समाचार

    Showing 15,681-15,690 of 26,702 items.
  • उपत्यकाको विद्युत् माग सम्बोधन गर्न सबस्टेशन निर्माण गरिँदै

    काठमाडौँ । काठमाडौँ उपत्यकाभित्रको बढ्दो बिजुली माग सम्बोधन गर्ने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले विभिन्न क्षमताका आधा दर्जन सबस्टेशन निर्माण गरिरहेको छ । ती संरचना निर्माण सम्पन्न भएपछि उपत्यकाभित्रको बिजुली प्रवाह थप गुणस्तरीय र भरपर्दो बन्ने विश्वास गरिएको छ । प्रसारण तथा वितरण प्रणाली सुधारका लागि काठमाडौँ र भक्तपुरका विभिन्न स्थानमा १३२÷११ केभी क्षमताका ६ वटा सबस्टेशन निर्माण कार्य अन्तिम चरणमा छ । प्राधिकरणका अनुसार काठमाडौँको टेकु सबस्टेशन सञ्चालनमा आइसकेको छ ।यस्तै, फुटुङ र मूलपानी सबस्टेशन निर्माण अन्तिम चरणमा छ । दुवै सबस्टेशन आगामी दुई महिनाभित्र सञ्चालनमा आउने बताइएको

    • प्रकाशित मितिः फागुन १८, २०८१
    • 337 पटक पढिएको
  • यस्तो छ विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारण गरिएको दरअनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ७० पैसा र बिक्रीदर १४० रुपैयाँ ३० पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १४५ रुपैयाँ २४ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७५ रुपैयाँ ८४ पैसा र बिक्रीदर १७६ रुपैयाँ ६० पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५४ रुपैयाँ ७३ पैसा र बिक्रीदर १५५ रुपैयाँ ४० पैसा कायम गरिएको छ ।यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ

    • प्रकाशित मितिः फागुन १८, २०८१
    • 397 पटक पढिएको
  • पर्यटनको सम्भावना बोकेको घाङ्चो छहरा ओझेलमा

    रामपुर (पाल्पा) । बाह्रै महिना पानी झरिरहने पाल्पाको निस्दी गाउँपालिका–५ बहपुर र बेलौजीको गाउँको बीच भागमा अवस्थित घाङ्चो छहरा हेर्दै मनमोहक छ । यसलाई मगर भाषामा घाङ्चो छहरा भनिन्छ । तर जनजिब्रोमा भने मगर भाषामै घाङ छहर अर्थात् नेपालीमा अग्लो झरनाका नामले चिनिन्छ ।यहाँ पुग्ने जोकोही पनि झरनाको पानीमा नुहाउने र मज्जा लिने गर्छन् । यहाँसम्म पुग्न सडक यातायात पूर्वाधार तथा प्रचारप्रसारलगायतको अभावमा भने यो ओझेलमा परेको छ । बहपुरका तेजन सुनारी पाखापखेरामा घाँसदाउरा होस् या गोठालो जाँदा झरनाको आवाजले मन नै फुरुङ्ग बनाउने गरेको बताउँछन् । हिउँदयाममा पनि पानी कहिल्यै नसुक्ने उक्त झरना मनमोहक रहेको उन

    • प्रकाशित मितिः फागुन १८, २०८१
    • 324 पटक पढिएको
  • नो केवलकार आन्दोलन’ लाई समर्थन जनाउँदै जनकपुरधाममा विरोध सभा

    जनकपुर । मुकुम्लुङ क्षेत्रमा स्थानीय समुदायको ‘नो केवलकार आन्दोलन’ लाई समर्थन जनाउँदै राष्ट्रिय मुक्ति पार्टी मधेस प्रदेशले जनकपुरधाममा विरोध सभा आयोजना गरेको छ ।विरोधसभामा वक्ताहरूले स्थानीयवासीको सहमति विना ठूला परियोजना थोपर्न नहुने भन्दै सरकारको भूमिकाप्रति प्रश्न उठाएका थिए ।राष्ट्रिय मुक्ति पार्टीका नेता राजीव झाले मुकुम्लुङका बासिन्दाले केवलकार निर्माणको विरोध गरिरहे पनि सरकारले जबरजस्ती परियोजना अघि बढाउने प्रयास गरेको आरोप लगाए । उनले योजना अघि बढाउनुभन्दा पहिले स्थानीय समुदायसँग परामर्श हुनुपर्ने बताउँदै यस्तो जबरजस्तीले जनताको अधिकार हनन हुने चेतावनी दिए ।झाले २०७५ सालअघि संरक्षित क

    • प्रकाशित मितिः फागुन १७, २०८१
    • 242 पटक पढिएको
  • तयार भयो बजेट क्यालेण्डरः करिब १९ खर्ब हाराहारीको बजेट लेखिँदै

    काठमाडौँ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेट तर्जुमा कार्यतालिका (बजेट क्यालेन्डर) तयार पारी बजेट लेखन थालेको छ ।राष्ट्रिय स्रोत अनुमान समितिले उपलब्ध गराएको बजेट सीमा (सिलिङ) भित्र रही आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया अघि बढेको अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन संशोधन गरेर अध्यादेशमार्फत ल्याइएको बजेट क्यालेण्डरसम्बन्धी व्यवस्थाअनुसार काम अघि बढिरहेका छन् । स्रोत अनुमान समितिले करिब रू १९ खर्ब हाराहारीको बजेट सिलिङ उपलब्ध गराइसकेको छ । सबै विषयगत मन्त्रालयलाई पनि बजेट सिलिङ दिइसकेका छौँ’, भण्ड

    • प्रकाशित मितिः फागुन १७, २०८१
    • 368 पटक पढिएको
  • रमजान भोलिदेखि सुरु

    विराटनगर । इस्लाम धर्मावलम्बीहरूको महान् पर्व रमजान मुबारक महिना भोलिदेखि सुरु हुँदैछ । एक महिनासम्म चल्ने यो पर्वमा मुुसलमानहरू दिनमा निराहार बस्छन् । रोजा बस्न मुसलमानहरूको उर्दू क्यालेण्डरअनुसार सूर्याेदयभन्दा पहिले अर्थात् बिहानको नमाज पढ्नुअगावै केही खानेकुरा खाई प्रारम्भ हुने रोजा बेलुकाको नमाज (मगरिब)को आजान सुनेर खोल्ने चलन छ ।निराहार बस्नुलाई रोजा भनिन्छ । रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समयतालिका पनि परिवर्तन भइरहन्छ । रोजा बस्न बिहान तोकिएको समयअगावै र बेलुका तोकिएको समयपछि आहार लिने गर्दछन् । उर्दू क्यालेण्डरअनुसार हिजरी संवत्को रमजान महिना नवौँ महिना हो

    • प्रकाशित मितिः फागुन १७, २०८१
    • 287 पटक पढिएको
  • चौँरी याक प्रवद्र्धन गर्दै सिरिजङ्घा गाउँपालिका

    फुङ्लिङ (ताप्लेजुङ) । सिरिजङ्घा गाउँपालिकाले कञ्चनजङ्घा आधार शिविर क्षेत्रमा चौँरी याक प्रदर्शनी गर्ने भएको छ । विश्वको तेस्रो अग्लो हिमालको आधार शिविरमा चौँरी याक प्रवर्द्धन तथा संरक्षण गर्न प्रदर्शनी आयोजना गर्न लागिएको हो । यसका लागि गाउँपालिकाले रु आठ लाख बजेट विनियोजन गरेको जनाइएको छ । सिरिजङ्घा महोत्सव–२०८२ का अवसरमा आगामी वैशाख १३ देखि १५ गतेसम्म  चौँरी याक प्रवर्द्धन तथा प्रदर्शनी आयोजना गरिने गाउँपालिकाका उपाध्यक्ष डा चित्र माबोले जानकारी दिए । त्यसअवसरमा उत्कृष्ट चौँरीपालकलाई पुरस्कृत गरिने छ ।गाउँपालिकाका अनुसार उत्कृष्ट हुने किसानलाई रु २८ हजार पाँच सय ८६ प्रदान गरिनेछ भन

    • प्रकाशित मितिः फागुन १७, २०८१
    • 444 पटक पढिएको
  • परिक्रमाका यात्रीको स्वागतका लागि सार्वजनिक बिदा

    महोत्तरी । मिथिलाको महाकुम्भ भनिने मिथिला माध्यमिकी परिक्रमाका यात्रीको स्वागत र परिक्रमा मेलामा सहभागिताका लागि मटिहानी नगर कार्यपालिकाको कार्यालयले सार्वजनिक बिदा दिने भएको छ । नगरमा आइतबारका लागि सार्वजनिक विदा दिइएको हो ।मिथिला माध्यमिकी परिक्रमा यस भेगको सांस्कृतिक तथा धार्मिक उत्सव भएको हुँदा आफ्नो ठाउँमा आइपुग्ने यात्री र अतिथिको स्वागतमा सबैको सहभागिता हुन सकोस् भन्ने ध्येयले सार्वजनिक बिदा दिँदै आइएको नगरप्रमुख हरिप्रसाद मण्डलको भनाइ छ । मिथिला माध्यमिकी परिक्रमाको ‘डोला’ (श्रीराम सीताको प्रतिमा राखिएका डोली) साथ यस यात्राका सहभागी यात्री आइतबार मटिहानी आइपुग्दैछन् । यात्राको चौथ

    • प्रकाशित मितिः फागुन १७, २०८१
    • 338 पटक पढिएको
  • स्ट्रबेरीखेतीबाट वार्षिक ३० लाख आम्दानी

    काभ्रेपलाञ्चोक । बनेपा नगरपालिका–१० जनागालका मुक्ति विष्टलाई अहिले स्ट्रबेरी फल टिप्न र बजार पठाउन भ्याइनभ्याइ छ । पछिल्ला दुई वर्षदेखि रू ३० लाखको हाराहारीमा आम्दानी गरिरहेका विष्ट हाल जनागाल र नुवाकोटको ककनीमा स्ट्रबेरीको रेखदेख गर्नमा व्यस्त छन् ।करिब चार वर्षअघि ‘कोरोना महामारीकाल’मा हरेक क्षेत्रका व्यक्तिले रोजीरोटी गुमाइरहेका बेला निकालेको ‘जुक्ति’ले मुक्ति विष्ट अहिले स्ट्रबेरीको स्थापित व्यवसायी बनेका हुन् । विष्ट त्यसबेलाको जुक्तिबाट व्यावयायिक स्ट्रबेरीखेतीमा रत्तिभर विचलित नभई व्यवसायको दायरा बढाउँदै रमाइरहेका छन् । ‘अहिले बजारीकरणको समस्या छैन, स्थानीय तथा उपत्यकाको बजारमा रू तीन स

    • प्रकाशित मितिः फागुन १७, २०८१
    • 397 पटक पढिएको
  • सामाजिक विकास कार्यालय म्याग्दी तीन महिनादेखि प्रमुखविहीन

    म्याग्दी । सामाजिक विकास कार्यालय तीन महिनादेखि प्रमुखविहीन भएको छ । कार्यालय प्रमुख नहुँदा चालु आर्थिक वर्षमा बजेट विनियोजन भएका योजना तथा कार्यक्रम कार्यान्वयन ठप्प भएको छ । कर्मचारीहरूले तलब पनि खान पाएका छैनन् ।सामाजिक विकास कार्यालय गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय मातहतको कार्यालय हो । तत्कालीन कार्यालय प्रमुख रमेश थापाको गत कात्तिकमा सरूवा हुनुभएको थियो ।  प्रदेश सरकारले लामो समयसम्म अर्का प्रमुख नपठाउँदा सेवा प्रवाह, योजना तथा कार्यक्रम कार्यान्वयन ठप्प भएको सेवाग्राही रूद्र सुवेदीले बताए ।‘स्वरोजगारमूलक उद्यमलाई सहयोग गर्ने कार्यक्रमको अनुदानका लागि छनोट भएर भुक्तानीका लाग

    • प्रकाशित मितिः फागुन १७, २०८१
    • 294 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.