समाचार

    Showing 15,651-15,660 of 26,702 items.
  • भद्रपुर नगरपालिकाद्वारा तरकारीको बेर्ना वितरण

    भद्रपुर (झापा) । भद्रपुर नगरपालिकाले उन्नत जातका तरकारीका बेर्ना ८५ प्रतिशत अनुदानमा वितरण गरेको छ । तरकारीको बीउको सट्टा बेर्ना वितरण गर्दा किसानको समय र लागत बचत हुने कृषि विकास अधिकृत सुमन विमलीले बताए ।उहाँका अनुसार भद्रपुर नगरपालिकाको विभिन्न तीन स्थानमा रहेका कृषि फर्मबाट किसानले १५ प्रतिशत र बाँकी पालिकाले तिर्ने गरी उन्नत जातका तरकारीको बेर्ना वितरण गरिएको हो । प्रत्येक कृषि फार्मबाट काँक्रा तीन हजार, करेला तीन हजार, खुर्सानाी तीन हजार, घिरौला दुई हजार दुई सय, लौका दुई हजार दुई सयको सङ्ख्यामा वितरण गरिएको कृषि विकास अधिकृत विमलीले जानकारी दिए ।नगरपालिकाका अनुसार खुर्सानीको बेर्नाको प्र

    • प्रकाशित मितिः फागुन १९, २०८१
    • 489 पटक पढिएको
  • सरकारले तोकेको मूल्य पाउँदैनन् दुग्ध उत्पादक किसान

    चितवन । दुग्ध उत्पादक किसानले सरकारले तोकेको दूधको मूल्य नपाएको गुनासो गरेका छन् । भारतीय सीमा क्षेत्रबाट दुग्धजन्य पदार्थ आएपछि यहाँ उत्पादित दूधले बजारसँगै मूल्य पाउन नसकेको हो ।निजी डेरीहरुले कम मूल्यमा दूध लैजाने गरेको उनीहरुको भनाइ छ । विकल्प नहुँदा सस्तोमा दूध बिक्री गर्न बाध्य भएको किसान बताउँछन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालले राज्यले चार फ्याट र आठ एसएनएफ भएको दूधलाई कार्यालय सञ्चलान मूल्य बाहेक रु ६५ प्रतिलिटर तोकेकोमा उनीहरुले यस मूल्यमा रु ३ कम गरेर लैजाने गरेको  जानकारी दिए ।उनले भने ‘दूधको आयात नरोकिँदा उनीहरुले दूध नलैजाने धम्की दिँदै  म

    • प्रकाशित मितिः फागुन १९, २०८१
    • 342 पटक पढिएको
  • पर्यटनमन्त्रालयद्वारा टरिगाउँ विमानस्थललाई एक करोड बजेट विनियोजन

    तुलसीपुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डायन मन्त्रालयले दाङ तुलसीपुरस्थित टरिगाउँ विमानस्थल विस्तारका लागि तत्काल एक करोड बजेट विनियोजन गरेको छ । साथै मन्त्रालयले थप रु ९९ करोड बजेट सुनिश्चित गर्नका लागि अर्थ मन्त्रालयलाई पत्राचार गरेकोे जानकारी प्राप्त भएको तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले जानकारी दिइन् । विसं २०११ मा स्थापना भएको उक्त विमानस्थलमा अहिले ठूला जहाजसमेत अवतरण समेत सकिरहेको अवस्था छैन । हाल विमानस्थल सात सय ५० मिटर लम्बाइ छ ।यसलाई बढाएर एक हजार पाँच सय मिटर बनाउन सकिएमा ७२ सिटे जहाज अवतरण सक्छन् । तर अहिले १९ सिटे जहाज मात्रै बस्न सक्छन् । साना जहाजले उल्

    • प्रकाशित मितिः फागुन १९, २०८१
    • 233 पटक पढिएको
  • भोजपुरको प्रसिद्ध सिद्धेश्वर शिवपञ्चायन मन्दिर संरक्षण गर्दै स्थानीयवासी

    भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका– ५ मझौलेमा रहेको सिद्धेश्वर शिव पञ्चायन मन्दिरको संरक्षणमा स्थानीयवासी जुटेका छन् । धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना भएको यो देवस्थलको प्रचारप्रसारसँगै संरक्षणमा स्थानीयवासी जुटेका हुन् । स्थानीय युवाको सक्रियतामा यो मन्दिरको संरक्षण भइरहेको छ ।स्थानीयवासीले वडा कार्यालयबाट प्राप्त बजेटबाट घेराबारा गरेका हुन् । सरोकारवाला पक्षसँग बजेट मागसँगै स्थानीयबाट श्रमदान गरेर मन्दिरको संरक्षण गरिरहेको टेम्केमैयुङ– ५ का गजलेका स्थानीयवासी रमेश विष्टले बताए ।अहिले वडाबाट प्राप्त रु दुई लाख र श्रमदानमार्फत रु ५० हजार गरी करिब रु दुई लाख ५० हजार बजे

    • प्रकाशित मितिः फागुन १९, २०८१
    • 396 पटक पढिएको
  • गोली हानी पक्राउ गरिएका गुड्डु हत्यामा संलग्न सुटर

    काठमाडौँ  — टोखामा गोली हानेर पक्राउ गरेका गुड्डु पटेल हत्या प्रकरणमा फरार अभियुक्त भएको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जनाएको छ । गोली हानी पक्राउ गरेका व्यक्ति दुई वर्षअघि गोठाटारमा मारिएका लाल मोहम्मद प्रकरणका फरार आरोपी रहेको खुलेको हो ।टोखामा गोली हानी पक्राउ गरिएका गुड्डु पटेल मोहम्मद हत्यामा संलग्न सुटर भएको अपराध अनुसन्धान कार्यालय टेकुका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश बस्नेतले जानकारी दिएका छन् । लाल मोहम्मद हत्या प्रकरणका फरार आरोपी गुड्डु नेपाल आएको सूचना पाएर पक्राउ गर्न गएको प्रहरी टोलीमाथि पटेलले आक्रमण गरेपछि गोली चलाउनु परेको एसएसपी बस्नेतले बताए ।

    • प्रकाशित मितिः फागुन १९, २०८१
    • 219 पटक पढिएको
  • यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

    काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकेजी रु ५०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ६०, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु २२, आलु रातो प्रतिकेजी रु ३४, आलु रातो (भारतीय) प्रतिकेजी रु ३२, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ७०, गाजर (लोकल) प्रतिकेजी रु ३५, गाजर (तराई) प्रतिकेजी रु ३०, बन्दा (लोकल) प्रतिकेजी रु १५, बन्दा (तराई) प्रतिकेजी रु १५, बन्दा (नरिवल) प्रतिकेजी रु १२, काउली स्थानीय प्रतिकेजी रु २५, स्थानीय क

    • प्रकाशित मितिः फागुन १९, २०८१
    • 322 पटक पढिएको
  • नवलपरासीका किसान चैते धान रोप्न व्यस्त

    मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा सिँचाइको सुविधा पर्याप्त भएको र सिमसार क्षेत्रका किसान अहिले चैते(हिउँदे) धान लगाउन व्यस्त छन्  । दुईबाली धान लगाउन मिल्ने जिल्लाका विभिन्न स्थान र सिमसार क्षेत्रका किसानलाई अहिले धान रोप्न भ्याइनभ्याइ भएको छ ।  मकै भन्दा धान राम्रो उत्पादन हुने र दुईबाली धान लगाउँदा एक बालीको धान बिक्री गरेर आम्दानी गर्न सकिने, हुँदा किसान यसतर्फ आकर्षित भएका हुन् । विगत चार वर्षदेखि जिल्लाको गैँडाकोट, देवचुली, कावासोती र मध्यविन्दु नगरपालिका तथा विनयी त्रिवेणी, बुलिङटार र बौदीकाली गाउँपालिकामा चैते धान खेतीको ब्लक क्षेत्र छुट्ट्याएर खेती लगाइ

    • प्रकाशित मितिः फागुन १९, २०८१
    • 414 पटक पढिएको
  • अधिकांश भूभागहरूमा मौसम सफा रहने

    काठमाडौं । आइतबारदेखि देशभरि मौसम सफा छ ।  शुक्रबार र शनिबार पश्चिमी न्यूनचापीय प्रणालीको असरले अधिकांश भूभागमा मौसम बदली र वर्षाको स्थिति थियो।आइतबारदेखि त्यो प्रणाली हटेपछि मौसममा सुधार भएको छ । सोमबार पनि मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाको आंकलन छ । आज पनि बिहानैदेखि अधिकांश भूभागहरूमा मौसम सफा छ । दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा आंशिक बदली हुने  र बाँकी भूभागमा मुख्यतय सफा रहने पूर्वानुमान छ । त्यस्तै राति सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सफा रहने पूर्वानुमान छ ।

    • प्रकाशित मितिः फागुन १९, २०८१
    • 251 पटक पढिएको
  • गौतमबुद्ध विमानस्थलमा एक महिनामा छ हजार यात्रु आगमन

    काठमाडौँ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एक महिनामा ६ हजार ८७९ यात्रुको आवागमन भएको छ । विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार फेब्रुअरी महिनामा कुल ११५ उडान अवतरणमार्फत ती यात्रुको आगमन भएको हो । यसमध्ये फ्लाई दुबईबाट दुई हजार ४०३, जजिरा एयरवेजबाट तीन हजार २६५ र थाई एयर एसियाबाट एक हजार ९७ यात्रुको आवागमन भएको थियो ।त्यस्तै नेपाल एयरलाइन्सका एक र अन्य १३ चार्टर उडानबाट २११ यात्रुको आवागमन भएको विमानस्थल कार्यालयले जनाएको छ । त्रिभुवन विमानस्थलसँग जोडिएर उडान गर्ने नेपाल एयरलाइन्स र फ्लाई दुबईमा चार हजार ४० ट्रान्जिट यात्रुले हवाई यात्रा गरेका थिए । विमानस्थलमा पछिल्ल

    • प्रकाशित मितिः फागुन १९, २०८१
    • 291 पटक पढिएको
  • आज विश्व वन्यजन्तु दिवस मनाइँदै

    काठमाडौँ । आज मार्च ३ अर्थात् विश्व वन्यजन्तु दिवस । वन्यजन्तु र मानवको बासस्थान पृथ्वीको अतिदोहन रोक्न तथा यसको जैविक विविधता, पर्यावरणीय एवं पारिस्थितिकीय प्रणालीको संरक्षणमा जोड दिँदै ‘वन्यजन्तु संरक्षणमा वित्तः मानव र पृथ्वीमा लगानी’ नाराका साथ संसारभर यो दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको ६८ औँ महासभाले २० डिसेम्बर २०१३ मा जोखिममा रहेका वन्यजन्तु र वनस्पतिका बारेमा मानवलाई सचेत गराउने उद्देश्यले मार्च ३ लाई विश्व वन्यजन्तु दिवसको रूपमा घोषणा गरेको हो । सन् १९७३ मा आजकै दिन लोपोन्मुख प्रजातिका वन्यजन्तु र वनस्पतिको अन्तरराष्ट्रिय व्यापार महासन्धि (सिआइटिईएस)अनुमोदन भएको थियो । सोह

    • प्रकाशित मितिः फागुन १९, २०८१
    • 250 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.