काठमाडौं— रूपन्देहीको शुद्धोधन गाउँपालिका–५ जयनगरमा ग्यास सिलिन्डरमा खाना पकाउने क्रममा जलेर दाजुबहिनीको मृत्यु भएको छ।
आइतबार साँझ घरमा ग्यासमा खाना पकाउने क्रममा ग्यासको ‘रेगुलेटर लिक’ भई आगो लागेपछि २५ वर्षीय शिवकुमार यादव र १८ वर्षीया सोनमको मृत्यु भएको प्रहरी उपरीक्षक निरञ्जनदत्त भट्टले जानकारी दिए।
आगो लाग्दा जलेर गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि आइतबार बेलुकी नै युनिभर्सल मेडिकल कलेज भैरहवा लगिएको र बहिनी सोनमलाई त्यहीँ मृत घोषणा गरिएको प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार थप उपचारका लागि भारतको गोरखपुर लैजाने क्रममा बाटोमै दाजु शिवकुमारको मृत्यु भएको थियो।
दुवै जनाको शव पोष्टमार्टमका लागि भीम अस्पताल भैरहवामा राखिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक भट्टले बताए।