समाचार

    Showing 15,021-15,030 of 26,701 items.
  • राजावादीले कोटेश्वरको भाटभटेनीमा तोड्फोड गरे

    काठमाडौं—  राजावादी समूह प्रवेश गरेर कोटेश्वरको भाटभटेनी तोडफोड गरेका छन् । दिउसो ३ बजेर ५० मिनेट जाँदा प्रदर्शनकारी भाटभटेनीमा प्रवेश गरेर  तोड्फोड गरेका हुन।“कोटेश्वरस्थित स्टोरमा प्रदर्शनकारी प्रवेश गरेर रक्सीलगायतका सामग्री लिएर हिँडेका छन्, तोडफोड गरे,” भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङले भने ।प्रहरीलाई समयमै खबर गरिएको भए पनि अहिलेसम्म पुगेको छैन । प्रदर्शनकारी स्टोरमा छिरेर तोडफोड गरेका छन् । 

    • प्रकाशित मितिः चैत १५, २०८१
    • 311 पटक पढिएको
  • तीनकुनेमा भएको घटना केवल सुरुवात मात्र; रविन्द्र मिश्र

    काठमाण्डौ  ।   राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले तीनकुनेमा भएको घटना केवल सुरुवात मात्र भएको बताएका छन्। सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रश्न गरे, "व्यवस्था परिवर्तनका आन्दोलनहरू कुनै नेताको नियन्त्रणमा रहन्छन् र? अघिल्ला आन्दोलनहरूमा धनजनको क्षति भएको थिएन?" उनले अघि भने, "त्यही क्षति रोक्न पहिले नै नवीन समझदारीमा जान आग्रह गरेका थियौँ। अहिले जे भयो, त्यसले सत्बुद्धि पलाओस्। यो आन्दोलन रोकिने होइन, जारी रहनेछ।"

    • प्रकाशित मितिः चैत १५, २०८१
    • 480 पटक पढिएको
  • काठमाडौंका केही क्षेत्रमा अपराह्न ४ः२५ देखि राति १० बजेसम्म कर्फ्यू लगाइयो

    काठमाडौं—  जिल्ला प्रशासन कार्यालयले काठमाडौंका केही क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ । शुक्रबार अपराह्न ४ः२५ देखि राति १० बजेसम्मका निम्ति कर्फ्यू आदेश जारी गरिएको एक सूचनामा उल्लेख छ । प्रशासनले गौशालादेखि एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वरसम्म कर्फ्यू लगाएको छ । यसैगरी, कोटेश्वरदेखि जडीबुटी पुल, कोटेश्वरबाट बालकुमारी पुलसम्म पनि कर्फ्यू आदेश जारी गरिएको छ । यस्तै, बानेश्वर चोकदेखि शंखमूल पुलसम्म, गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म पनि कर्फ्यू आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए ।राजावादीको प्रदर्शन अराजक बनेपछि प्रश

    • प्रकाशित मितिः चैत १५, २०८१
    • 188 पटक पढिएको
  • काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यु आदेश जारी

    काठमाडौँ । काठमाडौंको तीनकुने क्षेत्र राजावादीहरूको प्रदर्शन उग्र बनेको संधर्भ काबु कार्यक्रित होन गएपछि जिल्ला प्रशासनका कार्यालयो निषेधाज्ञा जारी गरेको छ।भर्खरै माइकिङ गर्दै प्रहरीले उक्त सूचना दिएका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज अधिकारीले स्थिति नियन्त्रणबाहिर जानगएकाले निषेधाज्ञा जारी गरियोको बताए।तीनकुनेमा राजावादी प्रदर्शनकारी अराजक बन्दै जाँदा सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिन प्रयास गरिरहेको छ ।

    • प्रकाशित मितिः चैत १५, २०८१
    • 429 पटक पढिएको
  • घरघरबाट प्रतिआक्रमणको तयारीमा प्रदर्शनकारी

    काठमाडौं— तीनकुने क्षेत्र अहिले तनावग्रस्त छ । राजावादी समर्थकहरूले निषेधित क्षेत्र तोडन खोजेको र प्रहरीमाथि आक्रमण गर्न थालेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो।  प्रहरीले नै प्रहार गरेको अश्रुग्यास टिपेर प्रहरीलाई नै प्रदर्शनकारीले प्रहार गरेपछि दोहोरो झडप नै भएको थियो। झडपका क्रममा केही घाइते भएका छन् । यतिबेला अश्रुग्यासले तितरवितर भएका प्रदर्शनकारी तीनकुनेको सडक गल्ली तथा नजिकैका घरको कम्पाउण्डमा बसिरहेका छन् । त्यही घरमा रहेको पानी ट्यांकीको पानी प्रयोग गरेर अश्रुग्यासले पोलेको आँखा धुँदै प्रतिआक्रमण गर्ने योजना प्रदर्शनकारीले बुनिरहेका छन् । उनीहरूले बाइकबा

    • प्रकाशित मितिः चैत १५, २०८१
    • 393 पटक पढिएको
  • भारतमा तीर्थ गएका चार जना नेपालीको दुर्घटनामा मृत्यु

    काठमाडौं— भारतमा तीर्थ यात्रामा हिँडेका दाङ तुलसीपुरका चार जनाको सवारी दुर्घटनामा मृत्यु भएको छ। दाङको तुलसीपुरबाट भारतमा तीर्थ यात्राका लागि गएको युपी ३१ एसी ७२०० नम्बरको स्कारपिओ भारतको बहराइचमा बिहीबार दुर्घटना भएको जनाइएको छ।सोही दुर्घटनामा परि गाडी चालक तुलसीपुर उपमहानगरपालिका–७ पर्सेनी निवासी ३७ वर्षीय  युवराज चापागाईँ र सोही वडाका जितबहादुर वलीसहित चारजनाको मृत्यु भएको तुलसीपुर–७ का वडाध्यक्ष रामबहादुर जिसीले जानकारी दिए।अन्य दुई जनाको पहिचान हुन बाँकी छ। अन्य दुई जना पनि तुलसीपुर निवासी नै रहेको वडाध्यक्ष जिसीले बताए। गाडीमा नौ जना सवार रहेको र सबै तुलसीपुरकै रहेको खुलेको छ। गाडीम

    • प्रकाशित मितिः चैत १५, २०८१
    • 251 पटक पढिएको
  • सुरक्षामा खटिएका प्रहरीमाथि ढुंगामुडा भएपछि अश्रुग्यास हान्यौँ— प्रहरी

    काठमाडौं— राजावादी समर्थकहरूले निषेधित क्षेत्र तोडन खोजेको र प्रहरीमाथि आक्रमण गर्न थालेपछि अश्रुग्यास प्रहार गरेको प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता दिनेश कुमार आचार्यले स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको बताएका छन्।राजावादीहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि भएको दोहोरो झडपमा केही प्रहरी र प्रदर्शनकारी घाइते भएका छन्। विरोध सभा सुरू हुन नपाउँदै कार्यक्रम विथोलिएको छ। प्रहरीले तीनकुनेको पुलदेखि बानेश्वर क्षेत्रमा प्रदर्शनकारीलाई रोक लगाएको थियो।तर,राजावादी समर्थकहरू सो क्षेत्रमा जान खोजेपछि प्रहरी र उनीहरूबीच दोहोरो झडपको स्थिति सिर्जना भएको हो।

    • प्रकाशित मितिः चैत १५, २०८१
    • 509 पटक पढिएको
  • प्रहरीको ब्यारिकेड तोडेर प्रवेश गर्न खोज्ने केही प्रदर्शनकारी पक्राउ

    काठमाडौं— प्रहरीले काठमाडौंको तीनकुनेबाट केही प्रदर्शनकारीलाई पक्राउ गरेको छ । प्रहरीको ब्यारिकेड तोडेर बानेश्वरतर्फ प्रवेश गर्न खोजेपछि उनिहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले पूर्वराजाका समर्थकहरुलाई बानेश्वरतिर जानबाट रोक्ने अश्रुग्याँस र लाठी प्रहार गरेको छ । बानेश्वर प्रवेश गर्न खोज्ने ४ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनर्स्थापना लागि संयुक्त जनआन्दोलन समिति’लाई स्थानिय प्रशासनले तीनकुनेमा प्रदर्शन गर्न अनुमति दिएक

    • प्रकाशित मितिः चैत १५, २०८१
    • 310 पटक पढिएको
  • तीनकुनेमा राजावादी सभामा आएका प्रदर्शनकारीले प्रहरीको घेरा तोड्न खोज्दा अश्रुग्यास प्रहार

    काठमाडौं— काठमाडौंको तीनकुनेमा जारी राजावादीहरूको कार्यक्रममा अश्रुग्यास प्रहार गरिएको छ । अश्रुग्यास प्रहार गरेपछि सहभागीहरुको भागाभाग भएको छ ।सभामा विभिन्न ठाउँबाट आएका मानिसहरु प्रदर्शनमा आइरहेका थिए । सोही क्रममा प्रहरीले बानेश्वरतर्फ जाने सडक बन्द गराएको थियो । प्रहरीको घेरा तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गर्नुपरेको जनाएको छ ।सभाका लागि विभिन्न ठाउँबाट राजाका समर्थकहरु भेला हुन तिनकुने आउने क्रम जारी थियो । उनीहरुको सभा सुरु नहुँदै तनाव सिर्जना भएको छ ।कार्यक्रम बिथोलिएपछि नेताहरु कार्यक्रमस्थलबाट हिँडेका छन् । प्रहरीले बल प्रयोग गरेपछि उनीहरुले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका छन् ।

    • प्रकाशित मितिः चैत १५, २०८१
    • 611 पटक पढिएको
  • किसानलाई चैते धान रोप्न चटारो

    तानसेन (पाल्पा) । आलु, गहुँलगायत बाली भित्र्याएका पाल्पाका किसानलाई चैते धान रोपाइँको चटारो थपिएको छ । यहाँका पूर्वखोला, रामपुर, रम्भा, निस्दीलगायत फाँटका अधिकांश किसान एक सातायता चैते धानको रोपाइँमा व्यस्त छन् । पूर्वखोला गाउँपालिका–३ कलौलीकी गोमाया कामु अहिले चैते धान रोप्न व्यस्त छिन् । गर्मी मौसमका कारण अन्य स्थानमा खडेरी परेको समयमा उनको परिवारलाई भने कुलोको पानीले सिञ्चित भएको पाँच रोपनी खेतमा चैते धान रोप्न भ्याइनभ्याइ छ । पानीको सुविधा भएको र उत्पादन पनि हुने भएकाले बर्सेनि चैते धान रोप्दै आएको कामु बताउँछिन् ।‘चैते धानका लागि पानीको समस्या हुँदैन । उत्पादन पनि राम्रै हुन्छ’, उनले

    • प्रकाशित मितिः चैत १५, २०८१
    • 336 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.