समाचार

    Showing 15,411-15,420 of 26,702 items.
  • जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा एक भारतीयलाई नेपाली नागरिकता

    काठमाडौं— सिरहाको नरहा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा एक भारतीय नागरिकलाई नेपाली नागरिकता दिएको खुलासा भएको छ।भारत विहारको मधुबनी जिल्ला, जयनगर ग्राम पञ्चायतस्थित देउधाका नागरिक मोसताक मियाँलाई नरहा गाउँपालिका–३ को वडा कार्यालयको सिफारिसमा नागरिकता दिएको खुलासा भएको हो।उनले १५०१८०–४३६२ नम्बरको नेपाली नागरिकता पाएका छन्। वडाध्यक्ष रुषतम अन्सारीको सिफारिसका आधारमा जिल्ला प्रशासन कार्यालय सिरहाले २६ असार २०८० मा मोसताकको नाममा नागरिक्ता जारी गरेको छ।नागरिक्ता अनुसार मोसताकका बुबाआमा नरहा–३ खोरियाका अमानत मियाँ र उनकी पत्नी रजिना खातुन हुन। उनीहरुलाई नागरिक्तामा सनाखत गराईएको छ। त

    • प्रकाशित मितिः फागुन २९, २०८१
    • 391 पटक पढिएको
  • रेशम हराएपछि किम्बु बन्यो पशु आहारा, तीन लाख बिरुवा उत्पादन हुँदै

    चितवन । व्यावसायिक रुपमा रेशमखेती गर्ने किसान नभएपछि यहाँ उत्पादन गरिने किम्बुका बिरुवा पशु आहारा बनेको छ । रेशम कीरालाई खुवाउन लगाइने किम्बु अहिले पशु चौपायका लागि पोषिलो आहारा बनेको हो ।भण्डारास्थित व्यावसायिक कीट विकास फार्म प्राविधिक पवनकुमार यादवका अनुसार कार्यालयमा चार बाकस रेशमका फूल ल्याइएको छ । ती बाहेक अन्यत्र निजी क्षेत्रमा रेशमखेती गर्ने किसान पलायन भएका छन् । यहाँ उत्पादन हुने किम्बुका बिरुवा यस क्षेत्रका किसानले गाईभैँसी र बाख्राको आहाराका लागि लिने गर्दछन् ।कार्यालयले चालु आर्थिक वर्षमा तीन लाख बढी किम्बुका बिरुवा उत्पादन गर्ने जनाएको छ । फार्मले चार हेक्टर क्षेत्रफलमा ती बिरुवा

    • प्रकाशित मितिः फागुन २९, २०८१
    • 507 पटक पढिएको
  • थकाली समुदायमा ‘तोरन ल्ह’ पर्वको रौनक

    म्याग्दी । म्याग्दी र मुस्ताङमा बसोबास गर्ने अल्पसङ्ख्यक थकाली समुदायले आजदेखि तोरन ल्ह (फागुपूर्णिमा) पर्व मनाउन सुरु गरेका छन् । नेपालका विभिन्न क्षेत्रमा ११ हजारको सङ्ख्यामा बसोबास गर्ने थकाली समुदायले हरेक वर्ष फागुपूर्णिमाको अवसरमा परम्परागत तोरन ल्ह पर्व मनाउने गर्दछन् । फागुपूर्णिमाको अघिल्लो दिन सुरु हुने तोरनल्ह तीन दिनसम्म मनाउने चलन रहेको थकाली सेवा समिति बेनी क्षेत्रका अध्यक्ष जगनारायण गौचनले बताए ।‘तीन दिन सबैरे उठेर शुद्ध भई पितृहरूलाई सम्झिएर पूजाआजा गर्ने र फूलप्रसाद चढाउनुपर्छ’, उनले भने, ‘आफन्तलाई बोलाएर मीठामीठा परिकार खुवाउने र आर्चरी (तारो हान्ने) खेल्ने चलन छ ।’ मुस्

    • प्रकाशित मितिः फागुन २९, २०८१
    • 497 पटक पढिएको
  • मे त्हलें प्रीब पर्व मनाउँदै गुरुङ समुदाय

    मुग्लिन (चितवन) । गुरुङ समुदायले आज मे त्हलें प्रीब (धनुष बाण विद्या) पर्व मनाउँदै छन् । परापूर्वकालमा आफ्नो अस्तित्व रक्षा र सिकार गर्ने हतियार धनुष वाण चलाउने विद्या प्राप्त गरेको दिनका रुपमा गुरुङ समुदायमा हरेक वर्ष फागुपूर्णिमाका दिन यो पर्व मनाउने गरिन्छ ।  यो पर्वमा धनुष वाण, बर्छा, छेलो फाल्ने, कुस्ती खेल खेलेर मनोरञ्जन पनि गरिन्छ । खुकुरीजस्ता घरेलु हतियारको पूजा गरी खेल सुरु हुन्छ । सिकारीयुगमा धनुष वाणको आवश्यकता र महत्व धेरै थियो । आदिमकालमा गुरुङहरूको महागुरुबाट शक्तिबाण (गुरुवाण) प्राप्त गरेपछि त्यसमा शक्ति छ कि छैन भनी परीक्षण गर्दा सफल भएको दिनका रूपमा यो पर्व मनाइँदै आएको

    • प्रकाशित मितिः फागुन २९, २०८१
    • 325 पटक पढिएको
  • नीलकण्ठ बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन स्थगित

    काठमाडौं— धादिङको नीलकण्ठ बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन स्थगित भएको छ ।निर्वाचन समितिका संयोजक डा.मुरारी अधिकारीले राजीनामा दिएपछि अनिश्चितकालका लागि निर्वाचनका सम्पूर्ण प्रक्रिया स्थगित गरिएको क्याम्पस प्रमुख नवराज शर्माले जानकारी दिए ।प्रमुख शर्माका अनुसार अर्को निर्वाचन समिति गठन भै निर्वाचनको मिति तय नभएसम्मका लागि निर्वाचनका सबै कार्यक्रम स्थगित गरिएको बताएका हुन् ।निर्वाचन समितिका संयोजक डा.अधिकारीले निर्वाचन प्रक्रिया अगाडि बढाउने क्रममा असहज परिस्थित उत्पन्न भएको बताउँदै बुधबार राजीनामा दिएका थिए ।

    • प्रकाशित मितिः फागुन २९, २०८१
    • 458 पटक पढिएको
  • काठमाडौंमा उश्रृंखल गतिविधि नहोस भनेर ट्राफिक चेकजाँचमा कडाइ

     काठमाडौं— होली मनाउन शुरु भएसँगै काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले चेकजाँचमा कडाइ गरेको छ। आज  बिहानैदेखि होली मनाउन शुरु भएकोमा होलीलाई व्यवस्थित बनाउन प्रहरीले चेकजाँचमा कडाइ गरेको हो। होली पर्वको अवसरमा मानिसहरु उश्रृंखल गतिविधि गर्ने, लोला हान्ने, मादक पदार्थ सेवान गरी सवारीसाधन चलाउने लगायतका गतिविधिहरु हुने भएकाले प्रहरीले चेकजाँचमा कडाइ गरेको हो।काठमाडौं उपत्यकाका थापाथली, त्रिपुरेश्वर, न्युरोड, कान्तीपथ, दरबार मार्ग, भद्रकाली र बग्गीखाना लगायतका स्थानमा प्रहरीले चेकजाँच गरिरहेको छ। नेपाल प्रहरीले होलीलाई सुव्यवस्थित बनाउन सबैले शतर्कताका साथ होली खेल्न आग्रह गरेको छ।

    • प्रकाशित मितिः फागुन २९, २०८१
    • 383 पटक पढिएको
  • दुर्व्यसन विरुद्धको अभियान (FAN) कार्यक्रमको प्रदेश स्तरीय अभियान शुभारम्भ

    काठमाडौं— “अवको युद्ध दुर्व्यसन विरुद्ध” भन्ने नाराका साथ दुर्व्यसन विरुद्धको अभियान Fight Against Narcotics (FAN) कार्यक्रमको प्रदेश स्तरीय अभियान शुभारम्भ भएको छ । फागुन २८ गते  सुनसरीको इटहरी उप-महानगरपालिका—६ स्थित म्याजिक स्टेण्डमा आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेश, कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर तथा जिल्ला प्रहरी कार्यालय सुनसरीको आयोजनामा भएको कार्यक्रम कोशी प्रदेशका माननीय मुख्यमन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यतामा प्रहरी बैण्डसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीबल, पुर्व प्रहरी संगठन, बिभिन्न बिद्यालय, संघ–संस्था, नागरिक समाज, संचा

    • प्रकाशित मितिः फागुन २९, २०८१
    • 300 पटक पढिएको
  • महिला अधिकार रक्षाका निम्ति नेपाल प्रतिबद्ध छः मन्त्री सुडी

     काठमाडौं— महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले महिलाका अधिकार रक्षा तथा सशक्तीकरणका निम्ति नेपाल प्रतिबद्ध रहेको बताएका छन्।महिलाको स्थितिसम्बन्धी राष्ट्रसंघीय आयोगको ६९ औँ बैठकमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्र्दै हाल न्यूयोर्कमा रहेकामन्त्री सुडीले संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालयमा बुधबार आयोजित मन्त्रिस्तरीय गोलमेच बैठकमा उनले यो प्रतिबद्धता जनाएका हुन्। उनले महिलालाई राज्यका सबै तहमा अवसर दिने, उनीहरूविरुद्धका हिंसा उन्मूलन गर्न नेपाल पूर्ण प्रतिबद्ध रहेको भन्दै त्यसका लागि कानूनी तथा नीतिगत संरचना बलियो बनाएको बताए। न्यूयोर्कस्

    • प्रकाशित मितिः फागुन २९, २०८१
    • 502 पटक पढिएको
  • यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

    काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु २५, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २२, आलु रातो प्रतिकिलो रु ३५, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ६२, गाजर (लोकल) प्रतिकिलो रु ४०, गाजर (तराई) प्रतिकिलो रु २५, बन्दा (लोकल) प्रतिकिलो रु १२, बन्दा (नरिवल) प्रतिकिलो रु १५, काउली (स्थानीय) प्रतिकिलो रु २०, स्थानीय काउली (ज्यापु) प्रतिकिलो रु २०, मूला रातो प्रतिकिलो रु ४०, मूला सेतो (लोक

    • प्रकाशित मितिः फागुन २९, २०८१
    • 414 पटक पढिएको
  • किसानलाई ब्याज अनुदानमा ऋण उपलब्ध गराउने

    हेटौँडा । बागमती प्रदेश सरकारले किसानलाई ब्याज अनुदानमा ऋण उपलब्ध गराउने भएको छ । चालु आर्थिक वर्षमा रु एक अर्ब र आगामी आर्थिक वर्षमा रु १६ अर्ब ऋण लगानी गर्ने तयारी रहेको बागमती प्रदेशका कृषि तथा पशुपक्षी विकासमन्त्री प्रकाश श्रेष्ठले जानकारी दिए ।उनका अनुसार प्रदेश सरकारले आधुनिक कृषि र व्यावसायिक पशुपालनका लागि ब्याज अनुदानमा ऋण उपलब्ध गराउने भएको हो । मन्त्री श्रेष्ठले आज यहाँ रासससँग कुराकानी गर्दै प्रदेशमा तीन लाख ३१ हजार किसान रहेको र उनीहरुलाई पर्याप्त मात्रामा अनुदान उपलब्ध गराउन नसकेकाले ब्याज अनुदानमा ऋण उपलब्ध गराउने तयारी गरिरहेको बताए ।उनले किसानलाई ऋण उपलब्ध गराउँदा स्थानीय तहसँ

    • प्रकाशित मितिः फागुन २९, २०८१
    • 433 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.