समाचार

    Showing 13,801-13,810 of 24,868 items.
  • अवैध रकमसहित दुई जना पक्राउ

    काठमाडौं— सर्लाहीको मलंगवा नगरपालिका—८ बाट स्रोत नखुलेको नगद ७ लाख २८ हजार ९ सय रूपैयाँसहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा गोडैटा नगरपालिका—५ रामबन बस्ने ३८ वर्षीय मनोज गुप्ता र उनकै भाई ३५ वर्षीय श्री भगवान गुप्ता रहेका छन् ।उनीहरूलाई प्रहरी चौकी गोरखकालीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३० एन २२३० नम्बरको मोटरसाइकलमा नगद सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः फागुन २०, २०८१
    • 296 पटक पढिएको
  • मन्त्री यादवको निर्देशन: मेलम्ची खानेपानीको पाइपलाइन तत्काल मर्मत गर्नु

    काठमाडौं— आज बिहान फुटेको मेलम्ची खानेपानीको मुख्य पाइपलाइन तत्काल मर्मत गरी पानी सुचारु गर्न मातहतका निकायलाई खानेपानी मन्त्री प्रदीप यादवले निर्देशन दिएका छन् । मेलम्चीको पाइप फुटेर थापाथलीमा क्षति भएको खबर पाउनासाथ मन्त्री यादवले फुटेको पाइप तत्काल मर्मगरी नागरिकलाई शुद्ध पानी वितरण गर्न निर्देशन दिएका हुन् । मन्त्री यादवले भने, “हाल म नेपाल र भारत सर कारबिच खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) क्षेत्रको विकासका लागि महत्त्वपूर्ण समझदारी पत्रमा हस्ताक्षर गर्न नयाँ दिल्लीमा छु । तथापि, मैले सम्बन्धित निकायलाई तत्काल पाइप मर्मत गरी मेलम्चीको पानी सुचारु गर्न निर्देशन दिइसकेको छु ।”यस

    • प्रकाशित मितिः फागुन २०, २०८१
    • 157 पटक पढिएको
  • लाङटाङमा रहेको एसियाकै सबैभन्दा पूरानो चिज कारखाना बन्द हुने अवस्थामा

    काठमाडौं । मुलुकको सबैभन्दा पुरानो रसुवाको लाङटाङ चिज उत्पादन केन्द्र धरासायी अवस्थामा पुगेको छ । विशेषगरी याकचौरीको दुधमार्फत चिज उत्पादन गर्दै आइरहेको केन्द्रमा दूध नै आउन छाडेपछि कारखाना बन्द गर्नुपर्ने अवस्थामा पुगेको छ ।एसियाकै सबैभन्दा पुरानो चिज उत्पादन केन्द्र मानिएको कारखाना १९५२ मा स्थापनामा भएको हो । स्वीस नागरिक टोनी हेगेनको पहलमा रसुवाको क्यान्जेनमा उत्पादन केन्द्र खोलिएको थियो । एक दशकअघिसम्म सात सय लिटर दूधमार्फत चिज उत्पादन हुने गरेको भएपनि हाल १ सय ५० लिटर दूध पाउन पनि मुस्किल भएको केन्द्र प्रमुख ग्याल्बो लामाले बताए ।‘म २७ बर्षदेखि कारखानमा कार्यरत छु । १४ बर्षदेखि केन्द्र प्

    • प्रकाशित मितिः फागुन २०, २०८१
    • 248 पटक पढिएको
  • नेपाल बार एसोसिएसनः आन्दोलनरत पक्ष र समितिबिच वार्ता सुरु

    काठमाडौं— कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एसोसिएसनको आसन्न केन्द्रीय कार्यसमिति निर्वाचनको नामावली विवाद सुल्झाउन आन्दोलनरत पक्ष र निर्वाचन समितिबिच वार्ता सुरु भएको छ ।नेपाली कांग्रेस निकट डेमोक्रेटिक लयर्स एसोसिएसनले बारको निर्वाचन कार्यालय घेराउ गरेसंगै प्रदर्शन गरेको थियो । प्रदर्शनपछि आन्दोलनरत पक्ष र समितिबिच वार्ता सुरु भएको छ।वार्तामा आन्दोलनरत पक्षबाट डीएलएका केन्द्रीय सचिव शिव रेग्मी, कोषाध्यक्ष हरि बस्नेत र डीएलए काठमाडौंका अध्यक्ष सुशील पौडेल सहभागी छन् । यस्तै निर्वाचन समितिका तर्फबाट रामकृष्ण ढकाल, ताराबहादुर सिटौला, तेजनाथ धमला, सेवन्तराज निरौला र चन्द्रबहादुर शाही सहभ

    • प्रकाशित मितिः फागुन २०, २०८१
    • 361 पटक पढिएको
  • राष्ट्रिय सभाले सामाजिक सञ्जाल विधेयक अघि बढाउँदै

    काठमाडौं— राष्ट्रिय सभाले सामाजिक सञ्जाल विधेयक अघि बढाउँदैछ । यो विधेयकमाथि शुक्रबार सैद्धान्तिक छलफल गर्ने सम्भावित कार्यसूची रहेको छ ।यो विधेयक सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले गत माघ १५ गते राष्ट्रिय सभामा दर्ता गरेका थिए । सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन विधेयक ल्याइएको मन्त्री गुरुङले जानकारी दिए । यसका लागि स्पष्ट कानुन निर्माण आवश्यकता महसुस भएको उनले बताएका छन् तर, सामाजिक सञ्जाल नियमन गर्ने नामा प्रयोगकर्तालाई नियन्त्रण गर्न खोजिएको भनेर आलोचना समेत भइराखेको छ । डिजिटल प्लाटफर्मलाई उत्तरदायी र जवाफदेही बनाउनुपर्ने प्रयोगकर्ताल

    • प्रकाशित मितिः फागुन २०, २०८१
    • 266 पटक पढिएको
  • कारागारका कैदीबन्दी आयआर्जनमा

    चितवन । जिल्ला कारागार कार्यालय चितवनका कैदीबन्दीमध्ये दुई सय ३२  कैदीबन्दी घरेलु इलममा लागेका छन् । ती मध्ये एक सय ८० जना कैदी र ५२ जना बन्दी हुन् । कार्यालयमा अहिले ४५ महिला र छ सय ६८ पुरुष गरी सात सय १३ कैदीबन्दी छन् ।कार्यालयका निमित्त प्रमुख चेतनाथ ढुङ्गानाका अनुसार अहिले सबैभन्दा धेरै कैदीबन्दी गलैँचा बुन्ने र मुढा बनाउने काममा लागिरहेका छन् । गलैँचा बुन्ने ९१ र ९६ जना मुढा बुन्ने काममा छन् । यस्तै, यहाँ फर्निचर बनाउने, कपडा सिलाउने, पर्स, (ब्याग) बनाउने, कपडा बुन्ने (ऊनीको टोपी, गलबन्दी, स्वेटर बुन्ने), गुडिया, खेलौना बनाउने कपासको बत्ती कात्ने, कपाल काट्ने, नाम्लो, डोरी बुन्ने, सु

    • प्रकाशित मितिः फागुन २०, २०८१
    • 243 पटक पढिएको
  • टिचिङ अस्पतालमा पानीको समस्या

    काठमाडौं — २४ घण्टादेखि पानीको आपूर्ति बन्द हुँदा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) मा अवस्था नाजुक बनेको छ ।पानी अभावमा बिरामी, बिरामीका कुरुवा, कर्मचारी, डाक्टर तथा नर्सहरुलाई समस्या भएको छ ।अस्पताल परिसरको बोरिङले पानी नतानेकोले र खानेपानीको पाइपबाट नियमित आपूर्ति नभएको अस्पताल प्रशासनले जनाएको छ । त्रिवि शिक्षण अस्पतालमा केयूकेएलको महाराजगञ्ज शाखाले पानी आपूर्ति गर्दछ । अरु घर धनीलाई आधा इन्चको पाइपबाट पानी दिने गरिए पनि त्रिवि शिक्षण अस्पताललाई भने दुई इञ्चसम्मको पाइपबाट पानी दिने गरिएको केयूकेएल स्रोत बताउँछ । पानी आपूर्तिको तालिका भने समान हुने गर्दछ ।केयूकेएल स

    • प्रकाशित मितिः फागुन २०, २०८१
    • 545 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ५० पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ १० पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैयाँ ७८ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ४१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७६ रुपैयाँ ४७ पैसा र बिक्रीदर एक सय ७७ रुपैयाँ २३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५४ रुपैयाँ ७९ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ४६ पैसा कायम गरिएको छ ।यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ८३ पैसा र बिक्रीदर ८७ रुपैयाँ २१ पैसा, क्यानेडियन

    • प्रकाशित मितिः फागुन २०, २०८१
    • 303 पटक पढिएको
  • सिस्नोको कपडा बुनेर स्वरोजगार बन्दै महिला

    हेटौँडा (मकवानपुर) । जिल्लाको थाहा नगरपालिका दामनका महिला स्वरोजगार बन्ने उद्देश्यले अल्लोको कपडा बनाउन थालेका छन् । वनमा जताजतै उपलब्ध हुने अल्लोको पाटबाट कपडा बुन्ने यहाँका स्थानीय महिलाले वार्षिक कार्यतालिका बनाएर काम गरिरहेका हुन् । तरकारीको मौसम सकिएपछि महिला वनमा गएर अल्लो ल्याउने र पाटबाट धागो बनाएर कपडा बुन्न व्यस्त हुने गरेका छन् । अहिले यहाँका महिला अन्य जिल्लामा अल्लोको पाट निकाल्न र धागोसहित कपडा बुन्न सिकाउन पनि जान थालेका छन् । लामो समयसम्म अल्लोको कपडा बनाउने तालिम लिएर काम गर्दै आउनुभएकी थाहा नगरपालिकाकी रेश्मा गोपालीले केही वर्ष अगाडि दामन महिला अल्लो ह््याण्डीक्राफ्

    • प्रकाशित मितिः फागुन २०, २०८१
    • 174 पटक पढिएको
  • सरकार प्रति बालेनको आक्रोस; “भ्रमको खेतिमा पीएचडी अहिलेको सरकारलाई दिए हुन्छ”

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) अहिलेको सरकारले  भ्रमको खेतिमा पिएचडि गरेकोे भन्दै आक्रोश व्यक्त गरेका छन् ।  सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै उनले भनेका छन् ‘भ्रमको खेतिमा पीएचडी पाउन मिल्ने हो भने अहिलेको सरकारलाई दिए हुन्छ’ ।वर्तमान सरकारले आफूमाथि विभिन्न खालका भ्रमको सिर्जना गर्ने अनि प्रचार गरिरहेको प्रति आक्रोश हुँदै प्रधानमन्त्रीलाई चेतावनी समेत दिएका छन् ।  उनले सुशासनका लागि जोसँग जुध्नु परे पनि तयार रहेको बताएका छन् । सुशासन कायम गर्न सम्झौता नगर्ने र देशमा सुशासन लागू गर्ने बताएका हुन् ।भ्रमको खेतिमा पीएचडी पाउन मिल्

    • प्रकाशित मितिः फागुन १९, २०८१
    • 389 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.