङ्गठनसँग आबद्ध नेटवर्कका अनुसार ज्यान गुमाउनेमध्ये ९ हजारभन्दा बढी ६५ वर्षमाथिका वृद्धवृद्धा रहेका छन्। अत्यधिक गर्मीले हिट स्ट्रोक, मुटु र श्वास

    • प्रकाशित मितिः असार २९, २०८३
    • 210 पटक पढिएको
  • बर्षाका कारण काठमाडौं–हेटौँडा जोड्ने दुई प्रमुख सडक बन्द

     काठमाडौं। अविरल वर्षापछि पहिरो र खोलाको बहाव खतरनाक बनेसँगै काठमाडौंबाट हेटौँडा जाने दुई मुख्य सडकखण्डमा सवारी आवागमन रोकिएको छ।मकवानपुर प्रशासनले यात्रुको सुरक्षालाई प्राथमिकता दिँदै हेटौँडा–टिङ्गन–बागमती–ललितपुर सडकमा अर्को सूचना नआउँदासम्म र हेटौँडा–भैँसे–भीमफेदी–सिस्नेरी–काठमाडौं सडकमा असार ३० गते बिहान ५ बजेसम्म सवारी सञ्चालन बन्द गरेको जनाएको छ।प्रशासनले अत्यावश्यक कामबाहेक यात्रा नगर्न, मौसम र सडक अवस्थाबारे आधिकारिक सूचना हेरेर मात्रै यात्रा गर्न सबैलाई आग्रह गरेको छ।

    • प्रकाशित मितिः असार २९, २०८३
    • 192 पटक पढिएको
  • जनकपुरधाम उपमहानगरले ल्यायो २ अर्व ६५ करोड २० लाख ३२ हजारको बजेट

    जनकपुर / जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३ र ८४ का लागि २ अर्व ६५ करोड २० लाख ३२ हजार रुपैयाँको बजेट ल्याएको छ ।सोमबार उपमहानगरपालिकाको सभाहलमा १५ औं नगरसभा सम्पन्न गर्दै जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले नीति तथा कार्यक्रमसहित बजेटबारे जानकारी दिएका छन् । मेयर साहले अबको बजेटमा पर्यटन प्रवद्र्धन र सरसफाईलाई विशेष प्राथमिकतामा राखिएको जानकारी दिए ।उनका अनुसार बजेटमा आन्तरिक स्रोत तर्फ करिब २० करोड, नेपाल सरकारबाट प्राप्त हुने समानीकरण अनुदान तर्फ ३० करोड ५९ लाख, प्रदेश सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँट र सशर्ततर्फका आयोजनाहरुको रकम तथा चालू आ।व।मा बचत हुने रकम

    • प्रकाशित मितिः असार २९, २०८३
    • 186 पटक पढिएको
  • ९ बुँदे सहमतिपछि गणेश नेपालीको आर्यघाटमा अन्तिम विदाई हुँदै

    काठमाडौं। आत्मदाहपछि उपचारका क्रममा ज्यान गुमाएका २५ वर्षीय गणेश नेपालीको शव अन्तिम संस्कारका लागि सोमबार पशुपति आर्यघाट लगिएको छ। सरकार, काठमाडौं महानगरपालिका र पीडित परिवारबीच ९ बुँदे सहमति भएपछि अन्त्येष्टिको प्रक्रिया अघि बढाइएको हो।सहमतिअनुसार घटनाको सत्यतथ्य छानबिन गर्न पूर्वन्यायाधीशको नेतृत्वमा स्वतन्त्र समिति गठन गरिनेछ। समितिले सात दिनभित्र प्रतिवेदन बुझाउनेछ भने त्यसकै आधारमा गणेश नेपालीलाई सहिद घोषणा गर्ने विषयमा निर्णय प्रक्रिया अघि बढाइने जनाइएको छ।घटनाका दिन खटिएका महानगर प्रहरीलाई निलम्बन गरी छानबिनको निष्कर्षअनुसार थप कारबाही गरिने सहमति भएको छ। यस्तै, मृतककी श्रीमतीलाई काठमाड

    • प्रकाशित मितिः असार २९, २०८३
    • 206 पटक पढिएको
  • मोदी खोलामा आएको भीषण बाढीले दुई होटल सहित घान्द्रुक जोड्ने सडक र पुल बगायो

    कास्की। कास्कीको पर्यटकीय क्षेत्र घान्द्रुक जाने मार्गमा आएको आकस्मिक बाढीले ठूलो क्षति पुर्‍याएको छ। मोदी खोलाको उर्लिएको भेलले दुई होटल बगाउनुका साथै सडक र पुलसमेत ध्वस्त बनाएको छ। सडक अवरुद्ध भएपछि पर्यटक र स्थानीय सवारीसाधन बीच बाटोमै रोकिएका छन्। आइतबार आएको आकस्मिक बाढीले कास्कीको अन्नपूर्ण गाउँपालिका–१० स्थित घान्द्रुक सडकखण्डमा व्यापक क्षति पुर्‍याएको छ।अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङका अनुसार उर्लिएको मोदी खोलाले स्थानीय दिलिप गुरुङ र जगन पुनका दुई होटल पूर्ण रूपमा बगाएको छ। घरविहीन बनेका दुवै परिवार अहिले छिमेकीको घरमा आश्रित छन्।बाढीले घान्द्रुक जोड्ने मुख्य सडक कट

    • प्रकाशित मितिः असार २९, २०८३
    • 266 पटक पढिएको
  • कालीकोटमा पहिरोले पानीघट्ट पुरिँदा दुई जनाको मृत्यु

    काठमाडौं— कालीकोटमा पहिरो खस्दा पानीघट्ट पुरिएर दुई जनाको मृत्यु भएको छ। सान्नीत्रिवेणी गाउँपालिका–६ काप्रिखोलामा घट्टमाथिबाट आएको पहिरोले पुरिँदा स्थानीय दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।मृत्यु हुनेमा धाँमीगाउँका करिब ४६ वर्षीय मन्दिर सावद र ७६ वर्षीय लालबहादुर सावद रहेका छन्।प्रहरीका अनुसार उनीहरू बिहान काप्रिखोलास्थित पानीघट्टमा अन्न पिस्न गएका थिए। सोही क्रममा घट्टमा बसिरहेका बेला माथिबाट अचानक पहिरो खस्दा उनीहरू पुरिएका थिए। घटनास्थलमै उनीहरूको मृत्यु भएको जनाइएको छ।घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी मेहलमुडीबाट खटिएको टोली घटनास्थलमा पुगेको थियो। प्रहरी टोलीले पहिरोमा पुरिएका दु

    • प्रकाशित मितिः असार २९, २०८३
    • 483 पटक पढिएको
  • झापाका पाँच सुकुम्वासी परिवारलाई लालपुर्जा वितरण

    काठमाडौं— भूमि समस्या समाधान समिति आयोगले झापाका पाँच जग्गाविहीन सुकुम्वासी परिवारलाई लालपुर्जा हस्तान्तरण गरेको छ । समितिका अध्यक्ष बलभद्र बास्तोलाका अनुसार झापाको बुद्धशान्ति गाउँपालिका–४ का जग्गाविहीन घरपरिवारलाई लालपुर्जा हस्तान्तरण गरिएको हो ।सरकारले गत १८ असारमा बर्दियाबाट लालपुर्जा वितरण अभियान सुरु गर्दै बढैयाताल गाउँपालिका–४ का २९ भूमिहीन दलित तथा सुकुम्वासी परिवारलाई जग्गाधनी प्रमाणपूर्जा वितरण गरेको थियो ।त्यसक्रममा सरकारले भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्दै देशभर वास्तविक भूमिहीन नागरिकलाई कानुनी रूपमा जग्गाधनी बनाउने लक्ष्यसहित अभियान विस्तार गर्ने जनाएको थियो ।

    • प्रकाशित मितिः असार २९, २०८३
    • 483 पटक पढिएको
  • कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    काठमाडौं—  सोमबार बिहान कान्तिपुर पब्लिकेसन्सको गेटमा शंकास्पद रूपमा छाडिएको गाडी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता रवि जयसवालले प्रयोग गर्दै आएको खुलेको छ।बा ०१–०३४ च ८४८० नम्बरको उक्त गाडीमा सवार भई सञ्चारगृहको गेट अवरुद्ध गरिएपछि सुरक्षा निकायले क्रेनको सहायताले गाडी नियन्त्रणमा लिएको थियो।उक्त गाडी हाल सानिमा बैंकको नाममा दर्ता रहेको छ। रौतहटको गरुडा नगरपालिकाका मेयर कन्थमणि प्रसाद जयसवालले उक्त गाडी आफ्नो छोरा रविले चढ्ने गरेको स्वीकार गरेका छन्।मेयर जयसवालले भने, ‘करिब एक महिनाअघि खरिद गरिएको हो। नामसारी भइनसकेकाले अझै बैंककै नाममा छ।’ उनका अनुसार गाडी कहिले छोरा स्वयम् र

    • प्रकाशित मितिः असार २९, २०८३
    • 465 पटक पढिएको
  • अर्थ समितिद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन र भन्सार कार्यालयको अनुगमन

    काठमाडौं— सङ्घीय संसद् प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालय र भन्सार कार्यालयको स्थलगत अनुगमन गरेको छ।समितिले सार्वजनिक सेवा प्रवाह, राजस्व प्रशासन तथा यात्रु सेवा व्यवस्थाको अवस्थाबारे जानकारी लिन विमानस्थलस्थित सम्बन्धित कार्यालयको अनुगमन गरेको हो।अनुगमनका क्रममा समितिका सदस्यहरूले अध्यागमन प्रक्रिया, भन्सार व्यवस्थापन, यात्रुले प्राप्त गर्ने सेवा सुविधा तथा राजस्व संकलनको अवस्थाबारे जानकारी लिएका थिए।समितिले विमानस्थलबाट प्रवाह हुने सेवामा देखिएका समस्या, सुधार गर्नुपर्ने पक्ष र व्यवस्थापनको अवस्थाबारे सम्बन्धित अधिकारीसँग छलफलसमेत गर

    • प्रकाशित मितिः असार २९, २०८३
    • 452 पटक पढिएको
  • अबको १० बर्षमा नेपालले खेल पर्यटनमा छलाङ्ग मार्नसक्छ: सूर्य थपलिया

    काठमाडौं / नेपालमा खेल पर्यटन स्पोट्र्स टुरिजमको सम्भावना उच्च रहेपनि यसको विकासका लागि अझै धेरै आधार निर्माण गर्नुपर्ने आवश्यकता देखिन्छ । खेलकुद र पर्यटनलाई जोडेर अघि बढाउन सके यसले नेपालको अर्थतन्त्र, गन्तव्य प्रवद्र्धन र रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान पुर्याउन सक्ने सरोकारवालाहरुको भनाइ छ । नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले कुराकानीमा पर्यटनलाई कुनै एउटा क्षेत्रसँग मात्र सीमित गरेर बुझ्न नहुने बताए । उनले पर्यटन विभिन्न उद्देश्य, प्रेरणा र गतिविधिसँग जोडिने भएकाले खेलकुदसँग पनि यसको गहिरो सम्बन्ध रहेको उल्लेख गरे । उनका अनुसार सामान्यतया पर्यटन भन्नाले

    • प्रकाशित मितिः असार २९, २०८३
    • 186 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.