समाचार

    Showing 1,361-1,370 of 26,458 items.
  • गणेश नेपाली आत्मदाह प्रकरणः परिवारले दियो जाहेरी

    काठमाडौं। त्रिपुरेश्वरमा आत्मदाह गरेका गणेश नेपालीको मृत्यु प्रकरणले अब कानुनी मोड लिएको छ। घटनाको सत्यतथ्य उजागर गर्न परिवारले प्रहरीमा जाहेरी दर्ता गर्ने प्रक्रिया सुरु गरेसँगै औपचारिक अनुसन्धान अगाडि बढ्ने भएको हो।गणेश नेपालीका परिवारका सदस्यहरू सोमबार प्रहरी वृत्त कालीमाटी पुगेर जाहेरी दर्ताको प्रक्रिया अघि बढाएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार कुनै पनि अप्राकृतिक मृत्युमा कानुनी रूपमा जाहेरी दर्ता गरिने व्यवस्था भएकाले त्यसैअनुसार अनुसन्धान अघि बढाइनेछ।उनका अनुसार जाहेरीपछि पोस्टमार्टम, आवश्यक प्रमाण संकलन, घटनाको विस्तृत अनुसन्धान तथा कानुनी आ

    • प्रकाशित मितिः असार २९, २०८३
    • 191 पटक पढिएको
  • रामेछापको लाछेवारमा ठूलो पहिरो: होटल र दुइवट पक्की पुल बगायो

    रामेछाप / गएराति परेको अविरल वर्षापछि रामेछापको उमाकुण्ड गाउँपालिका–१ स्थित अन्तिम मानव बस्ती लाछेवार क्षेत्रमा ठूलो पहिरो गएको छ ।स्थानीय ग्याल्जेन शेर्पाले दिएको जानकारीअनुसार पहिरो पछि ठाडोखोलामा आएको बाढीले लाछेवार क्षेत्रको एउटा होटल पूर्ण रूपमा बगाएको छ । यस्तै, दुगड हाइड्रोपावरको ७७ मेगावाट क्षमताको आयोजनाको ड्याम क्षेत्रमा समेत उल्लेखनीय क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । शेर्पाका अनुसार पहिरो तथा अविरल वर्षाका कारण उक्त क्षेत्रमा रहेका दुईवटा मोटरेबल पुल समेत बगाएको छ । पुल र सडकमा क्षति भएसँगै हाल लाछेवार जाने सम्पूर्ण सडक सम्पर्क अवरुद्ध भएको उनले जानकारी दिए । घट

    • प्रकाशित मितिः असार २९, २०८३
    • 137 पटक पढिएको
  • मन्त्रीको निर्देशनपछि कोशी अस्पतालको अतिक्रमित क्षेत्रमा चल्यो डोजर

    विराटनगर / विराटनगरस्थित कोशी अस्पतालको स्वामित्वमा रहेको जग्गा अतिक्रमण गरी निर्माण गरिएका व्यावसायिक संरचनामा सोमबार बिहानै डोजर चलाइएको छ ।मन्त्रालयको निर्देशन र अस्पताल प्रशासनले दिएको सातदिने अल्टिमेटमको म्याद सकिएसँगै तीनवटा डोजर प्रयोग गरेर एक घण्टाभित्रै ३२ वटा व्यावसायिक सटर भत्काइएको हो ।अस्पतालका जनसम्पर्क अधिकारी नवराज लुईटेलका अनुसार देवकोटा पुस्तकालय, नेपाल रेडक्रस सोसाइटी, नेपाल क्षयरोग निवारण संस्था र गणेश मन्दिर समितिले भाडामा लगाएका २६ वटा तथा अस्पतालकै स्वामित्वमा रहेका ६ वटा गरी कुल ३२ वटा सटर भत्काइएको हो ।‘मन्त्रालयको निर्देशनअनुसार यी संरचना हटाइएको हो । अब यस क्षेत

    • प्रकाशित मितिः असार २९, २०८३
    • 144 पटक पढिएको
  • २८ सय रुपैयाँले घट्यो सुनको मूल्य

    काठमाडौं / नेपाली बजारमा आज  सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा दुई हजार आठ सय रुपैयाँले घटेर २ लाख ८५ हजार २ सय रुपैयाँमा कारोबार भएको छ । आइतबार सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य पनि १००रुपैयाँले घटेको छ । चाँदी ४ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।आइतबार चाँदी प्रतितोला ४ हजार ४७५ रुपैयामा कारोबार भएको थियो । 

    • प्रकाशित मितिः असार २९, २०८३
    • 154 पटक पढिएको
  • दोलखामा पहिरो: चार महिनाकी शिशुको ज्यान गयो, आमा गम्भीर घाइते

    रामेछाप / दोलखामा पहिरोमा परी चार महिनाकी एक शिशुको ज्यान गरएको छ भने आमा गम्भीर घाइते भएकी छन् । जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोषकुमार खड्काका अनुसार कालिञ्चोक गाउँपालिका–१ क्याङ्पोल क्षेत्रमा गए राति करिब ९ बजे गएको पहिरोमा परी चार महिनाकी एलिना थामीको ज्यान गएको हो। उनकी १९ वर्षीया आमा शर्मिला थामी गम्भीर घाइते भएकी छिन् । प्रहरीका अनुसार शर्मिला आफ्नी चार महिनाकी छोरी एलिनालाई लिएर भीमेश्वर नगरपालिका–१ सुस्पास्थित माइतीबाट बोलेरो गाडीमा घर फर्किंदै थिइन् । सुनखानी–साङवा सडकखण्डअन्तर्गत क्याङ्पोल–हेलेक्पाथाली क्षेत्रमा पहिरो खसेर सडक अव

    • प्रकाशित मितिः असार २९, २०८३
    • 134 पटक पढिएको
  • राहदानी विभागले सुरु गर्यो नयाँ प्रणाली, एक करोड नागरिकको विवरण सुरक्षित रूपमा स्थानान्तरण

    काठमाडौं / राहदानी विभागले नेपालको इतिहासकै सबैभन्दा ठूलो डेटा माइग्रेसन सफलतापूर्वक सम्पन्न गरी नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणालीमार्फत सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।परराष्ट्र मन्त्रालयअन्तर्गत रहेको राहदानी विभागले सोमबार एक सूचना जारी गर्दै २)८३ साल असार २) गतेदेखि नयाँ प्रणाली कार्यान्वयनमा ल्याइएको जानकारी दिएको हो । विभागका अनुसार करिब एक करोड नेपाली नागरिकका राहदानीसम्बन्धी विवरण सुरक्षित रूपमा नयाँ प्रणालीमा स्थानान्तरण गरिएको छ ।विभागले नयाँ सूचना प्रविधि प्रणाली सञ्चालनमा आएपछि प्रारम्भिक चरणमा केही प्राविधिक चुनौती, प्रणालीमा सुस्तता तथा राहदानी वितरणमा सामान्य ढिल

    • प्रकाशित मितिः असार २९, २०८३
    • 145 पटक पढिएको
  • परिवर्तनको भ्रमबाट देश बदलिदैन: महासचिव शंकर पोखरेल

    काठमाडौं / नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशको वर्तमान संकटको समाधान सस्तो लोकप्रियतावाद पपुलिजम वा क्षणिक उत्तेजनाबाट सम्भव नहुने बताएका छन्। सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले देश रूपान्तरणका लागि वैचारिक स्पष्टता, स्पष्ट गन्तव्य र राजनीतिक इमानदारी अपरिहार्य रहेको बताएका हुन्। पोखरेलले देशको विकृति, विसङ्गति र बेथिति हटाउने जिम्मेवारी गलत नेतृत्वलाई सुम्पनु नेपाली समाजको ठूलो भूल भएको उल्लेख गरेका छन्। आफैँभित्रका विकृति र आचरणगत कमजोरीहरू सुधार्न नसकेको नेतृत्वलाई विकृति अन्त्य र राजनीति सुधारको जिम्मा सुम्पनु नै हाम्रो सबैभन्दा ठूलो भूल थियो भन्ने कुरा नेपाल

    • प्रकाशित मितिः असार २९, २०८३
    • 165 पटक पढिएको
  • भानुभक्तको योगदानलाई आत्मसात गर्दै नेपाली भाषा र साहित्यलाई समृद्ध बनाउनुपर्छ: सभामुख अर्याल

    काठमाडौं / सभामुख डोलप्रसाद अर्यालले आदिकवि भानुभक्त आचार्यको योगदानलाई केवल स्मरण गर्ने नभई उहाँले देखाएको मार्गलाई आत्मसात गर्दै नेपाली भाषा र साहित्यको विकासमा लाग्नुपर्ने बताएका छन् ।सोमबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित २१३औँ भानु जयन्ती विशेष समारोहलाई सम्बोधन गर्दै सभामुख अर्यालले भानुभक्तको योगदान नेपाली समाज, भाषा र संस्कृतिका लागि ऐतिहासिक रहेको उल्लेख गरे । उनले आजको दिन भानुभक्तलाई सम्झने मात्र नभई उनको योगदानलाई व्यवहारमा उतार्दै नेपाली भाषा र साहित्यलाई अझ समृद्ध बनाउने संकल्प लिनुपर्ने बताए । आधुनिक प्रविधि, विश्वव्यापी प्रतिस्पर्धा र बदलिँदो सामाज

    • प्रकाशित मितिः असार २९, २०८३
    • 134 पटक पढिएको
  • पहिराले मेची राजमार्ग अवरुद्ध

    इलाम। निरन्तरको वर्षाले मेची राजमार्ग र झापासँग जोड्ने दुवै वैकल्पिक सडक बन्द भएपछि इलाम, पाँचथर र ताप्लेजुङको आवागमन ठप्प भएको छ । यातायात अवरुद्ध भएसँगै बिरामी, यात्रु र मालबाहक ढुवानीसमेत प्रभावित बनेका छन् ।जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मी भण्डारीका अनुसार इलाम नगरपालिका–९ राजदुवालीमा पुरानै पहिरो थप धस्सिएर सडक बगेपछि कुनै पनि प्रकारका सवारीसाधन सञ्चालन गर्न सकिने अवस्था छैन । “गोदक–जोगमाई–तिल्केनी सडकमा रहेको डाइभर्सनमाथिबाट बाढी बगेपछि यो वैकल्पिक मार्ग पनि बन्द भएको छ”, उहाँले भन्नुभयो, “केचना–कञ्चनजङ्घा मार्गअन्तर्गत पुवाखोलाको डाइभर्सन डुबानमा परेपछि उक्त सडकबाट या

    • प्रकाशित मितिः असार २९, २०८३
    • 249 पटक पढिएको
  • पर्खाल भत्किँदा पुरिएर बालकको मृत्यु

    ढोरपाटन। बागलुङमा घरको पर्खाल भत्किँदा एक बालकको मृत्यु भएको छ । ढोरपाटन नगरपालिका–२ सलामकोटमा घरको पर्खाल आइतबार साँझ भत्किँदा च्यापिएर बडिगाड गाउँपालिका–५ का पाँच वर्षीय आशिष भण्डारीको मृत्यु भएको हो । मावलीघर सलामकोटमा बस्दै आएका भण्डारी आँगनमा खेल्दै गर्दा अचानक घरको पर्खाल भत्किएर पुरिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी नायब निरीक्षक सुदीप भट्टराईले जानकारी दिनुभयो । पर्खालले पुरिएर गम्भीर बनेका भण्डारीको उद्धार गरी बुर्तिबाङ प्रादेशिक अस्पतालमा ल्याउँदा डाक्टरले मृत घोषणा गरेको उहाँको भनाइ छ ।उहाँले भन्नुभयो, “घर अलि अप्ठ्यारो ठाउँमा रैछ, पर्खाल कच्ची ठाउँमा लगाएको हुँदा पि

    • प्रकाशित मितिः असार २९, २०८३
    • 185 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.