समाचार

    Showing 15,391-15,400 of 26,702 items.
  • सोलुखुम्बुमा भाइरल सङ्क्रमण, फाप्लु अस्पतालमा क्षमताभन्दा बढी बिरामी

    सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा भाइरल सङ्क्रमणको प्रकोप उच्च भएको छ । पछिल्ला केही सातायता जिल्लाका विभिन्न स्थानमा भाइरल ज्वरो, रूघाखोकी, दम, निमोनिया, झाडापखाला, टाउको दुख्ने तथा श्वासप्रश्वाससम्बन्धी समस्याबाट ग्रसित बिरामीको सङ्ख्या अत्यधिक बढिरहेको छ ।स्वास्थ्य कार्यालयका अनुसार बिरामीको चाप असामान्य रूपमा वृद्धि भएको छ । जसले गर्दा जिल्लाको प्रमुख स्वास्थ्य केन्द्र फाप्लु अस्पतालको सेवा प्रवाहमा कठिनाइ सृजना भएको छ । जिल्ला अस्पताल फाप्लुमा दैनिक एक दर्जनभन्दा बढी बिरामी भाइरल सङ्क्रमणका कारण उपचारका लागि पुगिरहेका छन् । पन्ध्र शय्या क्षमताको यस अस्पतालमा अहिले ५० जनाभन्दा ब

    • प्रकाशित मितिः चैत १, २०८१
    • 343 पटक पढिएको
  • आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ९० पैसा र बिक्रीदर १३९ रूपैयाँ ५० पैसा कायम भएको छ ।युरोपियन युरो एकको खरिददर १५० रूपैयाँ ९५ पैसा र बिक्रीदर १५१ रूपैयाँ ६० पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७९ रूपैयाँ ८५ पैसा र बिक्रीदर १८० रूपैयाँ ६२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५७ रूपैयाँ ४७ पैसा र बिक्रीदर १५८ रूपैयाँ १५ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ३५ पैसा र बिक्रीदर ८७ रूपैयाँ ७२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रूपैयाँ ६० पैसा र बिक्रीदर ९७ रूपैया

    • प्रकाशित मितिः चैत १, २०८१
    • 393 पटक पढिएको
  • व्यावहारिक शिक्षासँगै बाजा बजाएर आत्मनिर्भर बन्दै विद्यार्थी

    दमौली (तनहुँ) । शुक्लागण्डकी नगरपालिका–९ स्थित तालवेसी माध्यमिक विद्यालयले व्यावहारिक शिक्षासँगै प्रयोगात्मक सीप सिकाउन थालेपछि यहाँका विद्यार्थी आत्मनिर्भर हुन थालेका छन् । विद्यालयका विद्यार्थी पछिल्लो समय लोकबाजामा आत्मनिर्भर हुन थालेका हुन् । विद्यालयले पछिल्लो समय विद्यार्थीको क्षमतालाई पहिचान गर्दै लोक संस्कृति संरक्षण गर्ने उद्देश्यले नौमती बाजाको व्यवस्थापन गरेपछि विद्यार्थी उत्साहित भएका छन् । कक्षा ६ देखि ८ सम्मका विद्यार्थीको सक्रिय सहभागितामा विद्यालयमा तालबेँसी बाजा समूह गठन गरिएको प्रधानाध्यापक धु्रव वाग्लेले जानकारी दिए । विद्यालयको सांस्कृतिक, शैक्षिक एवं अन्य शुभकार्यमा स

    • प्रकाशित मितिः चैत १, २०८१
    • 547 पटक पढिएको
  • निसीखोलामा ‘मगर खाम भाषा’को स्थानीय पाठ्यपुस्तक पढाइ

    ढोरपाटन (बागलुङ) । बागलुङको निसीखोला गाउँपालिकाले ‘मगर खाम भाषा’को स्थानीय पाठ्यपुस्तक पठनपाठन गराउन थालेको छ । गाउँपालिकाले यस वर्षदेखि गेमी (हाम्रो) निसीखोला नाम पाठ्यपुस्तक तयार गरेर पठनपाठन गराउन थालेको हो । सात वडा रहेको निसीखोलामा वडा नं ५ र ६ मा मात्र खाम भाषा बोल्ने गरिन्छ ।अन्य वडामा भने नेपाली भाषामै पाठ्यपुस्तक तयार गरेर लागू गरेको निसीखोला गाउँपालिकाका शिक्षा शाखा प्रमुख विष्णुप्रसाद न्यौपानेले जानकारी दिए । उनका अनुसार अन्य वडाका विद्यालयमा पढाइ हुने विषयवस्तु एउटै भए पनि दुई वटा वडाका १६ विद्यालयमा ‘मगर खाम भाषा’ पाठ्यपुस्तक पढाइ हुने गरेको छ ।पालिकाभर ४५ विद्यालय भए पनि २९ विद्य

    • प्रकाशित मितिः चैत १, २०८१
    • 380 पटक पढिएको
  • भक्तपुरमा स्कर्पियो दुर्घटना हुँदा ८ जना घाइते, १ जनाको अवस्था गम्भीर

    काठमाण्डौ  । भक्तपुरको सूर्यविनायक नगरपालिका–७ स्थित सुवर्णस्वरबाट गुण्डुतर्फ जाने क्रममा एक स्कर्पियो दुर्घटना भएको छ ।तीव्र गतिका कारण आफैं अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी परिसर, भक्तपुरले जनाएको छ । प्रहरी नायव उपरीक्षक(डीएसपी) ढुण्डिराज न्यौपानेका अनुसार दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । उनका अनुसार, घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । सबैको थिमीस्थित मध्यपुर अस्पतालमा उपचार भइरहेको बताइएको छ ।आज दिउँसो सूर्यबिनायक नगरपालिका वडा नं ५ स्थित सुवर्णस्वरबाट गुण्डुतर्फ जाँदै गरेको बीएए ०८३४ नम्बरको स्कार्पियो गाडी तीव्र गतिको कारण अनियन्त्रित भएर हात्ति गौँडा अर्थात

    • प्रकाशित मितिः फागुन २९, २०८१
    • 396 पटक पढिएको
  • संस्कृति जोगाउन धनुषवाण प्रतियोगिता

    मुस्ताङ । थासाङ गाउँपालिका–४ घाँसामा आजदेखि धनुषवाण प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाले थकाली समुदायको संस्कृति जोगाउने उद्देश्यले फागुपूर्णिमा तथा तोरन्ल पर्वका अवसरमा धनुषवाण प्रतियोगिता आयोजना गरेको जनाएको छ । प्रतियोगिता तीन दिनसम्म चल्नेछ ।हिमाली क्षेत्रको इतिहास र संस्कृतिसँग जोडिएको धनुषवाण खेललाई संरक्षण, सम्वद्र्धन एवं पुस्तान्तरण गर्न आवश्यक रहेको उल्लेख गर्दै प्रतियोगिता आयोजना गरिएको गाउँपालिकाले प्रदीप गौचनले बताए ।थासाङ थकाली समुदायहरुको उद्गमस्थलका रुपमा परिचित छ । यहाँका थकाली समुदायले मनाउँदै आएको तोरन्ल पर्वलाई गाउँपालिकाले यसै वर्षदेखि प्रतियोगिताका रुपमा मनाउन लागेको हो

    • प्रकाशित मितिः फागुन २९, २०८१
    • 380 पटक पढिएको
  • तामाकोशी पाँचौँको कामकाज ठप्प

    दोलखा । दोलखाको बिगु गाउँपालिका–४ लादुकको सुरीटारमा निर्माणाधीन ९९ दशमलव ८ मेगावाट क्षमताको तामाकोशी पाँचौँ जलविद्युत् आयोजनाको काम ठेकेदार कम्पनीको अकर्मण्यताका कारण ठप्प भएको छ ।कम्पनीमा कार्यरत श्रमिकहरूसँग विभिन्न समयमा भएका सहमति ठेकेदार कम्पनी ‘सिनो हाइड्रो–केएसएनएस जेभी’ले कार्यान्वयन नगर्दा आयोजनाको काम ठप्प पारिएको हो । आयोजनाअन्तर्गत अडिट–१ र २ को ठेक्का लिएको सिनो हाइड्रोले आफ्नो कम्पनीमा कार्यरत नेपाली श्रमिकहरूको माग सम्बोधन नगरेपछि हिजो बुधबार ९फागुन २८० देखि सम्पूर्ण कामकाज ठप्प पारिएको त्यहाँ कार्यरत श्रमिक जीवन मगरले जानकारी दिए ।उनका अनुसार यसअघि नेपाली श्रमिकहरूले नेपाल

    • प्रकाशित मितिः फागुन २९, २०८१
    • 460 पटक पढिएको
  • बसन्तपुरमा विचित्रको होलीः ओली, बालेन र पूर्वराजाको चर्चा(फोटोफिचर)

    काठमाडौं । होली पर्वमा काठमाडौंको बसन्तपुर निकै उल्लासपूर्ण देखिएको छ । बसन्तपुरमा स्वदेशी तथा विदेशीहरु होलीलाई उत्साहपूर्वक मनाएका छन् । काठमाडौं उपत्यकासहित पहाडी जिल्लामा आइतबार फागु पूर्णिमा ९होली०पर्व रङ्ग खेलेर मनाइने भएकाले विशेषगरी बसन्तपुर क्षेत्रमा बढी भीडभाड देखिन्थ्यो । सेतो पहिरनमा सजिएका स्वदेशी तथा विदेशीहरुका कारण बसन्तपुर क्षेत्र खचाखच देखिन्थ्यो । रातो, निलो, हरियो, पहेँलोलगायत विभिन्न रङ्गमा रङ्गिएर होलीलाई उल्लासमय बनाइएको थियो ।वसन्तऋतुको आगमनसँगै नेपाल घुम्न आएका विदेशी पर्यटकले फागु पूर्णिमाका अवसरमा यहाँ मनाइँदै आएको होली पर्वलाई हर्षोल्लासका साथ मनाएका हुन्।

    • प्रकाशित मितिः फागुन २९, २०८१
    • 1,088 पटक पढिएको
  • जीवन्त इतिहास बोकेको भक्तपुरको जुद्ध बारुणयन्त्र

    भक्तपुर । नेपालको पहिलो दमकल सेवा जुद्ध बारुणयन्त्र कार्यालय हो । काठमाडौँमा तत्कालीन राणा शासनकालमा जुद्धशमशेर राणाले आफ्नै नाममा १०९४ सालमा स्थापना गरेसँगै भक्तपुरमा पनि २००१ सालमा स्थापना गरिएको थियो । राणाकालमा अग्नि नियन्त्रणका लागि स्थापना गरिएको जुद्ध बारुण यन्त्रको इतिहास काठमाडौँ र ललितपुरमा नरहे पनि भक्तपुरमा भने अझै पनि सेवाकालीन रूपमै रहेको छ । गृहमन्त्रालयअन्तर्गत रहेको यस कार्यालय विपद् जोखिम व्यवस्थापन प्राधिकरणअन्तर्गत लैजाने गरी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ ले देशभरका सात सय ५३ वटा स्थानीय तहमै दमकल राख्नुपर्ने व्यवस्था गरेपछि काठमाडौँस्थित जुद्ध बारुण यन्

    • प्रकाशित मितिः फागुन २९, २०८१
    • 366 पटक पढिएको
  • न्यून ‘भिजिबिलिटी’का कारण एक सातादेखि उडान प्रभावित

    काठमाडौँ । एयर अरेबियाको जहाजले आज दिउँसो १ बजेर ५ मिनेटमा काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नै लाग्दा ‘मिस एप्रोच ओभरसुट’ भयो । काठमाडौँ विमानस्थलमा एप्रोच लिएको उक्त जहाजले अवतरण हुनै लाग्दा नरेफाँटमाथिबाट एक्कासी ओभरसुट ग¥यो । हावाको गति नमिलेको ‘विन्ड सियर’ भएर विमानले मिस एप्रोच गरेको विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले बताए ।‘एयर अरेबियाको जहाजले काठमाडौँ विमानस्थलमा फाइनल एप्रोच लिँदा मिस एप्रोच भएको छ’, उनले भने, ‘दुई तर्फको हावा मिसिएपछि भुमरीजस्तो हुनेलाई विन्ड सियर भनिन्छ । जसका कारण जहाज हल्लिएर मिस एप्रोच भएको थियो ।’त्यसैगरी नयाँ दिल्लीबाट काठमाडौँ आएको

    • प्रकाशित मितिः फागुन २९, २०८१
    • 422 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.