काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी एक डलर खरिददर १३९ रुपैयाँ ७० पैसामा खरिद तथा १४० रुपैयाँ ३० पैसामा बिक्री हुने छ भने भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।यसैगरी, युरो एकको खरिददर १४४ रुपैयाँ ९५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५८ पैसा, स्टर्लिङ पाउण्ड एकको खरिददर १७५ रुपैयाँ ७२ पैसा र बिक्रीदर १७६ रुपैयाँ ४८ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५४ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५५ रुपैयाँ २९ पैसा निर्धारण भएको छ ।यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ७३ पैसा र बिक्रीदर ८७
किमाथाङ्का (सङ्खुवासभा) । भोटखोला गाउँपालिकामा बन्ने एक हजार ६३ मेगावाट क्षमताको अर्धजलाशययुक्त माथिल्लो अरुण जलविद्युत् आयोजनाको बाँधस्थलसम्म पुग्ने २१ किलोमिटर पहुँचमार्ग निर्माण सुरु भएको छ । पहुँचमार्ग निर्माणका लागि जग्गा अधिग्रहण गरेर दुई हजार एक सय रुख कटान भइसकेको आयोजनका प्रशासन प्रमुख पूर्ण चौहानले जानकारी दिनुभयो । हेलिकप्टरबाट निर्माण सामग्री ढुवानी गरी पहुँचमार्ग निर्माण थालिएको हो । आयोजना निर्माण गर्न चार सय १३ रोपनी जग्गा अधिग्रहण गरिसकिएको छ । भोटखोला गाउँपालिका–२ र ४ नम्बर वडाका राष्ट्रिय वन र सामुदायिक वनका रुख कटानका लागि रु १३ करोड ६५ लाख राजस्व वन विभागमा
काठमाडौँ । जलवायु परिवर्तनका विषयमा पर्वतीय र तटीय मुलुकले झेल्नु परेका समस्या विश्व समुदायसमक्ष प्रस्तुत गर्ने उद्देश्यले आगामी जेठ २ देखि ४ गतेसम्म ‘जलवायु परिवर्तन, पर्वतीय र मानव जीवनको भविष्य’ शीर्षकमा यहाँ आयोजना हुने ‘सगरमाथा संवाद’ को तयारी तीव्र गतिमा प्रारम्भ भएको छ । संवादको तयारीका लागि गठित व्यवस्थापन समितिको आइतबारको पहिलो बैठकले पर्वतीय र तटीय क्षेत्रमा अवस्थित देशका राष्ट्र तथा सरकार प्रमुख, जलवायु अनुसन्धानको क्षेत्रमा काम गर्ने विज्ञ, राष्ट्रिय अन्तरराष्ट्रियस्तरका निजी क्षेत्रका प्रतिनिधि, विषयविज्ञ तथा समाजमा प्रभाव पार्न सक्ने व्यक्तित्वलाई आमन्त्रण गर्ने
दमौली (तनहुँ) । जिल्लाको म्याग्दे गाउँपालिका–७ पयरेमा अवस्थित नीलकण्ठेश्वर सिद्धेश्वर गुफालाई पर्यटकीय गन्तव्यस्थल बनाउन पहल थालिएको छ । यस ठाउँलाई आन्तरिक पर्यटकको गन्तव्यस्थल बनाउन वडाले पूर्वाधार निर्माणमा जोड दिएको हो । वडा कार्यालयले हालैमात्र विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार गरेको जनाएको छ । म्याग्दे–७ का वडाध्यक्ष वसन्त श्रेष्ठले प्रचारप्रसारको अभावमा यस ठाउँ ओझेलमा परेकाले पूर्वाधार निर्माणसँगै प्रचारप्रसार गर्दै पर्यटन प्रवर्द्धनमा जोड दिइएको बताए । उनका अनुसार गुफासम्म जाने सिँढी बाटो, पार्कसहितको विश्रामस्थललगायत संरचना बनाउने लक्ष्य राखिएको छ । नीलकण्ठेश्वर मह
काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लाल मोहम्मद हत्याका मुख्य सुटरलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको छ।लाल मोहम्मदको हत्यामा संलग्न रहेका मुख्य सुटरलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो । पक्राउ पर्नेमा भारतीय नागरिक गुड्ड पटेल रहेका छन् । उनको अवस्था खतरामुक्त रहेको र हाल त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले जानकारी दिए ।यसअघि लाल मोहम्मदको हत्याका योजनाकार भारतीय नागरिक बब्लु पासवानमाथि पर्सामा गोली प्रहार गरी नियन्त्रणमा लिएको थियो । पासवानकै बयानमा मुख्य सुटर भार
दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ स्थित सक्राममा निर्माण भएको खानेपानी ट्याङकी प्रयोग नहुँदै जीर्ण बनेको छ । पाँच वर्षअघि निर्माण सकिएको खानेपानी ट्याङ्की अहिलेसम्म प्रयोगमा आउन सकेको छैन । कूल रु ७५ लाखमा ट्याङ्की निर्माण भएको थियो । जुरपनिया मैनतारा खानेपानी उपभोक्ता तथा सरसफाई समितिले निर्माण गरेको उक्त ट्याङ्की डेढ लाख लिटर क्षमताको हो । ‘न त ट्याङ्कीमा कुनै ठाउँबाट पानी जान सक्छ, न त नजिकै पानीका मुहान छन्’, स्थानीय देवराज वलीले भने, ‘हामी ट्याङ्की निर्माण गर्दादेखि नै अच्चमित भएका थियौँ, अहिले प्रयोगमै नआएपछि झनै अच्चमित भएका छौं ।’ मुन्द्रकोट सामुदायिक बन क्षेत्रमा उक्त खाने
काठमाडौँ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । नेप्से परिसूचक ७५ दशमलव २४ अङ्कले बढेर दुई हजार आठ सय ९० को विन्दुमा कायम भएको छ । जुन दुई दशमलव ६७ प्रतिशतको वृद्धि हो ।आज विभिन्न तीन सय दुई कम्पनीका दुई करोड ९१ लाख ६६ हजार छ सय ५६ कित्ता शेयर एक लाख ३९ हजार पाँच सय ९६ पटक खरिदबिक्री हुँदा रू १४ अर्ब २५ करोड चार लाख ७५ हजार सात सय ३६ बराबरको कारोबार भएको छ ।आजको कारोबारमा म्युचुअल फन्ड समूहको उपसूचक एक दशमलव २७ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक हरियाली छाएको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह चार दशमलव ७९, जीवन बीम
काठमाडौं — काठमाडौं महानगरपालिकाले नगर प्रहरी बल, नगर प्रहरी हवल्दार र जवान गरी १८० जनाका लागि ट्राफिक व्यवस्थापन तालिम सुरु गरेको छ ।आइतबारदेखि राष्ट्रिय सभा गृहमा सुरु भएको तालिमलाई तीन समूहमा विभाजन गरिएको छ । हरेक समूहमा ६० जना नगर प्रहरी समावेश गरिएको छ । तालिमका आन्तरिक कक्षाहरु सैद्धान्तिक र वाह्य कक्षाहरु प्रयोगात्मक हुने महानगरले जनाएको छ ।सैद्धान्तिक कक्षामा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ र नियमावली २०५४ का व्यवस्थासँगै ट्राफिक शव्दावलीहरु, संकेत तथा चिन्ह र रोड फर्निचर, सडक सुरक्षा र सुरक्षित यात्रा, ट्राफिक व्यवस्थापनमा सरोकारवालाको भूमिका, सामान्य अवस्था र विश
काठमाडौं - प्रहरीले ठगीमा संलग्न रहेको आरोपमा काठमाडौँको नयाँ बानेश्वरस्थित गैरीगाउँबाट एकजना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका–१ बस्ने कल्पना गैरे हुन् ।जबरजस्ती चोरी, ठगी तथा आपराधिक लाभ लिएको कसुरमा उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो । उनीविरुद्ध २०८१ फागु १५ मा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।
काठमाडौं — स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समिति र प्रहरीबीच नयाँ बानेश्वरमा झडप भएको छ। झडपमा प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी गंगा पौडेल घाइते भएका छन् भने १२ जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। डीएसपी पौडेलको टाउकोमा चोट लागेको र उनको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले जानकारी दिए ।परम्परागत पोशाकमा सजिएका उनीहरूले लामो समयदेखि काठमाडौं केन्द्रित आन्दोलन जारी राखेका छन्। २०८० चैत ७ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग भएको दुई बुँदे सहमति कार्यान्
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.