समाचार

    Showing 15,201-15,210 of 22,177 items.
  • सरकारद्वारा राष्ट्रिय साइबर सुरक्षा कडा नीति अवलम्बन

    काठमाडौं । सरकारले सामाजिक सञ्जालको दुरुपयोगलाई रोक्ने नीति लिएको छ ।यही साउन २३ गते बसेको मन्त्रिपरिषद् बैठकले ‘राष्ट्रिय साइबर सुरक्षा नीति २०८०’ लाई स्वीकृत गरेको थियो ।उक्त नीतिको रणनीति १० मा राष्ट्रिय सुरक्षामा आँच पुऱ्याउने, घृणा वा द्वेष फैलाउने, अनलाइन उत्पीडन र साइबर बुलिङ गर्ने, सामाजिक तथा साम्प्रदायिक सद्भावमा खलल पुऱ्याउने, अश्लिलता फैलाउने किसिमका डिजिटल सामग्रीको सम्प्रेषणलाई निषेध गर्ने उल्लेख छ ।

    • प्रकाशित मितिः साउन २७, २०८०
    • 110 पटक पढिएको
  • उत्कृष्ट कार्य गर्ने २ जिल्ला प्रहरी कार्यालयलाई प्रशंसा-पत्रद्वारा सम्मान

    बिराटनगर  ।  कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले उत्कृष्ट कार्य गर्ने २ वटा जिल्ला प्रहरी कार्यालयलाई प्रशंसा-पत्रद्वारा सम्मान गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले एक कार्यक्रमको आयोजना गरी जिल्ला प्रहरी कार्यालय सुनसरी र जिल्ला प्रहरी कार्यालय ओखलढुंगालाई “उत्कृष्ट जिल्ला प्रहरी कार्यालय” को प्रशंसा- पत्र प्रदान गरिएको हो ।  आर्थिक बर्ष २०७९/०८० का लागि गरिएको कार्य सम्पादन सम्झौता अनुसार कोशी प्रदेश अन्तरगतका जिल्ला प्रहरी कार्यालयहरु मध्येबाट सर्वोत्कृष्ट हुन सफल भएको जिल्ला प्रहरी कार्यालय सुनसरी र प्रहरी नायव उपरीक्षक कार्यालय प्रमुख रहने कार्यालयहरु मध

    • प्रकाशित मितिः साउन २७, २०८०
    • 242 पटक पढिएको
  • जनमत पार्टी सरकारमा सहभागी हुने

    काठमाण्डौ  ।  सिके राउत नेतृत्वको जनमत पार्टी प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी हुने भएको छ। प्रधानमन्त्री र जनमत निकट स्रोतका अनुसार पार्टी आइतबार सरकारमा सहभागी हुने भएको हो।गत पुसमा प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएको जनमतले चैतमा सरकार छाडेको थियो। जनमतका तर्फबाट मन्त्री बनेका खानेपानी मन्त्री अब्दुल खानले चैत १७ गते राजीनामा दिएका थिए। जनमतले उद्योग र कृषिमध्ये एक मन्त्रालय दाबी गरेको थियो। दुईमध्ये कुनै पनि नपाएपछि जनमत सरकारबाट बाहिरिएको थियो।सरकार छाडेको करिब चार महिनापछि जनमत फेरि सरकारमा सहभागी हुन लागेको हो। स्रोतका अनुसार जनमत पार्टीले संघी

    • प्रकाशित मितिः साउन २७, २०८०
    • 170 पटक पढिएको
  • सशस्त्रले निकाल्यो ३८७१ जना जवानको सहायक हवल्दारमा बढुवा सिफारिस

    काठमाडौैं । सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी सहायक हवल्दारका लागि बढुवा सिफारिस गरेको छ । बढुवा समितिको शुक्रबारको निर्णयबाट एकैपटक सशस्त्र प्रहरीको साधारण समूहतर्फ खाली रहेको सहायक हवल्दार पदका लागि ३ हजार ८ सय ७१  जनाको सिफारिस गरेको हो ।सशस्त्रका अनुसार सिफारिस भएका ३८७१ जना विरुद्ध कुनै उजुर बाजुर भएमा ७ दिनभित्र उजुरी गर्न पनि समयावधि रहेको जनाइएको छ । पछिल्लो समय सशस्त्र प्रहरीमा लामो समयदेखि रोकिएको बढुवा  हुँदै गइरहेकाे छ । यसपटकको बढुवा सम्भवतः एपीएफकै इतिहासमा एकैपटक सबैभन्दा बढुवा भएको हो ।सूचीः

    • प्रकाशित मितिः साउन २७, २०८०
    • 246 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौं ।  मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अवस्थित रहेको छ। यसका साथै भारतको उत्तर पूर्वी उत्तर-प्रदेश तथा उत्तर पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको छ।हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । गण्डकी प्रदेशका केही, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक-दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थान

    • प्रकाशित मितिः साउन २७, २०८०
    • 175 पटक पढिएको
  • डिजेल चोरेर बेच्ने नेपाल आयल निगमका गण्डकी प्रदेश प्रमुख दास सम्पर्कविहीन

    गण्डकी  ।  कास्की जिल्ला प्रशासन कार्यालयले नेपाल आयल निगम गण्डकी प्रदेश कार्यालयबाट डिजेल चोरेर बेच्नका लागि लगिरहेको ट्यांकर बिहीबार नियन्त्रणमा लियो। जिप्रकाले ट्यांकर नियन्त्रणमा लिएपछि डिजेल चोरीको आरोपमा छानबिनमा पर्ने भएपछि निगमका प्रादेशिक प्रमुख चित्तरञ्जन दास सम्पर्कविहीन भएका छन्। पोखरा महानगरको गगनगौंडास्थित निगमको डिपोबाट डिजेल लोड गरेर पश्चिमाञ्चल पेट्रोल पम्पमा लैजाँदै गरेको ग २ ख ८३६ नम्बरको ट्यांकर जिप्रकाले नियन्त्रणमा लिएको हो। कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले ट्यांकर नियन्त्रण लिन आदेश दिएका हुन्।नियन्त्रणमा लिइएको ट्याङ्कर डाँडाकोनाक प्रहरी चौ

    • प्रकाशित मितिः साउन २६, २०८०
    • 217 पटक पढिएको
  • सांसद सुनिल शर्मा रिहा हुँदै, थुनामा राख्नुपर्ने कारण देखिएन

    काठमाडौँ । नेपाली कांग्रेसका सांसद सुनिल शर्मा रिहा हुने भएका छन् । उनलाई थुनामा राख्नुपर्ने कारण नदेखिएको भन्दै रिहा गर्न जिल्ला अदालत काठमाडौँले आदेश दिएको हो ।सांसद शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बिहीबार उनकै निवास गोल्फुटारबाट पक्राउ गरेको थियो ।उनीमाथि यसअघि नै सफाइ पाइसकेको शैक्षिक प्रमाणपत्र किर्ते गरेको अभियोग ब्युँताउँदै सीआईबीले बिनापूर्जी पक्राउ गरेकाे थियाे । उनीमाथि अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति माग्दै सीआईबीले सरकारी वकिलको कार्यालयमार्फत शुक्रबार अदालतमा उपस्थित गराइएको थियो ।

    • प्रकाशित मितिः साउन २६, २०८०
    • 157 पटक पढिएको
  • सौर्य एयरलाइन्सले तीन एटिआर जहाज ल्याउँदै

    काठमाडौं  । दुईथान जेट इन्जिन जहाजबाट आन्तरिक उडान गर्दै आएको सौर्य एयरलाइन्सले अब एकै पटक तीनथान एटिआर जहाज ल्याउने भएको छ। आगामी ६ महिनाभित्र ७२ सिट क्षमतायुक्त तीन एटिआर जहाज ल्याउने गरी आवश्यक तयारी पूरा भएको सौर्य एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलले जानकारी दिएका छन।जेट जहाजमार्फत उडान गर्दा खर्च धेरै भएकाले केही समय अघिदेखि एटिआर जहाज खरिद गर्ने तयारी थालेको पोखरेलले  भनेका छन लगानीकर्तामध्ये एक भारतको कुवेर ग्रुपसँग ६ महिनाभित्र एटिआर जहाज ल्याउने गरी सम्झौता गरेर फर्किएका पोख्रेलले जानकारी दिएका छन। जेट जहाजमार्फत उडान गर्दा यात्रुलाई सहज भए पनि खर्च धान्न मुस्किल भएपछि साझेदार

    • प्रकाशित मितिः साउन २६, २०८०
    • 760 पटक पढिएको
  • अमेरिकाको हवाईमा डढेलो लाग्दा ५३ जनाको मृत्यु आगो नियन्त्रणको प्रयास जारी

    एजेन्शी  ।  अमेरिकाको हवाईमा डढेलो लाग्दा ५३ ले ज्यान गुमाएका छन । हवाईको मउई शहरसम्म डढेलो फैलिएपछि बस्तीका ५३ जनाको मृत्यु भएको हो । डढेलो सँगै सयौं घर जलेर नष्ट भएका छन् भने तीव्र हावाका कारण लागेको डढेलो नियन्त्रण बाहिर गएपछि हजारौँ अग्नि नियन्त्रक र हेलिकप्टर परिचालन गरिएको छ तर पनि अझै नियन्त्रणमा आउन सकेको छैन,  हजारौँ विस्थापित नागरिक बिस्थापित भएका छन।डढेलोले हजारौँ हेक्टर जंगल जलेर नष्ट भएको छ भने हाल हवाईमा आपतकाल घोसणा गरिएको छ। 

    • प्रकाशित मितिः साउन २६, २०८०
    • 164 पटक पढिएको
  • आज १ बजे प्रतिनिधिसभा बैठक बस्दै

    काठमाडौं  ।   आज प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद् भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाईएको छ ।आजको प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विद्येयक प्रमाणीकरण सबन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइनेछ । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका सांसद (सचिव) टोपबहादुर रायमाझीलाई निलम्बन गरिएको जानकारी सभामुखले गराउने छन् । उता,

    • प्रकाशित मितिः साउन २६, २०८०
    • 148 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.