समाचार

    Showing 17,951-17,960 of 22,623 items.
  • दुबई पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एक पक्राउ

    काठमाडौं / दुबई पठाइदिन्छु भन्दै ठगी गरको अभियोगमा प्रहरीले एक जनालाई आइतबार दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं टोखा बस्ने सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका- ७ खाडिचौर बस्ने २७ वर्षीय अविनाश कार्की छन् ।  दैलेख दुल्लु घर भएका एक पुरूषलाई  वर्किङ भिसामा दुबई जानको लागि साढे ७ लाख रुपैयाँ लाग्ने र दुबई पुगेपछि प्रतिष्ठित कम्पनीमा आर्मस् गार्डको काम लगाइदिने प्रलोभन उनले देखाएका थिए । पीडितलाई मासिक एक लाख रुपैयाँसम्म तलब हुने विश्वास दिलाइ उनी ७ लाख ५० हजार रुपैयाँ ठगी फरार भएका थिए । पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले क

    • प्रकाशित मितिः साउन २९, २०७९
    • 164 पटक पढिएको
  • इजरायलमा अज्ञात व्यक्तिद्वारा गोली प्रहार

    एजेन्सी / इजरायलको जेरुसलममा एक अज्ञात ब्यक्तिको गोली प्रहारबाट ८ जना घाइते भएका छन् । जेरुसलमको पश्चिमी क्षेत्रको जुदासिनममा तीर्थ यात्रुहरू चढेको बसमा प्रवेश गरेका ब्यक्तिले बसमा सवार यात्रुहरूमाथि अन्धाधुन्द गोली प्रहार गर्दा यात्रुहरू घाइते भएका हुन् । घाइते हुनेमा एक गर्भवती महिला सहित अर्का एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।गोली प्रहार लगत्तै भाग्न खोजेका बन्दुकधारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गोली प्रहार गर्ने व्यक्ति पेलेस्टेनी रहेको अनुसन्धानबाट खुलेको छ । यसैबीच इजरायली प्रधानमन्त्री यअर ल्यापिडले घटनाप्रति दुख व्यक्त गर्दै घटनामा संलग्नलाई कानूनी कठघरामा उभ्याउने प्

    • प्रकाशित मितिः साउन २९, २०७९
    • 108 पटक पढिएको
  • पछिल्लो २४ घण्टामा थप ४५५ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

    काठमाडौं / देशभरमा पछिल्लो २४ घण्टामा ४५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ८२९ परीक्षणमा ४५५ जनामा संक्रमण पुष्टि भएको हो । दुई हजार ३०८ पीसीआर परीक्षणमा ३०५ र दुई हजार ५२१ एन्टिजेन परीक्षणमा १५० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण २ जनाको मृत्यु भएको छ । त्यस्तै ३०२ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय सङ्क्रमितको संख्या पाँच हजार ४३५ रहेको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार ५ हजार २४६ जना होम आइसोलेसनमा रहेका छन् भने १८९ जना संस्थागत आइसोलेसन र ६५ जना आईसीयूमा

    • प्रकाशित मितिः साउन २९, २०७९
    • 111 पटक पढिएको
  • २ वर्ष बित्दा पनि बुद्धशान्तिमा सार्वजनिक शौचालय प्रयोगमा आएनन्

     दिपेन विश्वकर्माबिर्तामोड / अधिकार सम्पन्न स्थानीय तह भएसँगै यतिबेला भौतिक पूर्वाधार निर्माण गर्ने एक प्रकारको होडबाजी नै चलेको छ । स्थानीय तहले जनताको पहिलो माग भौतिक पूर्वाधार भएको भन्दै त्यसमा बढी नै श्रोत खर्च गर्ने गरेका छन् ।तर, कुनै दीर्घकालिक योजनाबिना गरिने काम प्रयोगमा नआउने मात्र होइन, त्यसले नकारात्मक प्रभाव पार्ने अवस्था श्रृजना हुन्छ । यस्तैमा झापाको बुद्धशान्ति गाउपालिका–४ मा पर्यटकीय बजार निर्माण गर्ने भनेर गरिएको लगानी ‘बालुवामा पानी’ हालेजस्तो भएको छ । २ बर्ष अघि लगभग ५ लाखको लगानीमा त्यो स्थानमा पर्यटकीय बजार बनाउने भन्दै तीनवटा शौचालय र माटो समथर बनाइयोे । सडक कि

    • प्रकाशित मितिः साउन २९, २०७९
    • 689 पटक पढिएको
  • प्रतिनिधिसभाबाट बीमासम्बन्धी विधेयक पारित

    झापा / बीमासम्बन्धी विधेयक, २०७५ पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकले उक्त विधेयक पारित गरेको हो । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले अर्थ समितिबाट दफावार छलफलको प्रतिवेदनसहित विधेयक पारितका लागि प्रस्तुत गरेका थिए । विधेयक माथिको छलफलमा उठेका विषयमा जवाफ दिँदै अर्थमन्त्री शर्माले बीमा क्षेत्रका विकृति र विसङ्गतिको अन्त्य र उत्पन्न समस्याको समाधानका लागि नयाँ विधेयक ल्याइएको बताएका छन् ।उनले समाजवादोन्मुख लक्ष्यप्रति प्रतिबद्ध भई उपलब्ध स्रोत र साधनको प्रयोग गरी तीव्र आर्थिक विकासका लागि सरकार प्रतिबद्ध रहेको स्पष्ट गरे । उनले बीमासम्बन्धी विगतका ऐन, कानुनको पुनरावल

    • प्रकाशित मितिः साउन २९, २०७९
    • 97 पटक पढिएको
  • ९ ग्राम २०० मिलिग्राम ब्राउन सुगरसहित बिर्तामोडबाट दुई जना पक्राउ

    बिर्तामोड / झापाको बिर्तामोडबाट ब्राउन सुगरसहित प्रहरीले दुई जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी घर भई हाल बिर्तामोड नगरपालिका –४ बस्ने ४० वर्षीय उमेश चौधरी र सिराहा अमरुवा –५ घर भई हाल बिर्तामोड –३ बस्ने २७ वर्षीया प्रतीक्षा चौधरी रहेका छन् । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले शनिबार दिउँसो २ः३० बजे बिर्तामोड –४ स्थित पुरानो बिजुली अफिस छेउको बाटो हुँदै बिर्ता बजारबाट बुट्टाबारी तर्फ जाँदै गरेको मे १ ह २९२१ नम्बरको अटोलाई चेकजाँच गर्दा अटो चालक चौधरीको साथबाट ब्राउन सुगर जस्तो देखिने खैरो लिसाईलो पदार्थ ४ ग्राम २०० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । प्रह

    • प्रकाशित मितिः साउन २९, २०७९
    • 93 पटक पढिएको
  • मेचीनगर स्थित जाेरसिमलको जाँच केन्द्र हटाउन अदालतको आदेश

    झापा  / उच्च अदालत विराटनगरको इलाम इजलासले भन्सार सीमा क्षेत्र बाहिर कुनै पनि स्थानमा स्थायी जाँच केन्द्र स्थापना नगर्न आदेश जारी गरेको छ ।उच्च अदालतका न्यायाधीशद्वय प्रेमराज कार्की र लोहितचन्द्र शाहको संयुक्त इजलासले बिहीबार मेची भन्सार कार्यालयका नाममा उक्त आदेश जारी गरेको हो । झापाको मेचीनगर –७ जोरसिमलस्थित पूर्वपश्चिम राजमार्गमा मेची भन्सार कार्यालय र सशस्त्र प्रहरीको राजस्व तथा भन्सार सुरक्षा गुल्मले सञ्चालन गरिरहेको जाँच केन्द्र हटाउन, जाँचका नाममा सर्वसाधारणलाई सास्ती नदिन र निर्वाध रुपमा आवागमन गर्न दिन अदालतको आदेशमा उल्लेख छ । जोरसिमलको जाँच केन्द्र गैरकानुनी भएको हुँद

    • प्रकाशित मितिः साउन २७, २०७९
    • 107 पटक पढिएको
  • सडक खन्ने क्रममा भीरबाट चिप्लिएर लडेका सैनिकको मृत्यु

    झापा  /  कर्णाली करिडोर निर्माणका लागि हुम्लाको खार्पुनाथ गाउँपालिका -१ को लालिबगरमा खटिएका एक सैनिकको भीरबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा नेपाली सेनाको विकास कार्यदलमा कार्यरत सुर्खेत घर भएका प्राविधिक अमल्दार टीकाराम लामिछाने रहेका छन् । प्रमुख जिल्ला अधिकारी सीता परियारका अनुसार लामिछानेको भीरबाट झण्डै एक सय मिटर तल खसेर मृत्यु भएको हो । भीरबाट लडेर एकजना घाइते भएका छन् । कर्णाली करिडोर निर्माणका क्रममा भीर छिचोल्नका लागि बम विस्फोट गराउने मेसिन जाँच गर्न जाँदा बिहीबार चिप्लिएर लामिछानेको मृत्यु भएको हो ।सँगै रहेका हरिराम विष्टलाई बचाउन खोज्दा लामिछा

    • प्रकाशित मितिः साउन २७, २०७९
    • 75 पटक पढिएको
  • गर्भवती श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

    झापा / वीरगञ्ज महानगरपालिका -२३ इटियाहीमा गर्भवती श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् । पक्राउ पर्नेमा २६ वर्षीय दिनेशप्रसाद यादव रहेको प्रहरीले जनाएको छ । शुक्रबार बिहान यादवले आफ्नी २३ वर्षीया श्रीमती प्रतिमा कुमारी यादवको घाँटी थिचेर हत्या गरेको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले जानकारी दिएका छन् ।  घरबाटै पक्राउ परेका आरोपित दिनेशले प्रहरीलाई दिएको बयानमा श्रीमती प्रतिमाको अर्को केटासँग सम्बन्ध रहेको शङ्काको आधारमा घाँटी थिचेर मारेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।प्रहरीले घटनास्थलमा पुगेर मुचुल्का उठाएर मृतक प्रतिमाको शव प

    • प्रकाशित मितिः साउन २७, २०७९
    • 107 पटक पढिएको
  • निर्धारित समयभन्दा एक दिनअघि अगाडि सारियो फिफा विश्वकप

    एजेन्सी / कतारमा हुने फिफा विश्वकप २०२२ निर्धारित समयभन्दा एक दिन अघि अगाडि सारिएको छ । नोभेम्बर २१ हुने सुरु हुने तय भएको खेल २० मै सुरु हुने भएको हो । नेपाली पात्रोअनुसार नोभेम्बर २० मंसिर ४ गते पर्छ । जुन दिन नेपालमा सरकारले संघीय निर्वाचन घोषणा गरेको छ । जसअनुसार नेपालमा संघीय निर्वाचन हुने दिन नै विश्वकप फुटबल सुरु हुने भएको हो ।बिहीबार जारी गरिएको फिफाको विज्ञप्तिमा ‘विस्तृत परामर्श प्रक्रिया र मुख्य सरोकारवालाहरू र आयोजक देशसँगको सम्झौता पछि यो निर्णय गरिएको’ उल्लेख छ । प्रतियोगिताको पहिलो खेल खेल्न दिनको लागि तालिकामा परिवर्तन गरिएको छ । एक दिन खेल सरेसँगै उद्घाटन खेलमा आयोजक कतार र इक

    • प्रकाशित मितिः साउन २७, २०७९
    • 119 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.