समाचार

    Showing 15,691-15,700 of 26,702 items.
  • काठमाडौंमा साँढे दुई तले घर बनाउन न्यूनतम ७० लाख

    काठमाडौं  । स्कील सेवाले आयोजना गरेको राष्ट्रिय घर निर्माण फेस्ट २०८१ ९महोत्सव० सम्पन्न भएको छ । काठमाडौंस्थित बुद्धनगरको क्लालिटी ब्यान्क्वेटमा  फागुन १५ गतेबाट सुरु भएको घर निर्माण फेस्ट १७ गते शनिबार सम्पन्न भएको हो । महोत्सवको प्रमुख उद्देश्य नयाँ घर निर्माण एवं पुराना घरकारको मर्मत सम्भारको लागि आवश्यक ज्ञान, सीप प्रविधिबारे चेतना जगाउनु रहेको आयोजकले जनाएको छ ।घर व्यक्तिका लागि आफू बस्ने सबैभन्दा मूल्यवान सम्पत्ति भएकाले यो सम्पत्तिलाई अधिकभन्दा अधिक भरपर्दो, सुरक्षित एवं दिगो बनाउन जरुरी हुने र महोत्सवले यही आवश्यकतालाई प्रभावकारी ढंगले परिपूर्ति गर्ने अपेक्षासहित फेस्ट आ

    • प्रकाशित मितिः फागुन १७, २०८१
    • 276 पटक पढिएको
  • सार्वजनिक स्थानमा फोहर फाल्नेप्रति कठोर बन्दै कामपा

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थानमा फोहर फाल्ने जोकोहीलाई रु पाँच हजारदेखि १५ हजारसम्म जरिवाना गराउने भएको छ ।कामपा वातावरण विभागका अनुसार कामपा क्षेत्रका घर कम्पाउन्ड तथा परिसरको फोहरमैला सडक, फुटपाथ तथा अन्य सार्वजनिक स्थानमा फाल्ने, राख्ने वा थुपार्नेजस्ता कार्य गरे रु पाँच हजारदेखि १५ हजारसम्म कारबाही गर्ने भएको हो । कामपा वातावरण विभागका प्रमुख सरिता राईका अनुसार जथाभावी फोहर फाल्दा दुर्गन्धित हुनुका साथै नागरिकको जनस्वास्थ्यमा समेत गम्भीर असर गर्ने भएकाले पूर्ण रुपमा यस कार्यलाई प्रतिबन्ध गरिएको हो ।यदि कामपाको आग्रहलाई बेवास्ता गरी सार्वजनिक स्थानमा फोहर फालेको काम

    • प्रकाशित मितिः फागुन १७, २०८१
    • 301 पटक पढिएको
  • रिंकु सदाका हत्यारालाई कारवाही नगरेको भन्दै लहानमा प्रदर्शन

    सिरहा । नवराजपुर गाउँपालिका–१ भगवतीपुर तामासुइयाकी १७ वर्षीया किशोरी रिंकु सदाको सामूहिक बलात्कारपछि दुरुत्साहनपूर्ण हत्या भएको घटनामा दोषीहरु उपर कानूनी कारवाही गर्न ढिलाई भएको भन्दै मुसहर समुदायले प्रदर्शन गरेका छन् । मुसहर समुदाय सघर्ष समिति सिरहाद्वारा लहानमा शनिबार एक विशाल प्रदर्शनको आयोजना गरियो । हजारौं मुसहर नरनारी, किशोर किशोरी तथा युवाहरुले न्यायको माग गर्दै लहानको सडकमा सिंहनाद गरे । उनीहरुले वास्तविक अपराधी पक्राउ गर्न प्रहरीले आनाकानी र ढिलाई गरिरहेको भन्दै दोषीलाई कानूनको कठघरामा ल्याउन ढिलाई गरे कडा सघर्षमा उत्रिने चेतावनी पनि दिए ।मुसहर समुदायका अगुवा अरुण सदाले दलित

    • प्रकाशित मितिः फागुन १७, २०८१
    • 274 पटक पढिएको
  • चिनियाँ कम्पनीले समयमा काम नगर्दा सडक विभागले आफैँ काम थाल्यो

    काठमाण्डौ । चिनियाँ पक्षले चक्रपथ विस्तार दोस्रो खण्डको काममा ढिलाइ गरेपछि सडक विभाग आफैँले सडक फराकिलो पार्न थालेको छ। वसुन्धरादेखि वनस्थलीसम्म दुवैतर्फ ३–३ मिटर नयाँ कलोपत्रे गर्न लागेको हो।कलंकीदेखि चाबहिलसम्म चिनियाँ अनुदानमा दोस्रो चरणको विस्तार गर्ने सम्झौता भएको थियो। करिब ६ वर्ष अघिबाटै सडक छेउका रुखसहितका संरचना हटाउन थाले पनि अहिलेसम्म चिनियाँले सडकको डिजाइन नै तयार गरेका छैनन्। चिनियाँ पक्षले प्रिलिमिनरी (प्रारम्भिक) डिजाइन नेपाली पक्षलाई पठाए पनि विस्तृत परियोजना प्रतिवेदन (सडकको पूर्ण डिजाइनसहित) नै नेपाललाई बुझाएको छैन। नारायणगोपाल चोकमा धेरै घर भत्काउनुपर्ने भएकाले कलंकीदेखि वसु

    • प्रकाशित मितिः फागुन १७, २०८१
    • 511 पटक पढिएको
  • यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

    काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकेजी रु ५० गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ६०, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु २२, आलु रातो प्रतिकेजी रु ३३, आलु रातो (भारतीय) प्रतिकेजी रु ३५, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ७२, गाजर (लोकल) प्रतिकेजी रु ३५, गाजर (तराई) प्रतिकेजी रु २५, बन्दा (लोकल) प्रतिकेजी रु १५, बन्दा (तराई) प्रतिकेजी रु १२, बन्दा (नरिवल) प्रतिकेजी रु १२, काउली स्थानीय प्रतिकेजी रु २५, स्थानीय का

    • प्रकाशित मितिः फागुन १७, २०८१
    • 346 पटक पढिएको
  • देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान

    काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको तथा सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया देखि अधिकांश बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा पनि भइहेको छ ।विभागका अनुसार आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसमसफा रहनेछ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना र

    • प्रकाशित मितिः फागुन १७, २०८१
    • 347 पटक पढिएको
  • भद्रपुर झापा गोल्डकपको उपाधि भद्रपुर ब्लेजर्सलाई

    भद्रपुर (झापा) । दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकप २०८१ को उपाधि आयोजक भद्रपुर ब्लेजर्सले जितेको छ ।मेची रङ्गशालामा आज भएको खेलमा झापा–११ लाई २–० को अन्तरले पराजित गर्दै ब्लेजर्सले उपाधि जितेको हो । उपाधिसँगै ब्लेजर्सले रू १३ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । यस्तै, उपविजेता झापा–११ ले रू सात लाख नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।भद्रपुर ब्लेजर्सका लागि कप्तान आशिष चापागाईँ र सत्यम शर्माले गोल गरे । खेलको ३०औँ मिनेटमा गोल गर्दै चापागाईँले ब्लेजर्सलाई  १–० को अग्रता दिलाए । यसैगरी दोस्रो हाफको इन्जुरी समयमा खेल सकिनै लाग्दा शर्माले गोल गर्दै ब्लेजर्सलाई २–० क

    • प्रकाशित मितिः फागुन १७, २०८१
    • 550 पटक पढिएको
  • पर्यटन प्रवर्द्धन गर्न मनकामनादेखि गोरखकाली मन्दिरसम्म पदयात्रा

    गोरखा । गोरखाको प्रसिद्ध धार्मिकस्थलको रुपमा रहेको मनकामना मन्दिरदेखि गोरखकाली मन्दिरसम्मको पदयात्रा सुरु भएको छ । गोरखा नगरपालिका र सहिद लखन गाउँपालिकाको सहयोगमा जिल्लाको दुई प्रमख धार्मिक पर्यटकीय गन्तव्यलाई जोडेर पर्यटन प्रवर्द्धनका लागि रोटरी क्लब अफ गोरखाको आयोजनामा पदयात्रा थालिएको हो । ‘मनकामनादेखि गोरखकालीसम्मको पदमार्गलाई स्थापित गर्न सकियो भने मनकामना मन्दिर आउने झक्तजन गोरखकाली मन्दिरसम्म पुग्ने अवस्थाको सृजना हुन्छ, क्लबका अध्यक्ष बिनोदकुमार बस्न्यातले भने, ‘यसले गोरखाको पर्यटन विकासमा पनि थप टेवा पुग्नेछ ।’ पदयात्राले पदमार्गको पहिचानका लागि मद्दत पुग्ने विश्वाससमेत लिइएको छ

    • प्रकाशित मितिः फागुन १७, २०८१
    • 381 पटक पढिएको
  • आलु खेतीमा आधुनिक यन्त्र प्रयोग गर्दै किसान

    मध्यविन्दु (नवलपरासी) । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–२ का मायाराम महतोलाई गत वर्षसम्म एक बिघा जमिनको आलु खन्न २० जना खेताला जम्मा गर्नु पर्दथ्यो । तर अहिले एक बिघा क्षेत्रफलको आलु उन एक्लैले एकै दिनमा सकिसक्छन् ।लामो समय अर्म–पर्म गरेर आलु खेती गरेका मायारामले गत वर्षदेखि घरमै पावर टिलर(हाते ट्याक्टर) किनेर खेती गर्दै आएका छन् । सामूहिक रूपमा आलु खेती गर्ने भएको हुँदा गत वर्ष कृषि ज्ञान केन्द्रको ७५ प्रतिशत अनुदानमा उहाँले पावर टिलर किनेको बताए ।‘स्वदेशमा नै कृषि गर्ने भनेर विदेशबाट फर्किएको थिए तर धेरै मानिस खोजेर काम गर्नु पर्दा निकै समस्या भएको थियो । तर अहिले पावर ट

    • प्रकाशित मितिः फागुन १७, २०८१
    • 277 पटक पढिएको
  • अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा

    काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारण गरिएको दरअनुसार, अमेरिकी डलरको मूल्य बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । केन्द्रीय बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ ७० पैसा र बिक्रीदर १४० रूपैयाँ ३० पैसा कायम भएको छ । आजका लागि युरोपियन युरो एकको खरिददर १४५ रूपैयाँ २४ पैसा र बिक्रीदर १४५ रूपैयाँ ८६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७५ रूपैयाँ ८४ पैसा र बिक्रीदर १७६ रूपैयाँ ६० पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५४ रूपैयाँ ७३ पैसा र बिक्रीदर १५५ रूपैयाँ ४० पैसा कायम गरिएको छ ।यसैगरी, अष्ट्रेलियन डलर एकको

    • प्रकाशित मितिः फागुन १७, २०८१
    • 335 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.