झापा / आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृह जिल्ला झापाबाटै निर्वाचन लड्ने घोषणा गरेका छन् । उनले ट्विटरमा लेखेका छन्,' काठमाडौँ ५ मा चुनाव प्रचारमा पुग्नेछु नै । तर उम्मेदवार बन्न चाहँदा गठबन्धनका अर्का मित्रलाई सम्मान साथ साथमा लिएर, झापामै उम्मेदवार बन्नेछु । प्रेम उता घरजम यता कुरै हुन्न ।’ काठमाडौं ५ मा पनि उनको चर्चा भएपछि शर्माले ट्वीट गरेर झापाबाटै उम्मेदवार हुने बताएका हुन् ।
काठमाडौँ / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् । देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा ९१०० बमोजिम १० जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका हुन् ।देउवाले झापाकी गोमा भट्टराई, महोत्तरीका किरण यादव, काठमाडौँकी राधा घले र कल्याणी रिजाल, ललितपुरकी धना खतिवडा, धादिङकी उर्मिला थपलिया, मोरङकी रुक्मीणी कोइराला, रूपन्देहीकी गङ्गा शाही, सुनसरीकी लक्ष्मी खतिवडा र नवलपुरकी सीता देवकोटालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
झापा / नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले निर्वाचन क्षेत्र परिवर्तन गर्ने भएका छन् । २०७४ मा बर्दिया –१ बाट चुनाव लडेका गौतमले मंसिर ४ गते हुने निर्वाचनमा प्युठानबाट प्रतिस्पर्धा गर्ने भएका हुन् । गौतमले २०७० मा प्यूठान–१ र बर्दिया–१ बाट चुनाव जितेका थिए । तर, २०७२ को संविधानले दुई ठाउँबाट चुनाव लड्ने प्रावधान हटाएपछि २०७४ को निर्वाचनमा वाम गठबन्धनबाट उम्मेदवार बनेका गौतम बर्दिया –१ मा कांग्रेसका सञ्जयकुमार गौतमसँग पराजित भएका थिए । त्यस्तै आगामी निर्वाचनमा गौतम माओवादी केन्द्रको चुनाव चिह्नबाट लड्ने भएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनीब
झापा / मेट्रिक पद्धतिमा आधारित नाप तौलको स्टान्डर्ड कायम गरी प्रचलनमा ल्याउने व्यवस्था गर्न बनेको ऐन २०२५ लाई संशोधन गर्न ल्याइएको ‘स्ट्यान्डर्ड नाप र तौल (पाँचौँ संशोधन ) विधेयक’ २०७८ पारित भएको छ । प्रतिनिधिसभाको मङ्गलबारको बैठकले राष्ट्रियसभाको सन्देश सहितको उक्त विधेयक बहुमतले पारित गरेको हो ।उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले नापतौल ऐन २०२५ लाई संशोधन गर्न ल्याइएको उक्त विधेयक पारित गरियोस् भनी सदनमा प्रस्ताव प्रस्तुत गरेका थिए।विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नको मन्त्री बडुले जवाफ दिएका थिए । सांसद प्रेम सुवाल र घनश्याम खतिवडाले उक्त विधेयकमाथि प्रस
झापा / पाँचथरमा चार वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा फिदिम नगरपालिका ११ का देवी बुढाथोकी रहेको प्रहरीले जनाएको छ । बलात्कृत बालिकाकाका आफन्तले दिएको उजुरीको आधारमा बुढाथोकीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
झापा / नेपाल राष्ट्र बैंकले मूल्य विश्लेषण गरेर मात्रै एलसी र टीटी खोल्न सम्बन्ध बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ । पछिल्लो समय बस्तु आयात गर्दा अवैधानिक तरिकाबाट भुक्तानी हुन थालेपछि राष्ट्र बैंकले टीटी वा एलसी खोल्ने अवस्थामै उक्त बस्तुको अन्तर्राष्ट्रिय मूल्य विश्लेषण गर्न सम्बन्ध बैंकहरूलाई निर्देशन दिएको हो ।राष्ट्र बैंकले एक निर्देशन जारी गर्दै आयात तथा निर्यात व्यापारको माध्यमबाट हुन सक्ने सम्पत्ति शुद्धिकरणको कार्यलाई निरुत्साहन तथा नियन्त्रणमा सघाउ पुग्ने गरी आयातको प्रक्रिया अपनाउन निर्देशन दिएको छ । साथै बस्तुको अन्तर्राष्ट्रिय बजार मूल्यमा उल्लेखित मूल्यबीच
बिर्तामोड / झापाको दमकमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका- ४ निवासी ६८ वर्षीय राम जुलुम नायक रहेका छन् । गत साउन २७ गते बिहान पूर्व पश्चिम राजमार्ग अन्तरगत दमक ४ स्थित चिया दोकान नजिकै पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ८ ख ३३३३ नम्बरको ट्रकले दक्षिणबाट उत्तरतर्फ बाटो काट्दै गरेको प्रदेश नं १-०४-००१ प २४५५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।ठक्करबाट घाइते भएका स्कुटर चालक नायकलाई उपचारका लागी निम्स अस्पताल दमक लगिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि विराट नर्सिङ होम विराटनगर पठाइएको थियो । उनको सोही अस्पतालमा उपचारको क्रममा आज बिहान मृत
झापा / सरकारले नेपाल प्रहरीका सबै कर्मचारीहरूको नयाँ तलबमान सार्वजनिक गरेको छ । साउन एक गतेदेखि लागू हुनेगरि तोकिएको नयाँ तलबमानको सूची अर्थमन्त्रालयले मंगलबार सार्वजनिक गरेको हो । नयाँ तलबमान अनुसार प्रहरी महानिरीक्षक (आइजिपी) र अतिरिक्त महानिरीक्षक (एआइजिपी)को तलब समान ७२ हजार ८२ रुपैयाँ पुगेको छ भने प्रहरी जवानको नयाँ तलब ३३ हजार ३४ रुपैयाँ कायम भएको छ । यस्तै नयाँ तलबमान स्वीकृत भएसँगै नेपाल प्रहरीमा थपिएका नयाँ तीन पदको पनि तलब टुंगिएको छ । अब प्रहरी वरिष्ठ नायब निरीक्षकको तलब ४० हजार नौ सय ९७, प्रहरी वरिष्ठ हवल्दारको २८ हजार पाँच सय २० तथा प्रहरी सहायक हवल्दारक
बिर्तामोड / झापाको मेचीनगर नगरपालिका- ६ स्थितबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगर सहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलाम चुलाचुली गाउँपालिका ४ का ३३ बर्षीय सत्य नारायण याखा रहेको प्रहरीले जनाएको छ । सोमबार बेलुका इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा याखाको साथबाट १ ग्राम ८०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका याखाको इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
झापा / मोरङ र ताप्लेजुङको दुई छुट्टाछुट्टै स्थानहरूमा पानीमा डुबेर १ बालक सहित २ जनाको मृत्यु भएको छ । सोमबार अपरान्ह ४ बजे ताप्लेजुङको सिदिङ्वा गाउपालिका- ६ मेहेले बाँकेटारका रेसु लिङ्देनको ७ वर्षीय छोरा विवेक लिङ्देन स्कुलबाट घर फर्कने क्रममा बाटोमा रहेको खोल्साको दहमा पौडी खेल्न पसेकोमा अचानक डुबेर मृत्यु भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरी टोली खटिगई घटना सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । यसैगरी मोरङको सुनवर्षी नगरपालिका- २ मा रहेको सुग्नदलाल राजवंशीको माछा पोखरीमा डुबेर भारत सिक्किम घर भइ सुनवर्षी नगरपालिका- ३ बस्ने ३६
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.