समाचार

    Showing 14,461-14,470 of 26,701 items.
  • सांसद अमरेश सिंहको प्रश्न: नीलम ढुंगानालाई महिला भएकाले गभर्नर बनाउन नमिलेको हो ?

    काठमाडौं — स्वतन्त्र सांसद अमरेश सिंहले डेपुटी गभर्नर नीलम ढुंगानालाई गभर्नर बनाइनु नपाउनुमा लैंगिक पूर्वाग्रह देखिएको भन्दै प्रश्न उठाएका छन्।प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले सोधे, “डेपुटी गभर्नरलाई गभर्नर बनाउँदा के फरक पर्छ? महिला भएको कारणले बनाउन नमिल्ने हो? राष्ट्र बैंककी कर्मचारी भएकैले अयोग्य मान्ने हो?”सांसद सिंहले गभर्नर नियुक्तिमा पारदर्शिता र योग्यता मापदण्डको ख्याल हुनुपर्ने बताए। साथै उनले हालका गभर्नर महाप्रसाद अधिकारी सेवानिवृत्त हुनुभन्दा एक महिना अघि नै किन नयाँ गभर्नर नियुक्ति प्रक्रिया अघि नबढाइएको भनेर सरकारसँग जवाफ मागे। उनले थपे, “सरकार कानुन मिच्ने छुटमा रह

    • प्रकाशित मितिः जेठ १, २०८२
    • 321 पटक पढिएको
  • डिउटीमा रहेका प्रहरी हवल्दारमाथि कुटपिट गर्ने इन्स्पेक्टर शाह परे कारबाहीमा

    काठमाडौं— काठमाडौंको नागढुंगामा प्रहरी हवल्दारमाथि कुटपिट गर्ने ट्राफिक प्रहरीका इन्स्पेक्टर जितेन्द्र साह कारबाहीमा परेका छन् । बुधवार सडकमै साहले प्रहरी सहायक हवल्दारलाई चड्कन हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।  सहायक हवल्दारमाथि कुटपिट गर्ने प्रहरी निरीक्षक साहको जिम्मेवारी खोसिएको प्रहरी अतिरिक्त महानिरीक्षक टेक तामाङले जानकारी दिए। साहमाथि छानबिन सुरु भएको उनले बताए । साहलाई उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ ल्याइएको बताउँदै अनुसन्धानपश्चात् थप कारबाही प्रक्रिया अघि बढाइने प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले बताए । घटना बुधबार दिउँसो भएको उनको भनाइ छ ।&

    • प्रकाशित मितिः जेठ १, २०८२
    • 513 पटक पढिएको
  • हुन्डीको १३ लाख ५० हजारसहित एक जना पक्राउ

    काठमाडौं— रुपन्देहीबाट हुण्डी कारोबारमा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मर्चवारी–८ घर भएका निदेश बानियाँ रहेका छन् ।आरोपीको साथबाट स्रोत नखुलेको १३ लाख ५० हजार बरामद गरिएको रुपन्देहीका एसपी प्रदीप क्षेत्रीले जानकारी दिए। १ हजार र ५ सयको नोटसहित उनी सिद्धार्थनगर नगरपालिका–५ स्थित मिलनचोकबाट पक्राउ परेका हुन् । आरोपीबारे अनुसन्धान भइरहेको एसपी क्षेत्रीले जानकारी दिए ।

    • प्रकाशित मितिः जेठ १, २०८२
    • 281 पटक पढिएको
  • जलेश्वर अस्पतालमा औषधि अभाव भएपछि उपचारमा समस्या

    महोत्तरी– महोत्तरीको जलेश्वरस्थित प्रादेशिक अस्पतालमा औषधि अभाव हुँदा उपचारमा समस्या भएको छ । सरकारले निःशुल्क उपलब्ध गराएका ९८ प्रकारका औषधि अभाव हुँदा उपचारमा समस्या हो ।दश नगरपालिका र पाँच गाउँपालिका भएको उक्त अस्पतालमा दुई महिनादेखि औषधि अभाव भएको गुनासो गर्दै अस्पताल प्रमुख डा. विकास साहले समस्या समाधानका निम्ति सम्बन्धित निकायको ध्यानाकर्षण गराए । अस्पतालमा दैनिक ३०० जना बिरामी आउने गरेका  साहले जानकारी दिए ।मधेश प्रदेश सरकारको स्वास्थ्य निर्देशनालय, विभाग र केन्द्र सरकारसँग पनि औषधिको लागि निरन्तर अनुरोध भएको प्रमुख साहले बताए । आकस्मिक कक्षका लागि आवश्यक पर्ने औषधि अस्पतालले आफ्नै

    • प्रकाशित मितिः जेठ १, २०८२
    • 387 पटक पढिएको
  • विद्यार्थीलाई कुट्ने शिक्षकले महिला नगर सदस्यमाथि हातपात गरेपछि भयो हंगामा

    काठमाडौं— कालिकोटको रास्कोट नगरपालिका–२ स्थित मोतिराम माध्यमिक विद्यालयमा कार्यरत शिक्षकले महिला जनप्रतिनिधि तथा नगर कार्यापालिका सदस्यलाई हातपात गरेका छन् । शिक्षक उपेन्द्र सिम्खाडाले वैशाख ३१ गते मदिरा सेवन गरी महिला जनप्रतिनिधिमाथि हातपात गरेका हुन् ।शिक्षकले दिउँसो मदिरा सेवन गरेको अवस्थामा २ नंम्बर वडाकी महिला जनप्रतिनिधि तथा नगर कार्यपालिका सदस्य उमा योगीमाथि हातपात गरेपछि स्थानीय तहदेखि सामाजिक सञ्जालसम्म उनको तीव्र आलोचना भएको छ ।आपसी विवादका क्रममा मदिराले मतिभ्रमित अवस्थामा रहेका सिम्खाडाले नगर कार्यपालिका सदस्यमाथि कुटपिट गर्दा योगीको कानमा चोट लागेको स्थानीय चक्रनाथ योगीले जानकारी

    • प्रकाशित मितिः जेठ १, २०८२
    • 365 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफादेखि आंशिक बदली रहेको छ ।दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मूख्यतया सफादेखि आंशिक बदली रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी पहाडी भू-भागका केहि स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च-पहाडी तथा हिमाली भू-भागका ‍एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।राती कोश

    • प्रकाशित मितिः जेठ १, २०८२
    • 302 पटक पढिएको
  • धादिङबाट पोखरा जाँदै गरेको माइक्रो दुर्घटना, तीन जनाको मृत्यु

     धादिङ— धादिङबाट पोखरातर्फ जाँदै गरेको ग १ ज ८६३० नम्बरको विद्युतीय माइक्रोबस आज दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।पोखरा महानगरपालिका–३२ मा दुर्घटना हुँदा दुई महिला र एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए।मृतकमध्ये पोखरा महानगरपालिका–२५ हेम्जाका झाङमाया गुरुङको सनाखत भएको छभने दुई जना पुरुषको सनाखत हुन बाँकी छ।दुर्घटनामा घाइते आठ जनाको गण्डकी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। हावाहुरीसहित पानी परिरहेको अवस्थामा दुर्घटना भएको थियो। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक बस्नेतले बताए

    • प्रकाशित मितिः वैशाख ३१, २०८२
    • 322 पटक पढिएको
  • प्रहरी निरीक्षकको गालामा बजेको चड्कन, सहायक हवल्दारको मौन पीडा

    काठमाडौं— नागढुंगाको सडकमा धुवाँ र चिसो मिसिएको थियो। पहाड काटेर बनेको त्यो सडक, सधैं झै भीडभाड नै थियो। ट्राफिक सहायक हवल्दार रमेश (नाम परिवर्तित) सदाझैं ड्युटीमा खटिएका थिए उनी, पोशाक लगाएर, सिटी सम्हालेर, मनमा जिम्मेवारीको भारी बोकेर।सडकमा ट्राफिक प्रहरीहरू, गाडीहरूको चाप व्यवस्थापन गर्नमा व्यस्त नै थिए। सहायक हवल्दार पनि आफ्नो पोशाकमा ढुंगाजस्तै अनुशासित भएर आफ्नो काममा खटिइरहेका थिए।तर त्यो दिन भने फरक भयो।एक्कासी आएको चर्को आदेशात्मक आवाज । ट्राफिक प्रहरी वृत्त नागढुंगाका प्रमुख, निरीक्षक जितेन्द्र साह, तेज कदममा अघि बढ्दै आए। उनको अनुहारमा रिसको रेखा त थियो नै, आँखामा त्यसको चिन्गारी पन

    • प्रकाशित मितिः वैशाख ३१, २०८२
    • 418 पटक पढिएको
  • सोलुखुम्बुमा बुधबार साँझ भूकम्पको धक्का

    काठमाडौं। सोलुखुम्बुको छेक्साम केन्द्रबिन्दु भएर बुधबार साँझ भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार साँझ ६ बजेर ११ मिनेट जाँदा भूकम्प गएको हो । भूकम्पको केन्द्रबिन्दु जिल्लाको छेक्साम आसपास रहेको जनाइएको छ। भूकम्पको तीव्रता म्याग्निच्युडमा ४.६ मापन गरिएको छ।यसअघि गत वैशाख १४ गते डोल्पाको कान्जिरोबा केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो।

    • प्रकाशित मितिः वैशाख ३१, २०८२
    • 403 पटक पढिएको
  • सशस्त्र प्रहरीमा १ एआईजी पदका लागि अस्वस्थ प्रतिस्पर्धा: शक्तिकेन्द्रमा गिरीको दौडधुप

    काठमाडौँ । सशस्त्र प्रहरीको भावी नेतृत्वमा पुग्ने हिसाब देखिएपछि अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवामा चलखेल बढेको छ।सरकारले नै एक महिनादेखि एआईजी बढुवा थाती राखेर चलखेल गर्न डिआइजीहरूलाई मौका दिएको हो। वरीयताअनुसार एआईजी बढुवा भए बढुवा हुने अधिकारी नै अबको तीन वर्षपछि नेतृत्वमा पुग्नेछन्। सशस्त्र प्रहरीमा तीन जना एआईजीको दरबन्दी छ। त्यसमध्ये सीमा सुरक्षा विभाग खाली छ। अरू दुई जना एआईजीमा नारायणदत्त पौडेल र वंशीराज दाहाल कार्यरत छन्। सीमा सुरक्षा विभागमा कार्यरत एआईजी चन्द्रप्रकाश गौतम वैशाख २ गते अनिवार्य अवकाश भएका थिए। गौतमको अवकाशपछि एआईजी बढुवाका आवेदन माग गर्दै सूचना समेत जारी भ

    • प्रकाशित मितिः वैशाख ३१, २०८२
    • 4,788 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.