समाचार

    Showing 15,281-15,290 of 26,702 items.
  • ८ वर्षीया बालिकामाथि जबरजस्ती करणी आरोपमा पक्राउ

    काठमाडौं— बाँकेमा ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । बैजनाथ गाउँपालिका—८ पिपिरी बस्ने २५ वर्षीय निम बहादुर बिकलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । बिकले ती बालिकालाई शनिबार साँझ डर त्रास देखाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः चैत ४, २०८१
    • 272 पटक पढिएको
  • लागूऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ

    काठमाडौं— प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई मोरङ बिराटनगर महानगरपालिका–१५ स्थितबाट लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरेको हो।चैत्र ०३ गते इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा उदयपुर बेलका नगरपालिका–२ का २० बर्षीय सुजन खड्कालाई लागूऔषध खैरो हिरोईन ११ ग्राम ४ मिलिग्राम, मोरङ केराबारी गाउँपालिका–३ का २४ बर्षीय उत्तम याख्खा, सुन्दरहरैचा नगरपालिका–५ का ४५ बर्षीय मातृका सुवेदीलाई २ ग्राम ५३ मिलिग्राम लागूऔषध ब्राउन सुगर सहित पक्राउ गरेको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दा

    • प्रकाशित मितिः चैत ४, २०८१
    • 300 पटक पढिएको
  • त्रिविका १७ आंगिक क्याम्पसमा स्ववियु निर्वाचन देउवा र कोइरालाको झगडाले रोकियो

    काठमाडौं— विद्यार्थी संगठनको आपसी द्वन्द्वका कारण त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका १७ वटा आंगिक क्याम्पसमा तोकिएको मितिमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन नहुने भएको छ।विद्यार्थी द्वन्द्वका कारण उपत्यकाभित्र आठ र उपत्यकाबाहिर नौ गरी १७ आंगिक क्याम्पसको निर्वाचन प्रक्रिया बिथोलिएको त्रिविले जनाएको छ। त्रिविका अनुसार उपत्यकाका विश्वविद्यालय क्याम्पस कीर्तिपुर, पद्‌मकन्या क्याम्पस बागबजार, पब्लिक युथ क्याम्पस धोबीचौर, शंकरदेव क्याम्पस बागबजार, विश्वभाषा क्याम्पस प्रदर्शनीमार्ग, नेपाल ल क्याम्पस प्रदर्शनीमार्ग, त्रिचन्द्र क्याम्पस घण्टाघर र सरस्वती क्याम्पस ठमेलमा निर्वा

    • प्रकाशित मितिः चैत ४, २०८१
    • 388 पटक पढिएको
  • विवादका कारण त्रिविको स्ववियू निर्वाचन सर्‍यो, चैत ८ गते हुने

    काठमाडौं— त्रिविअन्तर्गत विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा अवरुद्ध भएको स्ववियू निर्वाचन चैत ८ गते हुने भएको छ ।यसअघि चैत ५ मा हुने भनिएको निर्वाचन तीन दिनदेखि अवरुद्ध भएपछि उक्त समय थप गरी चैत ८ गते निर्णय भएको स्ववियू निर्वाचन अधिकृत प्रा.डा. कृष्णप्रसाद न्यौपानेले जानकारी दिएका छन् ।

    • प्रकाशित मितिः चैत ४, २०८१
    • 330 पटक पढिएको
  • भन्सार छलेर २ करोड भन्दा बढीको सामान बरामद, ३ जना पक्राउ

    काठमाडौं— प्रहरीले दुई करोड ७५ लाख रुपैयाँ मूल्य बराबरको भन्सार छलेर ल्याएको सामानसहित तीन जनालाई नियन्त्रणमा लिए सार्वजनिक गरेको छ।पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक, साविक डराउनेपोखरी गाविस–२ घर भई हाल ललितपुर महानगरपालिका–२१ पाटन बस्ने ३१ वर्षीय कृष्णगोपाल श्रेष्ठ, दोलखा मेलुङ गाउँपालिका–८ बस्ने ६१ वर्षीय हरिबहादुर श्रेष्ठ तथा नुवाकोट, बिदुर नगरपालिका–१२ बस्ने ४२ वर्षीय पुरुषोत्तम कोइराला रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपीलराज बोहराले जानकारी दिए। यही चैत १ गतेराति काठमाडौं महानगरपालिका–१५ स्वयम्भूस्थित बा ५ ख ७३१४ नम्बरको गाडीमा भन्सार छलेर औषधि तथा कपडा ल्याएको भन्ने सूचनाक

    • प्रकाशित मितिः चैत ४, २०८१
    • 687 पटक पढिएको
  • नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक आज बस्दै

    काठमाडौं— नेकपा (एकीकृत समाजवादी) को काठमाडौमा उपलब्ध स्थायी कमिटी सदस्यहरूको बैठक आज बस्दैछ। चैत १५ गते समाजवादी मोर्चाले गर्न लागेको वृहत् विरोध प्रर्दशनको तयारीका निम्ति बैठक बोलाइएको हो।  उक्त वृहत् र्‍याली तथा विशाल आमसभालाई भव्य रूपमा सफल बनाउन आह्वान गरिएका तयारी बैठकमा अनिवार्य उपस्थितिको लागि पार्टी केन्द्रीय प्रचार विभागले सूचना जारी गरेको छ। पार्टी केन्द्रीय कार्यालय आलोकनगर काठमाडौंमा बस्ने बैठकमा उक्त प्रर्दशनको तयारीलगायतका विषयमाथि छलफल हुने पार्टी उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए ।चैत ५ गते केन्द्रीय आयोग, केन्द्रीय विभागका प्रमुख र उ

    • प्रकाशित मितिः चैत ४, २०८१
    • 254 पटक पढिएको
  • काठमाडौं महानगरले आफ्ना कर्मचारीलाई नेपाल लिपि र रञ्जना लिपि लेखन तालिम प्रदान गर्दै

    काठमाडौं—  काठमाडौं महानगरपालिकाले आइतबारदेखि कर्मचारीहरुका लागि नेपाल लिपि र रञ्जना लिपि लेखन तालिम सुरु गरेको छ । सम्पदा तथा पर्यटन विभागले सांस्कृतिक महानगर कार्यक्रमअन्तर्गत सुरु गरेको तालिम हरेक दिन अपरान्ह ४ बजेदेखि केन्द्रीय कार्यालयमा रहेको कार्यपालिका बैठक कक्षमा हुनेछ । तालिम सुरु गर्दै सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले, भाषालाई घरमा प्रयोग गरिएन भने समाजबाट हराउने बताउँदै महानगरपालिकाले आफ्नो घर (कार्यालय) मा यसको प्रयोग गरेपछि समुदायमा पनि भाषाको प्रभाव बढ्दै जाने धारणा राखे ।  महानगरपालिकासँगै स्थानीयबासीले घरमा पनि नेपाल भाषाको प्रयोगलाई बढाउनु पर्नेमा

    • प्रकाशित मितिः चैत ४, २०८१
    • 479 पटक पढिएको
  • भारतीय नम्बर प्लेटको गाडी दुर्घटना चार जना घाइते

    काठमाडौं— मकवानपुरको उत्तरी क्षेत्रस्थित इन्द्रसरोवर गाउँपालिकामा भारतीय नम्बर प्लेटको फोर्स गाडी दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडक खण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–३ धाराखोल्छामा काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको युपि ७० एनटी ६९१७ नम्बरको भारतीय फोर्स दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी श्यामु अर्यालले जानकारी दिए ।गाडिमा सवार १७ जनामध्ये ४ जना यात्रु घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि हेटौंडा अस्पातालमा ल्याइएको उनले बताए ।घाइते सबै भारतीय नागरिक रहेका छन् । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।घाइते ह

    • प्रकाशित मितिः चैत ४, २०८१
    • 371 पटक पढिएको
  • तनहुँमा एक प्रहरी हवल्दार मृत फेला

    काठमाडौं— तनहुँमा एक प्रहरी हवल्दार मृत फेला परेका छन्। ऋषिङ प्रहरी चौकीमा कार्यरत ओमबहादुर विक मृत फेला परेका हुन्।चौकी नजिकैको बेलौतिको रुखमा झुन्डिएको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।बिहान ५ बजे उनलाई मृत फेला पारिएको हो। रुपन्देही घर भएका उनी कार्तिकदेखि ऋषिङमा कार्यरत थिए। ओमबहादुर डिप्रेसनका बिरामी भएको प्रहरी स्रोतको भनाइ छ। उनको परिवारलाई रुपन्देहीबाट बोलाइएको छ। परिवार आएपछि शवलाई पोस्टमार्टम गर्न प्रदेश अस्पताल दमौली लगिनेछ।

    • प्रकाशित मितिः चैत ४, २०८१
    • 446 पटक पढिएको
  • एघार महिनादेखि मलेसियामा रोकिएको तिलमायाको शव आज नेपाल ल्याइँदै

    मध्यविन्दु (नवलपरासी) । एघार महिनाअघि मलेसियामा हत्या भएकी नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–४ की तिलमाया सार्कीको शव आज नेपाल ल्याइने भएको छ । गत वैशाख २९ गते मलेसियामा हत्या भएपछि शव ल्याउन परिवारले पहल गरे पनि ढिलाइ भएको थियो । तिलमायाको शव नेपाल ल्याउन भएको ढिलाइका बारेमा गत फागुन १ गते राससमा ‘छोरीको शव ल्याउन भौँतारिइरहेकी ७० वर्षीय आमा’ शीर्षकमा समाचार प्रकाशित भएपछि प्राथमिकताका साथ पहल भई शव नेपाल ल्याउन लागिएको हो ।रोजगारीका लागि मलेसिया जानुभएकी २५ वर्षीय तिलमायाको हत्या भएपछि परिवारले शव पनि पाएको थिएन भने राहत रकमका लागि कागजात पूरा गर्न पनि सकेको थिएन । श्

    • प्रकाशित मितिः चैत ४, २०८१
    • 324 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.