समाचार

    Showing 14,171-14,180 of 26,701 items.
  • पुलबाट मोटरसाइकल खस्दा चालकको मृत्यु

    काठमाडौं— सर्लाहीको बरहथवा नगरपालिका— १७, कटानीमा आज बिहान नहरको पुलबाट मोटरसाइकल खस्दा चालकको मृत्यु भएको छ।इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) निरञ्जन भट्टराईलेका अनुसार दुर्घटनामा मोटरसाइकल चालक मलंगवा नगरपालिका—४, का ३५ वर्षीय घनश्याम रायको मृत्यु भएको हो। बिहान करिब पौने ३ बजे बरहथवा नगरपालिका—१७ स्थित वडा कार्यालय नजिकै कटानीबाट कडरिया टोलतर्फ जाँदै गरेको ना ४६ प २८२० नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलमा ठोक्किएर तल खसेको प्रहरीले जनाएको छ ।मोटरसाइकल पुलबाट खस्दा चालक रायको टाउको, निधार र दुवै आँखामा गहिरो चोट लागेको थियो। भेनस अस्पताल बरहथवामा प्राथमिक

    • प्रकाशित मितिः जेठ २०, २०८२
    • 308 पटक पढिएको
  • ‘भिजिट भिसा प्रकरण’ मा उच्चस्तरीय छानबिन समिति वा आयोग गठनको माग यथावत्

    काठमाडौं— संघीय संसद्का प्रतिपक्षी दलले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति वा आयोग गठनको माग यथावत् राख्ने भएका छन्।श्रम ऐन २०६४ आएदेखि हालका गृहमन्त्रीको कार्यकालसम्मको ‘भिजिट भिसा प्रकरण’ मा सम्बन्धित रहेर छानबिन समिति वा आयोग गठन गर्न प्रतिपक्षी दलले माग गरेका हुन्।प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको प्रतिपक्षी दलको बैठकले सो निर्णय गरेको हो।भिजिट भिसा प्रकरणलाई सधैँका लागि निराकरण गर्न सर्वपक्षीय प्रतिबद्धता जनाउने निर्णय भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले जानकारी दिए।छानबिनका लागि

    • प्रकाशित मितिः जेठ २०, २०८२
    • 224 पटक पढिएको
  • प्रतिनिधिसभा सञ्चालन गर्न कुरीरहेका छन् सभामुख,उता विपक्षि भने गोप्य छलफलमा ब्यस्त

    काठमाडौँ । प्रतिनिधिसभा बैठक सञ्चालन गर्न केही ढिलाइ हुने भएको छ । सभामुख देवराज घिमिरेले सदन सञ्चालनको वातावरण निर्माण गर्न पहिला प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेसँग कुराकानी गरेका थिए ।त्यसपछि सत्तारुढ दलहरू नेकपा एमाले र नेपाली कांग्रेसका प्रमुख सचेतकहरूसँग छलफल गरेका सभामुखले अहिले विपक्षी दलहरूको धारणा के आउँछ भनेर कुरिरहेको उनको सचिवालयले जानकारी दिएको छ ।विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी र माओवादीबिच अहिले माओवादी संसदीय दलका नेता पुष्पकमल दाहालको अध्यक्षतामा नयाँ वानेश्वरस्थित संसद् भवनमा बैठक बसिरहेको छ । त्यो बैठकले के धारणा बनाउँछ भनेर सभ

    • प्रकाशित मितिः जेठ २०, २०८२
    • 243 पटक पढिएको
  • छोरामाथि भ्रष्टाचारको आरोप लागेपछि मंगोलियाका प्रधानमन्त्रीको राजीनामा

    संसदमा विश्वासको मत गुमाएपछि मंगोलियाका प्रधानमन्त्री लुभ्सानाम्सराइ ओयुन–एर्डेनले राजीनामा दिएका छन्। केही दिनदेखि भ्रष्टाचारको आरोपमा चलेको व्यापक विरोध प्रदर्शनपछि यो मतदान भएको थियो। सन् २०२१ मा सत्ता सम्हालेका ओयुन–एर्डेनले ३० दिनभित्र उत्तराधिकारी नियुक्त नहुँदासम्म कामचलाउ प्रधानमन्त्रीको रूपमा काम गर्नेछन्। ‘महामारी, युद्ध र करजस्ता कठिनाइका समयमा मेरो देश र जनताको सेवा गर्न पाउनु सम्मानको कुरा थियो,’ मतदानपछि उनले भने। १२६ सिटको संसदमा बहुमतका लागि आवश्यक ६४ मत प्राप्त गर्न नसकेपछि उनले राजीनामा दिएका हुन्। गोप्य मतदानमा करिब ८२ सांसदले भाग लिएका थिए। बीबीसीका अनुसार ४४ जनाल

    • प्रकाशित मितिः जेठ २०, २०८२
    • 367 पटक पढिएको
  • प्रतिनिधिसभा अघि विपक्षी दलहरूको रणनीति बैठक,राप्रपालाई सहभागी गराइएन

    प्रतिनिधिसभा बैठकअघि विपक्षी दलको बैठक बसेको छ । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामालाई बटमलाइन बनाएर संसद अवरुद्ध पार्दै आएका विपक्षीहरु आज सदनमा कसरी प्रस्तुत हुने भन्ने रणनीति बनाउन जुटेका हुन् । बैठकमा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादीका शीर्ष नेता सहभागी छन् । प्रतिपक्षमै रहेको राजावादी दल राप्रपालाई भने बैठकमा सहभागी गराइएको छैन । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भएको भेटवार्ताबारे संक्षिप्त जानकारी गराएको बताइएको छ ।

    • प्रकाशित मितिः जेठ २०, २०८२
    • 313 पटक पढिएको
  • गभर्नर नियुक्तिविरुद्धको रिटमा आज अन्तरिम आदेशका लागि सुनुवाइ हुँदै

    काठमाडौँ । अर्थविद् डा .विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्ति गर्ने निर्णयविरुद्धको रिटमा आज (मंगलबार)अन्तरिम आदेशका लागि सुनुवाइ हुँदै छ । गत जेठ १२ गते पौडेलको नियुक्तिविरुद्ध अधिवक्ताहरू विशाल थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । गभर्नर नियुक्तिविरुद्धको रिटमा सर्वोच्चले जेठ १४ गते कारण देखाऊ आदेश जारी गर्दै दुवै पक्षलाई अन्तरिम आदेशका लागि छलफलका लागि बोलाउने आदेश गरेको थियो ।

    • प्रकाशित मितिः जेठ २०, २०८२
    • 264 पटक पढिएको
  • क्यानडामा सगरमाथा दिवस मनाइयो, नेपालको साहसिक पर्यटनबारे चर्चा

    काठमाडौं । क्यानडा स्थित क्यालगरी शहरमा सगरमाथा दिवसका अवसरमा विविध कार्यक्रमको आयोजना गरिएको छ ।अल्बर्टा नेपाल चेम्बर अफ कमर्सको मुख्य संयोजकत्व र क्यालगरी स्थित नेपाली सामुदायिक संस्था एनसीएससी एवं गैरआवासीय नेपाली संघ क्यानडाको समेतको संयोजनमा विभिन्न कार्यक्रम गरिएको हो । चेम्बरका अध्यक्ष समीर पाण्डेको अध्यक्षता र चेम्बरकै सचिव किरण खरेलले सहजीकरण गरेको कार्यक्रममा दुई पटक सगरमाथा आरोहण गरिसकेका रोड़्नी अल्बर्टाले सगरमाथा आरोहणमा अनुभव सुनाएका थिए । डेभ रोड़्नी तथा मिग्मा तेन्जिङ शेर्पाको विशेष उपस्थितिमा आयोजित कार्यक्रममा हिमाली क्षेत्रको अवस्था र आरोहणबारे चर्चा गरिएको थियो ।

    • प्रकाशित मितिः जेठ २०, २०८२
    • 377 पटक पढिएको
  • दरबार हत्याकाण्डको सम्झनामा हेटौंडामा दीप प्रज्वलन, निष्पक्ष छानबिनको माग

     रौतहट ।  २०५८ सालको जेठ १९ गते राति दरबारभित्र घटेको भीषण हत्याकाण्डको सम्झनामा हेटौंडामा दीप प्रज्वलन गरिएको छ।उक्त दिन राजा वीरेन्द्र शाह, रानी ऐश्वर्य, राजकुमार दीपेन्द्रसहित राजपरिवारका नौ सदस्यको निर्मम हत्या भएको थियो।यस ऐतिहासिक घटनाको २४औं वार्षिक स्मृतिमा हेटौंडा उपमहानगरपालिका–१० स्थित बुद्ध चोकमा स्थानीय राजावादीको पहलमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको हो।कार्यक्रममा सहभागीहरूले सयौं थान घिउबत्ती बालेर दिवंगत राजपरिवारप्रति श्रद्धा प्रकट गरेका थिए। केही सहभागीले हातमा दीप बोकेर मौन प्रार्थना पनि गरेका थिए।कार्यक्रम संयोजक विवेक विक्रम शाहीले राजा वीरेन्द्रसँगै मारि

    • प्रकाशित मितिः जेठ २०, २०८२
    • 270 पटक पढिएको
  • दुईवटा निर्माण कम्पनी परे कालो सूचीमा, कुन कुन परे ? सूचना (सहित)

    काठमाडौं— प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले दुईवटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ।कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार दुईवटा निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको जनाएको हो।सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा ९१० बमोजिम ती निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ।ती निर्माण कम्पनीलाई एक वर्ष ६ महिनादेखि दुई वर्षसम्मको लागि कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ।हेर्नुहोस् कालोसूचीमा परेका कम्पनीको विवरण

    • प्रकाशित मितिः जेठ २०, २०८२
    • 297 पटक पढिएको
  • बेलिब्रिजको जडान गर्न लागिएकोले कान्तिलोकपथ ४ दिन बन्द हुने

    काठमाडौं— कान्तिलोकपथ (काठमाडौं-हेटौंडा सडक) चार दिन पूर्ण रुपमा बन्द हुने भएको छ । लोकपथ अन्तर्गत बगुवास्थित बागमती खोलामा निर्माणाधीन बेलिब्रिजको जडान गर्न लागिएकोले चार दिन सडक बन्न गर्न लागिएको हो ।जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गर्दै यही जेठ २१ गतेदेखि २४ गतेसम्म सडक पूर्ण रुपमा बन्द हुने जानकारी गराएको छ ।यो अवधिमा हेटौंडाबाट काठमाडौं जाने र काठमाडौंबाट हेटौंडा जाने सवारी साधनलाई वैकल्पिक मार्गहरु प्रयोग गर्न सुझाइएको छ ।कान्तिलोकपथको वैकल्पिक मार्गका रुपमा कुलेखान(कलंकी(हुमाने वा कुलेखानी(सिस्नेरी(फर्पिङ सडक प्रयोग गर्न सकिनेछ ।

    • प्रकाशित मितिः जेठ २०, २०८२
    • 338 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.