समाचार

    Showing 15,541-15,550 of 26,702 items.
  • मौसम पूर्वानुमानः केही भूभागमा चट्याङसहित वर्षाको सम्भावना

    काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ ।महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।आज दिउँसो कोशी,  बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली  रही बाँकी भूभागमा  आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । कोशी र बागमती प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।आज राति मुलुकको पहाड

    • प्रकाशित मितिः फागुन २५, २०८१
    • 197 पटक पढिएको
  • फिरन्ते वनकरियाको जीवनशैली फेरिँदै

    हेटौँडा (मकवानपुर) । मकवानपुरको मनहरी गाउँपालिकामा बसोबास गर्दै आएकी अति लोपोन्मुख वनकरिया समुदायकी मुखिया ६५ वर्षीया सन्तमाया वनकरियालाई सुत्केरी हुँदा वनकेराको पातले बनाइएको छाप्रोमुनि केराको पातमा शिशु च्यापेर सुत्ने अनि कन्दमूल उसिनेर खाने गरेको आजझैँ लाग्छ । फिरन्ते जीवन बिताइरहेको वनकरिया समुदायलाई २०६२ सालमा तत्कालीन जिल्ला विकास समितिले सामुदायिक वनको छेउमा २० वर्षका लागि जग्गा दिएर बस्ती बसाएको करिब १९ वर्ष भएको छ । नौ सन्तानकी आमा उनलाई अहिले पनि उही अवस्थाको जीवन र सुत्केरी अवस्थामा कटाएका कहालीलाग्दा दिनहरूले झस्क्याउने गर्छ ।एकमात्र स्थानमा मात्र रहेको वनकरिया समुदायकी मुखिया

    • प्रकाशित मितिः फागुन २५, २०८१
    • 242 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३८ रुपैयाँ ७० पैसा र बिक्रीदर १३९ रुपैयाँ ३० पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १५० रुपैयाँ ४९ पैसा र बिक्रीदर १५१ रुपैयाँ १४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७९ रुपैयाँ १७ पैसा र बिक्रीदर १७९ रुपैयाँ ९५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५७ रुपैयाँ ७६ पैसा र बिक्रीदर १५८ रुपैयाँ ४४ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ४० पैसा र बिक्रीदर ८७ रुपैयाँ ७८ पैसा, क्यानेडियन डलर एकको खरिदर ९६ रुपैयाँ ९१ पैसा र बिक्रीदर ९७ र

    • प्रकाशित मितिः फागुन २५, २०८१
    • 322 पटक पढिएको
  • तालिम पाएपछि महिला च्याउखेतीतर्फ आकर्षित

    बन्दीपुर (तनहँ) । बन्दीपुर गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१÷८२ मा २५ किसानलाई च्याउ उत्पादनसम्बन्धी तालिम दिएपछि उनीहरू च्याउखेतीतर्फ आकर्षित बनेका छन् । तालिम लिनेमा गाउँपालिकाका ६ वडाका १९ महिला समेत छन् । उत्पादित च्याउ बिक्री गरेर आम्दानी लिनथालेपछि उनीहरू आत्मनिर्भर बन्न थालेका छन् । तालिमपछि किसानलाई च्याउ उत्पादन गर्न बीउ, टनेलका लागि प्लाष्टिक र ग्रोइङ ब्यागजस्ता सामग्री गाउँपालिकाले उपलब्ध गराएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादवराज आचार्यले जानकारी दिए । उनका अनुसार गाउँपालिकाले रु एक लाख ५० हजारमा च्याउखेतीका लागि तालिम, बीउबिजन, प्लाष्टिक र ग्रोइङ ब्यागजस्ता सामग्री

    • प्रकाशित मितिः फागुन २५, २०८१
    • 343 पटक पढिएको
  • पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं फर्कने तयारी गरेसँगै सुरक्षा व्यवस्था कडा

    काठमाण्डौ  ।   आइतबार पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं फर्कने र उनका समर्थकहरूले 'भव्य' स्वागतको तयारी गरेसँगै सुरक्षा व्यवस्थामा व्यापक व्यवस्था गर्न तयारी गरिएको छ।जिल्ला सुरक्षा समितिको बैठकमा लिएको निर्णय अनुसार विभिन्न सुरक्षा निकायका तर्फबाट सुरक्षाकर्मीहरूको परिचालन गरिनेछ। सुरक्षा योजना अनुसार, नेपाल प्रहरीले काठमाडौंमा ‘आवश्यक’ संख्यामा फौज परिचालन गर्नेछ। जिल्ला प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीका अनुसार, कुनै पनि प्रकारको हुलहुज्जत, गैरकानूनी वा सामाजिक मर्यादाविपरीतका कार्यहरूलाई रोक्नका लागि विभिन्न युनिटका प्रहरी तैनाथ हुनेछन्।काठमाडौं प्रहरीले त्रिभुवन अन्तर्रा

    • प्रकाशित मितिः फागुन २४, २०८१
    • 536 पटक पढिएको
  • प्राकृतिक विपद्बाट हुने क्षतिको आर्थिक सुरक्षाको लागि घर बिमा कार्यक्रम

    सुर्खेत । कर्णाली प्रदेश सरकारले कर्णालीबासीको घर बिमा गर्ने भएको छ । प्राकृतिक विपदलगायतको भवितव्यका कारणबाट हुने क्षति र नोक्सानीको आर्थिक सुरक्षाको प्रत्याभूति गर्न प्रदेशभित्र स्थायी बसोबास भएका नागरिकको निजी आवासीय घरको बिमा कार्यक्रम लागू गर्न लागिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।उक्त कार्यक्रमका लागि घर बिमा कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि–२०८१ कार्यान्वयनमा ल्याइएको छ । कार्यविधि अनुसार एकाघर परिवारको एक घरको बिमा शुल्क प्रदेश सरकारले भुक्तानी गर्नेछ । प्रदेश सरकारले प्रतिघर अधिकतम २० लाख बीमाङ्क बराबरको जोखिम मूल्याङ्कनको हुन आउने बीमा शुल्क वापतको रकममात्र भुक्त

    • प्रकाशित मितिः फागुन २४, २०८१
    • 283 पटक पढिएको
  • नेपालमा भेटिए छेपारोका तीन नयाँ प्रजाति

    काठमाडौँ । नेपालमा छेपारोका तीन नयाँ प्रजाति फेला परेका छन् । वेन्ट–टोड गेक्को अर्थात् माउसुली परिवारमा पर्ने यी छेपारा चितवन–अन्नपूर्ण भू–परिधिअन्तर्गत अन्नपूर्ण संरक्षण क्षेत्र, मनास्लु संरक्षण क्षेत्र र चितवनको उत्तरी क्षेत्रमा फेला परेको हो ।उक्त पहिचान तथा नामकरण गरी हालै अन्तर्राष्ट्रिय जर्नल ‘जुट्याक्सा’मा प्रकाशित गरिएको अनुसन्धानकर्ता एवं संरक्षणकर्मी सन्तोष भट्टराईले जानकारी दिए । उनकै नेतृत्वको अनुसन्धान टोलीले छेपारोका उक्त नयाँ प्रजाति फेला पारेको हो ।  उक्त अध्ययन टोलीमा नेपालबाट सन्तोष भट्टराईको नेतृत्वमा विवेक गौतम, विशाल न्यौपाने, भारतका अक्षय खान्देकर, तेजस ठाकरे र

    • प्रकाशित मितिः फागुन २४, २०८१
    • 436 पटक पढिएको
  • सम्झौताको समयभन्दा अघि नै इटहरी बसपार्क निर्माण

    इटहरी (सुनसरी) । देशमा धेरै योजना समयमा काम नसकेर अलपत्र परिरहँदा सुनसरीको इटहरी उपमहानगरपालिकामा भने सम्झौताको समयभन्दा छ महिनाअघि नै निर्माण कार्य सम्पन्न भएको छ ।वडा नं ९ स्थित बसपार्क क्षेत्रमा निर्माणाधीन तीन तले टर्मिनल भवनसहित सबै संरचना निर्माण कार्य सम्पन्न भएको उपमहानगरपालिकाका प्रवक्ता दिवस पोख्रेलले जानकारी दिए । वडा नं ६ का अध्यक्षसमेत रहनुभएका प्रवक्ता पोख्रेलका अनुसार २०८० पुस १७ गते निर्माण सुरु गरी २०८२ असार १७ मा सम्पन्न गर्न निर्माण कम्पनीसँग सम्झौता भएको थियो । निर्माणको जिम्मा पाएको श्री अर्थ–हाम्रो–श्रीमान् कम्पनीले तोकिएको समयभन्दाअघि नै निर्माण सम्पन्न गरी भवनसहितक

    • प्रकाशित मितिः फागुन २४, २०८१
    • 326 पटक पढिएको
  • राहुघाटको बाँध पहिरोको जोखिममा

    म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा यहाँ निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको बाँध पहिराको जोखिममा परेको छ । रघुगङ्गा गाउँपालिका–४ दग्नाम र ५ झिँको फेदीमा धौलागिरि हिमालको फेदीबाट बगेर आउने राहुघाट नदीको पानीलाई थुनेर सुरुङमा छिराउन निर्माणको अन्तिम चरणमा पुुगेको बाँध पहिराको जोखिममा परेको हो । दग्नाम गाउँको फेदीमा सिर्जना भएको नयाँ पहिरो राहुघाट जलविद्युत् आयोजनाको बाँधको सिधा माथि छ । गत वर्षको बर्खामा सोही पहिरोबाट आएको गेगर निर्माणाधीन बाँधमा थुप्रिएर क्षति पुुगेको थियो । पहिरो माथि रहेको दग्नाम गाउँ र फेदीको बाँधला

    • प्रकाशित मितिः फागुन २४, २०८१
    • 266 पटक पढिएको
  • राजाबादिका गतिबिधिबाट अत्तालिएका ओली राष्ट्रपति निवास शीतल निवासमा

    काठमाण्डौ  ।  राजाबादिका गतिबिधिबाट अत्तालिएका ओली राष्ट्रपति भेट्न शीतल निवास पुगेका छन।राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच शीतल निवासमा शनिबार साँझ भेट भएको हो। उनीहरूबीच मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

    • प्रकाशित मितिः फागुन २४, २०८१
    • 594 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.