विराटनगर— मोरङको उर्लाबारी नगरपालिका—३ स्थितमा ट्याक्टरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । जेष्ठ २ गते राती साढे ८ बजे पुर्व पश्चिम लोकमार्गमा उर्लाबारीबाट पथरी तर्फ आउदै गरेको  ग. ६ प ५०२६ नम्बरको मोटरसाईकललाई विपरित दिशाबाट जाँदै गरेको  ना. ५ ख २१८७ नम्बरको ट्यक्टरले ठक्कर दिदा मोटरसाईकल चालक झापा दमक नगरपालिका–९ का ३६ वर्षीय मन कुमार लिम्बु गम्भिर घाईते भई उपचारको लागी बि एण्ड सि अस्पताल बिर्तामोड लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

ठक्कर दिने ट्याक्टर चालक बारा जितपुरसिमरा उपमहानगरपालिका–२२ का २९ वर्षीय अशोक ठोकरलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।