समाचार

    Showing 15,551-15,560 of 26,702 items.
  • राजावादीको गतिविधि बढेपछि माओवादीको जागरण अभियान स्थगित

    काठमाण्डौ  ।  राजावादीको गतिविधि बढेको भन्दै माओवादी केन्द्रको ‘जनतासँग माओवादीः तराई–मधेस जागरण अभियान’ फागुन महिनाभरका लागि अभियान कार्यक्रम स्थगित भएको छ।राजावादी गतिविधि बढिरहेको अवस्थामा  राजावादीको गतिविधिलाई चुनौती दिने गरी संसदीय र अन्य मोर्चामा पार्टीलाई सक्रिय राख्न हाललाई अभियान स्थगित गर्ने निर्णय भएको छ । अभियान अन्तरगत शनिबार रौतहटमा अध्यक्ष प्रचण्डसहितका नेताहरूको कार्यक्रम भएको छ । फागुन १२ देखि पूर्वको झापाबाट सुरु भएको नेकपा(माओवादी केन्द्र)को तराई मधेस जागरण अभियान स्थगित गरी शीर्ष नेताहरू काठमाडौँ फर्किएका छन् ।पछिल्लो समय राजावादीहरूले आफ्नो गतिविधि बढा

    • प्रकाशित मितिः फागुन २४, २०८१
    • 353 पटक पढिएको
  • काठमाडौंमा शिक्षकहरुको प्रदर्शन

    काठमाण्डौ  ।   नेपाल शिक्षक महासङ्घको नेतृत्वमा शिक्षण पेसासँग सम्बन्धित विभिन्न मागहरू अघि सार्दै माइतीघरदेखि नयाँ बानेश्वरसम्म शिक्षकहरूले विरोध प्रदर्शनमा उत्रीएका छन।शिक्षक महासङ्घले सरकारसँग शिक्षा ऐन यथाशीघ्र जारी गर्नुपर्ने, हालै प्रमाणीकरण भएको निवृत्तिभरण सम्बन्धी अध्यादेश खारेज गर्नुपर्ने २०८० सालमा सरकारसँग भएको सहमति कार्यान्वयन गराउन लगायतका माग राख्दै चरणबद्ध आन्दोलनको घोषणा गरिसकेको छ।शिक्षकहरूले माइतीघर मण्डलाबाट जुलुस निकाल्दै नाराबाजी गर्दै नयाँ बानेश्वर पुगेका छन्। उनीहरूले विगतका सबै सहमति कार्यान्वयन गराउन सरकारलाई बाध्य पार्ने बताएका छन्।

    • प्रकाशित मितिः फागुन २४, २०८१
    • 406 पटक पढिएको
  • काठमाडौंमा भूकम्पको धक्का

    काठमाडौं ।  काठमाडौंमा भूकम्पको धक्का गएको छ ।आज शनिबार दिउँसो २ बजेर २६ मिनेट जादा सानो धक्का महसुस भएको छ ।भूकम्पको जानकारी राख्ने वेबसाइट ईएमएससी ईयूका अनुसार पश्चिमी सिजाङ भएर गएको भूकम्पको तीव्रता ५.९ म्याग्निच्युडको रहेको थियो । यसको केन्द्रबिन्दु नेपालको लोबुचेभन्दा ९८ किलोमिटर उत्तर पश्चिम रहेको थियो ।आजै बिहान बागलुङ केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो । 

    • प्रकाशित मितिः फागुन २४, २०८१
    • 491 पटक पढिएको
  • तिम्बुङ पोखरीः पर्यटनको नयाँ गन्तव्य

    फुङ्लिङ (ताप्लेजुङ) । नेपालमा पोखरी र तालहरूको कुरा गर्दा ठूला, गहिरा र अग्ला स्थानमा रहेका ती सुन्दर जलाशयको स्मरण हुन्छ । तीमध्ये केही ठाउँमा पर्यटकको घुइँचो लाग्ने गर्छ, जहाँ पर्यटक प्रकृतिको अनुपम सुन्दरतामा हराउँछन् । ताप्लेजुङमा पनि यस्ता दर्जनौँ ताल छन्, जसका बारेमा धेरैलाई थाहा नहुन सक्छ । तीमध्ये एउटा अनुपम सौन्दर्य बोकेको पोखरी हो सिदिङवा गाउँपालिकाको कालिखोलामा अवस्थित तिम्बुङ पोखरी ।सदरमुकाम फुङ्लिङबाट करिब सात घण्टा गाडी यात्रा र एक दिनको पैदल यात्रापछि पुग्न सकिने यो पोखरी हाल पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र ऐतिहासिक महत्व बोकेको यस पो

    • प्रकाशित मितिः फागुन २४, २०८१
    • 326 पटक पढिएको
  • सुनकोसीको बाढीले टुटाएको विश्वामित्र गुफासँगको सम्बन्ध

    रामेछाप । सिन्धुलीको दुम्जा स्थिति आदिलिङ्ग कुशेश्वर महादेव मन्दिरको वारी रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुममा रहेको विश्वामित्र गुफाको सम्बन्ध फेरी कुशेश्वर महादेव मन्दिरसँग टुटेको छ ।लामो समयसम्म प्रचार र पुल नहुँदा ओझेलमा परेको विश्वामित्र गुफा सुनकोसी नदीको खैरेनीमा पक्की पुल बनेपछि कुशेश्वर महादेव मन्दिरसँग जोडिएको थियो । सुनकोसी नदीमा पुल नबन्दासम्म सो गुफाको न कुनै चर्चा थियो, न मानिसहरू दर्शन गर्न नै पुग्दथे । अक्कर पहाडको मुनि सुनकोसी नदी किनारमा रहेको सो गुफा किंवदन्तीमा मात्र सीमित थियो । तर जब सुनकोसी नदीमा पुल बन्यो, विश्वामित्र गुफाको माथिबाट मध्यपहाडी लोकमार्ग निर्माण

    • प्रकाशित मितिः फागुन २४, २०८१
    • 289 पटक पढिएको
  • मकवानपुरमा नयाँ उद्योग दर्ता घट्दो, बन्द हुने क्रम बढ्दो

    बागमती । मकवानपुरमा पछिल्लो तीन वर्षयता बर्सेनि उद्योग एवं व्यापारिक फर्म हुने क्रम बढ्दो छ । आर्थिकमन्दीका कारण आर्थिक वर्ष २०७८÷७९ यता मकवानपुरमा निरन्तर उद्योग एवं व्यापारिक फर्म बन्द हुने क्रम बढ्दै गएको हो । चालु आव २०८१÷८२ को सात महिनाको अवधिमा उद्योग र वाणिज्यतर्फका तीन सय छ वटा व्यापार बन्द भएका छन् । उद्योग तथा वाणिज्य कार्यायल मकवानपुरका अनुसार आव २०८१÷८२ मा उद्योगतर्फ एक सय २७ र वाणिज्यतर्फका एक सय ७९ उद्योग व्यापारको लगतकट्टा गराएका छन् । अघिल्लो आव २०८०÷८१ मा उद्योगतर्फ दुई सय ६८ र वाणिज्यतर्फका तीन सय ३६ गरी छ सय चार उद्योग व्यापार बन्द भएको थियो । यस्तै आव २०७९÷८०

    • प्रकाशित मितिः फागुन २४, २०८१
    • 358 पटक पढिएको
  • पाल्पामा वडा कार्यालयमा मौरीपालन व्यवसायको नयाँ अभ्यास

    रामपुर (पाल्पा) । घरका भित्ता, बार्दली, आँगनका डिल वा बारीका छेउछाउ, बगैँचा वरपर मौरीका घार राखिएका हुन्छन् । यसरी नै गाउँघरमा मौरीपालन गरिन्छ । घरका आँगन वरपर, बार्दली, पिँढी तथा भित्तामा पनि मौरीपालन गरेर किसानले राम्रै लाभ लिएका छन् । यी त आमनागरिकलाई देखेका, भोगेका र जानेका कुरा हुन् । कार्यालयमा मौरीपालन व्यवसाय थालनी भने कतै भएको सुनिँदैन । पाल्पाको एक सरकारी कार्यालयले मौरीपालन अभ्यास सुरु गरेको छ । यहाँको बगनासकाली गाउँपालिकाको वडा नं १ को कार्यालय चिर्तुङ्धारामा व्यावसायिक तवरबाट मौरीपालन थालनी भएको छ । वडा कार्यालयको परिसरमा लहरै मौरीका घार राखिएका छन् । कार्यालयमा पुग्ने सेवाग्

    • प्रकाशित मितिः फागुन २४, २०८१
    • 212 पटक पढिएको
  • निकुञ्जमा नियन्त्रित डढेलो लगाउन सुरु

    चितवन । चितवन राष्ट्रिय निकुञ्जमा नियन्त्रित डढेलो लगाउने काम सुरु भएको छ । विगत एक सातादेखि निकुञ्जमा नियन्त्रित डढेलो लगाउन थालिएको हो ।निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार घाँसेमैदान व्यवस्थापनका लागि नियन्त्रित डढेलो लगाउने गरिन्छ । निकुञ्जका कर्मचारी, नेपाली सेनासहितको टोलीले नियन्त्रित डढेलो लगाउने गर्दछन् । उनले भने, ‘घाँसेमैदानमा भएका जलनशील पदार्थमा नियन्त्रित रुपमा डढेलो लगाउँदा सहज हुने र पछि अनियन्त्रित डढेलोको समस्या हुँदैन ।’निकुञ्जमा रहेको १० हजार हेक्टर क्षेत्रफल घाँसेमैदानमध्ये अहिले तीन सय हेक्टर क्षेत्रफल घाँसेमैदान व्यवस्थापन गरिएको छ । बजेट अभावका कारण सबै क्षेत

    • प्रकाशित मितिः फागुन २४, २०८१
    • 354 पटक पढिएको
  • हाल मौसम अवस्थाः यी चार प्रदेशमा छिटफुटदेखि हल्का वर्षा

    काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा छिटफुटदेखि हल्का वर्षा भइरहेको छ । आज दिउँसो कोशी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली,  बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा

    • प्रकाशित मितिः फागुन २४, २०८१
    • 381 पटक पढिएको
  • अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा राष्ट्रपतिद्वारा शुभकामना

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले अवलम्बन गरेको समानुपातिक समावेशी सिद्धान्त राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक तथा शैक्षिक क्षेत्रमा महिलाको अर्थपूर्ण प्रतिनिधित्व र नेतृत्व स्थापित गर्न कोशेढुङ्गा सावित भएको बताएका छन् ।अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले भनेका छन् ‘लैङ्गिक समानता र महिला सशक्तीकरणको उद्देश्य पूरा गर्न शिक्षा, स्वास्थ्य, रोजगारी, नीति निर्माण एवम् निर्णय प्रक्रिया, राजनीतिजस्ता राज्यका हरेक क्षेत्रमा महिलाको पहुँच समानरूपमा सुनिश्चित हुनुपर्ने महसुस मैले गरेको छु ।’परम्पराका नाममा समाजमा रहेका खराब अभ्यास एवम् प्रथाको कारण किशोरी

    • प्रकाशित मितिः फागुन २४, २०८१
    • 323 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.