समाचार

    Showing 15,941-15,950 of 24,935 items.
  • इजरायलले केयरगिभरमा बढायो कोटा

    काठमाडौं–नेपालीहरुका लागि रोजगारीको आकर्षक गन्तव्यका रुपमा रहेको इजरायलले कोटा बढाएको छ । दीर्घकालीन स्याहार केन्द्रमा काम गर्नका लागि दुई हजार नेपाली केयरगिभरमा लैजाने गरी कोटा बढाइएको हो । अब एक हजार मुख्य उम्मेदवार र एक हजार वैकल्पिक गरी दुई हजार नेपाली केयरगिभरमा लैजाने इजरायलले जानकारी गराएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र नेपालका लागि इजरायली राजदूत हनान गोडरबिच मन्त्रालयमा सो विषयमा सहमति भएको हो । वैदेशिक रोजगार विभागले वैकल्पिकसहित आठ सय जनाका लागि गएको असार ११ देखि साउन ११ सम्म आवेदन माग गरेको छ । विभागका अनुसार आवेदन माग गर्दा छनोट हुने पाँच सय उम्मेदव

    • प्रकाशित मितिः साउन ११, २०८१
    • 313 पटक पढिएको
  • डाक्टर रुइतसँग प्रधानमन्त्री ओलीको भेट

    काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले डाक्टर सन्दुक रुइतसँग भेट गरेका छन् । बिहीबार रुइतसँग भेट गर्दै ओलीले आँखासहित समग्र स्वास्थ्य क्षेत्रलाई लिएर छलफल भएको जानकारी दिएका छन् । ओलीले आँखा नभएका मानिसलाई संसार देखाउन पाउँदाको रुइतको प्रेरणादायी अनुभवले ताजा भएको महसुस भएको पनि उल्लेख गरेका छन् ।भेटपछि सामाजिक सञ्जालमा एक तस्विर साझा गर्दै ओलीले लेखेका छन्, ‘डा. सन्दुकसँग आज ! बाहिर झमझम पानी परिरहेको थियो। भेटको मेरो प्राथमिकतामा रहनु भएका डाक्टर सन्दुक रुइतसँग आज धेरैबेर कुरा भयो । आँखा लगायत समग्र स्वास्थ्य क्षेत्रमा के के गर्न सकिन्छ भन्ने विषयमा उहाँका योजना सुनें । आँखा नभएका मानिसलाई

    • प्रकाशित मितिः साउन ११, २०८१
    • 401 पटक पढिएको
  • कीर्तिपुरमा मेयरको निधनपछि आज शोक बिदा

    काठमाडौं–लामो समयदेखि मिर्गौला रोगबाट ग्रसित कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधन भएको छ । वीर अस्पतालमा उपचाररत प्रमुख नकर्मीलाई बिहीबार राती ८ बजे उपचारमा संलग्न डाक्टरले मृत घोषणा गरेका हुन । उनका एक छोरा, एक छोरी र श्रीमती छन् । नकर्मीको निधन भएकाले आज कीर्तिपुर नगरपालिकाभर शोक बिदा दिइएको छ ।  प्रमुखको निधनसँगै कीर्तिपुर नगरपालिकामा चार जना जनप्रतिनिधि रिक्त भएका छन् । यस अघि वडा नम्बर १ र ४ का अध्यक्षको निधन भई सकेको छ भने कार्यपालिका सदस्य श्याम दानकोटीको समेत निधन भएसँगै रिक्त सङ्ख्या चार जना पुगेको हो । 

    • प्रकाशित मितिः साउन ११, २०८१
    • 432 पटक पढिएको
  • विपद्‍जन्य घटनामा १३७ जनाको मृत्यु

    काठमाडौं–बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १३७ जनाको मृत्यु भएको छ । अविरल वर्षापछि आएको बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा २ जना, कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा २८ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जनाले ज्यान गुमाएका छन् । साथै काठमाडौं उपत्यकामा ९ जना, कोशी प्रदेशमा ३४ जना, मधेश प्रदेशमा ९ जना, बागमती प्रदेशमा ९ जना, गण्डकी प्रदेशमा २९ जना, लुम्बिनी प्रदेशमा ९ जना, कर्णाली प्रदेशमा ३५ जना र सुदूरपश्‍चिम प्रदेशमा १४ जना गरी जम्मा १ सय ४८ जना घाइते भएका छन् । घाइतेहरू

    • प्रकाशित मितिः साउन ११, २०८१
    • 351 पटक पढिएको
  • पहिरो खस्दा एकै परिवारका तीन जनाको मृत्यु

    काठमाडौं–अविरल वर्षापछि खसेको पहिरोमा परेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । रामेछापको गोकुलगङ्गा गाउँपालिका–६ फर्पुमा हिजो साँझ गएको थियो । स्थानीय विमान तामाङको घरको आधा भाग पुरिँदा १८ वर्षीया छोरी सीता तामाङ, नातिनी क्रमश: १४ वर्षीया आशिका तामाङ र १३ वर्षीया लक्ष्मी तामाङको मृत्यु भएको हो । साँझ रोपाइँ सकेर घरमा आगो तापेर एकै ठाउँमा बसिरहेका उनीहरूलाई वर्षासँगै घरमाथिको ढिस्काले पुरेको थियो । तर सोही घरको अर्को कोठामा रहेका विमान र उनकी श्रीमतीलाई भने केही भएन् । सूचना पाउनासाथ जिल्ला सदरमुकाम मन्थलीबाट सहायक प्रमुख जिल्ला अधिकारी किसान न्यौपानेको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी

    • प्रकाशित मितिः साउन ११, २०८१
    • 596 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक\दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।राती देशभर आंशिक देख

    • प्रकाशित मितिः साउन ११, २०८१
    • 494 पटक पढिएको
  • विमान दुर्घटनामा कसरी बाँचे पाइलट, खुल्यो कारण ?

    काठमाडौं–हिजो भएको सौर्य विमान दुर्घटनामा १८ जनाको ज्यान गयो । तर पाइलटलाई सकुशल उद्दार गरिएको छ । दुर्घटना हुँदा, विमानको बाँकी भागमा आगो लाग्नु केही सेकेन्ड अघि ककपिट अलग भयो । ककपिट अलग भएपछि पाइलटलाई जीवितै उद्धार गर्न सफल भएको उद्धारकर्ताहरुको भनाई छ । हिजोको मात्रै नभएर नेपालमा मानवीय क्षति भएको जहाज दुर्घटनामा हालसम्म बाँच्न सफलमध्ये मनीषरत्न शाक्य मात्रै एक पाइलट हुन् ।अस्पतालमा उपचाररत उनी कुरा गर्न सक्छन् । उद्धारकर्ताहरूले विमानको ककपिट भाग नजिकै आगो पुग्दा घाइते पाइलटसम्म पुगेको बताए । एयर शिल्ड खुला भएकाले पाइलटलाई सास फेर्न गाह्रो भएन् । त्यसपछि उनलाई तुरुन्तै झ्याल तोडेर बाहिर न

    • प्रकाशित मितिः साउन १०, २०८१
    • 664 पटक पढिएको
  • नवनियुक्त ६७ प्रहरी निरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

    काठमाडौं–खुला प्रतियोगिताद्वारा जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक पदमा नवनियुक्त भएकामध्ये विभागीयतर्फका ६७ जना प्रहरी निरीक्षकहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक भिम प्रसाद ढकालले नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार (हिजो) आयोजित कार्यक्रममा उनीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो । २०८० कात्तिक ३ गते प्रकाशित विज्ञापन अनुसार खुला प्रतियोगिताको २०८१ असार ९ गते प्रकाशित अन्तिम नतिजामा विभागीयतर्फ ६७ र  खुलातर्फ २९ जना गरी कुल ९६ जना प्रहरी निरीक्षकहरू उत्तीर्ण भएका छन् । नेपाल सर

    • प्रकाशित मितिः साउन १०, २०८१
    • 442 पटक पढिएको
  • यी १५ कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया थालियो

    काठमाडौं–सार्वजनिक खरिद अनुगमन कार्यालयलले १५ वटा निर्माण तथा आपूर्तिकर्ता कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया सुरु गरेको छ । विभिन्न सार्वजनिक निकायले कालो सूचीमा राख्न सिफारिसका आधारमा प्रक्रिया अगाडि बढाइएको हो । पहिलोपटक ३० दिने सूचना जारी गर्दा स्पष्टीकरण नदिएपछि ती कम्पनीहरूलाई कालो सूचीमा राख्ने प्रक्रिया अघि बढाइएको हो ।जारी सूचनमा निएको छ, ‘सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न हुन सम्बन्धित निर्माण व्यवसायी/आपूर्तिकर्ताहरूको जानकारीका लागि सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४१ को उपनियम (४ क) को प्रयोजनार्थ यो सूचना प्रकाशित गरिएको छ ।’ 

    • प्रकाशित मितिः साउन १०, २०८१
    • 292 पटक पढिएको
  • सेवानिवृत्त भइन् प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक आशा सिंह

    काठमाडौं–प्रहरी सेवाबाट सेवानिवृत्त प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहलाई विदाई गरिएको छ ।  नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रम बिच प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले विदाई गरेका हुन् । बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले सेवानिवृत्त प्रहरी अतिरिक्त महानिरीक्षक डा. सिंहले नेपाल प्रहरी अस्पतालको संस्थागत विकास एवम् सुदृढिकरणका लागि संगठनबाट सुम्पिएका हरेक जिम्मेवारी उत्कृष्ट रूपमा निर्वाह गरेको बताए । सरोकारवाला निकायको समन्वयमा शैक्षिक तथा स्वास्थ्य सेवाको विस्तार लगायत नीतिगत निर्णयबाट सांगठनिक सुधारको क्षेत्रमा उपलब्धीमूलक कार्य भएको

    • प्रकाशित मितिः साउन १०, २०८१
    • 340 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.