समाचार

    Showing 15,311-15,320 of 26,702 items.
  • एम्वुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु

    काठमाडौं— मोरङको बुढीगंगा गाउँपालिका–३ स्थित कोशी लोकमार्गमा एम्वुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुर पञ्चावती–४ घर भइ मोरङको बुढिगंगा–२ स्थितमा बस्दै आएका २४ बर्षीय आशिष राई रहेका छन । चैत्र २ गते राती पौने ११ बजे दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको मनमाया स्मृति प्रतिष्ठानको को. १ च ४७७४ नम्वरको एम्बुलेन्स अनियन्त्रित भइ सडक डिभाईडरमा ठोक्किई दुर्घटना हुँदा घाईते भएका चालक राईको बिराट टिचिङ अस्पताल गंगा चौकमा उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रवक्ताप्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहाल जानकारी दिए । दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 311 पटक पढिएको
  • नेप्से परिसूचकमा २१ अङ्कको गिरावट

    काठमाडौँ । साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक २१ दशमलव ६३ अङ्कले घटेर दुई हजार ७१४ दशमलव ८५ को विन्दुमा झरेको छ । आज ३१६ कम्पनीका एक करोड ३९ लाख ७४ हजार ४५२ कित्ता शेयर ७९ हजार ३१ पटक खरिद बिक्री हुँदा रू छ अर्ब ८३ करोड ६६ लाख ४० हजार ४०७ बराबरको कारोबार भएको छ ।आज व्यापार समूह चार दशमलव ९२ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । विकास बैंक समूहको उपसूचक सबैभन्दा धेरै दुई दशमलव २५ प्रतिशतले घटेको छ । बैंकिङ शून्य दशमलव ८०, वित्त एक दशमलव ३९, होटल तथा पर्यटन शून्य दशमलव ५३, जलविद्युत् एक दशमलव

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 410 पटक पढिएको
  • चोक नामाकरणको विषयले उग्ररुप लिएपछि झडप, प्रहरीद्वारा अश्रुग्यास प्रहार

    काठमाडौं— धनुषाको सबैला नगरपालिकामा ‘चोक’ नामकरणसहित बोर्ड राख्ने विषयमा दुई पक्षीय झडप भएको छ । सबैला नगरपालिकास्थित  भठिहनमा एक पक्षले ‘यादव चोक’ नामकरण गरिएको बोर्ड राख्न खोज्दा विवाद भएको धनुषा प्रहरीले जनाएको छ । अर्को पक्षले यादव चोक राख्न नमान्ने भएपछि विवाद उग्ररुप लिएको थियो । दुई पक्षबिच झडपलाई नियन्त्रणमा लिने क्रममा दुई राउन्ड अश्रुग्यास प्रहार गरेको धनुषा प्रहरी प्रवक्ता बरुणबहादुर सिंहले जानकारी दिनु भयोे। भठिहनका स्थानीय बासिन्दाले ‘यादव चोक’को नाममा आपत्ति जनाउँदै बोर्ड उखालेर प्रहरीको जिम्मा लगाएका थिए । स्थितिलाई नियन्त्रणमा लिने अश्रुग्यासका साथै लाठीचार्

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 398 पटक पढिएको
  • मुगुमा जडिबुटीबाट ९३ लाख रुपैंयाँ राजश्व संकलन, लोप हुँदै गएको गुनासो

    मुगु । जडिबुटीको भण्डार मानिएको मुगुमा आर्थिक बर्ष २०८१÷८२ को नौ महिनामा ९३ लाख भन्दा बढी जडिबुटी तथा काठबाट राजश्व संकलन गरिएको छ ।डिभिजन बन कार्यालय मुगुले गएको असारदेखि फाल्गुन महिनासम्म जिल्लाबाटबाहिर निकासी हुने १९ प्रजातिको जडिबुटीबाट मात्र संकलन गरिएको राजश्व ९३ लाख ३१ हजार ९८ रुपैंयाँ संकलन भएको र गत १२ महिनामा जडिबुटी र काठबाट मात्र १ करोड १८ लाख ७२ हजार ७ रुपैंया राजश्व संकलन भएको समेत जिल्ला डिभिजन कार्यालय मुगुका निमित्त डिभिजन वन अधिकृत जीतेन्द्र महतले जानकारी दिए । अधिकृत महतका अनुसार सरकारको प्राथमिकतामा परेका ३३ प्रजाति जडीबुटीमध्ये कर्णालीमा २७ प्रजातिका भन्दा बढी जडीबुटी

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 411 पटक पढिएको
  • धनुषा र महोत्तरीमा होलीः आठ सवारी दुर्घटना, नौं घाइते, एकमाथि चक्कु प्रहार

    काठमाडौं । होली पर्वको दिन धनुषामा दुई स्थानमा विवाद भएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।मधेश प्रदेशका विभिन्न स्थानमा शनिबार होली पर्व मनाइको थियो । सो क्रममा धनुषाको दुई स्थानमा विवाद हुँदा एक जनाको मृत्यु भएको हो भने एक जना घाइते भएका छन् । दूबै घटनामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।जनकपुरधाम २३ को विन्धीस्थित होली खेल्ने क्रममा विवाद हुँदा एक युवकले १८ वर्षिय आशु यादवलाई चक्कु प्रहार गरी हत्या गरेका थिए । यादवको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले विन्धीकै धर्मेन्द्र महतोलाई पक्राउ गरिसकेको छ ।यस्तै मधेस प्रदेश प्रहरी कार्यालयका अ

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 399 पटक पढिएको
  • आर्थिक कार्यविधिसम्बन्धी विधेयक स्वीकृत

    काठमाडौं— प्रतिनिधिसभाबाट आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ स्वीकृत भएको छ ।आइतबार सामान्य छलफलपछि विधेयक सदनबाट सर्वसम्मतिले स्वीकृत भएको हो । विधेयकमाथि संशोधन खुला भएको छ ।

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 371 पटक पढिएको
  • वैदेशिक रोजगारी: आठ महिनामा पाँचलाख ३४ हजारले लिए श्रम स्वीकृति

    काठमाडौं— वैदेशिक रोजगारीमा जान पछिल्लो आठ महिनामा पाँच लाख ३४ हजार ४७१ जनाले श्रम स्वीकृति लिएका छन् । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो आठ महिना अर्थात् २०८१ साउनदेखि फागुन मसान्तसम्म उनीहरूले वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएका हुन् ।अघिल्लो आर्थिक वर्ष २०८०/८१ को सोही अवधिको तुलनामा यस वर्ष वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या १४.१७ प्रतिशतले वृद्धि भएको छ ।गत आर्थिक वर्ष २०८०/८१ को पहिलो आठ महिनामा चार लाख ६८ हजार १३५ जनाले श्रम स्वीकृति लिएका थिए ।अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो आठ महिनामा वैदेशिक रोजगारीमा जान ६६ हजार ३३६ जना बढीले श्रम स्वीकृति लिएक

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 485 पटक पढिएको
  • सांसद शाही भन्छन प्रधानमन्त्री र राष्ट्रपति जनताले चुनेका होइनन्

    काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति रामचन्द्र पौडेल जनताले नचुनेको बताएका छन् । प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद शाहीले उनीहरूलाई सीमित सांसदहरूले चुनेको बताए । वर्तमान व्यवस्था जनतालाई चाहिएको नभई ठुला बडा सबै मिलेर खानलाई चाहिएको उनले बताए । गरिब जनताका लागि यो व्यवस्था उचित नभएको उनको भनाइ थियो । उनले गणतन्त्रमा मदन भण्डारीको हत्या गर्ने व्यक्ति, लमजुङमा शिक्षक, निर्मला पन्तलगायत घटना भएको लामो समय भए पनि हत्यारा पत्ता लगाउन नसकिएको बताए । उनले आफूहरूले राजासहितको लोकतान्त्रिक प्रजातन्त्रका लागि प्

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 450 पटक पढिएको
  • मुख्यमन्त्री निर्देशनपछि सेतो अण्डा बरामद गरी नष्ट गर्दै सशस्त्र

    जनकपुर । सशस्त्र प्रहरी बलले मधेश प्रदेशसँग जोडिएका नेपाल—भारत खुला सीमानाकाबाट अवैध रूपमा आयात हुने सेतो अण्डा बरामद गरी नष्ट पार्ने क्रम तीव्र बनाएको छ । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अवैध ढङ्गले भित्रिने अन्डा, चल्ला, तयारी कुखुरा, कुखुराको मासु, क्रेट, कार्टुन र भ्याक्सिनको ओसारपसार नियन्त्रण गर्न प्रदेशस्थित उच्चपदस्थ सुरक्षा अधिकारीहरूलाई निर्देशन दिएलगत्तै सशस्त्र प्रहरी बलले अभियानकै रूपमा प्रतिबन्धित सेतो अण्डाको ओसारपसार तथा बिक्रीवितरणलाई निरुत्साहित हुनेगरी सेतो अण्डा बरामद तथा नष्ट गर्ने काम दिनहुँ गर्न थालेको छ । मुख्यमन्त्री सिंहले गत फागुन २१ गते अवैध रू

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 496 पटक पढिएको
  • स्थानीयले गरे वडाध्यक्षमाथि आक्रमण प्रयास

    काठमाडौं— पोखरामा सार्वजनिक जग्गा संरक्षणका लागि नगरप्रहरीसहित पुगेका वडाध्यक्षमाथि आक्रमण प्रयास भएको छ । शनिबार पोखरा महानगरपालिका–२१ का वडाध्यक्ष दीपक सुवेदीमाथि स्थानीय भुपेन्द्र गिरीले आक्रमण प्रयास गरेका हुन् ।गिरीले पोखरा–२१ स्थित बाँझीचौरमा सार्वजनिक जग्गा मिचेर संरचना निर्माण गर्न थालेका थिए । त्यसलाई रोक्न बारम्बार मौखिक आग्रह गर्दा पनि उनले टेरेनन् । पोखरी रहेको उक्त जग्गामा गिरीले एउटा ट्रस्ट बनाउन लागेका थिए । त्यसपछि एक साता अघिदेखि संरचना नबनाउन भनिएको थियो । गिरीले नबनाउने पनि भनेका थिए । तर, रातिको समयमा संरचना बनाउन थालेपछि शनिबार नगर प्रहरी, वडाका प्रतिनिधि र टोल विकास संस्थ

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 371 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.