काठमाडौं— विपद् पूर्वाभ्यासको क्रममा सप्तकोशी नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीका गोताखोर सुरज साउदको शव आइतबार बिहान भेला परेको छ ।
कोशी ब्यारेजको ५५ नम्बर ढोका नजिकबाट उनको शव निकालिएको हो । कुरिनटारबाट खटिएका डिएसपी पुरुषोत्तम भन्डारीको टोलीले उनको शव निकालेको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्दै थापाले जानकारी दिए।
सप्तरी जिल्लामा गत बिहीबार विपद् पूर्वाभ्यासको क्रममा साउद र हरदेव राजवंशी बेपत्ता भएका थिए । राजवंशीको शव शुक्रबार भेटिएको थियो।