समाचार

    Showing 14,281-14,290 of 26,701 items.
  • क्यानडा पठाउँछु भन्दै ७ लाख ठगेको आरोपमा युवती पक्राउ

    काठमाडौं— बेरोजगार मानिसहरूलाई क्यानडा पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जना युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खोटाङको बराहपोखरी गाउँपालिका–५ घर भएर टोखा बस्ने ३४ वर्षीय सम्झना राई छिन् ।उनलाई काठमाडौं महानगरपालिका–१६ बाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले जानकारी दिए ।  उनका अनुसार आरोपीलाई थप अनुसन्धान र कारबाहीका लागी प्रहरीले वैदेशिक रोजगार विभागमा बुझाएको छ । 

    • प्रकाशित मितिः जेठ १३, २०८२
    • 327 पटक पढिएको
  • बसका सहचालक १२ किलो चाँदीका गहनासहित नागढुङ्गाबाट पक्राउ

    काठमाडौं— काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगा चेकप्वाइन्टबाट प्रहरीले चाँदीका गहनासहित एक जनालाई पक्राउ गरेको छ ।वीरगन्जबाट आएको बा.प्र.–०१–००३ ख ३७०१ नम्बरको बसका सहचालक अनिश कुमार सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले जानकारी दिए । उनका अनुसार ३२ वर्षीय अनिश कुमार सिंहले बसमा लुकाएको १२ किलो १७६ ग्राम चाँदीका गहना बरामद गरिएको होे । बाराको कलैया उपमहानगरपालिका–४ घर भएका सिंहमाथि प्रहरी वृत्त थानकोटले अनुसन्धान गरिरहेको छ । गहनाको बिल, बिजक फेला नपरेको एसपी बोहराको भनाइ छ । 

    • प्रकाशित मितिः जेठ १३, २०८२
    • 530 पटक पढिएको
  • प्रचण्ड भन्छन प्रतिपक्ष दलहरूले गृहमन्त्रीको राजीनामा दिने स्थिति बनाउँन सक्छ

    काठमाडौं— नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विपक्षी दलले गृहमन्त्रीलाई राजीनामा दिने अवस्था सिर्जना गर्ने दाबी गरेका छन् ।मंगलबार चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले भिजिट भिसा प्रकरण गृहमन्त्रीसँग मात्रै नभइ सरकारसँग पनि सम्बन्धित रहेकाले विपक्षी दलले गृहमन्त्रीलाई राजीनामा दिने अवस्था सिर्जना गर्ने दाबी गरेका हुन् ।उनले भने, ‘यो गृहमन्त्रीसँग मात्रै सम्बन्धित विषय होइन । सिङ्गो सरकारसँग पनि सम्बन्धित छ । प्रतिपक्ष दलहरूले एकजुट भएर यो विषयलाई गम्भीर रूपले उठाइन्छ । यो सामान्य विषय छैन ।’भिजिट भिसा प्रकरणले सरकार ढल्ने अवस्था आउँछ भन्ने सञ्चारकर्मीको जिज्ञासा

    • प्रकाशित मितिः जेठ १३, २०८२
    • 360 पटक पढिएको
  • गृहमन्त्रीको राजीनामा नआएसम्म संसद् चल्न नदिने प्रतिपक्षी दलको अडान

    काठमाडौं— संसद्का प्रतिपक्षी दलले गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म प्रतिनिधिसभाको कारबाही अघि बढ्न नदिने अडान लिएको छ ।सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको आजको बैठक सुरू गरेपछि सबै प्रतिपक्षी दलका सांसदले उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख घिमिरेले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद वर्षमान पुनलाई बोल्ने समय दिएका थिए ।सांसद पुनले यो हप्ताभर सार्वजनिक सञ्चारमाध्यममा त्रिुभवन विश्वविद्यालय अध्यागमनमा ‘भिजिट भिसा’ मा भ्रष्टाचार भएको चर्चा चलेको उल्लेख गर्दै सामान्य नागरिक जो काम गर्न बाहिर जान्छन् उनीहरूलाई रु ५० लाखदेखि रु तीन करोडसम्म उठाइएको भन्ने तथ्य आएको बताए

    • प्रकाशित मितिः जेठ १३, २०८२
    • 352 पटक पढिएको
  • नेपाल टेलिकमको जिप दुर्घटना, तीन जनाको मृत्यु

    बाजुरा— बाजुरामा मंगलबार नेपाल टेलिकमको जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ।  बा ५ च २२०९ नम्बरको जिप दुर्घटनामा परेको हो।जगन्नाथ गाउँपालिका–३ मा टेलिकमको जिप दुर्घटना भएको खबर प्राप्त भएपछि प्रहरी टोली घटना स्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।मृतकको पहिचान हुन बाँकी रहेको तथा दुई जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी इकपाल हवारीले जानकारी दिए। घटनाबारे थप जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः जेठ १३, २०८२
    • 269 पटक पढिएको
  • गभर्नर विश्वनाथ पौडेलविरुद्ध सर्वोच्च अदालत रिट, पेसी भोलि तोकियो

    काठमाडौं— नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलविरुद्ध सर्वोच्च अदालतमा दायर गरिएको रिटको पेसी भोलि (बुधबार) तोकिएको छ। यसअघि, रिटको पेसी न्यायाधीशद्वय महेश शर्मा पौडेल र नृपध्वज निरौलाको इजलासमा तोकिए पनि हेर्न नभ्याइने सूचीमा परेको थियो ।अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले गभर्नर पौडेलको नियुक्ति कानूनी रूपमा विवादास्पद रहेको भन्दै रिट दायर गरेका छन्। उनीहरूले गभर्नरको नियुक्ति प्रक्रियामा भएका कानूनी त्रुटिहरू र नियुक्तिको वैधता माथि प्रश्न उठाएका छन्।यसअघि, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामा पनि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दायर भएको थियो

    • प्रकाशित मितिः जेठ १३, २०८२
    • 279 पटक पढिएको
  • सञ्चारकर्मीहरुसंग भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न

    विराटनगर—  कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले संञ्चारकर्मीहरुसगं भेटघाट तथा परिचयात्मक कार्यक्रम गरेका छन् । एक बिशेष कार्यक्रमका विच कार्कीले उपस्थित सञ्चारकर्मीहरुसंग भेटघाट तथा परिचयात्मक कार्यक्रम गरेका हुन् ।कोशी प्रदेशको बर्तमान शान्ति सुरक्षाको अवस्था, सामुदाय प्रहरी साझेदारी कार्यक्रम अनुसार जनचेतनामुलक कार्यक्रमलाई तिब्रता, अपराध नियन्त्रण, फरार प्रतिवादी पक्राउ अभियान कडाईका साथ कार्यान्वयन, भन्सार छली चोरी निकासी नियन्त्रण, लागुऔषधको प्रयोग र ओसार पसार नियन्त्रणमा कडाई तथा प्रहरीका दैनिक काम कारवाहीलाई निरन्तरता दिईरहेको कार्कीले बताए ।भेटघाट कार्य

    • प्रकाशित मितिः जेठ १३, २०८२
    • 436 पटक पढिएको
  • प्रतिपक्षी दलहरूबाट गृहमन्त्रीको राजीनामा माग्दै संसद अवरुद्ध

    काठमाण्डौ । प्रतिनिधि सभा बैठक अवरुद्ध भएको छ । प्रतिपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा माग गर्दै संसद अवरुद्ध गरेका हुन् ।मानव तस्करीजस्तो गम्भीर आरोप लागेका गृहमन्त्रीले राजीनामा दिनुपर्ने र उनीमाथि अनुसन्धान हुनुपर्ने प्रतिपक्षको माग छ ।आजको प्रतिनिधि सभाको बैठक शुरु हुना साथ माओवादी केन्द्रका नेता बर्षामान पुनले बोल्दै गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म संसदको नियमित गतिबिधि संचालन हुन नदिने बताएका हुन् । पुनले गृहमन्त्रीको भिजिट भिसा प्रकरणमा सिधै संलग्नता छ भनेर आफुहरुले नभन्ने तर छानबिन प्रभावित हुन सक्ने हुनाले राजीनाम दिएर मार्ग प्रशस्त गर्नुपर्ने बताएका थिए ।यस्तै रास्वपाका सां

    • प्रकाशित मितिः जेठ १३, २०८२
    • 377 पटक पढिएको
  • विप्लवको पार्टीले उत्पादन गरेको २ लाख किलो आलु विनोद चौधरीको सीजी फुड्सले किन्यो

    काठमाडौं— नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले जनश्रम कृषि सहकारी संस्थामार्फत् उत्पादन गरेको आलु उद्योगपति विनोद चौधरीको सीजी फुड्सले किनेको छ। नेकपाका महासचिव विप्लवले आफूहरूले उत्पादन गरेको दुई लाख किलो आलु चौधरीलाई बेचेको जानकारी दिएका हुन् । ‘आलु त हामीले विनोद चौधरीलाई नै दियौँ’, तुलसीपुरस्थित नेपाल घरेलु तथा साना उद्योग महासंघले सोमबार बेलुकी आयोजना गरेको भेटघाट कार्यक्रममा विप्लवले भने, लगभग दुई लाख किलो आलु हामीले उहाँलाई उपलब्ध गरायौँ।’सोचे भन्दा धेरै आलु उत्पादन गरी दिएपछि चौधरी छक्क परेको उनले बताए। ‘उहाँलाई लागेको हुँदो हो यिनीहरूले बढीमा बिस

    • प्रकाशित मितिः जेठ १३, २०८२
    • 509 पटक पढिएको
  • विपतबाट २० लाख नागरिक प्रभावित हुने मौसम विभागकोे अनुमान

    काठमाडौं— चालु आर्थिक वर्षको प्रि–मनसुन सुरु भएसँगै मनसुन भित्रिने अवस्थामा पुगेको छ । यस वर्षको मनसुनबाट मुलुकमा चार लाख ५० हजार घरका २० लाख नागरिक प्रभावित हुने अनुमान गरिएको छ ।मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सबै विषयवस्तुको विश्लेषण गरी तयार पारेको प्रस्तावित मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२ मा उक्त अनुमान गरिएको हो ।प्रभावितमध्ये १० प्रतिशत मानिसलाई उद्धार र राहत गर्नुपर्ने अवस्था आउनसक्ने आँकलनसहितको कार्ययोजना निर्माण गरिएको प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले जानकारी दिए।यही जेठ १४ गते बस्ने

    • प्रकाशित मितिः जेठ १३, २०८२
    • 382 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.