घनश्याम चापागाईं नेपाली धर्म, संस्कृति एवम नेपालमा मनाइने पर्वहरुका विषयमा विशेष जानकारी राख्छन् । नेपाल ज्योतिष परिषद् केन्द्रिय समितिको उपमहासचिव समेत रहेका उनी ज्योतिष परामर्श सेवामा पनि क्रियाशील छन् । संचारकर्मी हुँदै ज्योतिष विज्ञानका क्षेत्रमा सक्रियता बढाएका उनीसँग बसन्त पन्चमी एवम सरस्वती पूजा, यसको महत्व, पूजा विधि र नेपालमा मनाइने तौर तरिकाका विषयमा नेपाल न्यूज बैंकले कुराकानी गरेको छ । वसन्त पञ्चमीको महत्व के छ ?तिथि र मितिका हिसाबले कहिले पर्छ ?विशेषगरी वसन्त पञ्चमी वा सरस्वती पूजा एकै रुपमा बुझिन्छ ।तिथि–मितिको हिसावले भन्नुपर्दा २०८१ सालमा चाँही माघको २१ गते सोमबारका दिन पर
काठमाडौं । हाल देशमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रहेको छ भने बाँकी भू–भागमा मौसम सफा रहेको छ । तराईका धेरै स्थानहरूमा भने हुस्सु र कुहिरो लागेको अवस्था छ ।महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशको पहाडी भू९भागमा सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ ।राति पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र कोशी प्रदेशको पहाडी भू–भागमा बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ ।
काठमाडौँ । वैदेशिक अध्ययनका लागि नेपाली विद्यार्थीले झण्डै रु ५६ अर्ब ८३ करोड बराबर खर्च गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिनाको विवरणअनुसार गत वर्षको सोही अवधिको तुलनामा रु दुई अर्ब बढीले कमी आए पनि शिक्षाको नाममा विदेशिने रकम बढ्दो क्रममा रहेको छ ।अघिल्लो वर्ष वैदेशिक अध्ययनका लागि रु ५८ अर्ब ९५ करोड बराबरको रकम विदेशिएको थियो । समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय नौ दशमलव सात प्रतिशतले वृद्धि भई रु एक खर्ब एक अर्ब ९२ करोड पुगेको छ । गत वर्ष छ महिनाको अवधिमा भ्रमण व्यय रु ९२ अर्ब ८७ करोड बराबर थियो ।समीक्षा अवधिमा खुद सेवा आय रु ४३ अर्ब ५३ क
महोत्तरी । आज माघ शुक्ल पञ्चमी अर्थात् हिन्दू वैदिक परम्पराको वसन्तपञ्चमी पर्व । मधेशको प्राचीन मिथिलाक्षेत्रमा श्रीपञ्चमी पनि भनिने यस पर्वमा कैयौं परम्परा जोडिने हुँदा यो यहाँ बहुआयामिक महत्वको रुपमा रहँदै आएको छ । मिथिलामा मुख्यतः विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजन परम्परासँग जोडिएको यो पर्वमा ससाना नानीहरुलाई अक्षरारम्भ गराइने मैथिल परम्परा छ । ‘यो सरस्वती पूजनोत्सव र विद्यारम्भसँग सम्बद्ध पर्व हो’, मैथिल लोकपरम्पराका ज्ञाता जलेश्वर–४ सुगाभवानीपट्टीका बासिन्दा ८७ वर्षीय कृष्णचन्द्र झा भन्छन्, ‘यसै परम्पराअनुसार यो पर्वका दिन ससाना नानीलाई खरीपाटी समाउन लगाउने चलन छ ।’ पहिलेको खर
काठमाडौँ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै छ । यस अवसरमा आज बिहान ०७ः५५ बजे नासल चोकमा वसन्त श्रवण गरी मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार बिहान ०७ ः ५५ बजे हनुमानढोकाको नासलचोकमा वसन्त श्रवणको कार्यक्रम राखिएको हो । वसन्त श्रवणमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले जानकारी दिए ।वसन्त श्रवणमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णुप
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त श्रवण र सरस्वतीपूजा केवल औपचारिकता मात्र होइन, हाम्रो जीवनलाई सदैव उर्जाशील बनाइराख्ने र नवीन खोजतर्फ प्रेरित गरिरहने पर्व भएको उल्लेख गरेका छन् ।वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा शुभकामना सन्देश दिँदै उनले विद्यासँगको नाता र ज्ञानको परिपूर्तिका रूपमा यस पर्वले प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । उनले विद्याकी देवी माता सरस्वतीको पूजा अर्चना गरी मनाइने वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा सबै नेपालीमा शुभकामना व्यक्त गरेका छन् ।माता सरस्वतीलाई शिक्षा, ज्ञान र सङ्गीतकी देवीको रुपमा पुजिन्छ । आजको यस शुभ दिनमा आफ्ना बालबालिका
काठमाडौँ । सरकारले ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केवलकार निर्माणको क्रममा उत्पन्न विवाद समाधानका लागि सम्बद्ध पक्षहरूसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ । गृह मन्त्रालयले आइतबार अबेर जारी गरेको विज्ञप्तिमा वार्ता र संवादको माध्यमबाट समस्या समाधान गर्न सहसचिव भट्टराईको संयोजकत्वमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सहरी विकास मन्त्रालयका प्रतिनिधि समेत रहेको वार्ता टोली गठन गरिएको जनाएको छ ।वार्ता टोलीले तत्काल कार्य प्रारम्भ गर्ने र आन्दोलनरत पक्षलाईसमेत आन्द
दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत यहाँको आँबुखैरेनी गाउँपालिका–१ सत्रसयमा शुक्रबार यात्रुवाहक बस दुर्घटना भयो । अनियन्त्रित भई सडकमा बस पल्टिँदा एक जनाको मृत्यु भयो भने १३ जना घाइते भए । पृथ्वी राजमार्गकै व्यास नगरपालिका–१२ घाँसीकुवामा शनिबार राति ग्याँस बोकेको बुलेट ट्याङ्कर दुर्घटना हुँदा चालकको मृत्यु भयो । यी केही उदाहरण मात्रै हुन्, जिल्लामा पछिल्लो छ महिनामा सवारी दुर्घटनामा परी ३८ जनाले ज्यान गुमाएका छन् । मुग्लिन –पोखरा सडकखण्ड विस्तारसँगै फराकिलो सडकमा तीव्र गतिका कारण दुर्घटना बढेको हो । गत आर्थिक वर्ष २०८०÷८१ को सोही अवधिमा जिल्लामा दुर्घटनामा परी २२ जनाको मृत्यु भएको
काठमाडौँ । काठमाडौँका विभिन्न स्थानमा भएको आगलागीबाट रु ३२ लाख बढीको क्षति भएको छ । यहाँको बूढानीलकण्ठमा रहेका छ वटा घर तथा पसलमा र कोटेश्वरको एउटा घरमा आगलागी हुँदा सो क्षति भएको केन्द्रीय प्रहरी प्रवक्ता दिनेशकुमार आचार्यले जानकारी दिए ।उनले आगालागी गएराति विभिन्न समयमा भएको र आज प्रारम्भिक क्षतिको विवरण सङ्कलन भएको बताए । प्रहरीका अनुसार बूढानीलकण्ठ नगरपालिका–८ महाँकालस्थित रामचन्द्र पराजुलीको जग्गा भाडा लिई जस्ताले बनाएका सटरहरूमा आगलागी भएको हो । सो आगलागीमा बूढानीलकण्ठ कपन बस्ने ईश्वर गौतमको फर्निचर उद्योग, सोही नगरपालिका–८ बस्ने सर्लाही चन्द्रनगर गाउँपालिका–७ घर भएका वीरेन्द्र
भक्तपुर । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल सडक निर्माण आयोजनाले सडक निर्माण गर्न दैनिक ५ घण्टा सडक बन्द गर्ने तयारी गरेपछि आइतबार सरोकारवाला निकायका प्रमुखहरुले अनुगमन गरेका छन् । विसं २०७९ पुस २४ गतेदेखि भक्तपुरको जगातीबाट साँगासम्म र काभ्रेको साँगाबाट धुलिखेलसम्म गरी दुईखण्डमा एकैसाथ आयोजनाले सडक विस्तार सुरु गरेको थियो । भक्तपुर–धुलिखेल सडकको साँगामा निर्माण तीव्रगतिमा अगाडि बढाउने र सडक बन्द गर्ने सवालमा हुने असरबारे जानकारी लिन भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालको नेतृत्वमा आयोजनादेखि भक्तपुर र काभ्रेपलाञ्चोकका नगरप्रमुखहरुको टोलीले अनुगमन गरेका हुन् ।प्रजि
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.