समाचार

    Showing 14,311-14,320 of 26,701 items.
  • बालिका बलात्कार गरेको आरोपमा २ युवक पक्राउ

    काठमाडौं— दुई बालिकालाई बलात्कार गरेको आरोपमा संखुवासभा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा संखुवासभाको चिचिला गाउँपालिका–२ घर भएका ३५ वर्षीय तुफान राई र सोही गाउँपालिका ३ का २८ वर्षीय प्रकाश राई छन् ।उनीहरुले ७ जेठमा खाँदबारी बजार घुम्न आएका १६ र १७ वर्षीया बालिकालाई ललाई फकाई बलात्कार गरेको पाइएको संखुवासभा प्रहरीका इन्स्पेक्टर तथा सूचना अधिकारी अभिषेक कुमार श्रेष्ठले बताए ।खाजा खाने, घुम्न जाने भन्दै मोटरसाइकलमा राखेर खाँदबारीको एक होटलमा लगेर उनीहरुले बलात्कार गरेको आरोप छ । पीडित बालिकाको तर्फबाट जाहेरी पछि प्रहरीले आइतबार पक्राउ गरेर उनीहरुमाथि अनुसन्धान अघि बढाएको छ ।

    • प्रकाशित मितिः जेठ १२, २०८२
    • 485 पटक पढिएको
  • ‘भिजिट भिसा’ प्रकरण गृहमन्त्री रमेश लेखकको बचाउ गर्दै कांग्रेस, लेखकको गल्ति लुकाउन पदाधिकारी बैठक

    काठमाडौं—  ‘भिजिट भिसा’ प्रकरणमा मुछिएका गृह मन्त्री रमेश लेखकको बचाउ गरेको छ । सोमबार सभापति शेरबहादुर देउबा निवास बूढानीलकण्ठमा बसेको बैठकले गहृ मन्त्री लेखकलाई बचाउ गरेको हो । नेपाली कांग्रेसले गृहमन्त्री रमेश लेखकलाई  ‘भिजिट भिसा’ कुनै संलग्नता नरहेको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । पदाधिकारी बैठकले गृहमन्त्री लेखकको ‘भिजिट भिसा’ प्रकरणमा कुनै संलग्नता नरहेको महतको भनाइ छ ।बैठकले यस प्रकरणमा लेखक संलग्न रहेको कुनै आधार नभएकाले उनले गृहमन्त्रीबाट राजीनामा दिन नपर्ने निष्कर्ष निकालेको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत बुधबार त्रिभुवन अन्तराष्ट्रिय वि

    • प्रकाशित मितिः जेठ १२, २०८२
    • 346 पटक पढिएको
  • सुन तोलामा सात सयले घट्यो, कतिमा हुदैछ कारोबार?

    काठमाडौं— नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य घटेको छ । आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा ७ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । जसअनुसार छापावाल सुन सोमबार तोलामा १ लाख ९१ हजार १०० रुपैयाँ कायम भएको छ । यसअघि आइतबार छापावाल सुन तोलामा १ लाख ९१ हजार ८०० रुपैयाँ कायम भएको थियो । यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार २ हजार ५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोही मूल्य कायम भएको हो । 

    • प्रकाशित मितिः जेठ १२, २०८२
    • 347 पटक पढिएको
  • माओवादी केन्द्र र नेसपाबीच पार्टी एकीकरण हुँदै

    काठमाडौं— आज नेकपा (माओवादी केन्द्र) र गंगानारायण श्रेष्ठले नेतृत्व गरेको नेपाल समाजवादी पार्टीका बिचमा पार्टी एकीकरण हुने भएको छ । सोमबार बिहान ११ः३० बजे ललितपुरको ग्वार्को खरिबोटस्थित कान्तिपुर ब्यांक्वेटमा पार्टी एकीकरण घोषणा सभा राखिएको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।   घोषणासभा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् । 

    • प्रकाशित मितिः जेठ १२, २०८२
    • 504 पटक पढिएको
  • कान्दाका चेपाङ बालबालिका पढाइमा अब्बल बन्दै, पालिकाको उत्कृष्ट विद्यालय बन्यो कान्देश्वरी आधारभूत

    भरतपुर— चेपाङ समुदायका बालबालिकाले पछिल्लो समय उत्कृष्ट नतिजा हाँसिल गर्न थालेका छन् । चेपाङ बालबालिका मात्रै अध्ययनरत चितवनको राप्ती नगरपालिका–१३ स्थित कान्देश्वरी आधारभूत विद्यालयले यस वर्षको कक्षा ८ को परीक्षामा पालिकाको उत्कृष्ट विद्यालय बनेको छ । कक्षा ८ मा अध्यापन सुरु गरेको पहिलो वर्षमा नै विद्यालय उत्कृष्ट बनेको हो ।यहाँ आवासीय सुविधासहितको विद्यालय स्थापना भएपछि चेपाङ समुदायका बालबालिका पढाइमा अब्बल बन्दै गएको विद्यालयका प्रधानाध्यापक बालकृष्ण थपलियाले बताए । शिक्षक, विद्यार्थी, अभिभावक र विभिन्न सङ्घसंस्थाको सहयोगमा विद्यालय उत्कृष्ट बनेको उनले बताए । उनका अनुसार यस वर्ष १३ जना विद्य

    • प्रकाशित मितिः जेठ १२, २०८२
    • 369 पटक पढिएको
  • ग्यासको रेगुलेटर लिक भई आग लागि हुँदा दाजुबहिनीको मृत्यु

     काठमाडौं— रूपन्देहीको शुद्धोधन गाउँपालिका–५ जयनगरमा ग्यास सिलिन्डरमा खाना पकाउने क्रममा जलेर दाजुबहिनीको मृत्यु भएको छ।आइतबार साँझ घरमा ग्यासमा खाना पकाउने क्रममा ग्यासको ‘रेगुलेटर लिक’ भई आगो लागेपछि २५ वर्षीय शिवकुमार यादव र १८ वर्षीया सोनमको मृत्यु भएको प्रहरी उपरीक्षक निरञ्जनदत्त भट्टले जानकारी दिए।आगो लाग्दा जलेर गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि आइतबार बेलुकी नै युनिभर्सल मेडिकल कलेज भैरहवा लगिएको र बहिनी सोनमलाई त्यहीँ मृत घोषणा गरिएको प्रहरीको भनाइ छ।प्रहरीका अनुसार थप उपचारका लागि भारतको गोरखपुर लैजाने क्रममा बाटोमै दाजु शिवकुमारको मृत्यु भएको थियो।दुवै जनाको शव पोष्टमा

    • प्रकाशित मितिः जेठ १२, २०८२
    • 433 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३६ रुपैयाँ ६५ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ ३० पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८४ रुपैयाँ १८ पैसा र बिक्रीदर १८४ रुपैयाँ ९९ पैसा, स्वीस फ्रयांक एकको खरिददर १६५ रुपैयाँ ६४ पैसा र बिक्रीदर १६६ रुपैयाँ ३७ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ३६ पैसा र बिक्रीदर ८८ रुपैयाँ ७५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ०२ पैसा र बिक्रीदर ९९ रुप

    • प्रकाशित मितिः जेठ १२, २०८२
    • 304 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले सोमबार बिहान कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा वर्षा भइरहेको छ।दिउँसो कोशी, मधेश र बागमती प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहनेछ। कोशी, मधेश, बागमती प्रदेश लगायत देशका पहाडी भेगका थोरै तथा बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म&nbs

    • प्रकाशित मितिः जेठ १२, २०८२
    • 398 पटक पढिएको
  • बचत रकम फिर्ताको माग गर्दै सहकारी पीडितहरूले काठमाडौंमा अर्धनग्न प्रदर्शन गरे

    काठमाडौं— सहकारी पीडितहरूले बचत रकम फिर्ताको माग गर्दै काठमाडौंमा अर्धनग्न प्रदर्शन गरेका छन् । उनीहरूले माइतीघर मण्डलामा आइतबार भेला भएर प्रदर्शन गरेका हुन् ।अघिल्लो पटक पीडित महिलाहरूले प्रदर्शन गरेका थिए । आइतबार आज भने पुरुषहरू प्रदर्शनमा उत्रिएका हुन् ।सहकारीमा बचत गरेको रकम सरकारले दिलाउन नसकेपछि पटक–पटक भएको शान्तिपूर्ण आन्दोलनबाट न्याय नपाउँदा सरकारले अर्धनग्न अवस्थामा उत्रन बाध्य बनाएको उनीहरूको भनाइ छ ।उनीहरूले सहकारी संस्थाको सम्पत्ति लिलाम गरेर भए पनि बचत फिर्ता गराइदिन सरकारसँग माग गर्दै आएका छन् ।

    • प्रकाशित मितिः जेठ ११, २०८२
    • 436 पटक पढिएको
  • अंशु यादव हत्याको विरोधमा जनकपुरमा प्रदर्शन

    जनकपुर— जनकपुरधाममा यौनिक तथा लैङ्गिक अल्पसंख्यक (तेस्रो लिङ्गी र किन्नर)समुदायले विरोध प्रर्दशर्न गरेका छन् । उनीहरुले जिल्ला प्रशासन कार्यालय अगाडि विरोध गर्नुका साथै धर्नासमेत दिएका छन् ।गत चैत्र २ गत्ते होलीको दिन जनकपुरधामस्थित विन्धिमा चक्कु प्रहार गरी हत्या भएको अंशु यादवको हत्यामा संलग्नहरुलाई प्रशासनले पक्राउ नगरेको र पक्राउ गरेकाहरुलाई पनि धरौटिमा रिहा गरेको भन्दै उनीहरुले विरोध जनाएका हुन् । उनीहरुले एकमात्र छोराको हत्या भएपछि न्यायका लागि भौंतारिँदै हिँडेको अंशुको आमालाई न्याय दिनुको साटो प्रहरी प्रशासनले पक्राउ परेकाहरुलाई धरौटीमा छाडेर झन घाउमाथि नुन छर्केको आरोप लगाएका छन्

    • प्रकाशित मितिः जेठ ११, २०८२
    • 712 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.