समाचार

    Showing 13,991-14,000 of 26,701 items.
  • गृहमन्त्रीको राजीनामाको माग गर्दै रास्वपा र राप्रपाको संसदमा निरन्तर विरोध, बजेट छलफल प्रभावित

    काठमाडौं— गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संघीय संसदमा विरोध जारी राख्ने निर्णय गरेका छन्।भिजिट भिसा प्रकरणमा देखिएको अनियमितताबारे गृहमन्त्रीको प्रत्यक्ष जिम्मेवारी रहेको भन्दै दुवै पार्टीले उनीमाथि नैतिक जिम्मेवारी लिँदै राजीनामा दिनुपर्ने अडान लिएका छन्। आइतबार सभामुख देवराज घिमिरेको अध्यक्षतामा सिंहदरबारमा भएको प्रमुख दलका मुख्य सचेतकहरूसँगको छलफलमा रास्वपा र राप्रपाले आफ्नो विरोध कायमै राख्ने बताएका हुन्।सभामुख घिमिरेले संसद्‌को आगामी कार्यसूची, विशेष गरी बजेट सत्रलाई प्रभावकारी बनाउने उद्देश्यले उ

    • प्रकाशित मितिः असार १, २०८२
    • 408 पटक पढिएको
  • हेलिकप्टर दुर्घटना, ५ जनाको मृत्यु

    काठमाण्डौ । भारतको उत्तराखण्ड स्थित केदारनाथ धाममा हेलिकप्टर दुर्घटना भएकाे छ ।आज(आइतबार) बिहान गौरीकुण्ड क्षेत्रको त्रिजुगीनारायण  नजिकै दुर्घटना भएको हो । सो हेलिकप्टर देहरादूनबाट केदारनाथ जाँदै थियो।दुर्घटनामा हेलिकप्टरमा सवार सबै ५ जनाको मृत्यु भएको बताइएको छ । मृत्यु हुनेमा एक बच्चा पनि छन्। दुर्घटनाग्रस्त हेलिकप्टर आर्यन कम्पनीको रहेको थियो । खराब मौसमका कारण दुर्घटना भएको हो। उद्धारकर्ता र प्रहरी टोलीसँगै घटनास्थल पुगेका छन्।

    • प्रकाशित मितिः असार १, २०८२
    • 326 पटक पढिएको
  • बंगलादेशमा व्यवसायीक रुपमा विद्युत निर्यात सुरु

    काठमाण्डौ  ।  नेपालले आजदेखि बङ्गलादेशलाई नियमित रूपमा विद्युत निर्यात सुरु गरेको छ। नेपाल विद्युत प्राधिकरणले भारतीय प्रसारण लाइनमार्फत व्यवसायिक रूपमा ४० मेगावाट विद्युत बङ्गलादेश पठाउन थालेको हो।गत वर्ष पहिलोपटक कात्तिक १८ गतेमा १२ घण्टाका लागि परीक्षणस्वरूप विद्युत निर्यात गरिएको थियो। त्यसको निरन्तरता स्वरूप यो वर्ष असार १ गते राति १२ बजेदेखि नियमित निर्यात सुरु भएको हो।नेपालले हरेक वर्ष पाँच महिना वर्षात्को समयमा बढी भएको बिजुली छिमेकी मुलुक भारतलाई निर्यात गर्दै आएको छ । गत वर्ष बङ्गलादेशसँग विद्युत् निर्यात सम्झौता गरेको नेपालले त्यसबेला जम्मा १२ घण्टामात्र विद्युत् निर्

    • प्रकाशित मितिः असार १, २०८२
    • 238 पटक पढिएको
  • इजरायलले गर्यो इरानको तेल भण्डारमा आक्रमण

    एजेन्सी । इजरायलको आक्रमणबाट इरानको तेल भण्डारमा भीषण आगो लागेको दृश्य सार्वजनिक भएको छ ।इजरायलले इरानका सैन्य र आणविक पूर्वाधारमाथि आक्रमण थालेपछि द्विपक्षीय तनाव बढ्दै गएको छ। दुई देशबीच यो दोस्रो दिन लगातार आक्रमण भइरहेको हो।इजरायली ड्रोन आक्रमणका कारण तेहरानको ‘शाहरान प्राकृतिक ग्यास प्रशोधन केन्द्र’मा ठूलो विस्फोट भएको र अर्को इन्धन केन्द्रमा समेत क्षति पुगेको रोयटर्सले जनाएको छ। बीबीसीको एउटा भिडियोमा इरानबाट प्रहार गरिएका मिसाइलपछिको लहरमा हाइफाको तेल प्रशोधन केन्द्र नजिक आगलागी भएको देखिन्छ। इरानको तेल भण्डारका आक्रमण गरेपछि इजरायली रक्षा मन्त्री इजरायल काजले तेहरान बलिर

    • प्रकाशित मितिः असार १, २०८२
    • 252 पटक पढिएको
  • सातै प्रदेश सरकारले आज बजेट ल्याउँदै

    काठमाण्डौ  ।  प्रदेश सरकारहरुले आर्थिक वर्ष २०८२ / ८३ को बजेट आज प्रदेश सभामा प्रस्तुत गर्ने तयारी गरेका छन् ।प्रदेश सरकारहरुले असार १ गते आगामी आर्थिक वर्षको बजेट प्रदेश सभामा प्रस्तुत गर्नुपर्ने कानुनी प्रावधान छ । सोही अनुसार सातवटै प्रदेशको बजेट आज सार्वजनिक हुनेछ । प्रदेश सरकारहरुले भौतिक पूर्वाधार निर्माणसंगै पूँजीगत खर्च अभिवृद्धि हुनेगरी बजेट ल्याउने तयारी गरेका छन् । संघीय सरकारले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिशका आधारमा प्रदेशका लागि वित्तीय समानीकरण अनुदानका ६० अर्ब ६६ करोड रुपैँया विनियोजन गरेको छ ।त्यसैगरी सशर्त अनुदान ३० अर्ब ३५ करोड, समपूरक अनुद

    • प्रकाशित मितिः असार १, २०८२
    • 457 पटक पढिएको
  • आज प्रतिनिधिसभा बैठक बस्दै

    काठमाण्डौ  ।  संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आइतबार बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने संसद सचिवालयले जनाएको छ ।बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ को सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची रहेको छ ।राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन– २०८२ पेस गर्नेछन् ।उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित आर्थिक वर्ष २०८२–०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गर

    • प्रकाशित मितिः असार १, २०८२
    • 256 पटक पढिएको
  • यात्रुबस, कार र ट्याङ्कर एकआपसमा ठोक्किदा १० जना घाइते

    हेटौँडा । हेटौँडा–वीरगञ्ज सडक खण्डको हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोस्ट नजिक डाइभरडाँडामा यात्रुबसले कार र ट्याङ्करलाई ठक्कर दिँदा १० जना घाइते भएका छन् ।शनिबार अपराह्न वीरगञ्जबाट हेटौँडा आउँदै गरेको ना५ख २९७० नं को यात्रुबसले विपरीत दिशाबाट जाँदै गरेको कारलाइ ठक्कर दिएर दिएको थियो । सोही बसले अगाडिको ट्याङ्करलाई समेत ठक्कर दिएपछि एउटा रूखमा ठोक्किएर ठूलो दुर्घटना हुनबाट जोगिएको हो । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार दुर्घटनामा बसका चार यात्रु र कारमा सवार छ जना गरी १० जना घाइते भएका र सबैलाई उपचारका लागि हेटौँडा अस्पताल लगिएको छ ।

    • प्रकाशित मितिः असार १, २०८२
    • 409 पटक पढिएको
  • निर्माणाधीन बेलिब्रिज भाँचियो, ३ जनाको मृत्यु, ३ गम्भिर घाइते

    पाँचथर ।   मेची राजमार्गको पाँचथर खण्ड अन्तर्गतको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज भत्किँदा घाइते भएका ६ जना मध्ये ३ मजदुरको मृत्यु भएको छ ।मृत्यु हुनेमा बारा जिल्लाको सिमरा उपमहानगरपालिका–१२ निवासी २२ वर्षीय रूपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र २२ वर्षीय राकेश चौधरी रहेका छन् ।गम्भीर घाइते भएका उनीहरुलाई पाँचथर अस्पतालबाट थप उपचारका मोरङको  विराटनगरस्थित नोवेल मेडिकल कलेज टिचिङ अस्पताल पठाइएकोमा अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । बाँकी घाइते ३ जनाको उपचार भइरहेको छ ।शनिबार साँझ निर्माणाधीन बेलिब्रिज हिलिहाङ गाउ

    • प्रकाशित मितिः असार १, २०८२
    • 373 पटक पढिएको
  • मोटरसाइकल दुर्घटनामा सहायक प्रहरी हवलदारको मृत्यु, प्रहरी जवान पत्नी घाइते

    मोरङ । मोरङस्थित पथरी–कानेपोखरी सडकखण्डमा मोटरसाइका दुर्घटनामा परी प्रहरी सहायक हबल्दारको मृत्यु भएको छ । बेलबारी नगरपालिका–४ भई प्रहरी चौकी जमुना इलाममा कार्यरत प्रहरी सहायक हवल्दार जितेन्द्र चौधरीको मृत्यु भएको पथरी इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक मोहन विक्रम दाहालले जानकारी दिनुभयो । पूर्वपश्चिम राजमार्गको कानेपोखरी गाउँपालिका–७ डाँसमोरङ्गी पुल नजिकैको डाइभर्सनमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो । शनिबार साँझ ८ः०० बजे पथरीबाट कानेपोखरीतर्फ जाँदै गरेको प्र१–०२–०४३प २४७१ नम्बरको मोटरसाइकलमा चौधरी श्रीमती र छोरीसहित घर फर्कने क्रममा दुर्घटना भएको थियो । दुर्घटना

    • प्रकाशित मितिः असार १, २०८२
    • 312 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ४४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ०४ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १५८ रुपैयाँ ०३ पैसा र बिक्रीदर १५८ रुपैयाँ ७२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ९६ पैसा र बिक्रीदर १८६ रुपैयाँ ७७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १६९ रुपैयाँ ५७ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ९४ पैसा र बिक्रीदर ८९ रुपैयाँ ३३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ७३ पैसा र बिक्रीदर

    • प्रकाशित मितिः असार १, २०८२
    • 250 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.