काठमाडौँ / प्रतिनिधिसभाको सोमबारको बैठकमा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको वार्षिक प्रतिवेदन पेस भएको छ। बैठकमा समितिका सभापति नीरादेवी जैरूले समितिको वार्षिक प्रतिवेदन, २०७६ र एकीकृत प्रतिवेदन, २०७९ पेस गरेकी हुन्। ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको वार्षिक प्रतिवेदन, २०७६’ र ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको एकीकृत प्रतिवेदन, २०७९’ पेस भएको छ।समिति गठन भएपश्चात् प्रतिवेदन तयारीको अवधिसम्म कुल ५३ बैठक भएको र संविधानमा
बिर्तामोड / विराटनगर महानगरपालिका -१५ स्थित २ नम्बर ढाट छेउबाट स्रोत नखुलेको नगद ४ लाख ५१ हजार ९ सय रुपैयाँ सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटा साघुरीगडी गाउँपालिका -३ बस्ने ६४ वर्षीय कर्ण बहादुर राई रहेको प्रहरीले जनाएको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका कर्ण बहादुरलाई इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा स्रोत नखुलेको उक्त नगद फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धानको लागि आन्तरिक राजश्व कार्यालय इटहरीमा पठाउने पहल भइरहेको छ ।
काठमाडौं / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट अवैध रूपमा भन्सार छली ल्याएको करिब ५ सय ५० ग्राम सुनसहित एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका -७ घर भई काठमाडौं महानगरपालिका -६ कपन बस्ने ४४ वर्षीया पासाङ डोल्मा लामा रहेका छन् । हिमालय एयरको उडानद्वारा दुबईबाट काठमाडौं आएकी उनको गतिविधि शंकास्पद देखिएपछि उक्त गेटमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा भित्री वस्त्रभित्र फल्स बटम बनाई लुकाई ल्याएको उक्त बस्तु फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको प्रहरीले जना
काठमाडौं / सोमबार सुन र चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा ६ सय र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ ।आज छापावाल सुनको मूल्य ९४ हजार ५ सय र तेजाबी सुनको मूल्य ९४ हजार रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य एक हजार १४५ रुपैयाँ प्रतितोला कायम भएको छ ।हिजो छापावाल सुनको मूल्य ९५ हजार एक सय, तेजाबी सुनको मूल्य ९४ हजार ६ सय र चाँदीको मूल्य एक हजार १६० रुपैयाँमा खरिद बिक्री भएको थियो ।
बिर्तामोड / पछिल्लो समय विश्व चर्चित मोबाइल भिडियो गेम पब्जीको ई–स्पोर्ट्स प्रतियोगिता विराटनगरमा हुने भएको छ । आगामी भदौ १८ गते ‘रेजरयाक्ट ई–स्पोर्ट्स’ ग्रुपको आयोजनामा विराटनगरको पाञ्चालीस्थित सगरमाथा पार्टी प्यालेसमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा नेपालभरबाट १८ टिमको सहभागिता रहने आयोजकले जनाएको छ । आयोजकका अनुसार प्रतियोगितामा काठमाडौं, बुटवल, नेपालगन्ज, बिर्तामोड, पोखरा, दमक र विराटनगरका टोलीको सहभागिता रहने छ । एक टोलीमा चार जना खेलाडी रहने आयोजक समितिका सदस्य अनुराग क्षत्रीले जानकारी दिए । ‘एकदिवसीय प्रतियोगिता आयोजना गर्न लागिएको हो । यसमा आठ वटा खेल हुन्छ । एउटा खेल २५
झापा / रूकुम पश्चिममा पहिरोमा परेका तीन जनामध्ये दुई जनाको मृत्यु भएको छ ।आठबिसकोट नगरपालिका -१४ पिपलचौरकी ३० वर्षीया बालमती राना र उनकी २ वर्षकी छोरी प्रतीक्षाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनकी जेठी छोरी तिर्सनाको भने जिल्ला अस्पताल जाजरकोटमा उपचार जारी रहेको रूकुम पश्चिमस्थित प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीले बताए । माइतीबाट घर फर्कने क्रममा बालमती र उनका छोरीहरू पहिरोमा परेका थिए ।भेरी नगरपालिका -१ मैतेस्थित माइतीमा दर खाएर उनी घर फिर्कदै थिइन् । पानी परेपछि उनीहरू छेपारे सामुदायिक वनको भवनमा ओत लाग्न गएका थिए ।आठबिसकोट १४ स्थित छेपारे सामुदायिक वनमा
काठमाडौं / संघीय संसद् प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।आज बस्ने प्रतिनिधिसभा बैठकमा बेपत्ता पारिएका ब्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग बिद्येयकलाई बिचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत हुनेछ ।यसैगरी, राष्टपतिले प्रमाणिकरण गरेर पठाएको पत्रको ब्योहोरा पढेर सुनाइने प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा राखिएको छ ।
बिर्तामोड / मोरङको सुन्दरहरैचा नगरपालिका -४ स्थित राजमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुन्दरहरैचा -४ का २९ बर्षीय कुमार राई रहेका छन् । आज दिउँसो सवा १ बजे प्रदेश १- ०२- ००१ ख ८३३२ नम्बरको ट्रिपरले विपरित दिशाबाट आँउदै गरेको को ३८ प ५९५० नम्बरको मोटरसाइकललाई ठक्कर दिदा घाईते भएका मोटरसाईकल चालक राईलाई उपचारको लागि धरान घोपा लगिएकोमा अस्पताल पुर्याउना साथ डाक्टरले मृत घोषणा गरेको हो ।ठक्कर दिने ट्रिपर र चालक इटहरी -१ का राज कुमार चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।
बिर्तामोड / झापाको दमक नगरपालिकाले वडा नम्बर –४ का भूमिहीन दलित, सुकुम्बासीहरुलाई धनिपुर्जाको निस्सा वितरण गरिएको छ ।स्थानीय दाहाल प्रतिष्ठानको सभाहलमा आइतबार एक कार्यक्रमको आयोजना गरी दमक नगर प्रमुख राम थापा र उपप्रमुख रेगिना भट्टराईले उनीहरूलाई जग्गा धनीपुर्जा वितरण गर्ने उद्देश्यले निस्सा वितरण गरेका हुन् ।भूमिहीनहरूलाई निस्सा वितरण गर्दै नगर प्रमुख थापाले नगर भित्र सबै भूमिहीन दलित, सुकुम्बासीहरुलाई जग्गा धनीको प्रमाण पुर्जा वितरण गर्ने बताए । अब केहिदिनमै धनीपुर्जा समेत उपलब्ध गराइने उनको भनाई छ । भूमिहीनलाई जग्गाको मालिक बनाउन स्थानीय सरकारले उच्च प्राथमिकता दिएको बताउँदै
बिर्तामोड / नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद झापाको अध्यक्षमा पाण्डवलाल चौधरी निर्वाचित भएका छन् । महासङ्घको सातौँ अधिवेशनको बन्दसत्रबाट चौधरी अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।उपाध्यक्षमा केवलराम राई, रोहित खवास र लीला मगर सर्वसम्मत निर्वाचित भएका छन् । सचिव र दुई सहसचिव पदका लागि भने मतदान भएको थियो।सचिवमा लक्ष्मण श्रेष्ठ निर्वाचित भएका छन् । लक्ष्मण श्रेष्ठले १३ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी ओमप्रकाश खापुङले मात्र ८ मत पाएका थिए ।त्यस्तै सह–सचिवमा अनिता राजवंशी, कृष्ण माझी र दिलिप उराव निर्वाचित भएका छन् । अनिता राजवंशी सर्वसम्मत भएकी थिइन् भने प्रतिष्पर्धामा बुद्धिर
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.