समाचार

    Showing 14,441-14,450 of 26,701 items.
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले  जनाएको छ । हाल मधेश प्रदेशको पश्चिमी भूभाग, बागमती र, गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै र बाँकी प्रदेशका एक/दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत बाँ

    • प्रकाशित मितिः जेठ ३, २०८२
    • 279 पटक पढिएको
  • ५० दिनपछि थुनामा रहेका रवीन्द्र मिश्रलाई हाजिरी जमानीमा छोड्न सर्वोच्चको आदेश

    काठमाडौं—  राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई हिरासतमुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। शुक्रबार बन्दीप्रत्यक्षीकरण रिटमाथिको सुनुवाई गर्दै सर्वोच्च अदालतले हाजीर जमानीमा वकिलको जिम्मा लगाएर छाड्न आदेश दिएको हो ।अदालतका सहायक प्रवक्ता निराजन पाण्डेका अनुसार न्यायाधीशहरू कुमार चुडाल र तीलप्रसाद श्रेष्ठको इजलासले उक्त आदेश गरेको हो।उक्त रिटमा अदालतको आदेशानुसार उनलाई विहीबार उपस्थितमात्रै गराएर लगिएको थियो भने शुक्रबार (आज) सुनुवाइ भएको हो। उनकी पत्नी सरिका कार्कीले गैरकानुनी थुनामा राखेको भन्दै वैशाख ३० गते दर्ता गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा स

    • प्रकाशित मितिः जेठ २, २०८२
    • 453 पटक पढिएको
  • ट्याक्टरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

    विराटनगर— मोरङको उर्लाबारी नगरपालिका—३ स्थितमा ट्याक्टरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । जेष्ठ २ गते राती साढे ८ बजे पुर्व पश्चिम लोकमार्गमा उर्लाबारीबाट पथरी तर्फ आउदै गरेको  ग. ६ प ५०२६ नम्बरको मोटरसाईकललाई विपरित दिशाबाट जाँदै गरेको  ना. ५ ख २१८७ नम्बरको ट्यक्टरले ठक्कर दिदा मोटरसाईकल चालक झापा दमक नगरपालिका–९ का ३६ वर्षीय मन कुमार लिम्बु गम्भिर घाईते भई उपचारको लागी बि एण्ड सि अस्पताल बिर्तामोड लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने ट्याक्टर चालक बारा जितपुरसिमरा उपमहानगरपालिका–२२ का २९ वर्षीय अशोक ठोकरलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिई

    • प्रकाशित मितिः जेठ २, २०८२
    • 409 पटक पढिएको
  • संगठन प्रमुख प्रहरी महानिरीक्षकद्वारा नेपाल प्रहरी स्कुल, धरानको निरीक्षण तथा आसरा सुधार केन्द्र पानवारीको अवलोकन भ्रमण

    सुनसरी— संगठन प्रमुख प्रहरी महानिरीक्षक दिपक थापाले नेपाल प्रहरी स्कुल धरानको निरीक्षण तथा आसरा सुधार केन्द्र पानवारीको अवलोकन भ्रमण गरेका छन् । भ्रमणको क्रममा उनले कार्यालय भवन तथा कक्षा कोठाहरुको निरीक्षण गर्नुको साथै स्कुल परिसर भित्र बृक्षारोपण समेत गरे ।निरीक्षण भ्रमण पश्चात बिद्यालयका प्रिन्सिपल र अन्य शिक्षक शिक्षिकाहरुसंग छलफल तथा अन्तरक्रिया गर्नुका साथै सौहार्दपुर्ण वातावरणमा अध्यापन गराउन र विधार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्नको लागि अनुरोध गरे । यसैगरी उनले आसरा सुधार केन्द्र पानवारी धरानको अवलोकन भ्रमणको क्रममा केन्द्रको व्यवस्थापन लगायत सम्पुर्ण गतिविधिहरु र सम्पादन हुँदै

    • प्रकाशित मितिः जेठ २, २०८२
    • 306 पटक पढिएको
  • प्राविधिक गडबडीले गर्दा आपूर्ति अवरुद्ध भएको हो लोडसेडिङ्गसँग जोड्नु गलत : शाक्य

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बिहीबार बेलुका विद्युत आपुर्तिमा देखिएको समस्यालाई लोडसेडिङ्गसँग जोडेर सामाजिक सञ्जालमा आएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै उनले प्राविधिक समस्याका कारण सिर्जना भएको प्रतिकुल अवस्थालाई लोडसेडिङ्गसँग जोडेर अब इन्भटर र मैन बत्तीका दिन आए भन्दै सामाजिक संजालमा अभिव्यक्त भनाइप्रति कत्तिपनि सत्यता नरहेको बताए । उनले भने,‘मौसमजन्य गतिविधिका कारण विद्युतीय संरचनामा भएको क्षति तथा देखिएको प्राविधिक समस्याका कारण सिर्जना भएको प्रतिकुल अवस्थालाई लोडसेडिङ्गसंग जोडेर अब इन्भट

    • प्रकाशित मितिः जेठ २, २०८२
    • 429 पटक पढिएको
  • धारिलो हतियार प्रहार गरी दुई बालबालिकाको हत्या

    चितवन— एक व्यक्तिले आज धारिलो हतियार प्रहार गरी दुई बालबालिकाको हत्या गरी आफूलेसमेत आत्महत्याको प्रयास गरेका छन् ।भरतपुर महानगरपालिका–२५ किसान चोक नजिक घर भएका ४२ वर्षीय लीलाराज गिरीले धारिलो हतियार प्रहार गरी भतिजो र आफ्नै छोरीको हत्या गरेका हुन् ।उनले दुई जनालाई आक्रमणपछि आत्महत्याको प्रयास गरेका थिए । बिहान विद्यालय जाने तयारी गरेका बालबालिकालाई उनले आक्रमण गरेका थिए । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार गिरीले आफ्नै छोरी सात वर्षीया प्रभा गिरी र दाजु दया गिरीका पाँच वर्षीय छोरा सजन गिरीलाई खुर्पा प्रहार गरेका थिए । त्यसपश्चात् उनले खुर्पा आफैमाथि प्रहार गर

    • प्रकाशित मितिः जेठ २, २०८२
    • 414 पटक पढिएको
  • आस्थाको आधारमा दमन भयो भने जंगल पस्न तयार: राप्रपा अध्यक्ष लिङदेन

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राजसंस्था र हिन्दुराज्यमा आस्था राखेकै कारण दण्ड भोग्नुपर्ने भए सरकारविरुद्ध विद्रोहमा जान र जङगल पस्न भन्नुपर्ने बताएका छन् । शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले देशमा सुशासन हुनुपर्छ, भ्रष्टाचार गर्नेलाई दण्डित हुनुपर्छ भन्दै आवाज उठाउनेलाई प्रताणित गरेको भन्दै यस्तो धारण राखेका हुन् । ‘आस्थाकै आधारले एकपछि अर्कोगरी अनेक बहानाले पक्राउ गर्दै लाने हो भने म प्रधानमन्त्री, गृहमन्त्री र सिंगो सरकारलाई भन्न चाहन्छु यसरी निषेध गरेर लाने भए औपचारिक रुपमै सरकारले भन्दियोस् हामी विद्रोहमा जाऔँ । राप्रपा लगायत हिन्दुर

    • प्रकाशित मितिः जेठ २, २०८२
    • 397 पटक पढिएको
  • उपप्रमुख सुनिता डंगोललाई विश्व नेताका रूपमा सम्मान

    काठमाडौं । काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोललाई समुदायस्तरीय संघसंस्थाहरुले विश्व नेताका रुपमा सम्मान गरेका छन् । उपप्रमुख डंगोल स्वीजरल्याण्डको जेनेभाबाट विश्व आर्थिक मञ्च २०२५ का लागि विश्वव्यापी युवा नेताहरूको मञ्चमा चयन हुनुले ज्यापु समुदायको विश्वस्तरमा गौरव बढेको भन्दै काठमाडौँको खुशिँवुमा रहेको ज्यापु संस्कृति विकास कोष, ज्यापु महागुथि नेपाः केन्द्रीय समिति र ज्यापु महागुथि नेपाः ये महानगर समितिले संयुक्त रुपमा सम्मान प्रदान गरेका हुन् । सम्मान ग्रहण गर्दै उपप्रमुख डंगोलले, काठमाडौंको मौलिक पहिचानलाई संरक्षण र प्रवर्धन गर्न इमान्दारितापूर्वक काम गरिरहने प्रतिवद्धता

    • प्रकाशित मितिः जेठ २, २०८२
    • 242 पटक पढिएको
  • हिमाल जोगाउनु भनेको मानवता जोगाउनु हो: प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालहरु जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु भएको बताएका छन् । शुक्रबार नेपाल सरकारद्वारा पहिलो पटक आयोजित सगरमाथा संवादको उदघाटन सत्रलाई सम्बोधन गर्दै उनले हिमाल जोगाउनु भनेको पृथ्वी र मानवता जोगाउनु भएको भन्दै यही यथार्थलाई आत्मसात गरेर विश्वव्यापी संवादका रुपमा सगरमाथा संवादको आयोजना गरेको बताए ।यस्तै, उनले हिमालहरू सरोकारको विषय नलाग्न सक्छ तर तिनीहरूको जीवन्तताले आधा संसारलाई बचाएको भन्दै हिमालहरु विश्वकै साझा चिन्ताको विषय भएको बताए । उनले भने, ‘सगरमाथा संवादको पहिलो थिम ‘जलवायु परिवर्तन, हिमालहरू, र मानवताको भविष्य’ रहेको छ

    • प्रकाशित मितिः जेठ २, २०८२
    • 326 पटक पढिएको
  • फ्यानमा झुण्डिएर सैनिकले गरे आत्महत्या

    झापा— चारआली व्यारेकस्थित अरिदमन गणका एकजना सैनिकले झुन्डिएर आत्महत्या गरेका छन्।अरिदमन गणमा कार्यरत प्यूठ रामकुमार पौडेलले बिर्तामोड बसपार्कस्थित होटल भैरवीमा बिहीबार साँझ झुन्डिएर आत्महत्या गरेका हुन्।ओखलढुङ्गा घर भएका उनले अर्जुनधारा ११ स्थित नयाँ बसपार्कको भैरबी होटलको दोस्रो तलामा रहेको कोठा नं. ३ को सिलिङ फ्यानमा झुण्डिएर आत्महत्या गरेका हुन्।होटलका संचालक तुलसीराम श्रेष्ठले देखेर इलाका प्रहरी कार्यालय बिर्तामोडमा जानकारी गराएका थिए।आत्महत्या गर्नुअघि ती सैनिकले फेसबुकमा सुसाइड नोट लेखेको बताइएको छ। घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

    • प्रकाशित मितिः जेठ २, २०८२
    • 289 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.