काठमाडौं / नेपाली बजारमा आज  सोमबार सुनको मूल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा दुई हजार आठ सय रुपैयाँले घटेर २ लाख ८५ हजार २ सय रुपैयाँमा कारोबार भएको छ ।

आइतबार सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य पनि १००रुपैयाँले घटेको छ । चाँदी ४ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार चाँदी प्रतितोला ४ हजार ४७५ रुपैयामा कारोबार भएको थियो ।