समाचार

    Showing 17,891-17,900 of 25,019 items.
  • नेपाल प्रहरीका ४८ एसपीहरुको सरुवा

    काठमाडौं। नेपाल प्रहरी प्रधान कार्यालयले आज ४८ जना प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा गरेको छ। प्रहरी महानिरीक्षक (आईजीपी)  बसन्तबहादुर कुँवरले आज सरुवाको निर्णय गरेका हुन्। 

    • प्रकाशित मितिः भदौ १६, २०८०
    • 242 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित छ। साथै बंगालको खाडीको उत्तर(पूर्वी भागमा विकसित न्यून चापीय प्रणाली समेत आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको र बाँकी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै कोशी र मधेस प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

    • प्रकाशित मितिः भदौ १६, २०८०
    • 222 पटक पढिएको
  • नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशको आयोजनामा बिद्यार्थीहरुलाई स्टेशनरी सामग्री तथा ब्याग बितरण कार्यक्रम

    बिराटनगर   ।  नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशको आयोजनामा बिद्यार्थीहरुलाई स्टेशनरी सामग्री तथा ब्याग बितरण कार्यक्रम सम्पन्न भएको छ । “अल्पसंख्यकसँग प्रहरी कार्यक्रम” अन्तर्गत अल्पसंख्यक बोटे, तामाङ, चाम्लिङ, वान्तवाहरुको बसोबास र पठन पाठन क्षेत्र रहेको उदयपुरको त्रियुगा नगरपालिका-१३ मा रहेको जनप्रेमी आधारभुत विद्यालयका आर्थिक रुपमा जेहेन्दार तथा बिपन्न बर्गका बिद्यार्थीहरुलाई स्टेशनरी सामग्री तथा ब्याग बितरण गरिएको हो । नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशकी अध्यक्ष श्रीमती अजिता देवकोटा बास्तोला ज्यूको प्रमुख आतिथ्यता तथा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेश

    • प्रकाशित मितिः भदौ १५, २०८०
    • 219 पटक पढिएको
  • पूर्वयुवराज पारस शाह अस्पताल भर्ना

    काठमाडौं । पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन्। मुटुमा केही असहज भएपछि शाह शुक्रबार मण्डिखाटारस्थित ह्याम्स अस्पताल भर्ना भएका हुन्।अस्पतालका निर्देशक डा. ज्योतिन्द्र शर्माका अनुसार पारसको स्वास्थ्य अवस्था हाल सामान्य छ। मुटुमा यसअघि पनि समस्या देखिएको र आईसीडी राखिएकोले २४ घण्टा सुपरिवेक्षणका लागि भर्ना गर्ने निर्णय लिइएको उनको भनाइ छ।पारसलाई भेट्न पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल र पूर्वयुवराज्ञी हिमानी शाह अस्पताल पुगेका छन्।

    • प्रकाशित मितिः भदौ १५, २०८०
    • 294 पटक पढिएको
  • सप्तरीमा गौ हत्याको विरोधमा प्रदर्शन

    सप्तरी  ।   सप्तरी  भदौ १५  ।वैदिक  सँस्कृती समाज सप्तरीले शुक्रबार गौवंश संरक्षण गर,गौ हत्या बन्द गर नारा सहित विरोध प्रदर्शन गरेका छन । वैदिक  सँस्कृती समाज सप्तरीका अध्यक्ष रामकुमार शास्त्रीको नेतृत्वमा राजविराज ीस्थत  शिव मन्दिरबाट गौवंश संरक्षण गर,गौ हत्या बन्द गर,हिन्दु राष्ट्र कायम गर,वैदिक गणतन्त्र धोषणा गर लगायतका विभिन्न नारा लगाउदै नगरको विभिन्न भाग परिक्रमा गरेका थिए । नगर परिक्रमा पश्चात शिव मन्दिरमा पुगेर कोण सभा परिणत भएका थिए । सो सभामा सुनसरीको धरानमा  गाई, गोरु काटेर सार्वजनिक रुपमा भोज गर्नेमाथि अविलम्ब कारबाही गर्न माग बाबा

    • प्रकाशित मितिः भदौ १५, २०८०
    • 277 पटक पढिएको
  • गारामनीक़ो दुर्गा मन्दिरमा बिबाद छताछुल्ल

     बिर्तामोड  ।  झापा जिल्लाको बिर्तामोड नगरपालिका वार्ड नं ८ स्थित पुरानो धार्मिक तथा सास्कृतिक महत्व बोकेको दुर्गा शक्तिपीठ मन्दिर सगै राधा कृष्ण मन्दिर र शिव मन्दिरएउटै परिसरमा रहेको छ । यो मन्दिर  ऐतिहासिक र पुरानो  हिन्दुहरूको आस्था केन्द्र हो।  तर मन्दिरको परिसरभित्र पूर्व दक्षिणतिर आग्नीय कोणमा शौचालय निर्माण गरेको बिषयलाई लिएर  स्थानीय बुद्धिजीबीतथा युवा देवी प्रसाद पाण्डेक़ो नेतृत्वमा  उक्त शौचालयले  हिन्दु धर्मलम्बीहरूको आस्था माथि ठेस पुगेको भन्दै  मन्दिर ब्यबस्थापन समिति समक्ष शुक्रबार  ध्यानाकर्षण गराएक़ो छ! स्थानीय  बुद

    • प्रकाशित मितिः भदौ १५, २०८०
    • 695 पटक पढिएको
  • गारामनीक़ो दुर्गा मन्दिरमा बिबाद छताछुल्ल

     बिर्तामोड /झापा जिल्लाको बिर्तामोड नगरपालिका वार्ड नं ८ स्थित पुरानो धार्मिक तथा सास्कृतिक महत्व बोकेको दुर्गा शक्तिपीठ मन्दिर सगै राधा कृष्ण मन्दिर र शिव मन्दिर एउटै परिसरमा रहेको छ । यो मन्दिर  ऐतिहासिक र पुरानो  हिन्दुहरूको आस्था केन्द्र हो।  तर मन्दिरको परिसरभित्र पूर्व दक्षिणतिर आग्नीय कोणमा शौचालय निर्माण गरेको बिषयलाई लिएर  स्थानीय बुद्धिजीबीतथा युवा देवी प्रसाद पाण्डेक़ो नेतृत्वमा  उक्त शौचालयले  हिन्दु धर्मलम्बीहरूको आस्था माथि ठेस पुगेको भन्दै  मन्दिर ब्यबस्थापन समिति समक्ष शुक्रबार  ध्यानाकर्षण गराएक़ो छ!     स्थानीय&nb

    • प्रकाशित मितिः भदौ १५, २०८०
    • 57 पटक पढिएको
  • भोजपुरको तुङगेछा केन्द्रविन्दु भएर भूकम्प गयो

    काठमाडौं । भोजपुर जिल्लाको तुङगेछा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान १ः११ मिनेट जाँदा भोजपुरको तुङगेछा आसपास केन्द्रविन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको हो ।यसअघि गत साउन ३२ गते बझाङ जिल्लाको खिराताडी आसपास केन्द्रविन्दु भएर तीन दशमलव नौ रेक्टरस्केलको भूकम्प गएको थियो ।नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ । पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली तथा पहाडी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ ।

    • प्रकाशित मितिः भदौ १५, २०८०
    • 147 पटक पढिएको
  • सुन प्रकरणमा पक्राउ परेका दावा छिरिङले निमा तामाङको नामबाट नागरिकता लिएको पुष्टि

    काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बती मुलका बेल्जियम पासपोर्टधारी दावा छिरिङले काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयबाट निमा तामाङकाे नाममा नागरिकता लिएको पुष्टि भएको छ ।गृहमन्त्रालयका अनुसार उनले काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-११ का पेमा तामाङको छोरो बनेर नागरिकता लिएको गृहमन्त्रालयले बताएको छानबिन टोलीले पुष्टी गरेको छ ।गृहमन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार उक्त विषयमा छानबिन गर्न गत साउन २२ गते गृहमन्त्रालयको नागरिकता तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखाका उपसचिव कृष्णबहादुर कटुवालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको थियो ।समितिमा गृह मन

    • प्रकाशित मितिः भदौ १५, २०८०
    • 196 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित छ। साथै बंगालको खाडीको उत्तर–पूर्वी भागमा न्यून चापीय प्रणाली विकसित भइरहेको छ । जसको प्रभावले देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ। आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको र बाँकी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।आज राति भने कोशी, मधेस र गण्डकी प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको र देशका बाँकी भूभागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

    • प्रकाशित मितिः भदौ १५, २०८०
    • 166 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.