समाचार

    Showing 15,451-15,460 of 26,702 items.
  • चैत्र ३ मा ‘महिला नेतृत्व सम्मेलन’ हुने

     काठमाडौं— नेपाल उद्योग परिसंघले अन्तर्राष्ट्रियस्तरको दोस्रो ‘महिला नेतृत्व सम्मेलन’ आयोजना गर्ने भएको छ । परिसंघले चैत्र ३ गते काठमाडौंमा उक्त सम्मेलन आयोजना गर्न लागेको हो ।नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको सहकार्यमा सम्मेलन आयोजना गर्न लागिएको परिसंघले जनाएको छ । सम्मेलन आयोजनाको लागि सीएनआई वमन लिडरसिप फोरमले संयोजन गरेको छ ।सम्मेलनको समुद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुनेछ । सम्मेलनमा प्रविधि र इनोभेसन, वमन इन सष्टेनेवल एग्रीकल्चर, इन्भेष्टिङ इन वमन, बिवेन्ड बाउन्ड्रिज विषयमा सत्रगत रूपमा छलफल हुने बताइएको छ ।सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा परिसंघका

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • 253 पटक पढिएको
  • बलात्कारी सम्बन्धी कानुन कार्यान्वयन नहुँदा बलात्कारका घटना बढे: सांसद झा

    काठमाडौं— जसपाका सांसद रञ्जुकुमारी झाले बलात्कारसम्बन्धी कानुन भएपनि कार्यान्वयन नहुँदा बलात्कारका घटनाहरू भइरहेको भन्दै सरकारसँग कानुन कार्यान्वयन गर्न माग छन् । मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद झाले बलात्कारीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेकी हुन् । उनले आफ्नै जिल्लामा भएका बलात्कारका घटनाको उदाहरण दिँदै भनिन्,‘जबसम्म कडा रूपमा कानुन कार्यान्वयन हुँदैन तबसम्म यस्ता अपराधीहरूको अपराध समाजबाट हुन छाड्दैनन् ।’उनले सप्तरीबाट गाजा तस्करी बढेको भन्दै त्यसको नियन्त्रण गर्न प्रहरी प्रशासनलाई आग्रह गरिन् ।

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • 398 पटक पढिएको
  • निर्वाचन आयोग विरुद्धको रिटमा सांसद तोसिमा कार्कीको पक्षमा फैसला

    काठमाडौं— निर्वाचन आयोग विरुद्धको रिटमा सांसद तोसिमा कार्कीले मुद्दा जितेकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. कार्कीले २०७९ मा दायर गरेको रिटमा सर्वोच्चले उनको रिट जारी हुने फैसला गरेको छ । न्यायाधीशहरू डा. मनोजकुमार शर्मा र महेश शर्मा पौडेलले उनले दायर गरेको रिट जारी गरेका हुन् ।मेडिकल काउन्सिल सदस्य हुँदाहुँदै २०७९ सालको प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार भएको भन्दै आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो । सर्वोच्चको अन्तरिम आदेश दिएपछि उनी चुनाव लडेकी थिइन् । सो मुद्दा सर्वोच्चले मंगलबार फैसला गरेको हो । कार्कीले यसअघि नै मेडिकल काउन्सिलको सदस्य पदबाट राजीनामा दिइसकेकी छन् ।

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • 394 पटक पढिएको
  • नेप्से परिसूचकमा ३२ अङ्कको गिरावट

    काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक ३२ दशमलव २१ अङ्कले घटेको छ । पुँजीबजार कारोबार पछिल्लो सात दिनमा लगातार घट्दो क्रममा देखिएको हो । आज नेप्से परिसूचकमा एक दशमलव १७ प्रतिशतको गिरावट पछि दुई हजार सात सय १९ दशमलव २० को बिन्दुमा कायम भएको छ ।आज तीन सय तीन कम्पनीको एक करोड ५५ लाख ५९ हजार छ सय ८३ कित्ता शेयर ९२ हजार ३१ पटक खरिदबिक्री हुँदा रू आठ अर्ब ३९ करोड ११ लाख ४९ हजार बराबरको कारोबार भएको छ ।आज विकास बैङ्क समूह एक दशमलव ९३ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ शून्य दशमलव ७१, वित्त एक दशमलव ५७, होटल तथा पर्यटन एक दशमलव १३, जलविद्युत् एक दशमलव ५१, लगानी एक द

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • 300 पटक पढिएको
  • प्रचण्ड भन्छन् सरकारमा रहेका दलकै कारण राजावादीहरू सलबलाउन थाले

     काठमाडौं— प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तामा रहेका दलहरूकै कार्यशैलीकै कारण राजावादीहरू सलबल्याएको जिकिर गरेका छन्। उनले अब सरकारको क्रियाकलाप र प्रतिगामी चलखेलविरुद्ध एकसाथ उत्रनुपर्ने आफूहरूको चुनौती भएको बताएका छन्। मंगलबारको प्रतिनिधिसभालाई सम्बोधन गर्दै प्रचण्डले अहिले सरकारको कार्यशैलीकै कारण देश आन्दोलनमय भएको टिप्पणी गरे। राजतन्त्र फर्काउने सपनासमेत देख्न छाडेकाहरूले सत्ताकै गलत शैलीले अहिले सडकमा ओर्लिएको बताए। ‘सरकारको विश्वासनीयता सकिएको देखेरै पुरातनपन्थी राजतन्त्रवादीहरू हौसिएका छन्। राजतन्त्रका सपना देख्न छाडेकाहरू सडकम

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • 421 पटक पढिएको
  • विपक्षी दलको अवरोधपछि सुदूरपश्चिम प्रदेश सभामा बैठक स्थगित

    काठमाडौं— सुदूरपश्चिम प्रदेश सभामा विपक्षी दलहरूले अवरोध गरेपछि सभामुखले अनिश्चितकालका लागि बैठक स्थगित गरेका छन् ।प्रदेश सरकारले नीति तथा योजना आयोग र सल्लाहकार भन्दै अनावश्यक दरबन्दी थपेर आर्थिक भार बढाएको भन्दै विपक्षी दलले सभामा अवरोध गरेका हुन् ।सभामुख भीमबहादुर भण्डारीले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्र सांसदले अनावश्यक रूपमा सिर्जना गरिएका नियुक्ति सच्याउनुपर्ने माग गरेका छन् ।विपक्षी दलका तर्फबाट बोल्दै एकीकृत समाजवादीका प्रदेश सभा नरेशकुमार शाहीले नीति तथा योजना आयोग र सल्लाहकार भन्दै गरिएका नियुक्ति खारेज हुनुपर्ने बताए ।

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • 262 पटक पढिएको
  • शंकरदेव क्याम्पसका स्ववियु सभापति बस्नेतले रजिष्टर च्यातेपछि...

    काठमाडौं —  स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) लक्षित गतिप्रति असन्तुष्टि जनाउँदै शंकरदेव क्याम्पसका स्ववियु सभापति सुशान्त बस्नेतले रजिष्टर च्यातेका छन्।क्याम्पस प्रशासनले सर्वदलीय बैठक नडाकी मनोमानी ढंगले अघि बढ्न खोजेको भन्दै उनले निर्णय लेख्न प्रयोग हुँदै आएको रजिष्टर च्यातेका हुन्।‘म विधि सम्मत क्यापसका गतिविधि हुनुपर्छ भन्नेमा दृढ छु। तर, मलाई नै चार सयभन्दा बढी विद्यार्थी भर्ना गरेको आरोप लगाइयो। यस्तो गलत आरोप सह्य हुँदैन,’ उनले भने।उनले क्याम्पस प्रशासनले औपचारिक बैठक नबोलाएर विभिन्न आरोप लगाउने गरेको गुनासो गरे। माघ मसान्तपछि भर्ना भएकाहरूको भर्ना खारेज हुनुपर्छ भन्नेमा

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • 530 पटक पढिएको
  • सुनसरीका तीन पालिकाले सडकबत्तीको पाँच करोड बक्यौता तिर्न बाँकी

    इटहरी (सुनसरी) । सुनसरीका तीन स्थानीय तहले सडकबत्तीको रु पाँच करोड ९१ लाख ६० हजार बक्यौता तिर्न बाँकी रहेको छ । इटहरी उपमहानगरपालिका, रामधुनी नगरपालिका र बराक्षेत्र नगरपालिकाले सडकबत्तीको बक्यौता तिर्न बाँकी रहेको नेपाल विद्युत् प्राधिकरण इटहरी वितरण केन्द्रका प्रमुख रामउदगार साहले जानकारी दिए । बक्यौता तिर्न पटक–पटक सूचना जारी गरे पनि हालसम्म नतिरेको उनले बताए । इटहरी उपमहानगरपालिकाले रु तीन करोड ७७ लाख ४० हजार, बराहक्षेत्र नगरपालिकाले रु एक करोड ३५ लाख २५ हजार र रामधुनी नगरपालिकाले रु ७८ लाख ९४ हजार बक्यौता तिर्न बाँकी रहेको छ ।प्रमुख साहले भने, ‘बक्यौता रकम तिर्न पालिकालाई पत्र पठाउँदै

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • 266 पटक पढिएको
  • बाहुनडाँगीमा हात्तीभन्दा बढी बाँदर आतङ्क

    झापा । मेचीनगर नगरपालिका–४ मा हात्तीभन्दा बढी बाँदरले आतङ्क मच्चाउन थालेको स्थानीयको गुनासो छ । स्थानीयका अनुसार बाँदरले खेतबारीमा लगाएको अन्नबाली मात्र नभएर घरमै भण्डारण गरेको अन्न र पकाएर राखेको भातसमेत खाइदिएर हैरान पारेको छ । कोरोना महामारीका समयमा बस्ती पसेका बाँदरले निरन्तर दुःख दिन थालेपछि स्थानीय हैरान भएका हुन् । वडा नं ४ की ४५ वर्षीया लीला बस्नेतले बाँदरका कारण बसाइँ सर्नुपर्ने अवस्था सिर्जना भएको बताइन् । ‘बारीको त कुरा छाडौँ, न पकाएर राखेको भात पनि खान पाउन छाडियो,’ उनले भनिन्, ‘हात्तीले त दुःख दिएकै थियो अब बाँदरले पनि बसिखान दिएन, बसाइ नै हिँड्नुपर्ने भइसक्यो ।’ उनले पहिला प

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • 404 पटक पढिएको
  • गृहमन्त्री लेखीको सुरक्षामा खटिएका असईको मृत्यु

    काठमाडौं—  मधेश सरकारको गृह संचार तथा कानुन मन्त्री राजकुमार लेखीको सुरक्षामा खटिरहेका प्रहरी सहायक निरीक्षक (असई) वीरेन्द्रकुमार यादवको मृत्यु भएको छ ।आइतबार राति ११ बजेको समयमा अचानक पेट र छाती दुखेका यादवको उपचारको क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।राति पेट र छाती दुखेपछि स्थानीय अस्पतालमा लगिएको वरिष्ठ प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए । उनलाई थप उपचारको लागि नोबेल अस्पताल विराटनगर लगेकोमा उपचारको क्रममा राति १२ बजे मृत्यु भएको कोइरालाले बताए ।सिरहा नगरपालिका– २५ सुखचैना स्थायी घर भएका यादवको दरबन्दी मधेश प्रदेश प्रह

    • प्रकाशित मितिः फागुन २७, २०८१
    • 305 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.