समाचार

    Showing 17,381-17,390 of 26,723 items.
  • टरिगाउँमा अब शुक्रबार मात्र उडान

    काठमाडौं–नेपाल वायुसेवा निगमले तुलसीपुरस्थित टरिगाउँ विमानस्थलमा हप्तामा केवल प्रत्येक शुक्रबार उडान गर्ने निर्णय गरेको छ । निगमका दाङ प्रमुख बलबहादुर सुनारले एक मात्र जहाज सक्रिय भएको र अर्को ग्राउन्डेड भएकाले यो निर्णय लिएको जानकारी दिए ।प्रत्येक शुक्रबार दिउँसो १२:०० बजे टरिगाउँ पुग्ने र १२:२० बजे फर्किने उडानको व्यवस्था गरिएको छ । दाङबाट काठमाडौं आउनका लागि भाडा रु ७‚१०० र काठमाडौंबाट दाङ जानकालागि रु ७‚२५० छ ।हाल‚ दाङबाट काठमाडौं आउनका लागि यात्रु नपाइने अवस्था छ‚ र नियमित सेवा नहुँदा यात्रुहरू अन्य गन्तव्यहरूमा जान बाध्य छन् । टरिगाउँ विमानस्थलको नियमित सेवा सुनिश्चित गर्न थप प्रयास गर्न

    • प्रकाशित मितिः भदौ २४, २०८१
    • 219 पटक पढिएको
  • श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण

    काठमाडौं–आज बिहान त्रिभुवन विमानस्थलबाट सुर्खेतका लागि उडेको श्री एयरलाइन्सको विमान आकस्मिक रूपमा अवतरण भएको छ । श्री एयरलाइन्सको एसएचए १२१ विमान सुर्खेतको उडान भरेको केही समयमा अवतरण भएको हो । प्राविधिक समस्या भएपछि चालक दलले बिहान ८ बजे त्रिभुवन विमानस्थलमै आकस्मिक अवतरण गराएको थियो । विमानको ‘नोज ह्विल लक’ समस्या देखिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका स्रोतले जानकारी दिएको छ । अवतरणका क्रममा विमान केही समयका लागि धावनमार्गमा रोकिएको थियो । यो श्री एयरलाइन्सको आजको पहिलो उडान थियो, र हाल उडान सेवामा सामान्यता फर्किएको छ। कम्पनीका बजार प्रबन्धक अनिल मानन्धरका अनुसार, प्रभावित यात्र

    • प्रकाशित मितिः भदौ २४, २०८१
    • 338 पटक पढिएको
  • झापामा भारतीय नम्बर प्लेटका गाडिबाट कपडा तस्करि

    झापा ।  झापाको काँकडभिट्टा नाकाबाट भारतीय नम्बर प्लेटका कारबाट अवैध रुपमा भन्सार छलेर लत्ताकपडा भित्राउने गरेको छ ।लत्ताकपडा हालेर सोझै भन्सार अगाडिबाटै सरसामान लैजाने ३ वटा भारतीय नम्बर प्लेटका कार नियन्त्रणमा लिएसँगै सो घटना बाहिर आएको हो । झापा प्रहरीले अवैध समान ओसारपसारको आरोपमा ३ वटा कारसहित ३ जनालाई नियन्त्रणमा लिएको छ । शनिबार जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले जिल्ला झापा मेचीनगर नगरपालिका वडा नं.६ भन्सार गेट पछाडि भारतबाट नेपाल तर्फ आउँदै गरेका भारतीय नम्बरका कारहरूलाई  चेकजाँच गर्दा भन्सार छली गरी अवैध रूपमा ने

    • प्रकाशित मितिः भदौ २४, २०८१
    • 1,119 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ   ।    देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। गण्डकी र कर्णाली प्रदेशका एक\दुई स्थानमा हल्का वर्षा भइरहेको छ।आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन\चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक\दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।आज राती देशभर आंशिक

    • प्रकाशित मितिः भदौ २४, २०८१
    • 343 पटक पढिएको
  • सरकारी कार्यालयको खाजा समय घटाइयो, हेलो सरकारमा गुनासो गर्न प्रधानमन्त्रीको आह्वान

    काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी कार्यालयका कर्मचारीहरूको खाजा समय लामो भएको भन्दै यसलाई घटाउने निर्णय गरेका छन्। फेसबुकमार्फत जानकारी दिदैँ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘सरकारी कार्यालयमा कर्मचारीहरुको खाजा समय लामो हुँदा सेवाग्राहीलाई असर परेको गुनासो सुनिँदै आएको छ।  खाजा पनि खानु पर्छ, तर खाजा खाने नाममा धेरै समय कार्यालयको काम रोकिनु हुँदैन।’ पहिले कतिपय सरकारी कार्यालयमा खाजा समय एक घण्टा लिने गरेको पाइएको भन्दै प्रधानमन्त्रीले अबदेखि सबै कार्यालयमा खाजा समय १ः३० देखि २ बजेसम्म कायम गरिने बताएका छन् । उनले भने, कतिपय सरकारी कार्यालयमा खाजा समय एक घण्टा लिने गरेक

    • प्रकाशित मितिः भदौ २३, २०८१
    • 566 पटक पढिएको
  • हवाई दुर्घटना जाँचबुझका लागि छुट्टै संस्था बन्छ : पर्यटनमन्त्री

    काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले हवाई दुर्घटना जाँचबुझका लागि छुट्टै संस्था स्थापना गर्ने घोषणा गरेका छन् । नेपालमा हवाई दुर्घटनापछि गठित छानविन समितिको विश्वसनीयतामाथि प्रश्न उठाउने काम भईरहेका बेला मन्त्री पाण्डेले सो कुरा बताएका हुन् । उनले त्यसका लागि आवश्यक ऐन बनाउनका लागि सरकारले गृहकार्य गरिरहेको पनि बताए । भक्तपुरमा आज आयोजित ‘नेपालमा हवाई सुरक्षा’ सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले हवाई दुर्घटना छानविनका लागि जाँचबुझ गर्ने छुट्टै निकाय बनाउने अभ्यास अन्य देशहरुमा पनि भएकाले सरकारले पनि त्यसलाई बनाउने तयारी गर

    • प्रकाशित मितिः भदौ २३, २०८१
    • 516 पटक पढिएको
  • चेक अनादर मुद्धा : दोषी ठहरिए पाँच प्रतिशत जरिवानासहित दुई वर्षसम्म कैद सजाय

    काठमाडौं- चेक अनादर मुद्दामा दोषी ठहर भए एक महिनादेखि दुई वर्षसम्म कैद सजाय हुने भएको छ ।प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको आज बसेको बैठकले बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि दफावार छलफलमा उक्त सहमति भइ सर्वसम्मत रुपमा पारित गरेको हो । संशोधन विधेयकमा सहमति भएसँगै चेक अनादरसम्बन्धी मुद्दामा दोषी ठहर भए एक महिनादेखि दुई वर्षसम्म कैद सजाय हुनेछ । दफावार छलफलमा बोल्दै समिति सभापति सन्तोष चालिसेले बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० मा चेक अनादर प्रमाणित भएमा पाँच प्रतिशत जरिवानासहित एक महिनादेखि अधिकतम दुई वर्षसम्म कैद सजाय व्यवस्था गर्ने विषयमा सर्वस

    • प्रकाशित मितिः भदौ २३, २०८१
    • 375 पटक पढिएको
  • खोला किनार संरचना बनाउन थप २० मिटर छोड्नुपर्ने फैसला रिभ्यु गर्नुपर्छः मुख्यसचवि अर्याल

    काठमाडौं- मुख्यसचिव एकनारायण अर्यालले काठमाडौं उपत्यकाका खोला किनारमा संरचना बनाउँदा थप २० मिटर छाड्नुपर्ने सर्वोच्चको फैसला पुनरावलोकन गर्नुपर्ने बताएका छन् । आज नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरुको भेटमा मुख्य सचिव अर्यालले अदालतको फैसला कार्यान्वयन गर्दा अफ्ठ्यारो पर्ने अवस्था रहेकाले फैसला पुनरावलोकन गर्नुपर्ने बताएका छन् । उनले फैसला सम्बन्धमा सरकारको धारणा पेश गर्ने तयारी भइरहेको बताए । उनले भने,‘ काठमाडौं उपत्यकाका खोला किनारमा संरचना बनाउँदा थप २० मिटर छाड्नुपर्ने सर्वोच्चको फैसला रिभ्यु (पुनरावलोकन) गर्नुपर्छ । केही कुराहरु राम्रा आएका छन् । महानगर र सरकारले गर्नुपर्न

    • प्रकाशित मितिः भदौ २३, २०८१
    • 497 पटक पढिएको
  • दुर्घटना बढी हुने ठाउँमा टमा सेन्टर बनाउँछौं : भौतिक पूर्वाधारमन्त्री

    काठमाडौं- भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडक दुर्घटना बढी हुने ठाउँहरुमा ट्रमा सेन्टर बनाउने अवधारणाअनुसार मन्त्रालयले काम गरिरहेको बताएका छन् । आईतवार मन्त्रालयमा सडक सुरक्षासम्बन्धी छलफलमा बोल्दै मन्त्री दाहालले धेरै सडक दुर्घटना भइरहने ठाउँलाई लक्षित गरी ट्रमा सेन्टर बनाउने विषयमा सम्बन्धित मन्त्रालयहरुसँग छलफल भइरहेको बताए । उनले दुर्घटनामा तत्काल उद्धार नहुँदा घाइतेले अकालमा ज्यान गुमाइरहेको भन्दै व्यवस्थित गर्ने बारेमा सरकार गम्भीर रहेको बताए । अहिले रोड सेफ्टी काउन्सिल गठन आदेशबाट मात्रै चलेको र त्यससम्बन्धी कानूनहरु नबनाइएको भन्दै सरकार अब फास्

    • प्रकाशित मितिः भदौ २३, २०८१
    • 378 पटक पढिएको
  • पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु

    जाजरकोट- जाजरकोटको बारेकोट गाउँपालिका-६ धुमामा पहिरोले घर पुरिँदा दम्पत्तिको मृत्यु भएको छ । गएराति स्थानीय मान बहादुर चलाउनेको घर पहिरोले पुरिँदा मानबहादुर र उनकी श्रीमती प्रेमकुमारी चलाउनेको मृत्यु भएको छ र पहिरोले घरसँगै पुरिएका चलाउने दम्पतीको शव आज बिहान स्थानीय र प्रहरीले निकालेको डीएसपी पुरुषोत्तम पाण्डेले जानकारी दिए । पहिरोमा पुरिएर गम्भिर घाइते भएका ११ वर्षीय छोरी सम्झनाको उद्धार गरी उपचारका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत सुर्खेत लगिएको छ । घटना राती १ बजे नै भएपनि प्रहरी बिहान ६ बजे पुगेर बालिकाको उद्धार गरिएको डीएसपी पाण्डेले बताए । मृतक प्रेमकुमारी वड

    • प्रकाशित मितिः भदौ २३, २०८१
    • 455 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.