समाचार

    Showing 13,921-13,930 of 24,870 items.
  • उपवास र ध्यान योगले मानसिक स्वास्थ्यमा सुधार ल्याउन सहयोग पुग्छः उपराष्ट्रपति

    काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले महाशिवरात्रि पर्वका अवसरमा गरिने उपवास र ध्यान योगले शारीरिक र मानसिक स्वास्थ्यमा सुधार ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।महाशिवरात्रि पर्वका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले यसबाट आत्म शुद्धि, ध्यान र आध्यात्मिक उन्नतिको अवसर प्रदान गर्ने उल्लेख गरे । ‘विभिन्न शिवालय, शिव मन्दिर, महादेव मठलगायत धार्मिकस्थलमा मेलाहरूको आयोजना हुनुले पर्यटन क्षेत्रको विकासमा टेवा पुग्दछ, यसले आर्थिक गतिविधि वृद्धि भई मुलुकको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्दछ’, उनले भनेका छन् ।शिवको आराधना र भक्तिको माध्यमबाट धार्मिक आस्था र विश्वासलाई बलियो बनाउँदै

    • प्रकाशित मितिः फागुन १४, २०८१
    • 300 पटक पढिएको
  • पवित्र पाशुपत क्षेत्र नेपालमा रहनु समस्त हिन्दूका लागि गौरवको विषय होः राष्ट्रपति

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पवित्र पाशुपत क्षेत्र नेपालमा रहनु हाम्रा लागि मात्र नभई समस्त हिन्दूका लागि पनि गौरवको विषय भएको बताएका छन् ।महाशिवारत्रि पर्व, २०८१ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति तथा समृद्धिको कामना गर्दै उनले भने, ‘नेपाल भूमिसँग भगवान् शिवको सम्बन्ध विभिन्न वैदिक ग्रन्थमा वर्णन गरिएको पाइन्छ । पवित्र पाशुपत क्षेत्र नेपालमा रहनु हाम्रा लागि मात्र नभई समस्त हिन्दूहरूको लागि पनि गौरवको विषय हो ।’उनले हाम्रो मुलुकका धेरै धार्मिक सम्प्रदायभित्र विद्यमान सनातन संस्कृतिमा शिवसँग सम्बन्धित आस्था र विश्वास निरन्तर प्रतिव

    • प्रकाशित मितिः फागुन १४, २०८१
    • 190 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ ८४ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार आज युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैयाँ ८९ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ५२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ८७ पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ ६३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५५ रुपैयाँ ४५ पैसा र बिक्रीदर एक सय ५६ रुपैयाँ ११ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ १९ पैसा र बिक्रीदर ८८ रुपैयाँ ५७

    • प्रकाशित मितिः फागुन १४, २०८१
    • 292 पटक पढिएको
  • फागुन कृष्ण चतुर्दशीः भगवान् शिव उत्पत्ति भएको महाशिवरात्रि पर्व

    काठमाडौँ । भगवान् शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ ।प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजाआराधना गरी आज देशभर मनाउन लागिएको हो । पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख, शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले बताए ।वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड

    • प्रकाशित मितिः फागुन १४, २०८१
    • 333 पटक पढिएको
  • सौखका लागि रोपेको फूल बन्यो आम्दानीको स्रोत

    धरान (सुनसरी) । कुनै समय सौख पूरा गर्न घरको कौसीमा रोपेको फूल अहिले धरानका लाहुरे बस्तीमा आम्दानीको स्रोत बनेको छ । घर सजावटका लागि रोपिएका फूलले आम्दानी दिन थालेपछि उनीहरू पनि हौसिएका छन् ।धरान उपमहानगरपालिका–१९ का विश्व लिम्बूले सजावटका लागि फूल सङ्कलन गर्ने आफ्नो रहरले नै आफूलाई व्यावसायिक फूलखेतीमा लाग्ने सहयोग गरेको बताउँछन् । उनले पछिल्लो आठ वर्षदेखि क्यानल अफ्रिकन भेटिलेट नर्सरी सञ्चालन गरिरहेका छन् । ‘पहिले सजावटका लागि विदेशबाट बिरुवा मगाउँदै घरमा रोप्दै आएको थिएँ, अहिले फूलका बिरुवा उत्पादन गरेर बिक्री गरी मासिक झण्डै रु एक लाख आम्दानी भइरहेको छ’, उनले भने ।फूल रोप्ने सौखलाई व्यवसायम

    • प्रकाशित मितिः फागुन १४, २०८१
    • 357 पटक पढिएको
  • ताप्लेजुङमा जारी निषेधाज्ञा आज रातिदेखि हट्ने

    फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङमा जारी निषेधाज्ञा आज राति ११ बजेदेखि हट्ने भएको छ । जिल्ला सुरक्षा समितिको सिफारिसअनुसार तीन दिनदेखि लागू गरिएको निषेधाज्ञा हटाउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ ।  जिल्ला प्रशासन ताप्लेजुङले गत माघ ११ गते बिहानदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको थियो । फुङलिङ नगरपालिका बजार क्षेत्रमा सम्भावित प्रदर्शन, जुलुस, हुलदङ्गा, झडप तथा शान्ति सुरक्षामा असर पार्ने परिस्थितिलाई मध्यनजर गर्दै निषेधाज्ञा लगाइएको थियो ।  ताप्लेजुङको पाथीभरामा केबलकार परियोजनाको समर्थन र विरोधमा उत्रिएका समूहहरूबीच झडप भएपछि प्रशासनले निषेध

    • प्रकाशित मितिः फागुन १३, २०८१
    • 295 पटक पढिएको
  • अर्जुनधाराधाममा २५ जोडीको दाइजोमुक्त सामूहिक विवाह गरिने

    झापा । यहाँको अर्जुनधारा जलेश्वरधाममा कोशी प्रदेशका २५ जोडीको दाइजोमुक्त सामूहिक विवाह गरिने भएको छ । धामले प्रदेशका १४ वटै जिल्लाका १३७ वटा पालिकामा सामूहिक विवाह गर्न इच्छुक विपन्न परिवारका जोडीको सिफारिस गरिदिन पत्राचार गरेको धाम समितिका कोषाध्यक्ष मनोज जोशीले बताए ।विश्व हिन्दू परिषद् नेपालसँगको सहकार्यमा अर्जुनधारा नगरपालिका–७ स्थित धामको मन्दिर परिसरमा सामूहिक विवाह उत्सवको आयोजना गरिएको हो । उहाँका अनुसार नयाँ वर्ष २०८२ को वैशाख २ गते विवाहको मिति निर्धारण गरिएको छ । वडा कार्यालयले कानुनबमोजिम उमेर पुगेको सिफारिस गरेका आधारमा अभिभावकको उपस्थितिमा जोडीहरूको हिन्दू परम्पराअनुसार वैवाहिक क

    • प्रकाशित मितिः फागुन १३, २०८१
    • 364 पटक पढिएको
  • मधेसका किसान समूहलाई दुई अर्ब अनुदान दिइने

    महोत्तरी । मधेशका पशुपक्षीपालन गर्ने किसानले अनुदान पाउने भएका छन् । कृषि तथा पशुपक्षी विकास मन्त्रालयको बर्दिबासस्थित आर्थिक करिडोर आयोजना कार्यालयले मधेसका एक सय ७९ किसान समूहलाई दुई अर्ब अनुदान उपलब्ध गराउने प्रकृया अन्तिम चरणमा पुगेको जनाएको छ । विश्व बैङ्कको आर्थिक सहयोगमा सञ्चालित यस कार्यक्रमले किसानलाई व्यावसायिक कृषि र उत्पादनमुखी कार्यमा अभिप्रेरित गर्ने उद्देश्यले अनुदान दिन लागिएको कार्यालय प्रमुख सुरेन्द्र यादवले जानकारी दिए ।कार्यालयले प्रदेशका आठवटै जिल्लाका किसान समूह छनोट गरेको छ ।  ती किसान समूहमा पाँच हजार बढी किसान आबद्ध रहेको कार्यालयका सूचना अधिकृत सन्तोस प्रकाश

    • प्रकाशित मितिः फागुन १३, २०८१
    • 351 पटक पढिएको
  • कान्ति ताल आसपासका पूर्वाधार जीर्ण

    राँझा (बाँके) । संरक्षण अभावमा यहाँको नेपालगञ्ज उपमहानगरपालिका–२२ पुरैनीस्थित कान्ति ताल आसपासमा निर्मित पूर्वाधार जीर्ण बन्दै गएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाले करोडौँ खर्च गरेर निर्माण गरेको रेलिङ भत्किएका छन् । फलामका पाइप चोरी भएको स्थानीय चक्र बुढाले बताए ।‘तालमा वरिपरि बनाएका संरचना तोडफोड भएका छन्,’ उनले भने, ‘सुरक्षाका लागि सरोकारवाला निकायलाई पटक पटक खबर गरे पनि सुनुवाइ भएको छैन ।’करिब एक हजार आठ सय मिटर रेलिङमध्ये तीन सय मिटर रेलिङ तोडफोड गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले २०७५ सालमा कान्ति ताललाई व्यवस्थित गरेर पर्यटकीयस्थलका रूपमा विकास गर्ने योजना अघि बढाएको थियो । ताल वरिपर

    • प्रकाशित मितिः फागुन १३, २०८१
    • 357 पटक पढिएको
  • महाशिवरात्रिमा सहज दर्शनको व्यवस्थाः पशुपति विकास कोष

    काठमाडौँ । महाशिवरात्रि पर्वमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने श्रद्धालु भक्तजन, साधुसन्त र दर्शनार्थीको उपस्थिति बढेको छ । एक दशकयताकै सर्वाधिक भक्तजन आउने अपेक्षाका साथ पशुपति क्षेत्र विकास कोषले व्यवस्थापन गरेको जनाएको छ । महाशिवरात्रि पर्व हर्षोल्लासपूर्वक सम्पन्न गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्ष बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा महाशिवरात्रि पर्व व्यवस्था मूल समारोह समिति गठन गरिएको थियो । कोषका सदस्य सचिव डा मिलनकुमार थापाले भने, ‘नौ वटा विषयगत उप–समिति गठन गरिएको छ, उपसमितिबाट जिम्मेवारीअनुसार काम अघि बढाइएको छ, व्

    • प्रकाशित मितिः फागुन १३, २०८१
    • 269 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.