समाचार

    Showing 15,321-15,330 of 26,702 items.
  • भूमिहीन सुकुम्बासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण सुरु

    चितवन । भूमि समस्या समाधान आयोगले भूमिहीन सुकुम्बासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरणा सुरु गरेको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिकाबाट पुर्जा वितरणा सुरु गरेको हो । आयोग बनेपछि पहिलोपटक पुर्जा वितरण गरिएको जनाइएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले रत्ननगर नगरपनलिकाका १२३ घरपरिवारलाई पुर्जा वितरण गरी  कार्यक्रमको शुभारम्भ गरेको हो । सो अवसरमा उनले भूमिसम्बन्धी समस्या समाधानका लागि सरकारले नयाँ कानुनको व्यवस्था गर्ने बताए ।अहिले गौचरन, चिहानडाँडा, मध्यवर्ती क्षेत्र, वन क्षेत्र, नुन खर्कलगायतका क्षेत्रका बस्तीमा समस्या देखिएको बताउँदै उनले यस्ता समस्या

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 329 पटक पढिएको
  • एक कठ्ठा जग्गामै ‘बाह्र क्विन्टल’ आलु

    कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ पिताम्बरका दलबहादुर चौधरीले एक कठ्ठा जग्गामा १२ क्विन्टल आलु फलाएका छन् । उन्नत जातको आलुखेती गरी चौधरी थोरै जग्गामा धेरै आलु फलाएका हुन् । पहिलो पटक उनले ‘कोमल कार्प’ नामक जातको आलुखेती गरेका छन् । थोरै क्षेत्रफलमा धेरै आलु फलेको देखेर चौधरी आफै दङ्ग परेका छन् ।‘आलुसम्बन्धी तालिम लिँदा धेरै फल्ने आलुको नाम सुनेको थिएँ’, चौधरीले भने, ‘रोपेपछि कस्तो फल्छ भनेर परीक्षणका रूपमा काठमाडौँबाट बीउ ल्याएर रोपँे, भने जस्तै फलेको छ ।’ रू पाँचप्रति दानाका दरले आठ किलो आलु बारीमा रोपेकामा त्यसको उत्पादन १२ क्विन्टल भएको उनले बताए ।पहिलो पुस्ताको आलुको बीउ भएकाले उत्पादन भ

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 592 पटक पढिएको
  • चन्दा सङ्कलन गरेर पदमार्गको नक्शा

    म्याग्दी । समुदायस्तरबाट चन्दा सङ्कलन गरेर म्याग्दीको मौरिस हर्गोज र अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्गको नक्शा तयार पारिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण आधारशिविर जोड्ने मौरिस हर्गोज, पर्वतको जलजला र म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका पर्यटकीय स्थलहरू समेटिएको अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्गको नक्शा बनाएका हुन् । सरकारी निकायको आर्थिक सहयोगबिनै पर्यटनकर्मी चित्र तिलिजा पुन र लुकेश तिलिजा पुनले दुई वटै पदमार्गको पछिल्लो अवस्था समेटेर तयार पार्नुभएको नक्शा शनिबार बेनीमा सार्वजनिक गरिएको छ । संविधानसभा सदस्य गोविन्द पौडेल, प्रतिनिधिसभाका पूर्व सदस्य भू

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 472 पटक पढिएको
  • मध्यभोटेकोसी प्रसारण लाइन सक्न कुलमानको दौडधुप

    काठमाडौं— नेपाल विद्युत् प्राधिकरणले आफ्नो सहायक कम्पनी चिलिमे जलविद्युत् लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा बनाइरहेको मध्यभोटेकोशी जलविद्युत् आयोजना र खिम्ती–बाह्रबिसे प्रसारण लाइन निर्माण एक महिनाभित्र सम्पन्न गर्न ताकेता गरेको छ ।निर्माण सम्पन्न भएको मध्यभोटेकोशीबाट विद्युत् उत्पादनका सुरु गर्न संरचना तथा उपकरणहरू परीक्षणका क्रममा पानी हाल्दा सुरुङ चुहिएको थियो । हाल चुहिएको सुरुङको मर्मत र सुधारको काम धमाधम भइरहेको छ ।१०२ मेगावाट जडित क्षमताको मध्यभोटेकोशीबाट हिउँदयामका महिनामा ४० मेगावाटसम्म विद्युत् उत्पादन हुन्छ । हिउँदयामको मागबमोजिम विद्युत् आपूर्ति व्यवस्थापनका लागि ४० मेगावाटको पनि

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 410 पटक पढिएको
  • प्रचण्डको तस्वीर जलाउने राप्रपाका युवा नेता पक्राउ

    काठमाडौं— माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्वीर जलाउने एकजना युवा पक्राउ परेका छन् ।पक्राउ पर्नेमा राष्ट्रिय प्रजातन्त्र पार्टीको युवा संगठनका नेता निराजन बम छन् । उनलाई चितवनको भरतपुर विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो । काठमाडौं आउने तयारी गरेका बेला उनलाई पक्राउ गरिएको गृहमन्त्री रमेश लेखकको सचिवालयले जनाएको छ ।शनिबार मकवानपुरको हेटौंडामा भएको एक कार्यक्रममा उनले प्रचण्डको तस्वीर जलाएका थिए । राप्रपाको युवा संगठनको मकवानपुर जिल्ला अधिवेशका क्रममा उनले प्रचण्डको तस्वीर जलाएका थिए ।तपाईहरुले यो मान्छेलाई त चिन्नु हुन्छ होला नि भन्दै उनको तस्बिरमा

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 370 पटक पढिएको
  • सांसदको सुविधा घटाउन प्रकाश ज्वालाको प्रस्ताव

    काठमाडौं— नेकपा (एकीकृत समाजवादी)का सांसद प्रकाश ज्वालाले सांसदको सेवासुविधा घटाउन प्रस्ताव गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनले पूर्वविशिष्टको सेवा बढाउने कानुन ल्याउने विषयमा आपत्ति जनाउँदै त्यस्तो प्रस्ताव गरेका हुन् ।“राज्यबाट सुविधा लिएकाहरूले पनि सुविधा घटाउने बेला हो । संकटको बेला हो । हामी तयार हुनुपर्छ,” उनले भने, “सांसदको सुविधा घटाउने हो भने म तयार छु । हामी सांसद कति तयार छौँ, तयार हौँ ।” उनले सरकारले पूर्वविशिष्टलाई सेवा सुविधा थप्ने गरी विधेयक सदनमा नल्याउन पनि चेतावनी दिए ।“राज्यलाई भार थपिने गरी पूर्वविशिष्ट पदाधिकारीलाई थप सुविधा गर्ने कानुन ल्याउँदै

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 322 पटक पढिएको
  • दाहाल भन्छन गणतन्त्र पक्षधरको सरकार बन्ने ढोका खुल्यो

    काठमाडौं— नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले गणतन्त्र पक्षधरको सरकार बन्ने सम्भावनाको ढोका खुलेको बताएका छन् । आइतबार संसद् भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद दाहालले अहिले सडकभन्दा पनि सरकारमा समस्या देखिएको भन्दै त्यसलाई निरुत्साहित गर्नका लागि गणतन्त्र पक्षधरको सरकार बन्ने सम्भावनाको ढोका खुलेको बताएका हुन् । यसका निम्ति प्रारम्भिक छलफलसमेत सुरु भइसकेको उनले दाबी गरे । दाहालले गणतन्त्र पक्षधरको सरकार बनाउने प्रक्रियामा एमाले भन्दा कांग्रेससँग बढी छलफल हुने जिकिर गरे । सांसद दाहालले अबको सहकार्य गणतन्त्रविरोधीसँग नहुने र गणतन्त्र पक्षधर एक ठाउँमा उभिएर सह

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 344 पटक पढिएको
  • रास्वपाले सचिवालयको बैठक बोलायो

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।आज अपराह्न ४ बजे सचिवालय बैठक बोलाइएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । बैठक पार्टी कार्यालय बनस्थलीमा बस्ने तय भएको छ ।बैठकमा पार्टी गतिविधि र समसामयीक राजनीति, आगामी कार्यक्रमसम्बन्धी प्रस्तावित प्रतिवेदन, केन्द्रीय समितिको विस्तारित बैठकसम्बन्धी प्रस्तावलगायतका एजेन्डा रहेका कार्यवाहक प्रवक्ता झाले बताए ।यसका साथै पार्टी नियमित गतिविधिबारे छलफल गर्नुका साथै अघिल्लो बैठकहरूको समीक्षासमेत हुने झाले बताए ।

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 421 पटक पढिएको
  • नेपाल लाइफमा तीन संचालक निर्वाचित पदबहाली

     काठमाडौं— नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तीनजना निर्वाचित सदस्यहरुलाई पदवहाली गराएको छ।२५औँ वार्षिक साधारण सभाको निर्णयानुसार स्थगन रहेको सर्वसाधारण शेयरधनीहरु (समूह ख) को संचालक निर्वाचनसम्बन्धी बाँकी कार्यक्रम चैत २ गते होटल भिष्वा, बीरगंजमा सम्पन्न गरी बिमल प्रसाद ढकाल, कृष्णराज लामिछाने र श्रीमती शर्मिला श्रेष्ठ महर्जन संचालक सदस्यको पदमा निर्वाचित भएका हुन।साथै, निर्वाचन सम्पन्न भएपश्चात् शनिबार नै बसेको कम्पनी संचालक समितिको ३९३औं बैठकमा बीमा ऐन, २०७९ बमोजिम नवनिर्वाचित ३ जना संचालक सदस्यहरुले अध्यक्ष श्री गोविन्द लाल संघईबाट शपथग्रहण गरी पदबहाली गरेको कम्पनीले जनाएको छ।

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 458 पटक पढिएको
  • आरजुलाई विष्णु रिजालले भने– लोकलाजको ख्याल गर्नुपर्छ

    काठमाडौं— नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजालले परराष्ट्रमन्त्री आरजु राणा देउवालाई लोकलाजको ख्याल गर्न सुझाव दिएका छन् । आइतबार  सामाजिक सञ्जालमार्फत उनले भारतले आयोजना गर्ने राइसिना डाइलगमा पराष्ट्रमन्त्री १५ मिनेट बोल्नका निम्ति ६ दिनदेखि कुरेको भन्दै कटाक्ष गरेका हुन् ।“परराष्ट्रमन्त्री डा.आरजु देउवा छ दिनदेखि भारतमा हुनुहुन्छ । भारतले आयोजना गर्ने राइसिना डाइलगमा बोल्नका लागि उहाँलाई बढीमा १५ मिनेट समय मिल्ला । अघिल्लोपटक परराष्ट्रमन्त्री एनपी साउदले अरू चारजना प्यानलिस्टसँगै एक घण्टाको प्यानलमा बोल्न पाँच दिन खर्चिनुभएको थियो । त्यसपछिका परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ

    • प्रकाशित मितिः चैत ३, २०८१
    • 540 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.