समाचार

    Showing 14,491-14,500 of 26,701 items.
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ   ।   हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बंगालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।दिउँसो कोशी र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने महाशाखाले जानकारी दिएको छ। बाँकी भू–भागमा मुख्यतया सफादेखि आंशिक बदली रहने पनि महाशाखाले जानकारी दिएको छ। कोशी प्रदेशलगायत गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा र बाँकी पहाडी भू–भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावन

    • प्रकाशित मितिः वैशाख ३०, २०८२
    • 360 पटक पढिएको
  • काठमाडौंको होटलमा एक पुरुष मृत फेला

    काठमाडौं— काठमाडौंको नयाँ बसपार्कस्थित एक गेस्ट हाउसको कोठामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। मृत फेला पर्नेमा अर्घाखाँची जिल्ला, सन्धिखर्क नगरपालिका–३ का ४० वर्षीय विनोद खत्री रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।प्रहरीका अनुसार खत्री आइतबार काठमाडौं महानगरपालिका–२६ स्थित विरेन्द्र ऐश्वर्या मार्गमा रहेको सगरमाथा गेस्ट हाउसको कोठा नम्बर २०१ मा मृत भेटिएका हुन्।जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ।

    • प्रकाशित मितिः वैशाख २९, २०८२
    • 245 पटक पढिएको
  • एक अर्ब २१ करोड कर छली गरेको देखिएपछि ध्रुव कन्स्ट्रक्सन प्रालिका सञ्चालकमाथि मुद्दा चलायो

    काठमाडौं— राजस्व अनुसन्धान विभागले बानेश्वरमा कार्यालय रहेको ध्रुव कन्स्ट्रक्सन प्रालिका सञ्चालक ध्रुव देवमाथि ठूलो रकम कर छली गरेको देखिएको उल्लेख गर्दै एक अर्ब २१ करोड रकम असुल उपर गर्नुपर्ने निष्कर्षसहित मुद्दा चलाएको छ ।राजस्व चुहावटसम्बन्धी कसुरमा अनुसन्धान तथा तहकिकात सम्पन्न गरी ध्रुव कन्स्ट्रक्सन प्रालिका सञ्चालक देवविरुद्ध उच्च अदालत पाटनमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २० (६) बमोजिम मुद्दा दायर गरिएको विभागकी प्रवक्ता एवं उपमहानिर्देशक कृष्णकुमारी श्रेष्ठले जानकारी दिए । देवमाथि रु एक अर्ब २१ करोड राजस्व उठाउनुपर्ने माग दाबीसहित मुद्दा अघि बढाइएको उनले बताए।

    • प्रकाशित मितिः वैशाख २९, २०८२
    • 320 पटक पढिएको
  • मन्त्री यादव भन्छन खानेपानी तथा सरसफाइ क्षेत्रमा उल्लेखनीय प्रगति भइरहेको छ

    बारा— खानेपानीमन्त्री प्रदीप यादवले देशभरीका खानेपानीका क्षेत्रमा नागरिकले प्रत्यक्ष रुपमा देख्ने र महसुस गर्ने गरी काम भएको बताएका छन् । सोमबार बारा जिल्लाको कलैया उपमहानगरपालिका स्थित सिस्वा महेशपुर खानेपानी आयोजनाको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले खानेपानीको समस्या समाधान गर्ने गरी काम गरेको बताए हुन् ।यादवले देशभरीको खानेपानीका समस्या समाधानका लागि आफुसहित सिङ्गो मन्त्रालयको टिमले काम गरिरहेको बताए । उनले भने, ‘हामीले योजना मात्रै होइन, परिणाम देखिने किसिमका कामलाई प्राथमिकता दिएका छौँ । नागरिकले अनुभूति गर्न सक्ने कामहरूमा सरकार प्रतिबद्ध छ । खानेपानी तथा सरसफाइ क्षेत्रमा उ

    • प्रकाशित मितिः वैशाख २९, २०८२
    • 239 पटक पढिएको
  • लुम्बिनीमा ओलीले खास के भनेका थिए (पुर्ण सम्बोधन)

    लुम्बिनीमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनः२६४९ औं बुद्धजयन्ती एवं २५६९औं बुद्धसम्वत तथा लुम्विनी दिवस २०८२ मूल समारोह समितिका सभापतिज्यू,श्रद्धेय स्वदेश तथा विदेशका संघ गण,माननीय मन्त्रीज्यूहरु, माननीय मुख्यमन्त्रीज्यू लगायत सम्पूर्ण जनप्रतिनिधि साथीहरु, विभिन्न देशका महामहिम राजदूत पत्रकार मित्रहरु, आदरणीय दिदी–बहिनी तथा दाजुभाइहरु ।बुद्ध जुन ठाउँमा जन्मिनु भएको थियो । आज हामी त्यस पवित्र पुण्यभूमिमा, जहाँबाट शान्तिको सन्देश विश्वमा छर्ने एउटा महामानव, जसलाई हामी भगवान बुद्ध भन्छौं । उहाँको आजभन्दा २६४९ वर्ष अगाडि अथवा २६४८ वर्ष पूरा भएर बुद्ध जन्मिएको दिन आज २६४९ वर्ष लागेक

    • प्रकाशित मितिः वैशाख २९, २०८२
    • 311 पटक पढिएको
  • गुल्मीमा पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

    गुल्मी— गुल्मीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मीको मुसिकोट नगरपालिका –६ भुवाचिदीका १७ वर्षीय ग्रीष्म शर्मा रहेका छन् ।जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुका अनुसार शर्मा तीन जना साथीहरूसँगै हिजो दिउँसो पौडी खेल्न छल्दी खोलामा गएका थिए ।

    • प्रकाशित मितिः वैशाख २९, २०८२
    • 410 पटक पढिएको
  • जडीबुटी–पेप्सीकोला सडकमा पर्ने संरचना आफैँ हटाउन ३५ दिनको सूचना

    काठमाडौं— भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग र काठमाडौं महानगरपालिकाले काठमाडौंको जडीबुटी चोकदेखि पेप्सीकोला चोकसम्म सडकको सीमामा रहेका संरचना हटाउन समय दिएको छ। सोमबार एक सूचना जारी गर्दै मन्त्रालय, विभाग र महानगरले संरचना हटाउन ३५ दिने सूचना दिएको हो । सडकको रेखाबाट दायाँबायाँ दुवैतर्फ १५/१५ मिटर सडकको सीमा रहेकाले ३५ दिनभित्र सम्बन्धित व्यक्तिबाटै ती स्थानमा परेका संरचना हटाउन सम्बिन्धित निकायले सूचित गरेको हो। यही वैशाख १० गते सडक सीमा सीमांकन गरी चिनो लगाएकोले यस क्षेत्रका अनधिकृत संरचना ३५ दिनभित्र नहटाए सार्वजनिक सडक ऐन २०३१, स्थानीय सरकार सञ्

    • प्रकाशित मितिः वैशाख २९, २०८२
    • 252 पटक पढिएको
  • होटलको रुममा पस्नासाथ आए ‘नक्कली प्रहरी’ ...

    काठमाडौं— काठमाडौ महानगरपालिका–१४ स्थित कलङ्कीमा इन्स्ट्राग्राममा कुरा भएका ‘केटी साथी’लाई भेट्न जाँदा दुई जना युवक लुटिएका छन् । वैशाख २६ मा अमेरिकाको भिसा लागेर बसेका एक जना युवक र उनका साथी कलङ्कीस्थित मेन्स होटलमा लुटिएका हुन् ।गिरोहले उनीहरूलाई दुई जना महिला प्रयोग गरेर ‘हनीट्रयाप’मा पारेर लुटपाट गरेका हुन् । गिरोहका सदस्यहरूले उनीहरूबाट ३ लाख ६३ हजार लुटेर हिँडेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले जानकारी दिए । लुटमा संलग्न भएको आरोपमा ८ जना पक्राउ गरेको प्रहरीले जनाएको छ।पक्राउ पर्नेमा नवलपरासीको देवचुली घर भएका सन्दीप परियार, चितवनको भरतपुर घर भएका २५ वर्षीय स

    • प्रकाशित मितिः वैशाख २९, २०८२
    • 398 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ  । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ३० पैसा र बिक्रीदर १३६ रूपैयाँ ९० पैसा कायम भएको छ ।युरोपियन युरो एकको खरिददर १५३ रूपैयाँ ३१ पैसा र बिक्रीदर १५३ रूपैयाँ ९९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८१ रूपैयाँ ३५ पैसा र बिक्रीदर १८२ रूपैयाँ १५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६३ रूपैयाँ ९३ पैसा र बिक्रीदर १६४ रूपैयाँ ६५ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ४० पैसा र बिक्रीदर ८७ रूपैयाँ ७८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ७९ पैसा र बिक्रीदर

    • प्रकाशित मितिः वैशाख २९, २०८२
    • 362 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश ,गण्डकी प्रदेश ,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको पहाडी भू-भागमा  आंशिक देखी साधारणतया बदली रही थोरै स्थानहरुमा हल्का बर्षा भइरहेको छ।दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा  मूख्यतया सफा देखि आंशिक बदली रहनेछ । देशको पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका

    • प्रकाशित मितिः वैशाख २९, २०८२
    • 409 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.