समाचार

    Showing 15,481-15,490 of 26,702 items.
  • पाँच सय महिलालाई रोजगारीमा जोड्दै अर्घाखाँचीको भूमिकास्थान

    अर्घाखाँची । भूमिकास्थान नगरपालिकाले सञ्चालन गरेको कर्मशिल जनशक्ति परिचालन कार्यक्रमबाट महिला रोजगारीमा जोडिन थालेका छन् ।  गत आर्थिक वर्षमा १०० बढी कर्मशील महिला उद्यमी तयार गरि मकैको पोस्कर र थाकलबाट टोपी र झोला निर्माण गरेको पालिकाले यस वर्ष ५०० बढीलाई रोजगारी दिने लक्ष्य राखेको नगरप्रमुख झविलाल थापाले बताए ।स्वरोजगार सिर्जना गर्ने, बसाइँसराइ नियन्त्रण गर्ने र आन्तरिक आम्दानी वृद्धि गरि भूमिकास्थानलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ कर्मशिल कार्यक्रम सञ्चालन गरेको नगर प्रमुख थापाको भनाइ छ । नगरपालिकाले प्राकृतिक रेशाजन्य वनस्पति थाकलको पात र मकैको पोस्करबाट निर्माण हुने हस्तकल

    • प्रकाशित मितिः फागुन २६, २०८१
    • 384 पटक पढिएको
  • प्रचण्डले भोलि संसद्‌मा सम्बोधन गर्ने

    काठमाडौं— प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोलि २७ गते बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।सोमबार सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूको बैठकमा यसबारे छलफल भएको थियो ।पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्डले समय मागेकाले भोलि बस्ने बैठकमा सयम निर्धारण गरिएको नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।‘पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्ष दलका नेताले भोलि समय माग्नुभएको छ । भोलिको संसद्‌मा बोल्नका लागि संसद्सँग समय माग्नुभएको छ । उहाँले बोल्नेगरी समय निर्धारण भएको छ,’ बर्तौलाले भने ।

    • प्रकाशित मितिः फागुन २६, २०८१
    • 354 पटक पढिएको
  • राष्ट्रिय सभा अध्यक्षले चार विधेयक प्रमाणित गरे

    काठमाडौं— राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सोमबार चार विधेयक प्रमाणित गरेका छन् । अध्यक्ष दाहालले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८०, विद्युतीय व्यापार विधेयक, २०८० विधायनसम्बन्धी विधेयक, २०८० र  भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६ प्रमाणित गरेका हुन् । उनले प्रमाणित गरेका विधेयकहरूलाई प्रमाणीकरणका लागि भोलि (मंगलबार) राष्ट्रपतिकहाँ पठाइनेछ । संविधानको धारा ११३ को उपधारा (१) बमोजिम राष्ट्रिय सभा अध्यक्षले प्रमाणित गरी धारा ११३ को उपधारा (२) बमोजिम विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस गर्नुपर्दछ। राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरेपछ

    • प्रकाशित मितिः फागुन २६, २०८१
    • 476 पटक पढिएको
  • थप आन्दोलनका कार्यक्रम गर्ने नेपाल शिक्षक महासंघको घोषणा

    काठमाडौं— नेपाल शिक्षक महासंघले थप आन्दोलनका कार्यक्रमको घोषणा गरेको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले यसअघि भएका सहमति कार्यान्वयन नगरेको भन्दै दोस्रो चरणको आन्दोलनको घोषणा गरेको हो । सबै खाले शिक्षक र विद्यालय कर्मचारीका मुख्य मुद्दाहरू अब जारी हुने विद्यालय शिक्षा विधेयकले समेट्नुपर्ने महासंघले जनाएको छ । यसअघि भएको सहमतिका आधारमा विद्यालय शिक्षा विधेयकलाई पारित गर्नका लागि दबाब दिने उदेश्यले थप आन्दोलनका कार्यक्रम घोषणा गरिएको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए । दोस्रो चरणको आन्दोलनका कार्यक्रमअन्तर्गत फागुन २७ देखि चैत्र ५ गतेसम्म विभिन्न राजन

    • प्रकाशित मितिः फागुन २६, २०८१
    • 614 पटक पढिएको
  • राजाको आह्वानलाई जनताले अनुमोदन र आत्मसात गरे : कमल थापा

    काठमाडौं— राप्रपा नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसका अवसरमा फागुन ६ गते सहयोगका निम्ति गरेको आह्वानलाई जनताले अनुमोदन र आत्मसात गरेका निष्कर्ष निकालेको छ । सोमबार अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको सो पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले यस्तो निष्कर्ष निकालेको हो । ‘त्यसको ज्वलन्त र जीवन्त उदाहरण फागुन २५ गते काठमाडौँमा देखापरेको वृहत जनप्रदर्शन भएको पार्टीको ठहर छ । उक्त ऐतिहासिक जनप्रदर्शनले अब चाँडै नै हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापना हुने सुस्पष्ट सङ्केत गरेको छ’,बैठकपछि महामन्त्री तथा सचिवालय प्रमुख राजाराम बर्तौलाले जारी गरेको विज्ञप्तिमा भनिए

    • प्रकाशित मितिः फागुन २६, २०८१
    • 559 पटक पढिएको
  • काठमाडौंका केही स्थानमा दुई महिनासम्म जुलुस, सभा नगर्न प्रशासनको आदेश

    काठमाडौं— जिल्ला प्रशासन कार्यालय काठमाडौंले केही स्थान तोकेर निषेध आदेश जारी गरेको छ । आइतबारदेखि दुई महिनासम्मका निम्ति निषेधित क्षेत्रसम्बन्धी आदेश जारी गरिएको हो ।महाराजगन्जस्थित राष्ट्रपतिको कार्यालय शीतलनिवाससहित लैनचौर, सिंहदरबार, बालुवाटार र संसद् भवन रहेको नयाँ बानेश्वर आसपास स्थान तोकेर निषेध आदेश जारी गरिएको छ । ती स्थानमा पाँचजनाभन्दा बढी व्यक्ति भेला भई अनशन, जुलुस, सभाजस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ ।“देहायको क्षेत्रमा मिति २०८१/११/२५ गतेदेखि लागु हुने गरी दुई महिनासम्मका लागि पाँचजनाभन्दा बढी व्यक्ति भेलारजम्मा भई अनशन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरो

    • प्रकाशित मितिः फागुन २६, २०८१
    • 258 पटक पढिएको
  • गैरसरकारी संस्थालाई बाह्य अनुदानमा भर नपरी प्रधानमन्त्रीको आग्रह

     काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले बाह्य अनुदानमा भर नपरी आत्मनिर्भरताको  बाटोमा लाग्न गैरसरकारी संस्थाहरूलाई आग्रह गरेका छन् ।गैरसरकारी संस्था महासंघको ११ औं महाधिवेशन तथा नागरिक सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विश्वव्यापीकरणको अवस्थामा सबै काम एक्लै गर्न नसकिने स्थिति भए पनि उर्वर नेपाली भूमिलाई प्रयोग गरेर उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्नेमा जोड दिए। प्रधानमन्त्री ओलीले सामाजिक संस्थाले असफलताको मात्र नभइ सफलता,आशा र उपलब्धिको चर्चा गर्न सुझाव दिँदै विकासको प्रयासमा कुनै प्रकारको अवरोध सृजना हुन नदिने स्पष्ट गरे। राजतन्त्र पक्षधरको आइतबारको कार्यक

    • प्रकाशित मितिः फागुन २६, २०८१
    • 620 पटक पढिएको
  • राप्रपाले कामपालाई दुईपटक जरिवाना बुझायो

    काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं महानगरपालिकाले फोहोरमैला गराएको भन्दै जरिवाना तोकेपछि दुईपटक जरिवाना तिरेको छ। राप्रपाले आइतबारको प्रदर्शनमा फोहोरमैला भएबापत महानगरपालिकालाई एकलाख जरिवाना बुझाएको छ।यसअघि पनि राप्रपाले जरिवाना तिरेको छ। गत वैशाखमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई चैत २७ गते प्रदर्शन गर्ने क्रममा महानगरको विभिन्न क्षेत्र फोहोर गरेकाले पाँच हजार र ट्राफिक आइल्यान्डमा क्षति पुर्‍याएको भन्दै मर्मतका लागि २२२ रुपैयाँ ८१ पैसा जरिवाना तिराएको थियो।राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले सुशासन र विधिको शासन मान्ने बताए। उनले आज फेसबुकमा भनेका छन्,‘हामी राप्रपा सुशासन मान्छ

    • प्रकाशित मितिः फागुन २६, २०८१
    • 400 पटक पढिएको
  • वीर अस्पतालमा दुबै सिफ्टमा अपरेशन सेवा सुरु

    काठमाडौं । देशकै पुरानो वीर अस्पतालमा दुई सिफ्टमा अपरेशन सेवा सुरु भएको छ ।बिरामीको बढिरहेको चापअनुसार सेवा दिन भन्दै अस्पतालले नाक, कान, घाँटी, दन्त, युरोलोजी तथा सामान्य अपरेशन सेवा दुई सिफ्टमा सुरु गरेको हो । अस्पतालका निमित्त निर्देशक डा.समाज गौतमले धेरै बिरामीलाई सुविधा दिने हिसाबले अहिले केही सेवाहरुमा दुवै सिफ्टमा अपरेशन आरम्भ गरिएको बताए ।यसअघि अस्पतालमा एक सिफ्टमा मात्र अपरेशन सेवा उपलब्ध भइरहेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सबै संघीय अस्पताललाई दुवै सिफ्टमा ओपीडी सेवा आरम्भ गर्न भनेका थिए ।सोहीअनुसार कार्ययोजना बनाएर अहिलेको सेवा आरम्भ गरिएको अस्पतालले जनाएको

    • प्रकाशित मितिः फागुन २६, २०८१
    • 588 पटक पढिएको
  • दलहरूको नालायकीपनका कारण प्रतिगामी तत्त्वहरू सल्बलाउन थाले: अध्यक्ष नेपाल

    काठमाडौं— नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकार र सत्तारुढ दलहरूको नालायकीपनका कारण प्रतिगामी तत्त्वहरू सल्बलाउन थालेको बताए। साथै उनले वर्तमान व्यवस्थाको रक्षा गर्नु प्रमुख जिम्मेवारी भएको बताए। पार्टी केन्द्रीय कार्यालय आलोकनगर काठमाडौंमा जारी सचिवालय बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘लोकतन्त्रको रक्षा, संघीय गणतन्त्रको रक्षा र प्रतिगामी यथास्थितिवादीहरुले टाउको उठाउन थालेका छन्। यसलाई हामीले गम्भीर रुपमा लिएका छौँ।’

    • प्रकाशित मितिः फागुन २६, २०८१
    • 331 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.