समाचार

    Showing 14,711-14,720 of 26,701 items.
  • शिक्षकको आन्दोलन आज दशौँ दिन सडकमै हाजिर र नाचगान

    काठमाण्डौ  ।  नेपाल सरकार र नेपाल शिक्षक महासङ्घबिच विगतमा भएका सम्झौता कार्यान्वयनको माग गर्दै राजधानी केन्द्रित शिक्षक आन्दोलन आज पनि जारी र्हेको छ ।प्रत्येक दिन बिहान ११ः०० बजे माइतीघर–बबरमहलमा भेला भई जिल्लागत रूपमा ब्यानरसहित जुलुस प्रदर्शन, सडकमै भाषण, गीतसङ्गीत र नाचगान गर्नु आन्दोलनरत शिक्षकको दिनचर्या नै बनेको छ ।आन्दोलनमा सहभागिताको लेखाजोखा गर्न सडकमै शिक्षक तथा विद्यालय कर्मचारीको हाजिरी गर्ने गरिएको छ ।आन्दोलनमा देशभरबाट शिक्षक र विद्यालय कर्मचारीको प्रतिनिधिमूलक सहभागिता रहे पनि महासङ्घले काठमाडौँ उपत्यकाको हकमा भने सबै शिक्षक र कर्मचारीलाई आन्दोलनमा अनिवार्य उपस्थितिका

    • प्रकाशित मितिः चैत ३०, २०८१
    • 363 पटक पढिएको
  • काठमाण्डौको बबरमहलमा दुर्घटना एकको मृत्यु, दुई जना घाइते

    काठमाडौ । काठमाडौँमा आज भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।काठमाडौँ महानगरपालिका–११ बबरमहलस्थित सडकमा प्र २–०३–०१८प ५८३४ नम्बरको स्कुटरलाई प्र ३–०२–०१०प ६९५४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा मोटरसाइकल चालक अन्दाजी ३० वर्षीय पुरुषको मृत्यु भएको हो ।मृतकको परिचय नखुलेको ती व्यक्तिको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक र स्कुटरमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको उनले बताए ।

    • प्रकाशित मितिः चैत ३०, २०८१
    • 278 पटक पढिएको
  • तनहुँको मोहरीयाबाटोमा बेसीशहर जादै गरेको बस दुर्घटना

    काठमाण्डौ । डुम्रे बेसीशहरसडक खण्ड अन्तर्गत तनहुँको भानु-१ मोहरीयाबाटोमा बेसीशहर आउँदै गरेको बस दुर्घटना भएको छ। ग १ ख ६४९८ नम्बरको बस शुक्रबार साँझ ४:३५ को समयमा दुर्घटना हुँदा बसमा सवार १६ जना घाइते भएका छन्। तीमध्ये चारजनालाई CMC चितवन रीफर गरिएको छ। बाँकी अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घाइते हुनेहरुमा दोर्दी-९ घर भएका सात वर्षीय रोजित विक, सही ठाउँ बस्ने ४५ वर्षीय शुसिला बि.क, राइनस-६ बस्ने ४० वर्षीय बिमला बिक र एकजना रौतहटका ५३ वर्षीय रामपुकार सुनार रहेका छन्। 

    • प्रकाशित मितिः चैत ३०, २०८१
    • 250 पटक पढिएको
  • वीरगञ्जमा प्रशासनले लगायो कर्फ्यु, प्रहरीसहित दर्जनौं घाइते

    पर्सा  ।  वीरगञ्जमा प्रशासनले लगायो कर्फ्यु, प्रहरीसहित दर्जनौं घाइते भएका छन। वीरगञ्जको छपकैयामा हनुमान जयन्तीको अवसरमा निकालिएको शोभा यात्राको क्रममा आगजनी, तोडफोड र झडप भएपछि प्रशासनले कर्फ्यु लगाएको छ ।हनुमान जयन्तीको अवसरमा निकालिएको शोभा यात्रामा अन्य समुदायका व्यक्तिहरुले ढुङ्गा हानेपछि झडप सुरु भएको थियो । शोभा यात्राका सहभागीहरुले आक्रोशित हुँदै केही मोटरसाइकल र होटलमा आगजनी र तोडफोड गरेका छन् ।प्रहरीले स्थिति नियन्त्रणमा लिन दर्जनौं सेल अश्रुग्याँस हानेका छन् । झडपमा दर्जनौं हिन्दूवादी युवा र प्रहरी घाइते भएका छन्। सो क्षेत्रमा अहिले सुरक्षा व्यवस्था कडा पारिएको छ । दुई समु

    • प्रकाशित मितिः चैत ३०, २०८१
    • 200 पटक पढिएको
  • पाल्पातर्फ जाँदै गरेको कारलाई पहिरोले पुरियो, यात्रु सकुशल

    काठमाडौं—  बुटवलदेखि पाल्पातर्फ जाँदै गरेको एउटा कार सिद्धार्थ राजमार्गमा खसेको पहिरोमा पुरिएको छ । तिनाउ गाउँपालिका—३ को बुटवल पाल्पा—सडक खण्डको सिद्धबाबा मन्दिर नजिक माथिबाट खसेको पहिरोले कार पुरिएको प्रहरीले जनाएको छ।भैरवस्थानतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ज ०२७६ नम्बरको कार माथिबाट आएको पहिरोका कारण पूर्णरुपले क्षति भएको राजमार्ग ट्राफिक सुरक्षा कार्यालय बुटवलले जनाएको छ । कारमा सवार यात्रु भने सकुशल रहेको प्रहरीले जनाएको छ । बिहान पानी परेको बेला उक्त दुर्घटनामा भएको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः चैत ३०, २०८१
    • 318 पटक पढिएको
  • ओम प्रकाश हर्बल इन्डस्ट्रीजमा आगलागी हुँदा १२ लाख रुपैयाँभन्दा बढीको क्षति

    काठमाडौं— सर्लाहीको बरहथवा नगरपालिका–१० स्थित कटानीमा रहेको ओम प्रकाश हर्बल इन्डस्ट्रीजमा गएराति आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति भएको छ ।आत्मा राम रायको सञ्चालनमा रहेको सो तेल उद्योगमा राति भीषण आगो लागेको थियो । आगलागीको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मुर्तियाबाट प्रहरी नायब निरीक्षक उदय कुमार झाको नेतृत्वमा चार सदस्यीय प्रहरी टोली तत्काल घटनास्थलमा पुगेर उद्धार तथा आगो नियन्त्रण कार्यमा जुटेको थियो ।प्रहरी टोली, स्थानीय बासिन्दा तथा दमकलको संयुक्त प्रयासपछि आगो करिब तीन घण्टापछि  पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको थियो ।प्रारम्भिक अनुमानअनुसार, आगलागीका कारण उद्योगमा भ

    • प्रकाशित मितिः चैत ३०, २०८१
    • 347 पटक पढिएको
  • वातावरण प्रदूषणक प्लाष्टिकका झोलामा प्रतिबन्ध लगायो भरतपुर अस्पतालले

     काठमाडौं— भरतपुर अस्पतालले वातावरण प्रदूषणक प्लाष्टिकका झोलामा प्रतिबन्ध लगाएको छ।अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्णप्रसाद पौडेलका अनुसार अस्पतालको फार्मेसी र अस्पतालभित्रका खाजा घरमा पनि प्लाष्टिकका झोला प्रयोगमा रोक लगाइएको हो। उनले भने, “फार्मेसीमा औषधि दिँदा र खाजाघरमा कागजको झोलाको प्रयोग गरिएको छ।”अस्पतालमा बिरामी भेट्न आउँदा कागजका झोला र कपडाका झोला प्रयोग गर्न अस्पतालले बिरामीका आफन्तहरुलाई आग्रह गरेको छ।अस्पतालले कुनै पनि कार्यक्रममा प्लाष्टिकका सामग्रीको प्रयोग नगर्ने उनले बताए। प्लाष्टिकका झोलाले वातावरणलाई हानि गर्ने भएकाले प्रयोगमा  रोक लगाइएको हो।

    • प्रकाशित मितिः चैत ३०, २०८१
    • 250 पटक पढिएको
  • काठमाडौं उपत्यकामा हावाहुरीसहित वर्षा

    काठमाण्डौ  । देशका केही भूभागमा बिहानैदेखि वर्षा भइरहेको छ। बामगती प्रदेशमा पनि बिहानैदेखि वर्षा भइरहेको छ। अहिले काठमाडौं उपत्यकामा हावाहुरीसहित ठूलो वर्षा भएको हो।अरब सागरबाट भित्रिएको जलवाष्पयुक्त हावा पश्चिमी भूभाग हुँदै काठमाडौंसम्म आइपुगेका कारण वर्षा भएको हो। स्थानीय वायु, पश्चिमी वायु र भारतबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव पनि सामान्य छ।बागमतीसाथै गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा पनि बिहानैदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो सुदूरपश्चिम र गण्डकी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। केही प्रदेशमा पूर्णदेखि आंशिक बद

    • प्रकाशित मितिः चैत ३०, २०८१
    • 363 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहनुका साथै अरब सागरबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव छ।जसको प्रभावले देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मुख्यतया सफादेखि आंशिक बदलीको अवस्था रहेको छ ।कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाड

    • प्रकाशित मितिः चैत ३०, २०८१
    • 324 पटक पढिएको
  • दुर्गा प्रसाईं र उनका अंगरक्षक पक्राउ

    काठमाडौं— प्रहरीले मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंका साथै उनका अंगरक्षक दीपक खड्कालाई पनि पक्राउ गरेको छ । दुबै जनालाई झापाको भद्रपुरबाट पक्राउ गरी आवश्यक अनुसन्धानका लागि काठमाडौं ल्याइँदै गरेको प्रहरी प्रवक्ता दिनेश कुमार आचार्यले जानकारी दिए । चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न गरी राज्य विरुद्ध र संगठित अपराधसम्बन्धी कसूरमा फरार रहेका दुबै जनालाई पक्राउ गरिएको उनको भनाइ छ । प्रसाईं १५ गतेको घटनापछि भारत फरार भएका थिए ।

    • प्रकाशित मितिः चैत २९, २०८१
    • 456 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.