समाचार

    Showing 14,111-14,120 of 26,701 items.
  • राधेश्याम जोन्छेंबारे किताब लेख्नुहोस, देशभर प्रचार गर्नुहोसः देउवा

    काठमाडौं -  नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भक्त्तपुरको सुर्यविनायक नगरपालिकामा शहीद राधेश्याम जोन्छें स्मृति प्रतिष्ठानको भवन समुद्घाटन तथा शहीदको प्रतिमा अनावरण गरेका छन् । आइतबार शहीद राधेश्याम जोन्छें स्मृति प्रतिष्ठानको भवन समुद्घाटन तथा शहीदको प्रतिमा अनावरण कार्यक्रममा बोल्दै उनले शहीद राधेश्यामको देशभर प्रचार गर्नुपर्ने बताए । उनले राधेश्याममाथि हमला हुनुको कारण उनी धेरै लोकप्रिय र लडाकु रहेको बताए ।  ‘शहीद राधेश्यामको एउटै मात्र दोष उहाँ धेरै लोकप्रिय हुनुहुन्थ्यो । त्यसै कारण उहाँमाथि प्रहार भएको हो । उहाँको दोष लोकप्रिय र ल

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • 295 पटक पढिएको
  • सरकारको नयाँ प्रावधान अनुसार सुनचाँदी व्यवसाय गर्न सकिदैन् ; मणिकरत्न शाक्य

    काठमाडौं  -   सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिले आइतबार काठमाडौंको न्यूरोड क्षेत्रमा विरोध प्रदर्शन गरेको छ ।सरकारले आगामी बजेटमार्फत सुनको गहनामा दुई प्रतिशत विलासी कर र हिराका गहनालाई भ्याट प्रणालीमा लैजाने घोषणा गरेपछि व्यवसायी विरोधमा उत्रिएका हुन् । उनीहरुले आइतबार विहान विभिन्न प्लेकार्ड र कालो व्यानर बोकेर न्यूरोड गेटदेखि बसन्तपुर डबलीसम्म र्यालीसहित प्रदर्शन गरेका हुन् । सुनचाँदी व्यवसायी महासंघका निवर्तमान अध्यक्ष मणिकरत्न शाक्यले २०८२÷८३ को बजेटमा व्यवस्था भएका कतिपय प्रावधानले सुनचाँदी व्यवसायीलाई प्रभावित बनाएको बताए । उनले सुनका गरगहनामा लगाइएको व

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • 251 पटक पढिएको
  • समाजवादी पार्टी निर्माणको आवश्यक्ता र औचित्यबारे प्रशिक्षण दिँदै जसपा नेपाल

    काठमाडौं -  जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले समाजवादी मुलुक निर्माण आफूहरुको लक्ष्य रहेको बताएका छन् । बस्नेतले कांग्रेस कम्युनिष्टबाट मुलुक बन्न सक्दैन भन्ने निष्कर्षका साथ पार्टी पंक्ति वैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानमा जुटेको बताएका हुन्  ।पार्टी सङ्गठन सुदृढ गर्ने कार्यलाई प्राथमिकताका साथ अगाडि बढाएको जसपा नेपालले सङ्गठन रहेको अधिकांश पार्टी समितिको अधिवेशन सम्पन्न गरिसकेको र अधिवेशनबाट निर्वाचित पदाधिकारी, सदस्यहरु सहितका पार्टी सदस्यहरुलाई पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका शीर्ष नेताहरुले मुलुकमा समाजवादी पार्टी निर्

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • 236 पटक पढिएको
  • देशभरका निजामती कर्मचारीहरु कालोपट्टी बाँधेर अनिश्चितकालीन आन्दोलनमा

    काठमाडौं— देशभरका निजामती कर्मचारीहरूले संघीय निजामती सेवा ऐन जारी गर्न दबाब दिँदै आजदेखि अनिश्चितकालीन आन्दोलन सुरु गरेका छन्। ‘संयुक्त राष्ट्रिय ट्रेड युनियन सञ्जाल आन्दोलन निर्देशक समिति’को आह्वानमा विभिन्न राजनीतिक दलसँग आवद्ध कर्मचारी संगठनहरूले कालोपट्टी बाँधेर सेवा प्रवाह गरिरहेका छन्।यस सञ्जालमा नेकपा एमाले निकट नेपाल कर्मचारी संगठन, नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन, माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, एकीकृत समाजवादी निकट एकीकृत सरकारी कर्मचारी संगठन, स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन र नेपाल मधेशी निजामती कर्मचारी मञ्च आवद्ध छन्।अम्बादत्त

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • 216 पटक पढिएको
  • अवरुद्ध प्रतिनिधिसभा बैठकमा सहमति नजुटेपछि आज पनि खुलेन

    काठमाडौं— भिजिट भिसा सेटिङ प्रकरणका कारण अवरुद्ध हुँदै आएको प्रतिनिधिसभा बैठकको अवरोध खुलाउन सभामुख देवराज घिमिरेको पहलमा बसेको प्रमुख तीन दलका प्रमुख सचेतकसँगको बैठकमा सहमति जुट्न सकेन । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको छलफलमा सहमति नजुटेको हो । बैठकमा सभामुख घिमिरेले राजनीतिक दलहरूबिच सहमतिका लागि पटक पटक संसद बैठक स्थगित गरे पनि निकास नदिएको भन्दै असन्तुष्टि जनाएका थिए । संसद् अवरोधका कारण बजेटमाथिको छलफल प्रारम्भ हुन नसकेको उल्लेख गर्दै उनले संवैधानिक सीमा र व्यवहारिक पक्षको ख्याल गर्न आग्रह गरे । छलफलमा कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमाले प्रमुख सचेतक महेशकुमा

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • 284 पटक पढिएको
  • सप्तकोशी नदीमा बेपत्ता गोताखोरको चार दिनपछि शव भेटियो

    काठमाडौं— विपद् पूर्वाभ्यासको क्रममा सप्तकोशी नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीका गोताखोर सुरज साउदको शव आइतबार बिहान भेला परेको छ । कोशी ब्यारेजको ५५ नम्बर ढोका नजिकबाट उनको शव निकालिएको हो । कुरिनटारबाट खटिएका डिएसपी पुरुषोत्तम भन्डारीको टोलीले उनको शव निकालेको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्दै थापाले जानकारी दिए।  सप्तरी जिल्लामा गत बिहीबार विपद् पूर्वाभ्यासको क्रममा साउद र हरदेव राजवंशी बेपत्ता भएका थिए । राजवंशीको शव शुक्रबार भेटिएको थियो। 

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • 296 पटक पढिएको
  • अत्यधिक कार्यभार र कम तलब भएका कारण जागिर छोड्ने प्रहरीको संख्या बढ्दो

    काठमाडौं— मधेस प्रदेशका युवामाझ कुनै समय नेपाल प्रहरीको जागिरमा ठूलो आकर्षण थियो। तर मधेसमा पछिल्लो समय प्रहरी सेवाबाट राजीनामा दिनेहरू बढिरहेको देखिन्छ । नेपाल प्रहरीमा विशेष गरी तल्लो दर्जाका कर्मचारीहरूले विभिन्न कारण देखाउँदै जागिर छाड्ने प्रवृत्ति बढ्दो छ। मुख्यतः न्यून तलब, अत्यधिक कार्यभार, राजनीतिक हस्तक्षेप, पारिवारिक जीवनमा असन्तुलन र वैदेशिक रोजगारीको आकर्षणले उनीहरूलाई जागिर छाड्न बाध्य बनाएको हो।कम तलब र अत्यधिक कार्यभारप्रहरी जवानहरूको मासिक तलब करिब २६ हजार रुपैयाँ मात्र छ, जसमा खाद्यान्न भत्ता पनि समावेश हुन्छ। यो तलब दैनिक खर्च, परिवारको पालनपोषण र भविष्यको सुरक्षाका लागि

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • 516 पटक पढिएको
  • ईशा योगी शेर्पालाई आगोले जलाई मारेको घटनाका फरार प्रतिवादी ६ बर्ष पछि पक्राउ

    मोरङ— मोरङको विराटनगर महानगरपालिका–१६ स्थितबाट ईशा योगी शेर्पालाई आगोले जलाई मारेको घटनाका फरार प्रतिवादी ६ वर्षपछि पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा ५५ बर्षीय एसराज लामालाई गाउँघरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।जेठ २३ गते विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले फरार प्रतिवादी लामालाई पक्राउ गरेको छ । प्रतिवादी लामाले २०७६ साल बैशाख ८ गते झापा अर्जुनधारा नगरपालिका–११ घर भई विराटनगर१६ स्थितमा बस्दै आएकि २१ बर्षीया ईशा योगी शेर्पाको शरिरमा पेट्रोल खन्याई आगोले जलाई फरार भएका थिए । घाईते शेर्पाको किर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • 299 पटक पढिएको
  • अमेरिकाबाट थप ५० नेपाली डिपोर्ट, आज दिउँसो ४ बजे काठमाडौं आइपुग्दै

    काठमाडौं— अवैध रूपमा अमेरिका पुगेका थप ५० जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरेको छ । उनीहरूलाई चार्टर्ड विमान मार्फत नेपाल फिर्ता पठाएको छ । आज दिउँसो ४ बजे उनीहरु नेपाल आईपुग्ने त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका एकजना अधिकृतले जानकारी दिए।राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासन नीति लागु गरेपछि अवैध रूपमा अमेरिका बस्दै आएका नेपालीहरू निष्कासनमा पर्ने गरेका छन् । यसअघि २०८१ फागुनमा अमेरिकाको टेक्सास राज्यबाट ९ जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरेको थियो ।ट्रम्पले शासन सम्हालेपछि मात्रै अमेरिकाबाट डिपोर्ट हुने नेपालीको संख्या १ सय ५० पुगेको छ । 

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • 181 पटक पढिएको
  • बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु

     दोलखा—  दोलखाको गौरीशंकर गाउँपालिकामा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।गौरीशंकर गाउँपालिका –४ झ्याँकुको देपुङमा बोलेरो दुर्घटना हुँदा एक जनाको घटनास्थलमै र एक जनाको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।दुर्घटना परी स्थानीय अन्दाजी ४५ वर्षीया फुलमाया शेर्पाको घटनास्थलमै र गम्भीर घाईते भएकी अन्दाजी ३२ वर्षीया डोल्मा शेर्पाको उपचारको लागि चरिकोट लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोेलखाका प्रहरी निरिक्षक श्रीराम तिमल्सीनाले जानकारी दिए।सामान्य घाईते छिरि शेर्पालाई स्थनीय रोल्वालिङ सामुदायिक अस्पताल सिंगटी लगिएको छ । शुक्रबार गौरीशंकर गाउँपालिक

    • प्रकाशित मितिः जेठ २५, २०८२
    • 163 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.