समाचार

    Showing 15,641-15,650 of 26,702 items.
  • टिचिङ अस्पतालमा पानीको समस्या

    काठमाडौं — २४ घण्टादेखि पानीको आपूर्ति बन्द हुँदा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) मा अवस्था नाजुक बनेको छ ।पानी अभावमा बिरामी, बिरामीका कुरुवा, कर्मचारी, डाक्टर तथा नर्सहरुलाई समस्या भएको छ ।अस्पताल परिसरको बोरिङले पानी नतानेकोले र खानेपानीको पाइपबाट नियमित आपूर्ति नभएको अस्पताल प्रशासनले जनाएको छ । त्रिवि शिक्षण अस्पतालमा केयूकेएलको महाराजगञ्ज शाखाले पानी आपूर्ति गर्दछ । अरु घर धनीलाई आधा इन्चको पाइपबाट पानी दिने गरिए पनि त्रिवि शिक्षण अस्पताललाई भने दुई इञ्चसम्मको पाइपबाट पानी दिने गरिएको केयूकेएल स्रोत बताउँछ । पानी आपूर्तिको तालिका भने समान हुने गर्दछ ।केयूकेएल स

    • प्रकाशित मितिः फागुन २०, २०८१
    • 573 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ५० पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ १० पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैयाँ ७८ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ४१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७६ रुपैयाँ ४७ पैसा र बिक्रीदर एक सय ७७ रुपैयाँ २३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५४ रुपैयाँ ७९ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ४६ पैसा कायम गरिएको छ ।यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ८३ पैसा र बिक्रीदर ८७ रुपैयाँ २१ पैसा, क्यानेडियन

    • प्रकाशित मितिः फागुन २०, २०८१
    • 332 पटक पढिएको
  • सिस्नोको कपडा बुनेर स्वरोजगार बन्दै महिला

    हेटौँडा (मकवानपुर) । जिल्लाको थाहा नगरपालिका दामनका महिला स्वरोजगार बन्ने उद्देश्यले अल्लोको कपडा बनाउन थालेका छन् । वनमा जताजतै उपलब्ध हुने अल्लोको पाटबाट कपडा बुन्ने यहाँका स्थानीय महिलाले वार्षिक कार्यतालिका बनाएर काम गरिरहेका हुन् । तरकारीको मौसम सकिएपछि महिला वनमा गएर अल्लो ल्याउने र पाटबाट धागो बनाएर कपडा बुन्न व्यस्त हुने गरेका छन् । अहिले यहाँका महिला अन्य जिल्लामा अल्लोको पाट निकाल्न र धागोसहित कपडा बुन्न सिकाउन पनि जान थालेका छन् । लामो समयसम्म अल्लोको कपडा बनाउने तालिम लिएर काम गर्दै आउनुभएकी थाहा नगरपालिकाकी रेश्मा गोपालीले केही वर्ष अगाडि दामन महिला अल्लो ह््याण्डीक्राफ्

    • प्रकाशित मितिः फागुन २०, २०८१
    • 183 पटक पढिएको
  • सरकार प्रति बालेनको आक्रोस; “भ्रमको खेतिमा पीएचडी अहिलेको सरकारलाई दिए हुन्छ”

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) अहिलेको सरकारले  भ्रमको खेतिमा पिएचडि गरेकोे भन्दै आक्रोश व्यक्त गरेका छन् ।  सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै उनले भनेका छन् ‘भ्रमको खेतिमा पीएचडी पाउन मिल्ने हो भने अहिलेको सरकारलाई दिए हुन्छ’ ।वर्तमान सरकारले आफूमाथि विभिन्न खालका भ्रमको सिर्जना गर्ने अनि प्रचार गरिरहेको प्रति आक्रोश हुँदै प्रधानमन्त्रीलाई चेतावनी समेत दिएका छन् ।  उनले सुशासनका लागि जोसँग जुध्नु परे पनि तयार रहेको बताएका छन् । सुशासन कायम गर्न सम्झौता नगर्ने र देशमा सुशासन लागू गर्ने बताएका हुन् ।भ्रमको खेतिमा पीएचडी पाउन मिल्

    • प्रकाशित मितिः फागुन १९, २०८१
    • 398 पटक पढिएको
  • तस्करको गोदाममा छापा, २४ क्विन्टल गाँजा र १४२ कार्टुन अवैध स्याउ बरामद

    सप्तरी । तस्करको गोदाममा प्रहरीले छापा हान्दा २४ क्विन्टल १९.५ किलो गाँजा र स्याउ बरामद गरेको छ।सप्तरीको राजविराज नगरपालिका-९ मलेठस्थित एक घरबाट प्रहरीले ठूलो मात्रामा लागूऔषधसहित करोडौँ मूल्य बराबरका तस्करीका सामान बरामद गरेको छ।बरामद गाँजाको तौल २४ क्विन्टल १९.५ किलो रहेको प्रहरीले जनाएको छ। साथै, स्याउ, चिनी, बोरामा प्याक गरिएका स्यानिटरी प्याड, सुर्ती लगायतका सामग्री समेत बरामद गरिएको छ।उक्त घर र बरामद सामानको मालिकको हुन् भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।आज सप्तरी प्रहरीले २४ क्विन्टल १९.५ किलोग्राम लागूऔषध गाँजा, १४२ कार्टुन अवैध स्याउ तथा हार्डवेयर सामग्री बरामद गरेको

    • प्रकाशित मितिः फागुन १९, २०८१
    • 518 पटक पढिएको
  • प्रदेश सभामुख भण्डारीका पीएसओको दुर्घटनामा मृत्यु

    काठमाडौं —  सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीम भण्डारीका पर्सनल सेक्युरेटी अफिसर (पीएसओ) को सवारी दुर्घटनामा मृत्यु भएको छ ।पीएसओ तथा नेपाल प्रहरीका स्ई योगेन्द्रबहादुर बोहोराको सोमबार सवारी दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी तथा प्रवक्ता कविन्द्र बोहोराले बताए । सई योगेन्द्र अत्तरियाबाट धनगढीतर्फ जाँदै गर्दा दुर्घटनामा परेका थिए।सोही क्रममा उनले चलाएको सु.प्र–०१–००९ प ३४२९ नम्बरको स्कुटर बिजुलीको पोलमा ठोक्किएको थियो । दुर्घटनामा परेका उनको सेती प्रादेशिक अस्पताल उपचारको क्रममा मृत्यु भएको हो ।

    • प्रकाशित मितिः फागुन १९, २०८१
    • 227 पटक पढिएको
  • माइक्रो बस दुर्घटनामा एक जनाको मृत्यु , १४ जना घाइते

    काठमाडौं — गोरखामा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । मनकामना मन्दिरको दर्शन गरेर फर्कदै गरेको ‘अनटेष्ट’ लेखिएको विद्युतीय माइक्रोबस सहिद लखन गाउँपालिका–३, स्थित कान्टारमा सोमबार (आज) बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) इन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।उनका अनुसार दुर्घटनामा मृत्यु हुनेमा चितवन जिल्ला खैरहनी गाउँपालिका–२, टाँडीपर्सा घर भएका ३७ वर्षीय पदमबहादुर दर्जी रहेका छन् । दुर्घटनामा घाइते दर्जीको आँबुखैरेनी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको डिएसपी सुवेदीले जानकारी दिए ।ब

    • प्रकाशित मितिः फागुन १९, २०८१
    • 430 पटक पढिएको
  • पूर्वयुवराज पारसलाई हृदयघात, हिजैदेखि अस्पताल भर्ना

    काठमाडौँ  — पूर्वयुवराज पारस शाहलाई हृदयघात भएको छ । घरमै हृदयघात भएपछि आइतबार साँझ उनलाई सहयोगीले थापाथलीस्थित नर्भिक अस्पतालमा पुर्याएका थिए ।पूर्वराजा निकट स्रोतले गएराति नै मुटुमा स्टेन लगाएको र अहिले अवस्था सुधारोन्मुख रहेको बतायो । पूर्वराजाका एक सहयोगीले भने, ‘हर्ट अट्याक (हदयघात) भएपछि उहाँलाई नर्भिक लगिएको हो । अहिले स्वास्थ्यमा सुधार भइरहेको छ ।’ पारसलाई चौथो पटक हृदयघात भएको र तीन दिन अस्पतालमै रहने उनका निकट स्रोतले बताएको छ । यसअघि उनमा २०७५ माघ महिनामा हृदयघात भएको थियो । त्यतिबेला पनि उनको नर्भिकमै उपचार भएको थियो । त्यसअघि पनि थाइल्याण्डमा रहँदा र अर्को

    • प्रकाशित मितिः फागुन १९, २०८१
    • 525 पटक पढिएको
  • पशुपतिको बालुवा खानी प्रकरणः दोषी ठहर भएका तीन जना पक्राउ

    काठमाडौँ —पशुपतिको बालुवा खानीमा भएको भ्रष्टाचारमा दोषी ठहर भएका तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा पूर्व स्थानीय विकास अधिकारी (एलडीओ) प्रेमराज जोशी र महेन्द्रलाल श्रेष्ठ, साथै पशुपति विकास कोषका पूर्वनिर्देशक राजु कुमार रेग्मी रहेका छन्।प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले तीन जनालाई पक्राउ गरेको हो । सीआईबीका प्रवक्ता युवराज खड्काका अनुसार पक्राउ पर्नेहरुमा प्रेमराज जोशी, महेन्द्रलाल श्रेष्ठ र राजु कुमार रेग्मी छन् ।यो भ्रष्टाचारको मुद्दामा सर्वोच्च अदालतले दोषी ठहर गरेका नौ जनामध्ये तीन जनालाई पक्राउ गरिएको हो। यो घटनाले पशुपति क्षेत्रको विकास र संरक्षणमा गम्भी

    • प्रकाशित मितिः फागुन १९, २०८१
    • 288 पटक पढिएको
  • अपाङ्गता भएकी महिलालाई बलात्कार गर्ने पुरुष एक वर्षपछि पक्राउ

    काठमाडौँ — अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले अर्घाखाँचीबाट ६३ वर्षीय पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सन्धिखर्क नगरपालिका–१२ कल्लाकोट घर भएका गोबिन्द्रप्रसाद बस्याल छन् ।घटना भएको १ वर्षपछि उनलाई आइतबार पक्राउ गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका इन्स्पेक्टर जगन्नाथ मरासिनीले जानकारी दिए । २६ वर्षीया महिलाले उनीविरुद्ध २०८१ जेठमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् ।पीडित महिलालाई आरोपीले घरमा काम गराउने गरेको र कोही नभएको मौकामा बलात्कार गरेको बताइएको छ । जबरजस्ती करणीको कारण पीडितले बच्चा जन्माएकी छन् ।उनको बच्चा ३ महिनाको भ

    • प्रकाशित मितिः फागुन १९, २०८१
    • 243 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.