समाचार

    Showing 15,521-15,530 of 24,924 items.
  • सिमलतालमा ट्रक खस्यो, चालक र सहचालकको खोजी जारी

    काठमाडौं–खानेतेल बोकेर काठमाडौं आइरहेको ट्रक आज बिहान त्रिशूलीमा खसेको छ । ना६ख ६२८३ नम्बरको ट्रक भरतपुर महानगरपालिका–२९ पच्चीस किलोबाट त्रिशूलीमा खसेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार चालक र सहचालकको खोजी भइरहेको छ। घटनास्थलमा इलाका प्रहरी कार्यालय मुग्लिनको टोली पुगिसकेको छ । यसअघि, असार २८ गते सिमलताल क्षेत्रबाट दुईवटा बस त्रिशूली नदीमा खसेका थिए । बसमा ६२ जना यात्रु सवार थिए, जसमा २४ जनाको मात्र शव भेटिएको थियो । 

    • प्रकाशित मितिः भदौ ३०, २०८१
    • 385 पटक पढिएको
  • ताप्लेजुङमा ४.६ म्याग्निच्युडको भूकम्प, ल्होनाक केन्द्रबिन्दु

    काठमाडौं–ताप्लेजुङमा शनिबार राति ४.६ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले ताप्लेजुङको ल्होनाक क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको जानकारी दिएको छ । भूकम्पको धक्का आसपासका क्षेत्रहरूमा समेत महसुस गरिएको थियो । हालसम्म कुनै जनधनको क्षतिको विवरण प्राप्त भएको छैन । 

    • प्रकाशित मितिः भदौ ३०, २०८१
    • 310 पटक पढिएको
  • सङ्घीय संसद्को दुवै बैठक आज, कार्यसूचीमा के छ ?

    काठमाडौं–सङ्घीय संसद्को दुवै सदनको बैठक आज नयाँ बानेश्वरस्थित संसद् भवनमा अपराह्न १ बजे बस्दैछ । प्रतिनिधिसभाको बैठकमा ‘बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१’ र ‘विधायन विधेयक, २०८१’ पारित गर्ने सम्भावित कार्यसूची छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१’ पारित गर्न प्रस्ताव राख्नेछन् । त्यसअघि अर्थ समितिको प्रतिवेदनसहित उक्त विधेयकमा छलफल गरिनेछ ।यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘विधायन व्यवस्थापन, २०८१’ पारित गर्न प्रस्ताव राख्नेछन् । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रि

    • प्रकाशित मितिः भदौ ३०, २०८१
    • 318 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।   मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव संगै पश्चिम बंगाल र आसपास रहेको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव देखिएको छ। हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतया देखी पूर्णतया बदली भई धेरै स्थानहरुमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का देखी मध्यम वर्षा भईरहेको छ भने बाँकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही लुम्बिनी प्रदेशको एक\दुई स्थानहरुमा हल्का वर्षा भईरहेको छ।आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन\चट्याङ्ग

    • प्रकाशित मितिः भदौ ३०, २०८१
    • 335 पटक पढिएको
  • पत्रकार महासंघको चुनावी तालिका सार्वजनिक

    काठमाण्डौ  ।  नेपाल पत्रकार महासंघको चुनावी कार्यतालिका सार्वजनिक भएको छ । शनिबार महासंघको केन्द्रीय निर्वाचन समितिले चुनावी कार्यतालिका सार्वजनिक गरेको हो । निर्वाचन समितिले आगामी असोज १२ मा एकैपटक तीनै तहको चुनाव गर्ने तालिका सार्वजनिक गरेको छ । तर उम्मेदवार मनोनयन भने फरक फरक समयमा हुनेछ । केन्द्रीय कार्यसमितिका लागि ४ असोजमा उम्मेदवारी मनोनयन दर्ता हुनेछ भने प्रदेशको असोज ८ मा मनोयन दर्ता हुनेछ । यस्तै जिल्ला शाखाहरूको उम्मेदवारी दर्ता १० असोजमा हुनेछ ।चुनावी कार्यतालिकासँगै निर्वाचन समितिले मतदाता नामावली पनि सार्वजनिक गरेको छ । 

    • प्रकाशित मितिः भदौ २९, २०८१
    • 319 पटक पढिएको
  • ललितपुरको कुपण्डोलमा सडक भासियो, एक जना घाइते

    काठमाडौं–ललितपुरस्थित कुपण्डोलको मुख्य सडक शनिबार दिउँसो भासिँदा एक जना घाइते भएका छन् । कुपण्डोलबाट पुल्चोकतर्फ होटल हिमालय अगाडि सडक भासिएर पानी निस्किएको छ, जसले यातायातमा अवरोध भएको छ । प्रहरीका अनुसार मेलम्चीको पाइप फुट्दा सडक भासिएको हो । अहिले प्रहरी टोलीले क्षेत्रलाई सुरक्षित बनाउँदै सवारी व्यवस्थापन गरिरहेको छ ।

    • प्रकाशित मितिः भदौ २९, २०८१
    • 446 पटक पढिएको
  • अन्नपूर्णमा हराएका स्पेनिस पर्यटकको अवस्था अझै अज्ञात

    काठमाडौं–अन्नपूर्ण क्षेत्रको पदयात्रामा हराएका स्पेनिस पर्यटक मोलास जुन्का मेसीको अवस्था अझै पत्ता लागेको छैन । उनी भदौ ९ गतेदेखि सम्पर्कविहीन भएका थिए । उनीसँगै सम्पर्कविहीन भएका इरिकको शव दुई दिनपछि भुरुङदी खोलामा फेला परेको थियो, तर मोलासको अवस्थाबारे कुनै जानकारी छैन ।  सशस्त्र प्रहरीको टोलीले नदी किनारलगायत क्षेत्रमा खोजी कार्य जारी राखे पनि हालसम्म मोलासको पत्तो लाग्न सकेको छैन। पर्यटकले घोरेपानी जाने विवरण दर्ता गरेकाले स्थानीय होटल व्यवसायी, जनप्रतिनिधि, र प्रहरीलाई जानकारी गराइएको छ, तर खोजीमा सफलता मिलेको छैन । घटनास्थल नजिक दुई वटा झोला र आल्मुनियम स्टिक फेला परेपछि प

    • प्रकाशित मितिः भदौ २९, २०८१
    • 512 पटक पढिएको
  • नेपाल एयरलाइन्सको जहाज दुबईमा ग्राउन्डेड, सयौँ यात्रु अलपत्र

    काठमाडौं–नेपाल एयरलाइन्सको लुम्बिनी जहाज ल्यान्डिङ गियरसँग सम्बन्धित हाइड्रोलिक समस्याका कारण दुबईमा ग्राउन्डेड भएको छ । विमान शुक्रबार राति ११:५२ बजे काठमाडौंबाट दुबईका लागि उडेको थियो र शनिबार बिहान ३:५५ बजे नेपाल फर्किनुपर्ने तालिका थियो । तर, प्राविधिक समस्याले गर्दा जहाज समयमै फर्किन सकेन ।निगमका प्राविधिक प्रवक्ता इञ्जिनियर मनोज कुमार साहले स्पेयर पार्ट्सको खोजी भइरहेको जानकारी दिएका छन् । निगमसँग अन्य जगेडा विमान नहुँदा १५० नेपाली कामदारसहितका यात्रुहरू दुबईमै अलपत्र छन् । यात्रुहरूलाई होटलमा राख्ने व्यवस्था गरिएको छ ।दुबईमा प्राविधिक टिम नहुँदा नेपाल एयरलाइन्सले कुबेत एयरवेजसँग सम्झौता

    • प्रकाशित मितिः भदौ २९, २०८१
    • 545 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ   ।    मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव संगै भारतको मध्यप्रदेशको उत्तरपश्चिम र आसपास रहेको न्यूनचापिय प्रणालीको प्रभाव देखिएको छ।हाल गण्डकी, लुम्बिनी कर्णाली र सुदूपरश्चिम प्रदेशमा साधारणतया देखी पूर्णतया बदली रही बाँकी क्षेत्रमा आंशिक देखी साधारणतया बदली रहेको छ। लुम्बिनी, कर्णाली र सुदूपरश्चिम प्रदेशका केही स्थानहरुमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।आज दिउँसो देशभर आंशिक देखी साधारणतया बदली रहने छ। कोशी, मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्

    • प्रकाशित मितिः भदौ २९, २०८१
    • 567 पटक पढिएको
  • वि.सं. २०८१ भदौँ २९ गते शनिबार, तपाईको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)समय राम्रो छ। व्यापारबाट आम्दानी हुनेछ। शिक्षा क्षेत्रमा सफलता प्राप्त हुनेछ। स्वास्थ्य लाभ हुने दिन छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)परिवारको रचनात्मक साथ प्राप्त हुनेछ। आफन्तले सहयोग गर्नेछन्। स्वदेशमा अवसरको सिर्जना हुनेछ। श्रमको उचित मूल्यांकन हुनेछ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)आफन्तको विश्वास गर्नाले घाटा हुनेछ। स्वास्थ्यमा समस्या हुने भएकाले खानपानमा विशेष ध्यान दिनु राम्रो हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)स्वास्थ्यमा सम

    • प्रकाशित मितिः भदौ २९, २०८१
    • 690 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.