समाचार

    Showing 13,961-13,970 of 26,701 items.
  • चार महिनामा एक करोड ८२ लाखको अवैध सामान बरामद

    रौतहट— सशस्त्र प्रहरीले पछिल्ला चार महिनामा रौतहटबाट एक करोड ८२ लाख ९५ हजार ६५० रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेडक्वाटर, रौतहटले फागुन १ गतेदेखि जेठ मसान्तसम्मको अवधिमा सीमा क्षेत्रमा सक्रियता बढाउँदै यस्तो परिणाम निकालेको हो।प्रहरीले ६९ लाख ३२ हजार रुपैयाँ बराबरका सवारीसाधन नियन्त्रणमा लिएको गणपति सन्तोषकुमार बस्नेतले जानकारी दिए । तीमध्ये एक थान स्कार्पियो, एक थान अटोरिक्सा, ५४ थान मोटरसाइकल र चार थान साइकल रहेका छन्।यसैबीच, ८५ लाख ६८ हजार २२४ रुपैयाँ बराबरका अवैध किराना, कस्मेटिक सामान, लत्ताकपडा र मोटरपार्टससमेत बरामद भएका छन्।यसबाहेक, स्रोत

    • प्रकाशित मितिः असार १, २०८२
    • 310 पटक पढिएको
  • प्रभावकारी सेवा प्रवाहबाट कर्मचारीतन्त्रले नागरिकको मन जित्नुपर्छ : राष्ट्रपति पौडेल

    काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकलाई सहज, सरल र प्रभावकारी ढंगले सेवा पुर्‍याउन सकेमा लोकतन्त्र बलियो हुने बताएका छन्। उनले सरकारी कर्मचारीलाई जनतामुखी सेवा प्रवाहमार्फत जनताको मन जित्न आग्रह गरे।शनिबार लोक सेवा आयोगको हीरक जयन्ती समारोहमा बोल्दै राष्ट्रपति पौडेलले भने, "कर्मचारीतन्त्रले जबसम्म नागरिकको पहुँचलाई सहज बनाउन सक्दैन, तबसम्म लोकतन्त्र पनि बलियो हुन सक्दैन।"उनले सुशासनलाई सुदृढ गर्न कर्मचारीहरूले आधुनिक प्रविधि, दक्षता र पारदर्शितामार्फत सेवा दिनुपर्ने बताए। संघीय लोकतान्त्रिक गणतन्त्रको सफल कार्यान्वयनका लागि जनताको चाहना सम्बोधन गर्न कर्मचारीतन्त्रको भूमिका महत्व

    • प्रकाशित मितिः असार १, २०८२
    • 218 पटक पढिएको
  • गाविसमा भ्रष्टाचार गरेको भन्दै आयोगले नै विषेश अदालतमा १७ जनाविरुद्ध मुद्दा दायार गर्यो, कति पैसा हिनामिना भएको थियो ?

    काठमाडौं— बाँकेको साविक नरैनापुर गाउँ विकास समितिको कार्यालयका तत्कालीन अध्यक्ष अजयकुमार श्रीवास्तवसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरु विरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।नरैनापुर गाउँ विकास समिति बाँकेमा सामाजिक सुरक्षा भत्ता वितरण गर्दा गा.वि.स. सचिव र मुखियाले मिलेमतो गरी नियम विपरित भत्ता वितरण एवं लिने खाने गरेको आरोपमा १७ जनाविरुद्ध मुद्दा दायर गरिएको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।गाउँ विकास समितिले सामाजिक सुरक्षा भत्ता वितरण गर्दा आ.व.२०५७/५८ देखि २०७२/७३ सम्म सामाजिक सुरक्षा भत्ता पाउन

    • प्रकाशित मितिः असार १, २०८२
    • 333 पटक पढिएको
  • राज्यको कार्य सफलता कर्मचारीतन्त्रमा निर्भर छ : प्रधानमन्त्री ओली

    काठमाडौं -  प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको कार्य सफलता कर्मचारीतन्त्रमा धेरै हदसम्म निर्भर रहने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित लोक सेवा आयोगको ७५ औं वार्षिकोत्सव समारोहमा उनले मुलुक सञ्चालनका लागि छनोट हुने कर्मचारी योग्य, दक्ष हुनुको साथै स्वच्छ हुनुपर्ने भन्दै राज्यको कार्य सफलता कर्मचारीतन्त्रमा निर्भर रहने बताए । उनले भने, ‘कर्मचारीतन्त्र राजनीतिभन्दा फरक तर राजनीतिको लागि समिपमा रहेर काम गर्ने संयन्त्र हो । कुनैपनि मुलुकको सरकारको कार्य सफलता कर्मचारीतन्त्रमा धेरै हदसम्म निर्भर रहन्छ । तसर्थ मुलुक सञ्चालनका लागि छनोट गरिने कर्मचारी योग्य, दक्ष हुनुको साथै स्व

    • प्रकाशित मितिः असार १, २०८२
    • 301 पटक पढिएको
  • प्रतिपक्षको विरोधकोबीच संसद चलाउनु ‘दादागिरी’ हो : सांसद शाही

    काठमाडौं  - राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले प्रतिपक्षी दलको विरोधकाबीच संसद चलाएर ‘दादागिरी’ गरिएको भन्दै आपत्ति जनाएका छन् । आइतबार बसेको प्रतिनिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै उनले प्रतिपक्षी दलको विरोधकोबीच संसद चलाउनु संसदीय अभ्यास नभएको भन्दै दादागिरी बन्द गर्नुहोस् भन्दै आक्रोस् पोखे । उनले भने,‘संसदमा यसरी विरोध भइरहँदा संसद चलाउनु उचित हुन्छ? भिजिट भिसा प्रकरणमा दोषिलाई कारबाही गर्ने भन्ने मागमा साथ दिनुहोस् । यसरी संसद चलाउनु संसदीय अभ्यास होइन् । यो दादागिरी हो । यो दादागिरी बन्द गर्नुहोस् ।’ 

    • प्रकाशित मितिः असार १, २०८२
    • 242 पटक पढिएको
  • दिलभुषण जोगाउन नगरकोटमा सम्पादकहरूको भेला, छोरी भने आरजुकै युलियन्समा

    काठमाडौं— पछिल्लो समय चर्चामा रहेका सञ्चारकर्मी दिलभुषण पाठक प्रहरी अनुसन्धानको घेरामा परेपछि देशका ३५ भन्दा बढी सम्पादकहरू नगरकोटमा भेला भएका थिए। सम्पादकहरुको भेला हुनुको उद्देश्य एउटै थियो पाठकको सम्भावित गिरफ्तारी रोक्न रणनीति बनाउने।पाठकले आफ्ना पोडकास्टमार्फत हिल्टन होटल खरिदसम्बन्धी कांग्रेस सभापति शेरबहादुर देउवाका पुत्र जयवीर देउवामाथि आरोप लगाएका थिए। उनले जयवीरले कति मूल्यमा, कहिले र कसरी खरिद गरे भन्ने बारे प्रष्ट पारेका थिएनन् ।पुष्टि नभएको समाचारलाई लिएर जयवीर देउवाले पाठकविरुद्ध प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका थिए। त्यसपछि काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जीसमेत जारी गरेको

    • प्रकाशित मितिः असार १, २०८२
    • 393 पटक पढिएको
  • रास्वा र राप्रपाको अवरोधकाबीच अघि बढाइयो प्रतिनिधिसभाको बैठक

    काठमाडौं -  प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाको अवरोधका बीच प्रतिनिधिसभाको बैठक अघि बढेको छ ।आइतबार बसेको बैठक सुरु हुनेवित्तिकै रास्वपा र राप्रपाले उठेर नाराबाजी लगाएर बिरोध गरिरहेका छन् ।  यसैबीच सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको कारवाही अगाडि बढाएका हुन् ।सभामुखले आकस्मिक समयमा बोल्न दलगत सांसदलाई समय दिन्छु भन्दै कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेलाई समय दिएपछि रास्वपाले आपत्ति जनाएको थियो ।घिमिरे बोल्न सुरु गर्ने वित्तिकै रास्वपाका सांसदले रोष्टम अगाडि पुगेर नाराबाजी गरेका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिन समिति गठनको माग गर्दे र

    • प्रकाशित मितिः असार १, २०८२
    • 293 पटक पढिएको
  • ‘रवि लामिछानेलाई सभापतिको पदमा राख्न कुन नैतिकताले दिन्छ ?’

    काठमाडौं -  नेपाली कांग्रेसका सांसद श्याम घिमिरेले रास्वापालाई पाँचवटा अदालतमा सहकारी ठगी, सम्पत्ति सुद्धीकरण संगठित अपराधको मुद्दा खेपिरहेको रवि लामिछानेलाई आफ्नो पार्टीको सभापतिको पदमा विराजमान गराएर राख्न कुन नौतिकताले दियो ?भन्दै प्रश्न गरेका छन् । आइतबार रास्वपा र राप्रपाको विरोधकाबीच नै सुरु भएको प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘रास्वपाले नौतिकताको आधारमा भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग गर्दै निरन्तर संसद अवरोध गर्दै र होहल्ला गर्दै आएको छ । राजीनामा माग्ने साथीहरुल

    • प्रकाशित मितिः असार १, २०८२
    • 390 पटक पढिएको
  • चीन र भारतका लागि आस्थाको केन्द्र हो नेपाल ; मन्त्री पाण्डे

    काठमाडौं  - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल चीन र भारतको आस्थाको केन्द्र भएको बताएका छन् । राजधानीमा सुरु भएको ‘हिमाली बौद्ध धर्म र परम्परा’ विषयक पाँचदिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले नेपाल चीन र भारत दुबै राष्ट्रको आस्थाको केन्द्रको साथै बुद्ध र वेदभूमि पनि भएको बताएका हुन् । उनले भने, ‘हाम्रो परिचय बुद्ध हुन्। विश्व शान्तिको बाटोमा जाँदा विश्वले नेपाललाई सम्झिन्छ ।’यस्तै, उनले सरकार संस्कृति र सभ्यताको विकास तथा विस्तारमा प्रतिबद्ध रहेको भन्दै नीतिनियम धर्म र संस्कृति फैलिने खालको बनाइने बताए । सरकारले धर्म र संस्क

    • प्रकाशित मितिः असार १, २०८२
    • 490 पटक पढिएको
  • प्रेमिकाको नग्न तस्बिर सामाजिक सञ्जालमा पोष्ट गरेपछि प्रहरीको फन्दामा परे युवक

    गोरखा— आफ्नै प्रेमिकाको नग्न तस्बिर सामाजिक सञ्जालमा हालेको आरोपमा प्रहरीले  एक जनालाई पक्राउ गरेको छ । शाहिदलखन गाउँपालिका–२ बस्ने १९ वर्षका जिफ्रान थापा मगरलाई प्रहरीले पक्राउ गरेको हो ।रिलेसन सिपमा रहेको आफ्नै प्रेमिकाको नग्न तस्बिर सामाजिक सञ्जालमा पोष्ट गरेको आरोपमा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी इन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।जिफ्रान थापा मगरलाई अहिले विद्युतीय कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान भई रहेको प्रहरी उपरीक्षक सुवेदीले जानकारी दिए ।पक्राउ परेका युवकले नाम परिवर्तित “(०८१।०८२) फ कुमारी” का प्रेमीलाई सामाजिक सञ्

    • प्रकाशित मितिः असार १, २०८२
    • 293 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.