समाचार

    Showing 15,511-15,520 of 26,702 items.
  • तानसेनमा हराउँदै ‘चीर’ ठड्याउने चलन

    तानसेन (पाल्पा) । फागू पूर्णिमा सुरुआत भएको संकेतस्वरूप सदरमुकाम तानसेनमा परापूर्वकालदेखि चीर ठड्याउने प्रचलन रहेपनि एक दशक यता त्यसले निरन्तरता पाउन छोडेको छ । यहाँ नेवार समुदायले चीर ठड्याएर फागु पूर्णिमाको पूजा गरी होलीको सुरुवात गर्ने परम्परा बसाले पनि आर्थिक अभाव र नयाँ पुस्ताले बेवास्ता गर्दा हराउन थालेको हो ।धेरै नेवार समुदायको बसोवास रहेको तानसेनस्थित टक्सारटोलमा विसं २०७१ सम्म निरन्तर चीर ठड्याउँदै आइएको थियो । गणेश मन्दिरको मूलद्वार अगाडि रङ्गीचङ्गी ध्वजाले सिङ्गारिएको चीर ठड्याएपछि होली पर्व सुरु भएको मान्ने गरिन्थ्यो । तर पछिल्ला वर्षमा यो परम्परा हराउँदै गएको छ । आठ वर्षपछि टक्सार

    • प्रकाशित मितिः फागुन २६, २०८१
    • 426 पटक पढिएको
  • कोशी प्रदेशसभामा विधेयक पारित

    विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकले ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१ लाई प्रतिस्थापन गर्न बनेको विधेयक, २०८१’ सर्वसम्मतिले पारित गरेको छ ।उक्त विधेयकमा संशोधनका प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता नभएका र प्रदेशसभा सदस्यहरुले दफावार छलफलमा पनि भाग नलिएपछि आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले सो विधेयकलाई पारित गरियोस् भनी प्रस्ताव सदनमा पेस गरेका थिए । उक्त प्रस्ताव सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले पारित भएको हो ।विशेष समययसअघि प्रदेशसभाको बैठकको विशेष समयमा प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का संस

    • प्रकाशित मितिः फागुन २५, २०८१
    • 256 पटक पढिएको
  • दूधको उत्पादन, गुणस्तर र बजारीकरणका लागि कार्यक्रम

    चितवन । जिल्लामा उत्पादित दूधको गुणस्तर, उत्पादन र बजारीकरणका लागि नयाँ परियोजना सुरु गरिएको छ । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले जिल्लामा उत्पादित दूधको गुणस्तर र उत्पादन बढाउन ‘मिल्की वे’ परियोजना सञ्चालनका लागि काम अघि बढाएको हो ।  जिल्लामा उत्पादित दूधको बजारीकरण, गुणस्तर र उत्पादन वृद्धि गर्न किसानलाई सहजीकरण गर्ने उद्देश्यले सो परियोजना ल्याइएको हो । सङ्घका अध्यक्ष किशोर बगालेले यस परियोजनामार्फत दूध उत्पादनको लागत घटाउने, पशु चौपायाको स्वास्थ्यमा पर्ने समस्या समाधानका लागि सहयोग पु¥याउने, यन्त्र उपकरणको प्रयोग बढाउने, बजार व्यवस्थापनमा सहयोग गर्ने, स्वच्छ तथा सफा दूध उ

    • प्रकाशित मितिः फागुन २५, २०८१
    • 396 पटक पढिएको
  • पाल्पाका महिलालाई स्वास्थ्य परामर्श र कानुन सिकाउँदै स्थानीय सरकार

    तानसेन (पाल्पा) । जिल्लाका दुई स्थानीय सरकारले महिलालाई स्वास्थ्य परामर्श तथा कानुनी शिक्षा र सीप सिकाउँदै आएका छन् । यहाँका रामपुर नगरपालिका र रैनादेवी छहरा गाउँपालिकाले महिलालाई स्वास्थ्य र कानुनी रुपमा ज्ञान प्रदान गर्नुका साथै आयआर्जनसँग जोड्न सीप सिकाउन थालेका हुन् ।  रामपुरले श्रमिक महिलालाई स्वास्थ्य परामर्श तथा कानुनी शिक्षा प्रदान गरेको छ । महिला दिवसका अवसरमा निर्माण क्षेत्रमा कार्यरत तथा अन्य पेसा र व्यवसायमा सक्रिय श्रमिक महिलालाई परामर्श तथा कानुनी शिक्षा प्रदान गरेको हो । नगरपालिकाले अगामी दिनमा पनि परामर्श र शिक्षा दिँदै जाने बताएको छ । नगरपालिकाका उपप्रमुख बालकुम

    • प्रकाशित मितिः फागुन २५, २०८१
    • 394 पटक पढिएको
  • कांग्रेसको ‘मिसन’ रोजगारी अभियान शुरु

    काठमाडौं— नेपाली कांग्रेसले ‘मिसन’ रोजगारी अभियान सुरु गरेको छ । आइतबार (आज) पार्टी केन्द्रीय कार्यालय सानेपामा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले मिसन रोजगारी अभियानको शुभारम्भ गरेका हुन् ।‘राजनीतिक विमर्शको केन्द्रमा रोजगार— सरकारको प्राथमिकतामा रोजगार’ भन्ने नाराका साथ मिसन रोजगारी अभियान थालिएको महामन्त्री थापाले जानकारी दिए ।यसक्रममा विषयगत र क्षेत्रगत रूपमा गोलमेच छलफल गरिने उनले बताए । पहिलो चरणमा ६ महिना रोजगारीका विषयमा संवाद र अध्ययनका निम्ति निचोड निकालिने उनले जानकारी दिए ।अर्का महामन्त्री शर्माले कांग्रेसले लिएको नीतिका कारण थोरै भए पनि देशमा रोजगारीको सिर्जना भएको जिकि

    • प्रकाशित मितिः फागुन २५, २०८१
    • 411 पटक पढिएको
  • समर्थकले पूर्वराजालाई स्वागत गर्न पुगेपछि सवारी आवतजावत प्रभावित

    काठमाडौं— पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार (आज) काठमाडौं फर्कंदा सडकमा सवारी जाम भएको छ । उनलाई स्वागत गर्न उनका समर्थक प्रदर्शन गर्न त्रिभुवन विमानस्थल पुगेका कारण सवारी आवागमन प्रभावित भएको हो ।उनका समर्थकको प्रदर्शनका कारण गौशाला, मित्रपार्क, चाबहिल, धुम्बाराहीलगायत चक्रपथ रुटमा सवारी आवागमनमा समस्या भएको छ । राजावादीको भीडका कारण सवारी आवतजावत गर्न नसक्ने अवस्था सिर्जना भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं एसपी सञ्जय राउतले बताए ।ट्राफिक प्रहरीले विभिन्न सडकबाट सवारीसाधन ‘डाइभर्सन’ पनि गरिरहेको एसपी राउतले बताए । पूर्वतयारी गरेरै राजावादी स्वागतका निम्ति विमानस्थलबा

    • प्रकाशित मितिः फागुन २५, २०८१
    • 358 पटक पढिएको
  • काठमाडौं आइपुगे पूर्वराजा ज्ञानेन्द्र समर्थकहरुको स्वागत

    काठमाडौं— पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौ आइपुगेका छन् । पोखराबाट आइतबार अपरान्ह त्रिभुवन विमानस्थल आइपुगेका हुन् । विमानस्थलको द्वारमा उनका समर्थकहरुले नाराबाजी गर्दै स्वागत गरेका छन् ।पूर्वराजालाई स्वागत गर्न दिउँसोदेखि नै राजावादी विभिन्न स्थानमा भेला भएर र्‍यालीसहित विमानस्थलको द्वारसम्म पुगेका थिए । विमानस्थलको द्वारमा आफ्नो गाडीमा उभिएर पूर्वराजाले आफ्नो समर्थकहरुको अभिनन्दन स्वीकार गरेका थिए ।

    • प्रकाशित मितिः फागुन २५, २०८१
    • 392 पटक पढिएको
  • चैत ४ गतेसम्मका लागि राष्ट्रियसभा बैठक स्थगित

    काठमाडौं— राष्ट्रियसभाको बैठक चैत ४ गतेसम्मका लागि स्थगित भएको छ ।  राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले आइतबारको बैठकपछि राष्ट्रिय सभाको अर्को बैठक चैत ४ गते सवा १ बजे बस्नेगरी स्थगित भएको घोषणा गरेका हुन् । आइतबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रिय प्राकृतिक श्रोत वित्त आयोगको आर्थिक बर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गरेका थिए । त्यसअघि सांसदहरूले महिला बालबालिका, हिंसा र बलात्कारका विषय, शिक्षकहरूको आन्दोलन, स्वर्गद्वारी गुठीलगायतमा उठेका प्रश्नको सरकारलाई जवाफ दिन अध्यक्ष दाहालले निर्देशन दिएका छन्

    • प्रकाशित मितिः फागुन २५, २०८१
    • 426 पटक पढिएको
  • पोखरा विमानस्थलमा पूर्वराजा ज्ञानेन्द्र, चार्टर्ड उडानबाट काठमाडौं आउँदै

    काठमाडौं— पूर्वराजा ज्ञानेन्द्र शाह काठामाडौं फर्कनका लागि आइतबार अपराह्न पोखराको पुरानो विमानस्थल पुगेका छन्। उनी समिट एयरको चार्टर्ड विमानमार्फत् काठमाडौं उड्ने छन्। उनको विदाइका लागि समर्थकहरु भेला भएका छन्।नागरिक स्वागत मूल समारोह समिति पश्चिमान्चल पोखराले पूर्वराजालाई पोखरामा ल्याएको हो। उनी लामो समय पोखरा बसेर विभिन्न स्थानमा पुगे।माघ २७ गते उनी परिवारका सदस्यसहित पोखरा आएका थिए। उनलाई पोखरेलीले भव्य स्वागत गरेका थिए।पोखरामा रहँदा उनले राजा वीरेन्द्रको शालिक अनावरण गरे। स्याङ्जामा रहेको आलमदेवी मन्दिर दर्शन गर्न पुगे। जुन शाहवंशीय कल मन्दिरको रुपमा परिचित छ।त्यस्तै, पोखराको विन्ध्यावासिन

    • प्रकाशित मितिः फागुन २५, २०८१
    • 319 पटक पढिएको
  • पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाण्डौ प्रस्थान गरे

    काठमाण्डौ  ।  पूर्वराजा ज्ञानेन्द्र शाह केहीबेरमा काठमाडौँ आइपुग्ने भएका छन् । उनी समिट एयरको जहाजमार्फत आइतबार दिउँसो काठमाडौँ आउदै छन । उनी काठमाडौँ प्रस्थानका लागि बिदा भएर पुरानो  पोखरास्थित पुरानो विमानस्थलतबाट समिट एयरको जहाजमार्फत काठमाडौँ प्रस्थान गरेका छन।विमानस्थलमा उनलाई राजावादीहरुले बिदाइ गरेका थिए ।

    • प्रकाशित मितिः फागुन २५, २०८१
    • 458 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.